Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

समूहमा जुटे द्वन्द्व प्रभावित परिवार

प्रभातफेरी अनलाइन ४४९८ पटक पढिएको प्रकाशित मिति: २०७० चैत्र १६, आईतबार (११ साल अघि)
समूहमा जुटे द्वन्द्व प्रभावित परिवार

नेपालमा बाह्रवर्षे द्वन्द्वले प्रभावित पारेकोले द्वन्द्व प्रभावित परिवारहरुलाई एफ.ए.ओ.ले दीगो शान्ति पुनः प्राप्तिका लागि लैंङ्गिक उत्तरदायी परियोजना संचालन गर्दै आएको छ ।
एफ.ए.ओ.ले २०१३ देखि काभ्रे जिल्लाको भिमखोरी, मेच्छेपौवा र कुशादेवी, मादनकुँडारी, पोखरीचौरी, रामेछापका तीन गाविस र सिन्धुलीका तीन गाविसमा कार्यक्रम संचालन गरिरहेको छ ।
एफ.ए.ओ.को कृषि र पशुसेवा अन्तर्गत कृषि विकास कार्यालय र पशुसेवा कार्यालयको समन्वयमा उक्त परियोजना संचालन भइरहेको कुरा एफ.ए.ओ.का पशुविज्ञ डा. सिता आचार्यले जानकारी दिइन् ।
डा. आचार्यका अनुसार काभ्रे जिल्लामा १२ वटा समूह खडा गरी २ सय ७२ घरधुरी परिवारलाई द्वन्द्वबाट विस्थापितलाई पुनःस्थापित गराई आयआर्जन कार्यक्रम संचालन भैरहेको जानकारी दिइन् ।
काभ्रे जिल्लामा द्वन्द्व प्रभावित परिवारलाई बाख्रापालन, बंगुरपालन र तरकारी खेतीका कार्यक्रम अगाडी सारिँदै आएको छ ।
बाख्रापालन गराई व्यवस्थापन पक्षमा ध्यान दिई कृषकले अपनाउँदै आएको परम्परागत तरिकालाई सुधार गरी बाख्रा पालन कार्यक्रममा उत्प्रेरणा जगाई समूह निर्माण गरी समूहमा आहार व्यवस्थापन गराई उन्नत जातका घाँसको विउबिरुवा वितरण समेत गरिँदै आएको छ ।
कार्यक्रम संचालन स्थलमै दाना तयार गर्ने तरिका आन्तरिक परजिवि बिरुद्ध निःशुल्क जुका नाम्लेको औषधी वितरण, बाह्य परिजिवि बिरुद्ध समूह एवं घरघरमा पालिएका बाख्राहरुलाई लिखा, जुम्रा, किर्ना, सुलसुले, उपिँया आदि निर्मुल पार्न पानीको घोलमा औषधी मिसाई बाख्राहरुलाई डिपिङ ट्यांकको प्रयोग गरि उबाउने तरिका, बाख्रामा आउने पिपिआर रोगबिरुद्ध खोप दिलाउने र रोगथामको लागि स्थानीय स्तरमा गर्न सकिने व्यवस्थापन पक्षको समेत सुधार गरिँदै आएको छ ।
त्यस्तै, बाख्रापालनको प्रजनन्को व्यवस्था गर्न प्रत्येक समूहमा उन्नत जातको वितरण गरिने भएको छ भने नश्ल सुधारका लागि पाठालाई स्थायी बन्ध्याकरण गराउने, खोर गोठ व्यवस्थापन गर्न एक घरधुरीलाई ३ हजार ५ सय रुपिँया दिँइदै आएको छ ।
बाख्रापालक परिवारहरुको लागि बजार व्यवस्थापन गर्न साना मासु पसल निर्माण गराई आफैंले मासु बिक्रि वितरण गर्न सक्ने बनाउन आठ नौ महिनामा आवश्यक तौल पूरा गरी बिक्रि गर्ने प्रबन्ध मिलाउन मासु बिक्रि केन्द्र स्थापना गरिने कुरा समेत डा. आचार्यले बताइन् ।
बाख्रापालन गर्न कुशादेवी–९, फापरचौरको समूहमा बाख्रालाई चाहिने खनिज तत्व मिनरल ब्लक (खनिज ढिक्का) तयार गर्ने तरिकाबारे जानकारी दिँदै पशुविज्ञ डा. सीता आचार्यले आइरन, आयोडिन, क्याल्सियमको मिश्रण गर्ने तरिकाबारे चर्चा गरेकी थिइन् ।
फूलचोकी दीगो विकास कृषक समूहकी संयोजक विष्णुमाया लामासँग जिज्ञासा राख्दा द्वन्द्वले हामीलाई निराशा छाएको थियो र अहिले कार्यक्रम संचालन भएर आयआर्जनमा लाग्दा उत्साह जागेको छ, भनिन् ।
आयआर्जनमा बाख्रापालनसँगै प्लाष्टिक टनेलमा गोलभेडा खेती गर्न वेर्ना तयार गरी हरियो लसुन, प्याज, गाजर, धनियाँ उत्पादन गरी के.जी.को २० देखि ३० रुपिँयामा घरघरबाटै बिक्रि गर्ने गरेको बताइन् ।

