Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २४, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

गोसाइँस्थान नैमिषारण्यक्षेत्र र धार्मिक अनुष्ठान

प्रभातफेरी अनलाइन १७२१ पटक पढिएको प्रकाशित मिति: २०७० फागुन १८, आईतबार (१२ साल अघि)
Post Thumbnail

फणीन्द्रराज अधिकारी

बनेपा नगरपालिका वडा नं. ११ मा अवस्थित “गोसाइँस्थान” पावन भूमिको परिसरमा रानी सल्लैसल्लाले परिवेष्ठित प्राकृतिक सौन्दर्यले सुशोभित, सुन्दर, शान्त, एकान्त स्थल छ, जहाँ पुग्दा हामीलाई बाहिरै शीतल भित्रै शीतलताको अनुभूति गराउँछ । यो उच्च मनोरम शिखरलाई “नैमिषारण्य क्षेत्र” को रुपमा नामकरण गरिएको छ ।
झापा जिल्लाबाट उत्तारिएका बाँस र चितवन जिल्लाबाट झिकाइएका खरहरु यसै प्रयोजनका लागि दाताहरुबाट प्राप्त उपहारहरु हुन् । यिनैबाट निर्मित पर्णकुटीजस्ता लाग्ने आश्रमहरुले हामीलाई तपस्वी, ऋषिमुनिहरुको आश्रय स्थलको झझल्को गराउँछ । यही क्षेत्रमा हामीले विशेष धार्मिक, आध्यात्मिक तथा सामाजिक कार्यक्रम अघि बढाउँदै लैजाने अठोट लिएका छौं ।
यही स्थलमा वैदिक विधिपूर्वक गरिने अखण्ड हवन तथा १८ महापुराण ज्ञान महायज्ञजस्तो गरिमामय समारोहको समुद्घाटन सम्माननीय उपराष्ट्रपति परमानन्द झाज्यूको करकमलबाट गराउने सु–अवसर पाएका थियौं, जसबाट हामी समस्त काभ्रे जिल्लाबासीहरु गौरवान्वित भएका छौं ।
स्मरणीय छ, भगवान्का अवतार महर्षि वेदव्यासको प्राकाट्य भूमि नेपाल हो । उहाँले १८ महापुराणको रचना यही पावन भूमिमा गर्नुभएको हो । यी महापुराणहरुको चर्चा परिचर्चा विभिन्न तीर्थस्थलहरुमा पहिलेदेखि नै हुँदै आएको छ । हाम्रै जन्मभूमिमा सीर्जिएका यी ग्रन्थहरलाई समयमै सदुपयोग गर्न नपाउँदा हामीलाई अपशोच लागेको छ । हामीले यस “गोसाइँस्थान नैमिषारण्यक्षेत्रमा” यी सद्ग्रन्थहरुको प्रचार प्रसार गरी ज्ञानरुपी गङ्गा बहाउन खोजेका छौं । यसबाट ज्ञानपिपासुहरुका लागि प्यास मेटाउने अवसर बनेको छ ।
यस अगलवगलमा शैलेश्वर महादेव, नीलकण्ठेश्वर महादेव, भक्तेश्वर महादेवका साथै चण्डेश्वरी देवीको विशाल मन्दिर छ । यिनै प्रशिद्ध मन्दिहरुको उच्च मध्यभागमा निहित हिमालयको दृश्यावलोकन गर्न सकिने  बडो  आकर्षक ठाउँमा स्थापना गरिएको “नैमिषारण्य क्षेत्र” नेपालकै नमुनाको धार्मिक क्षेत्र बन्न लागेको छ । “नैमिषारण्य” आर्यावर्त खण्डकोे एउटा विख्यात तीर्थस्थल हो, जसलाई शौनकादि ऋषिमुनिहरुको तपोभूमि र ज्ञानभूमि मानिन्छ । अद्यापि, “नैमिषारण्य क्षेत्र” मासन्त, मनिषीहरुको सत्संगसमागम हुने गर्दछ ।
