Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

‘स्कुल छाडेर ३–४ पटक सुटिङ हेर्न गइयो ।’

प्रभातफेरी अनलाइन १४८९ पटक पढिएको प्रकाशित मिति: २०७० चैत्र ९, आईतबार (१२ साल अघि)
‘स्कुल छाडेर ३–४ पटक सुटिङ हेर्न गइयो ।’

अर्जुन घिमिरे (पा“डे), हा“स्यकलाकार

० छोटो समयमै भद्रगोल टेलिश्रृंखला धेरै लोकप्रिय भयो यसको कारण ?
भद्रगोल टेलिश्रृंखला अहिले निर्माण भइरहेका अरु हाँस्य टेलिश्रृंखला भन्दा केही फरक छ । हामीले बिशुद्ध सामाजिक कथावस्तुलाई रोचक ढंगले प्रस्तुत गरेका छौं । दर्शकहरुको चाहना अनुसार निर्माण भएकोले पनि यो टेलिश्रृंखला लोकप्रिय भएको हो ।
० भद्रगोलका कलाकाहरहरु प्राय सबै लोकप्रिय छन्, किन ?
भद्रगोलका कलाकारहरु सबैजनाको आफ्नो छुट्टै विशेषता र पहिचान छ । भद्रगोलका कलाकारहरुलाई चिनाउन अरु कसैको सहायताको जरुरी छैन । आफ्नो छुट्टै गेटअप र बोल्ने शैली भद्रगोलका कलाकारहरुको विशेषता हो ।
० जसरी मेरी बास्सैमा सिताराम कट्टेल र केदार घिमिरेको जोडी चर्चित छ, त्यसैगरी भद्रगोलमा कुमार कट्टेल र अर्जुन घिमिरेको जोडी चर्चित छ । के तपाइहरुको जोडी लामो समय टिक्ला त ?
सिताराम कट्टेल (धुर्मुस) र केदार घिमिरे (माग्नेबुढा) लामो समय देखि हाँस्य टेलिश्रृंखला मेरी बास्सैमा निर्देशन तथा अभिनय गर्दै आइरहनु भएको छ । दुर्भाग्य वस् उहाँहरुको जोडीको बीचमा ब्रेकअप हुनपुग्यो तर अहिले उहाँहरुको जोडीको मित्रतामा सुधार आइसकेको छ । मेरो जोडी कुमार कट्टेल, सिताराम कट्टेलको आफ्नै भाइ हुनुहुन्छ । हामीले धेरै कुराहरु बुझेका छौं । हाम्रो लक्ष्य, सपना एउटै छ हामीले धेरै काम गर्नुछ र हामीले सानोतीनो कुरामा अल्झिनु हुँदैन ।
० कुमार कट्टेल, सिताराम कट्टेलको आफ्नै भाई हुन् । पत्रपत्रिकामा तपाइ पनि केदार घिमिरेको भाइ भनेर छापिएको पाइयो । तपाइहरु बीचको सम्बन्ध के हो ?
केदार घिमिरे मेरो आदरणिय दाई हुनुहुन्छ, तर तपाइले भनेझैं एउटै कोखको दाई होइन । उहाँको जन्मस्थल मकवानपुर हो भने मेरो जन्मस्थल नुवाकोट हो ।
० कलाकारिता प्रति रुचि सानैदेखि थियो कि पछि भएको हो ?
म सानैदेखि कमेडि पाराको थिएँ । ३–४ कक्षा पढ्दा देखि नै म स्कुलमा हुने साँस्कृतिक कार्यक्रमहरुमा भाग लिन्थें । त्यही समयमा गाउँमा मञ्चन भएको कमेडी नाटकमा साहुको भूमिकामा अभिनय गरें, जुन नाटकमा मैले तीनपटक मर्नुपर्ने सिन थियो ।
० पहिलो पटक क्यामेरा फेस कहिले गर्नुभयो ?
कक्षा ९ मा पढ्दा साथीको लहै लहैमा लागेर बसुन्धरामा हिजोआजका कुरा टेलिफिल्मको सुटिङ हेर्न गएको थिएँ । स्कुल छाडेर ३–४ पटक नै सुटिङ हेर्न गइयो । सुटिङ हेर्ने क्रममा कलाकार नितेशराज पन्तले हिजोआजका कुरा टेलिफिल्ममा सानो भूमिकामा अभिनय गर्ने अवसर दिनुभयो । मेरो रोल बिना डाइलगको थियो, तर पनि पहिलो पटक क्यामेरा फेस गर्ने अवसर मलाई हिजोआजका कुरा टेलिफिल्ममा मिल्यो ।
