Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

विपद् न्यूनिकरणमा नेपाल रेडक्रसको भूमिका

प्रभातफेरी अनलाइन ४११० पटक पढिएको प्रकाशित मिति: २०७० फागुन १८, आईतबार (१२ साल अघि)
Post Thumbnail

विश्वको कुनै पनि देश चाहे शक्तिशाली या निर्घत जहाँ जहिले पनि कुनै पनि अवस्थामा विपद् पर्न सक्छ । दैवी प्राकृतिक, मानविय विपद्, ठूलो सानो देश, धनी, गरीब, जात, जाति, धर्म, लिंग, यसको कुनै पक्ष लिँदैन । विपद् सबैको लागि बराबर हुन्छ । यसले कसैलाई कुनै संकेत दिएर, बाजा बजाएर आउँदैन । विश्व मानव सभ्यता शुरु भएदेखि भोगेका कुरा हुन् । मानव एक सभ्य र चेतनशील वर्ग र्भकोले शुरु देखि नै विपद् न्यूनिकरणमा मानिसहरुको संलग्नता सँगै अभ्यास समाजमा भएको पाइन्छ । शुरुदेखि नै विपद्को समयमा विपद् प्रतिकार्य, पूर्व तयारी, वास्तविक प्रत्यक्ष उदाहरण हुन् । जो समाजमा जहीतहीँ एक आपसी सहयोग भावनाबाट प्रेरित भएर निरन्तर विपद्को समयमा सहयोग भइरहेको छ । वर्तमान परिवेशमा हरेक देशमा आफ्नै आफ्नै प्रकारको विपद् न्यूनिकरणमा क्रियाशीलता छ ।
विश्वको विभिन्न महाद्विपहरु मध्य एशिया महाद्विपमा बढी भन्दा बढी सम्भाव्य भएकोले कहाली लाग्दो अवस्था छ । यहाँ भुकम्पदेखि बाढी, सुनामी, पहिरो, चक्रवात, ज्वालामुखि बिस्फोटन, धेरै जसो दैनिक भइरहने आकस्मिक घटनाहरु सडक दूर्घटना, आगलागी, विभिन्न समयमा राज्यमा देखिएको राजनैतिक विरोध सभा, जुलुस मात्र नभएर आतंकवाद आदि छन् । एशियाको भियतनाममा भएको सामुन्द्रिक आँधीबेरी, बंगलादेशको समुन्द्री तुफान, पदाङको भुँइचालो, फिmिपिन्स मेट्रो, मनिलाको बाढी एशिया महाद्विपले व्यहोर्नुप¥यो । यहाँ देखापर्ने छिटो छिटो मौसम परिवर्तनले गर्दा विपद्को सम्भाव्य देखापरेको छ । त्यसैले विपद् कुनै पनि बेला पर्न सक्छ, तसर्थ पूर्व तयारी को लागि सदा तयार रहनुपर्दछ ।
नेपालमा पनि विपद्बाट हुने असरबाट अछुटा छैन । नेपालमा हरेक वर्ष भइरहेने बाढी पहिरो, महामारी, आँधीबेहरी, अनिकाल, शीतलहर, हिमपात, भूक्षय दण्ड आदिबाट भोगिरहेका छौं जसले गर्दा प्रत्येक वर्ष आर्थिक, भौतिक तथा मानविय क्षति भइरहेको छ । विपद्बाट प्रभावित समुदाय क्षेत्रहरु वास्तविक पिडित हुन्छन् । यस्ता अप्रत्यासित विपद्बाट बाँच्न त्यस क्षेत्रमा बसोबास गरेका समुदाय सरकारी, गैरसरकारी संघसंस्थाहरुबाट कमसे कम आफूले सकेको सहयोग, सद्भाव केही मात्र पहल गरेमा विपद्बाट हुने क्षति न्यूनिकरण गर्न सकिन्छ । यसरी सामुहित रुपमा सबैले आफ्नो आफ्नो क्षेत्रबाट सामुहिक पहलबाट स्वतः स्फूर्त रुपमा विपद् न्यूनिकरणको लागि अभियान शुरु गर्न सके कुनै पनि विपद्को असर र त्यसबाट हुने प्रभावलाई स्वतः कम गर्न सकिन्थ्यो । जसको लागि नेपाल रेडक्रस सोसाइटी जो मानविय संस्था, स्थापित भइसकेको जोखिम न्यूनिकरणमा ठूलो अनुभव हाँसिल गरेको । यसको आफ्नै देशभर विशाल सञ्जाल छ । रेडक्रसको देशभर जुनियर सर्कल, युवा सर्कल, जिल्ला शाखा, उपशाखा, सहयोग समिति फैलिएको छ । लाखौं, लाख युवाहरु स्वयम्सेवक भई रेडक्रसमा आबद्ध छन् ।