हाम्रै समूहका सदस्यले गतवर्षको साउनमा मात्र ४० हजारको फर्सीको कैंडा बिक्रि गरी आम्दानी गरेको सुनाउँदै भनिन् अब काउली, बन्दा र आलुखेती समेत गर्ने लक्ष्य राखेको बताइन् । २०६० मा माओवादीबाट द्वन्द्वमा मारिएका प्रहरी निरीक्षक अमरबहादुर लामाकी छोरी रिना लामाले आँखाबाट आँशु खसाली, अहिले दशवर्ष भयो मेरो बुबालाई मारेको भन्दै राज्यले हामीलाई द्वन्द्वपीडितको लागि दिने ३ लाखभन्दा परिवारमा योग्यता पुगेको सदस्यहरुलाई जागिर दिनसके राम्रो हुने थियो भनिन् ।
भाई सुरथ द्वन्द्वको कारण ६० सालदेखि मलेशियामा कार्यरत छन् भने दाई घरमै बसी खेती किसानी गरिरहेको रिनाले बताइन् ।
फूलचोकी दीगो विकास कृषक समूहको सदस्य रहेकी रीनाले द्वन्द्वको बेलामा हामीले डरका कारण केही गर्न नसक्ने र गाउँबाट बसाईं सर्ने अवस्था भएकोमा अहिले यो कार्यक्रम लागू भएपछि घरघरमा तरकारी खेती, बाख्रापालनका कार्यक्रमले समूहमा जुटेर अगाडी बढेका छौं, उनले भनिन् ।
महिला तथा किशोरीहरुको जिविकोपार्जनमा सुधार ल्याई आर्थिक रुपमा सबल बनाउन जिल्लामा संचालित यस्ता कार्यक्रमहरु प्रभावकारी हुने कुरा पशुसेवा कार्यालय काभ्रेका पशु विकास अधिकृत राजकुमार हुमागाईंले बताए ।
काभ्रे जिल्लामा १२ वटा समूह गठन भई समूह सदस्यहरुको चाहना अनुसारको व्यवसायमा बाख्रापालन, बंगुरपालन, च्याउखेती छनोट गरी जिल्ला पशु सेवा कार्यलय काभ्रे मार्फत स्थलगत तालिम, बाख्रा, बंगुरको खोर निर्माण, घाँस विउ बिरुवा वितरण, आन्तरिक परजिवि नियन्त्रण र बाह्य परजिवि नियन्त्रण बिरुद्ध डिपिङ, मिनरल वितरण, उन्नत जातको बोका, बंगुरका बच्चा वितरण गरी आयआर्जन बृद्धि गरिने कार्यक्रम भएको पशु विकास अधिकृत हुमागाईंले जानकारी दिए ।
काभ्रेमा २ सय ७२, रामेछापमा ३ सय ४ र सिन्धुलीमा २ सय २० द्वन्द्व प्रभावित परिवारलाई लक्षित गरी दीगो शान्ति पुनः प्राप्तिका लागि लैंगिक उत्तरदायी परियोजना लागू भएको हो । एफ.ए.ओ.ले २०१३ देखि २०१५ सम्म १ करोड २० लाख बजेट छुट्याएको छ ।
जिल्ला पशुसेवा कार्यालय मार्फत संचालन हुने समूहमा प्राविधिक सरसल्लाह, अनुगमन, निरीक्षण लगायत सेवा केन्द्र मार्फत प्रवाह हुने अन्य कार्यक्रमहरु समेत प्राथमिकताका साथ प्रदान गरिएको कुरा पशुसेवा केन्द्र कुशादेवीका प्रमुख मुक्तिनाथ सापकोटाले बताए । भेटेरीनरी प्राविधिक ललिता आचार्यले मिनरल ब्लक बनाउने र प्रयोग विधिबारे समूहसदस्यहरुलाई जानकारी गराएकी थिइन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0