० संघर्षका दिनहरु कस्ता थिए ?
संघर्ष नगरी सफल हुन गाह्रो छ र संघर्ष गर्नु सोचेजस्तो सजिलो हुँदैन । हिजोआजका कुरापछि धेरै टेलिफिल्ममा अभिनय गर्ने अवसर पाएँ । नेपाल १ बाट आउने हाँस्न पाइन्न, कान्तिपुरबाट प्रशारण हुने लगत जुर्ला है, ५२ घुस्सा ५३ ठक्क्र, वाक्क दिक्क तथा सिस्नुपानी टेलिश्रृंखलामा अभिनय गरें ।
० तपाईलाई लाखौं दर्शकहरुमाझ चिनाउने टेलिश्रृंखला त सिस्नुपानी झ्याम्मै हो नि ?
मैले धेरै टेलिफिल्ममा अभिनय गरेपनि सिस्नुपानी झ्याम्मैमा गरेको पाँडेको भूमिकालाई दर्शकहरुले अत्याधिक मन पराइदिनुभयो, जसलाई म भद्रगोल टेलिश्रृंखलामा गर्दै आइरहेको छु । भद्रगोलमा म कलाकार मात्र नभई लेखक तथा मुख्य सहायक निर्देशक पनि हुँ । कुमार कट्टेल र मेरो संयुक्त लेखन तथा मुख्य सहायक निर्देशनमा भद्रगोल टेलिश्रृंखला निर्माण तथा प्रशारण भइरहेको छ ।
० तपाइहरुको जोडी अहिले विभिन्न महोत्सव तथा स्टेज कार्यक्रमहरुमा व्यस्त हुनुहुन्छ, दर्शकहरुबाट कस्तो प्रतिक्रिया पाउनुभयो ?
कुमार र म जोडी भएर धेरै महोत्सव तथा स्टेज कार्यक्रमहरुमा आफ्नो प्रस्तुति देखायौं । हाम्रो प्रस्तुतिलाई दर्शकहरुले अत्यधिक रुपमा मन पराइदिनुभयो । नुवाकोटको महोत्सवमा भद्रगोलका कलाकारहरु आउने थाहा पाएर रसुवा, काठमाडौं तथा धादिङवेंसीदेखिका दर्शकहरु आउनुभएको पाइयो । दर्शकहरुको मायाले गर्दा छोटै समयमा हामीले ६०–७० वटा स्टेज कार्यक्रमहरु गरिसक्यौं ।
० अरु टेलिश्रृंखला लोकप्रिय हुन समय लाग्यो तर भद्रगोलले चाँडै लोकप्रियता पायो किन ?
मेरी बास्सै २२ भागदेखि, तीतो सत्य १८ भागदेखि, जिरेखोर्सानी १३ भागदेखि लोकप्रिय हुँदै गएको हो तर भद्रगोल टेलिश्रृंखला १ भागदेखि लोकप्रिय हुँदै गयो किनकी यसले सिस्नुपानी झ्याम्मैबाट
ै दर्शकहरुमाझ एउटा छुट्टै खालको प्लेटफर्म बनाइसकेको थियो ।
० टेलिफिल्ममा तपाई बुढो मान्छेको भूमिकामा हुनुहुन्छ, तपाईको वास्तविक उमेर कति हो ?
म अहिले २९ वर्षको भएँ ।
० तपाई जुन तरिकाले बोल्नुहुनछ त्यो तरिकाले बोल्दा श्वासप्रश्वासमा केही अप्ठ्यारो महसुस हुँदैन ?
सामानय तवरले बोल्नु क्यारिकेचर गर्नुमा धेरै फरक हुन्छ, हामी कलाकारहरुले आफ्नो भन्दा पनि दर्शकहरुको रुचि र खुशी हेर्नुपर्छ । पाँडेको भूमिकामा बोल्दा केही अप्ठ्यारो महसुस हुन्छ ।
० पाँडेको विशेषता के हो ?
पाँडेको विशेषता अरुको खुशी देख्न नचाहनु हो । अरुले गर्न लागेको काममा अवरोध पु¥याउनु, उल्पट्याङ काम गर्दै हिँड्नु र नेपालको एउटा गरीब परिवारको वस्तुस्थिति देखाउनु पाँडेको विशेषता हो । अरुको काम भाँड्नु पाँडेको काम हो ।
