Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० आश्विन १७, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

के कुरो गर्नु र अब हेर वाचा कसमको

प्रभातफेरी अनलाइन १५०३ पटक पढिएको प्रकाशित मिति: २०७० चैत्र ९, आईतबार (९ साल अघि)
Post Thumbnail

खाएका ती वाचा कसम कति सजिलै भुलिछौ ।
तिमी नै हौ मेरो भन्दै आज अरु नै रोजिछौ ।।
मायाको अर्थ बुझाउन खोज्थ्यौ आज आफै भुलिछौ ।
मनलाई अािखर थिर राख्न नसकी तिमी अन्तै डुलिछौ ।।
के कुरो गर्नु र अब हेर वाचा कसमको नरहे पछि तिमी ।
बस भन्छौ मलाई तिमी मलाई औंशीको रातमा तारा गनी ।।
रित्याई मलाई पराईको आगनमा देख्यौ तिमीले आफ्नो खुशी ।
देन तिम्रो मायाको भावनामा ठेस लाग्यो भयो मन दुःखी ।।
यस्तै रैछ जीवन हाम्रो कहिले घाम कहिले छायाँ ।
पीडा बाहेक केहि छैन कस्तो हो यो उनको माया ।।

दुबइको प्रचण्ड गर्मीमा आफ्नो परिवार र परिवारको भविष्य सम्झदै मेहनत गर्न थाल्यो । मेहेनतको फल मीठो हुन्छ भने झैं उसको इमान्दारिताको कदर गर्दै कम्पनीले उसलाई काम गरेको चार महिनामा नै सुपरभाइजरमा बढुवा गरिदियो । यसको तलब पनि सत्तरी हजार मासिक पग्यो । ओभर टाइम समेत गर्दा उसको मासिक कमाइ लगभग एक लाख पुग्थ्यो । यसरी उसले दिन रात नभनी काममा खटिन थाल्यो ।
आर्थिक अभावका कारण माइतीमा पुगेकीे अनितालाई अन्तर जातीय विवाह गरेकै कारण माइतीका दाजुभाइ र उनको आफन्तहरुसँग रहन त्यति सहज भने थिएन । उनका आफन्त सागरसँगको सम्बन्ध तोड्न दवाब दिइरहन्थे । तर अनिता त्यो सब स्वीकार्न तयार थिइनन् । उनी परिवार र आफन्तसँग त्यस विषयमा प्रतिकार गरि रहन्थिन् । उता सागर आफ्नो दुःखलाई नसम्झी परिवारलाई नै सम्झेर दिन बिताइरहेको थियो ।
यता अनिता भने आर्थिक अभावमा पिल्सीरहेकी थिइन् । आर्थिक अभावले गर्दा बिस्तारै उनी गल्दै गएकी थिइन् । माइती पक्षको दवाब पनि झेल्न उनलाई असहज हुँदै थियो । उनका आफन्तले उनलाई सागरसँगको सम्बन्ध त्यागेर अर्कैसँग विवाह गर्न दवाब दिइरहेका थिए ।
‘अझै केहि बिग्रेको छैन । तिम्रो उमेरै कति भएको छ र आफ्नो भविष्य पनि हेर्नुपर्छ । त्यो पाजीको भर गरेर केहि हुनेवाला छैन । यदि त्यसलाई तिम्रो माया थियो र राम्रो मान्छे भएको भए । पैसा पठाइसक्थ्यो । गएको यत्रो महिना भैसक्यो । जहिल्यै काम छैन मात्र भनेर टार्न खोज्छ । पक्कै त्यो उतै कुनै केटीको जालमा परी मख्ख भैरहेको हुनुपर्छ । यताका पनि थुप्रै विदेश गएका छन् । महिना महिनामा धेर थोर पैसा पठाइरहेका छन् त । ’ उनका आफन्तहरु यसरी नै सधैं अनितालाई पेलिरहन्थे ।
‘खैत त त्यो फटाले तिमीलाई फोन ग¥यो त? भै गो त्यो फटाको भर नपर अब हामीले भनेको मान । तिम्रो भविष्यको लागि भए पनि तिमीले अर्को विवाह गर्नैपर्छ । केहि चिन्ता नलिउ हामी सबै मिलाउँछौं । तिम्रो छोरोलाई हामी हेर्छौं । मिात्र तिमीले हुन्छ भने पुग्छ । केटो पनि तयार छ । हेर अनिता तिम्रो मात्र हैन तिम्रो छोरोको भविष्यको लागि पनि तिमीले यो प्रस्तावलाई स्वीकार्नै पर्छ ।’ उनका आफन्तको यस्तो टर्चरले उनी आजित भैसकेकी थिइन् ।
अब त न सागरको फोन नै आएको थियो न त सागरले पैसा नै पठाएको थियो । उता उनको आफन्तको जहिल्यै अर्को विवाह गर भन्ने क्याउ क्याउ सुन्दा सुन्दा अनिता केहि सोच्नै नसके अवस्थामा पुगीसकेकी थिइन् । सधैंको आफन्तको त्यो नमीठो टर्चर सुन्दा सुन्दा अन्तमा उनी आफन्तको अर्को विवाह गर्ने प्रस्तावलाई अनायसै स्वीकार्न बाध्य भइन् । मात्र उनको छोरोको रम्रो लालन पालन गर्ने सर्तमा ।
उनको आफन्तले भनेकै केटोसँग उनको धुमधामसँग विवाह भयो । सबैले उनको नव जोडीले सुखद दाम्पत्य जीवनको बधाई तथा शुभकामना दिए । उनी आफ्नो सारा पीडालाई भुलेर नचाहि नचाहि शुभकामना लिन व्यस्त भइन् र तर उनलाई ती शुभकामना र बधाईको कुनै अर्थ नै थिएन । उनी त एउटा जीउँदो लाश सरह थिइन् ।
चारैतिर खुशीयाली थियो । सबै विवाहको रमझममा झुमिरहेका थिए तर अनिता आफूलाई भित्र भित्रै कता कता पीडा भैरहे झैं अनुुभूति गदैै थिइन् ।
क्रमशः. (घटना सत्य भए पनि पात्रहरु फेरिएका छन्)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • जनप्रतिनिधि र कर्मचारीले दायित्व पूरा गर्ने हो भने संविधान प्रदत्त अधिकार स्थानीय तहमा कार्यान्वय हुनेमा विश्वस्त छुः अध्यक्ष लामा

    जनप्रतिनिधि र कर्मचारीले दायित्व पूरा गर्ने हो भने संविधान प्रदत्त अधिकार स्थानीय तहमा कार्यान्वय हुनेमा विश्वस्त छुः अध्यक्ष लामा

  • नमोबुद्धमा उच्च रक्तचाप नियन्त्रण अभियान

    नमोबुद्धमा उच्च रक्तचाप नियन्त्रण अभियान

  • ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

  • माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

  • प्रभातफेरी ई-पेपरथप

    २०८० आश्विन १० गते

    २०८० आश्विन १० गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    आधुनिक कविताका जरा मोहन कोइराला

    आधुनिक कविताका जरा मोहन कोइराला

    Post Thumbnail

    सामाजिक सेवामा सहभागी बन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0