नेपाल रेडक्रस सोसाइटीले आपतविपद्मा परेका मानिसहरुको उद्दारदेखि राहत वितरणको साथसाथै २०५३ साल देखि समुदायमा आधारित विपद् कार्यक्रम शुरु गरेको थियो । यसको शुरुवातदेखि नै समुदायस्तरबाट जोखिम न्यूनिकरणको लागि स्रोत, साधन जुटाई काम गरिरहेको छ । यसरी समुदाय केन्द्रीत अवधारणा २०६२ सालमा आइपुग्दा विपद् जोखिम न्यूनिकरणमा केन्द्रीत भयो । नेपाली रेडक्रस सोसाइटीले विपद्को क्षेत्रमा २०५७ सालदेखि २०६७ सालसम्म अधिराज्यको ५९ जिल्लामा ६५७ समुदाय र २२० वटा विद्यालयमा संचालन गरेर समुदायबाट नै हुनुपर्ने काम भएकोले उनीहरुबाट नै जिम्मेवारी पूरा होस् भन्ने उद्देश्यले समुदायमा हस्तान्तरण गरेको थियो । जसबाट विपद् जोखिमबाट ५ लाख भन्दा बढी मानिसहरु सुरक्षित भए । स्थानिय श्रोतसाधनको प्रयोगबाट विपद् पूर्वतयारी, समय सापेक्षित, शंसोधन अभ्यास भए साथै आपतकालीन कोषको परिचालन तथा व्यवस्थापनमा समुदाय नै सक्षम यसरी विपद् जन्म जोखिम न्यूनिकरण कामहरु समुदायको लागि सहभागितामा काम भइरहेको छ । विपद् प्रतिकार्य समुदायस्तरबाट कामहरु भइरहेको छ ।
भुकम्पको दृष्टिकोणले नेपाल ११ औं स्थान जोखिममा परेको छ । त्यसमा पनि काठमाडौं उपत्यका सम्भावित भुकम्प खतरापूर्ण अवस्थामा छ । काठमाडौं उपत्यकाको जनघनत्व अव्यवस्थित घरहरुको निर्माण र त्यहाँको वातावरणले गर्दा र सम्भावित भुकम्पलाई मध्य नगर गरि नेपाल रेडक्रस सोसाइटी विपद् व्यवस्थापन विभागबाट युकेको आर्थिक सहयोग तथा ब्रिटिस रेडक्रसको सहकार्यमा भुकम्पबाट सुरक्षित कसरी हुने पूर्वतयारी कार्यक्रम संचालन भैरहेको छ । भुकम्पको समयमा आवश्यक दक्ष जनशक्ति तयार तथा तत्काल राहत तथा उद्दार पु¥याउन व्यवस्थापन कार्यमा लाग्नुका साथै नेपाल सरकारद्वारा स्विकृत स्थानिय विद् िजोखिम व्यवस्थापनको लागि उपत्यकाका गाविस, नगरपालिकामा समिति गठन भइरहेको छ ।
नेपालमा ५० वर्षदेखि १०० वर्षको अन्तरालमा प्रलय, महाभुकम्प ८ पटक भइसकेको छ । प्रथमपटक वि.सं. १२५५, त्यसरी नै १४०८, १६८१, १८१०, १८३३, १८६६, १८९० र १९९० सालमा भएको तथ्य प्रमाण छ । वि.सं. १९९० साल माघ २ गते दिनको २ः०० बजे भुकम्प जाँदा करीब ८५१९ जनाको मृत्यु र १६००९ वटा घर भत्केको थियो । नेपालमा विभिन्न् सालमा भएको भुकम्पको आँकडा अनुसार ७९ वर्षको फरकमा हुने रहेछ । जसको आधारमा नेपालमा भुकम्प हुने ऐतिहासिक तथ्य आधारमा सम्भावनालाई ध्यान दिएर नेपाल रेडक्रस सोसाइटीले विपद् न्यूनिकरण तयारीमा आफ्नो भूमिका अगाडी बढाइरहेको छ । (लेखक, नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखा, बनेपाका मन्त्री हुन् ।)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

  • मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

    मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

  • Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

  • Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0