० तपाईको भविष्यको लक्ष्य ?
दर्शकहरुको चाहना अनुसार हाँस्य टेलिश्रृंखला निर्माण गर्नु र विशुद्ध सामाजिक कथावस्तुमा आधारित नेपाली चलचित्रको निर्देशन गर्नु हो ।
० अहिले निर्माण भएका नेपाली चलचित्रहरुले राम्रो व्यापार गर्न सकेको छैन, किन ?
एउटै कथावस्तुमा आधारित फिल्म निर्माण भएकोले गर्दा पनि फिल्मले राम्रो व्यापार गर्न नसकेको हो । यहाँ फरक धारका फिल्म लुट, चपली हाइट, सायद, काली, छ एकान छ, झोला इत्यादिले राम्रै व्यापार गरेका छन् ।
० नेपाली टेलिश्रृंखलाले दर्शकहरुमा कत्तिको चेतना फैलाउन सक्छ ?
हामीले सिधै चेतना दिन मिल्दैन तर हल्का रुपले चेतना फैलाउने काम भद्रगोल टेलिफिल्मले गर्दै आएको छ ।
० तपाई कलाकार नबन्नु भएको भए के गर्दै हुनुहुन्थयो होला ?
म पत्रकार हुन्थें कि !
० अहिलेको समयमा हाँस्य कलाकार भएर जिविका चलाउन सकिन्छ ?
जिविका चलाउन त सकिन्छ तर कुन स्तरको जिविका चलाउने त्यो पहिलो प्रश्न हुनछ । हामी हलिउड, बलिउडका कलाकाहरुको जीवनशैली बिताउन सक्दैनौं । यहाँ लोकप्रिय हुन सजिलो छ तर उच्चस्तरको जिवनशैली बिताउन गाह्रो छ।
० तपाईको कमजोरी ?
अरुलाई छिट्टै विश्वास गर्नु र म छिट्टै रिसाउँछु पनि ।
० तपाईको खुबी ?
म कुनैपनि कुराको छिट्टै निर्णय लिनसक्छु ।
० तपाईलाई मनपर्ने कुराहरु ?
मलाई खेलकुदमा बढी रुचि छ । फुटबल क्रिकेट खेल्न मनपर्छ, फुर्सदमा लेख्न मन पराउँछु, स्विमिङ गर्न र घुम्न मन लाग्छ ।
० तपाईलाई मनपर्ने स्थान ?
सिन्धुपाल्चोक जिल्लाको भोटेचौर ।
० दुःखद् क्षण कुन हो ?
सिस्नुपानी टेलिफिल्म नेपाल टेलिभिजन २ बाट प्रशारण भइरहेको थियो । कुमार र मलाई अकस्मान् टेलिफिल्मबाट निकालियो । हामी धेरै कमजोर भएर काम गरेका रहेछौं, अहिले सम्झँदा धेरै दुःख लागेर आउँछ ।
० अविस्मरणिय क्षण कुन हो ?
नुवाको महोत्सवमा दर्शकहरुले मलाई ‘आज भद्रगोलको हाँस्यकलाकार पाँडे आउने भन्या होइन दाई खोई त देखिएन नि ! भनेर मलाई सोधेको कुरा अविस्मरणिय लागिरहेको छ ।
० राजनीति प्रतिको रुचि ?
राजनीति हामीजस्ता सोझाले गर्ने होइन ।
० विवाह गर्नुभयो ?
मेरो विवाह दुई वर्ष अगाडि भएको हो । अहिले एउटी छोरी छिन् ।
० प्रेम विवाह गर्नुभयो कि मागी ?
कहाँको प्रेम गर्नु मागी गरियो नि !

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

  • मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

    मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

  • Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

  • Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0