Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २२, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

विपद् न्यूनिकरणमा नेपाल रेडक्रसको भूमिका

प्रभातफेरी अनलाइन ३५४२ पटक पढिएको प्रकाशित मिति: २०७० फागुन १८, आईतबार (९ साल अघि)
Post Thumbnail

विश्वको कुनै पनि देश चाहे शक्तिशाली या निर्घत जहाँ जहिले पनि कुनै पनि अवस्थामा विपद् पर्न सक्छ । दैवी प्राकृतिक, मानविय विपद्, ठूलो सानो देश, धनी, गरीब, जात, जाति, धर्म, लिंग, यसको कुनै पक्ष लिँदैन । विपद् सबैको लागि बराबर हुन्छ । यसले कसैलाई कुनै संकेत दिएर, बाजा बजाएर आउँदैन । विश्व मानव सभ्यता शुरु भएदेखि भोगेका कुरा हुन् । मानव एक सभ्य र चेतनशील वर्ग र्भकोले शुरु देखि नै विपद् न्यूनिकरणमा मानिसहरुको संलग्नता सँगै अभ्यास समाजमा भएको पाइन्छ । शुरुदेखि नै विपद्को समयमा विपद् प्रतिकार्य, पूर्व तयारी, वास्तविक प्रत्यक्ष उदाहरण हुन् । जो समाजमा जहीतहीँ एक आपसी सहयोग भावनाबाट प्रेरित भएर निरन्तर विपद्को समयमा सहयोग भइरहेको छ । वर्तमान परिवेशमा हरेक देशमा आफ्नै आफ्नै प्रकारको विपद् न्यूनिकरणमा क्रियाशीलता छ ।
विश्वको विभिन्न महाद्विपहरु मध्य एशिया महाद्विपमा बढी भन्दा बढी सम्भाव्य भएकोले कहाली लाग्दो अवस्था छ । यहाँ भुकम्पदेखि बाढी, सुनामी, पहिरो, चक्रवात, ज्वालामुखि बिस्फोटन, धेरै जसो दैनिक भइरहने आकस्मिक घटनाहरु सडक दूर्घटना, आगलागी, विभिन्न समयमा राज्यमा देखिएको राजनैतिक विरोध सभा, जुलुस मात्र नभएर आतंकवाद आदि छन् । एशियाको भियतनाममा भएको सामुन्द्रिक आँधीबेरी, बंगलादेशको समुन्द्री तुफान, पदाङको भुँइचालो, फिmिपिन्स मेट्रो, मनिलाको बाढी एशिया महाद्विपले व्यहोर्नुप¥यो । यहाँ देखापर्ने छिटो छिटो मौसम परिवर्तनले गर्दा विपद्को सम्भाव्य देखापरेको छ । त्यसैले विपद् कुनै पनि बेला पर्न सक्छ, तसर्थ पूर्व तयारी को लागि सदा तयार रहनुपर्दछ ।
नेपालमा पनि विपद्बाट हुने असरबाट अछुटा छैन । नेपालमा हरेक वर्ष भइरहेने बाढी पहिरो, महामारी, आँधीबेहरी, अनिकाल, शीतलहर, हिमपात, भूक्षय दण्ड आदिबाट भोगिरहेका छौं जसले गर्दा प्रत्येक वर्ष आर्थिक, भौतिक तथा मानविय क्षति भइरहेको छ । विपद्बाट प्रभावित समुदाय क्षेत्रहरु वास्तविक पिडित हुन्छन् । यस्ता अप्रत्यासित विपद्बाट बाँच्न त्यस क्षेत्रमा बसोबास गरेका समुदाय सरकारी, गैरसरकारी संघसंस्थाहरुबाट कमसे कम आफूले सकेको सहयोग, सद्भाव केही मात्र पहल गरेमा विपद्बाट हुने क्षति न्यूनिकरण गर्न सकिन्छ । यसरी सामुहित रुपमा सबैले आफ्नो आफ्नो क्षेत्रबाट सामुहिक पहलबाट स्वतः स्फूर्त रुपमा विपद् न्यूनिकरणको लागि अभियान शुरु गर्न सके कुनै पनि विपद्को असर र त्यसबाट हुने प्रभावलाई स्वतः कम गर्न सकिन्थ्यो । जसको लागि नेपाल रेडक्रस सोसाइटी जो मानविय संस्था, स्थापित भइसकेको जोखिम न्यूनिकरणमा ठूलो अनुभव हाँसिल गरेको । यसको आफ्नै देशभर विशाल सञ्जाल छ । रेडक्रसको देशभर जुनियर सर्कल, युवा सर्कल, जिल्ला शाखा, उपशाखा, सहयोग समिति फैलिएको छ । लाखौं, लाख युवाहरु स्वयम्सेवक भई रेडक्रसमा आबद्ध छन् ।
