Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नब्बे प्रतिशत कोदो मदिराका लागि प्रयोग

प्रभातफेरी अनलाइन २४६८ पटक पढिएको प्रकाशित मिति: २०७१ बैशाख ७, आईतबार (११ साल अघि)
नब्बे प्रतिशत कोदो मदिराका लागि प्रयोग

भीमटार ÷ सिन्धुपाल्चोकको भिमटार –९ विसदेउटारका सुन्दर माझी मध्य घाम चर्कोमा पनि आगो बालेर आँगन डिलमै घरेलु रक्सि बनाउँदै थिए ।
आफ्नो संस्कृती अनुशार विभिन्न चार्डपर्व र अन्य तिथी श्राद्धहरुमा पनि रक्सिलाई सगुनको रुपमा लिइने हुँदा संस्कृति बचाउनकै लागि घरेलु तीनपाने रक्सिको उत्पादन गरिने गरिएको उनले बताए । यसरी उत्पादन गरिने रक्सि कोदोबाटै बनाइने पनि उनी बताउँदै थिए । सहज रुपमै गाउँघरमा कोदो जतिपनि पाइने भएकाले रक्सिका लागि यसको प्रयोग गरिने गरिएको उनको भनाई छ ।
सुन्दर जस्तै जिल्लामा धेरैजसोले अहिले कोदोबाट रक्सि बनाउँदै आएका छन् । केहिले संस्कृति बचाउँनकै लागि रक्सि बनाउने गरेको बताए पनि अधिकांसले व्यापारका लागि पनि कोदोको रक्सि बनाएको बताएका छन् । कोदो रक्सि उत्पादनको भरपर्दो कच्चा पद्धार्थ भएको र अहिले जिल्लाका स्थानिय बजारका अतिरिक्त छिमेकी जिल्ला तिर पनि यसको राम्रो माग भएकाले कोदोको रक्सि बनाउनेहरु दैनिक रुपमा बढ्दै गएको पाइएको छ ।
हुन त घरेलु रक्सि उत्पादन र विक्रि वितरणका लागि अनुमती लिनु पर्ने कानुनी प्रावधान छ तर जिल्लाका गाउँ–गाउँमा यस नियमले खासै प्रभाव पारेको छैन । विभिन्न जनजातीहरुको बाहुल्य रहेको सिन्धुपाल्चोक जिल्लामा उनीहरुले आफ्नो संस्कृती जोगाउने उद्देश्यले रक्सि उत्पादन गर्ने गरेको बताउँदै आए पनि पछिल्ला दिनहरुमा संस्कृतिको नाउँमा यसले विकृती फैलाएको केहि स्थानियहरुले बताएका छन् ।
जिल्लामा उत्पादन हुने कूल कोदो मध्ये करिब ९० प्रतिशत कोदो घरेलु मदिरा उत्पादनका लागि प्रयोग हुँदै आएको छ । जिल्लाको अधिकांश ठाउँमा कोदो उत्पादन हुने र उत्पादित कोदो विउविजन र खाद्यान्नका लागि भन्दा पनि मदिरा उत्पादनमा प्रयोग हुने जिल्ला कृषि विकास कार्यालय सिन्धुपाल्चोकका प्रमूख ईश्वरी पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार मदिरा उत्पादनका लागि कोदोको प्रयोगले जिल्लामा कोदोको विक्रीवितरण पनि राम्रै हुने गरेको छ । जिल्लामा  १ पाथि फलेको कोदो १ सय ४० रुपैयाँको दरले बेचबिखन हुँदै आएको छ । यो वर्ष २१ हजार २ सय ५२ मेट्रिक टन कोदो उत्पादन भएको कार्यालयले जनाएको छ ।
यसरी उत्पादित कोदोको रोटी र ढिंडो खानेहरुको तुलनामा रक्सि बनाएर खानेहरुको बाहुल्य रहेको ज्यामिरेका टंक खड्काले बताए । सिन्धुका गाउँ गाउँमा उत्पादित हुने कोदोको माग बाहिरी जिल्लाहरुमा पनि हुने गरेको तर अधिकांसले रक्सिका लागि प्रयोग गर्ने हुँदा माग अनुशार पठाउन नसकिएको उनको बुझाई छ । कोदोलाई अन्य परिकारका रुपमा प्रयोग गरिने हो भने यसबाट राम्रो फाइदा लिन सकिने भएपनि यसतर्फ कसैले चासो नदेखाएको पनि उनले बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0