काभ्रे जिल्लाको “नैमिषारण्य” क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने परिकल्पना स्वामी शिवानन्दज्यूले गर्नुभएको हो । उहाँको यो दृढ विश्वासले हामी समस्त वैदिक हिन्दुधर्मावलम्वीहरुमा अपार खुशीको लहर उर्लिएको छ । काभ्रेजिल्ला बासीका लागि गौरवको विषय बनेको छ ।
अनवरत रुपमा चलिरहने यस किसिमका धार्मिक तथा आध्यात्मिक अनुष्ठानहरुले समाजमा नैतिक जागरणका लागि ठूलो मार्गदर्शन गर्नेछन् । यस क्षेत्रलाई हामीले धुम्रपान रहित र लागूपदार्थ मुक्त क्षेत्र बनाउने लक्ष्य पनि लिएका छौं । पश्चिमी सभ्यताको प्रभावले प्रभावित हुँदै हाम्रो हिन्दु संस्कृतिलाई धमिल्याउन खोजेको परिप्रेक्ष्यमा, यसै क्षेत्रमा वैदिक हिन्दु सनातन धर्म संस्कृतिलाई जगेर्ना गर्ने, संरक्षण गर्ने र सम्वद्र्धन गर्ने उद्देश्यले “वेदविद्याश्रम” सञ्चालन गर्न लागिएको छ । यसबाट वैदिक सनातन धर्मको गौरवमय परम्परालाई अक्षुण्ण राख्ने जनशक्ति तयार हुनेछन् ।
आजको मानव जीवन शिक्षा र सभ्यताले सम्पन्न बनेको छ । तर उसको जीवन अशान्तरुपी खडेरीले छटपटाएको छ । यस्तो अवस्थाका मानवलाई यी धार्मिक तथा सत्संग कार्यक्रमले शान्तिको सञ्चार गराउने छ । शान्तिको खोजीमा आजका मानवहरु विभिन्न धार्मिक संघसंस्थाहरुमा आवद्ध भई शान्ति खोज्ने क्रममा भौतारी रहेका छन् । हामी पनि त्यही भित्रका हौं ।
हामीले क्रमिक रुपमा अपाङ्ग, असहाय र अनाथहरुलाई व्यवस्थित गर्दै लैजाने अवधारणा बनाएका छौं । आदरणीय भक्तवत्सल सज्जन महानुभावहरु, सही अर्थमा हामी “मही माग्ने ढुंग्रो लुकाउने” गर्दैनौं । भरखर जन्मेको शिशुलाई सहृदयी, स्याहार सुसार गर्ने ममतामयी आमा चाहिन्छ । आमाको न्यानो वात्सल्य पूर्ण स्नेह चाहिन्छ । त्यस्तै यी धार्मिक तथा आध्यात्मिक संस्था र यीसँग सम्बन्धित सम्पूर्ण कार्यक्रमलाई सफल, सार्थक र जीवन्त बनाउन सबै शुभेच्छुकहरुको तनमन र धनको आवश्यकता पर्दछ । हामी सबैको समुपस्थितिले नै यो धाम दिव्यधाम बन्नेछ । हामीले महसूस गर्नुपर्ने कुरा के हो भने यो महान् कार्यक्रम कसैको होइन तर सबैको हो ।
यो एउटा विशुद्ध सामाजिक संस्था हो । यसप्रति सबैको समान दायित्व रहन्छ । त्यसैले धर्मानुरागी सबै शान्तिप्रेमी सज्जन महानुभावहरुबाट अमूल्य सहयोगको अपेक्षा गरिएको छ । दान गर्नु पुण्य कमाउनु हो । यसमा शास्त्रको उद्घोष छ “पुण्येन पुण्य लोकँ नयति” पुण्यकर्मले पुण्यलोकमा पु¥याउँछ । पुण्य कहिल्यै खेर जादैन । खेर नजाने वस्तु कमाउनु नै हाम्रो बुद्धिमानी हो । “उद्देश्य के लिनु उडी छुनु चन्द्र एक” यो स्व.महाकवि लक्ष्मीप्रसाद देवकोटाको सद्वचन हो । यसलाई हृदयङ्गम गरी स्वामी शिवानन्दज्यूले उठान गर्नु भएको  महान् अभियानलाई होस्टेमा हैँसे गरेर हामीले अघि बढाउन खोजिराखेका छौं । यस अभियानको नाम लिनासाथ हिन्दुधर्मावलम्वीहरुमा कसको मन खुशीले गद्गद् हुँदैन ? कसलाई यस प्रतिको आस्थाले घचघचाउँदैन ? ज्ञान कसलाई चाहिदैन ? शान्तिको चाहना कसको हुँदैन ? यिनै कुरा नपाएर आजको मानिस भड्किराखेको छ । यी विषयको तृष्णा मेटाउने आधार यही हो, जसको आयोजना हामीले गरिराखेका छौं ।