नेपाल रेडक्रस सोसाइटीले आपतविपद्मा परेका मानिसहरुको उद्दारदेखि राहत वितरणको साथसाथै २०५३ साल देखि समुदायमा आधारित विपद् कार्यक्रम शुरु गरेको थियो । यसको शुरुवातदेखि नै समुदायस्तरबाट जोखिम न्यूनिकरणको लागि स्रोत, साधन जुटाई काम गरिरहेको छ । यसरी समुदाय केन्द्रीत अवधारणा २०६२ सालमा आइपुग्दा विपद् जोखिम न्यूनिकरणमा केन्द्रीत भयो । नेपाली रेडक्रस सोसाइटीले विपद्को क्षेत्रमा २०५७ सालदेखि २०६७ सालसम्म अधिराज्यको ५९ जिल्लामा ६५७ समुदाय र २२० वटा विद्यालयमा संचालन गरेर समुदायबाट नै हुनुपर्ने काम भएकोले उनीहरुबाट नै जिम्मेवारी पूरा होस् भन्ने उद्देश्यले समुदायमा हस्तान्तरण गरेको थियो । जसबाट विपद् जोखिमबाट ५ लाख भन्दा बढी मानिसहरु सुरक्षित भए । स्थानिय श्रोतसाधनको प्रयोगबाट विपद् पूर्वतयारी, समय सापेक्षित, शंसोधन अभ्यास भए साथै आपतकालीन कोषको परिचालन तथा व्यवस्थापनमा समुदाय नै सक्षम यसरी विपद् जन्म जोखिम न्यूनिकरण कामहरु समुदायको लागि सहभागितामा काम भइरहेको छ । विपद् प्रतिकार्य समुदायस्तरबाट कामहरु भइरहेको छ ।
भुकम्पको दृष्टिकोणले नेपाल ११ औं स्थान जोखिममा परेको छ । त्यसमा पनि काठमाडौं उपत्यका सम्भावित भुकम्प खतरापूर्ण अवस्थामा छ । काठमाडौं उपत्यकाको जनघनत्व अव्यवस्थित घरहरुको निर्माण र त्यहाँको वातावरणले गर्दा र सम्भावित भुकम्पलाई मध्य नगर गरि नेपाल रेडक्रस सोसाइटी विपद् व्यवस्थापन विभागबाट युकेको आर्थिक सहयोग तथा ब्रिटिस रेडक्रसको सहकार्यमा भुकम्पबाट सुरक्षित कसरी हुने पूर्वतयारी कार्यक्रम संचालन भैरहेको छ । भुकम्पको समयमा आवश्यक दक्ष जनशक्ति तयार तथा तत्काल राहत तथा उद्दार पु¥याउन व्यवस्थापन कार्यमा लाग्नुका साथै नेपाल सरकारद्वारा स्विकृत स्थानिय विद् िजोखिम व्यवस्थापनको लागि उपत्यकाका गाविस, नगरपालिकामा समिति गठन भइरहेको छ ।
नेपालमा ५० वर्षदेखि १०० वर्षको अन्तरालमा प्रलय, महाभुकम्प ८ पटक भइसकेको छ । प्रथमपटक वि.सं. १२५५, त्यसरी नै १४०८, १६८१, १८१०, १८३३, १८६६, १८९० र १९९० सालमा भएको तथ्य प्रमाण छ । वि.सं. १९९० साल माघ २ गते दिनको २ः०० बजे भुकम्प जाँदा करीब ८५१९ जनाको मृत्यु र १६००९ वटा घर भत्केको थियो । नेपालमा विभिन्न् सालमा भएको भुकम्पको आँकडा अनुसार ७९ वर्षको फरकमा हुने रहेछ । जसको आधारमा नेपालमा भुकम्प हुने ऐतिहासिक तथ्य आधारमा सम्भावनालाई ध्यान दिएर नेपाल रेडक्रस सोसाइटीले विपद् न्यूनिकरण तयारीमा आफ्नो भूमिका अगाडी बढाइरहेको छ । (लेखक, नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखा, बनेपाका मन्त्री हुन् ।)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

  • जलवायु परिवर्तन सम्बन्धी अभिमुखीकरण

    जलवायु परिवर्तन सम्बन्धी अभिमुखीकरण

  • जनमतबाट अकेला सम्मानित

    जनमतबाट अकेला सम्मानित

  • लायनवादको अनुशरण गर्दै जानु आजको आवश्यकता ः लायन मनश्री बज्राचार्य

    लायनवादको अनुशरण गर्दै जानु आजको आवश्यकता ः लायन मनश्री बज्राचार्य

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0