यस महान् अनुष्ठानप्रतिको हाम्रो आस्था जति छ, यसलाई जीवन्त बनाउने दायित्व पनि हाम्रो त्यति नै छ । समुद्रको आफ्नै पानी हुँदैन । नदीनालाहरुबाट जम्मा भएको जलराशी नै समुद्र हो । नदी बिना समुद्र समुद्र नै रहदैन ।
यी धार्मिक अनुष्ठानका आयस्रोत हामी नै हौं । खोला, खोल्सा, नदी हामी नै हौं । हामीहरुकै सत्प्रयासबाट अनुष्ठानहरुको अस्तित्व कायम रहन्छ । भगवान्को कृपा हामीलाई चाहिन्छ । हाम्रो सहयोग अनुष्ठानलाई चाहिन्छ । बादलको कृपा नदीलाई चाहिन्छ । नदीको सहयोग समुद्रलाई चाहिन्छ । समुद्रमा पुगेपछि नै बगिरहने नदीलाई विश्राम मिल्छ । यस्ता सत्संगीय ठाउँमा पुगेपछि हाम्रो जीवनले पनि विश्राम लिने ठाउँ पाउँछ ।
यो महायज्ञ हाम्रो जीवन हो । जीवन पद्धति हो । यसले हामीलाई जीउन सिकाउँछ । मर्न सिकाउँछ । अन्त्यमा सद्गति प्रदान गरी परमार्थमा पु¥याउँछ । त्यसैले यसलाई सफा मन र उदार हृदयका बनेर सहयोग गरौं । “गोसाइँस्थान नैमिषारण्य क्षेत्र” विकास समिति हार्दिक अनुरोध गर्दछ । यस प्राकृतिक सौन्दर्यले युक्त मनोहर जङ्गललाई मंगलमय बनाउन मंगलमय भावनाका साथ पाल्नु हुने सम्पूर्ण शान्तिप्रेमी भक्तजनहरुमा समिति हार्दिक कृतज्ञता ज्ञापन गर्दछ ।
भावी कार्यक्रम अनुसार यस अनुष्ठानद्धारा सञ्चालन गरिने १८ महापुराणहरुमा २०७० माघ २९ गतेदेखि श्रीमद् भागवत महापुराणको सुरुवात भइसकेको छ । महाशिवरात्रीको सु–अवसरमा यही फागुन १० गतेदेखि “महाशिवपुराण” शुभारम्भ हुनेछ । त्यसपछि बाँकी अरु पुराणहरुलाई क्रमशः अगाडि बढाइने छ । यी फरक फरक महापुराणका कथा वाचकहरु छुट्टाछुट्टै व्यक्तित्वका धनी, महान् मनिषी, विद्वान्हरु हुनुहुनेछ । यो अभूतपूर्व अवसरलाई नगुमाऔं । सदुपयोग गरौं । जीवनलाई सार्थक र धन्य बनाऔं । (लेखक, गौसाइँस्थान नैमिषारण्यक्षेत्र विकास समितिका सदस्य हुन्)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

  • अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समिति काभ्रेले नगर कार्यपालिका कार्यालय सञ्चालन गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ

    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समिति काभ्रेले नगर कार्यपालिका कार्यालय सञ्चालन गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २० गते बुधबार

    २०८२ साल फागुन २० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0