Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० आश्विन १७, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नब्बे प्रतिशत कोदो मदिराका लागि प्रयोग

प्रभातफेरी अनलाइन २१४२ पटक पढिएको प्रकाशित मिति: २०७१ बैशाख ७, आईतबार (९ साल अघि)
नब्बे प्रतिशत कोदो मदिराका लागि प्रयोग

भीमटार ÷ सिन्धुपाल्चोकको भिमटार –९ विसदेउटारका सुन्दर माझी मध्य घाम चर्कोमा पनि आगो बालेर आँगन डिलमै घरेलु रक्सि बनाउँदै थिए ।
आफ्नो संस्कृती अनुशार विभिन्न चार्डपर्व र अन्य तिथी श्राद्धहरुमा पनि रक्सिलाई सगुनको रुपमा लिइने हुँदा संस्कृति बचाउनकै लागि घरेलु तीनपाने रक्सिको उत्पादन गरिने गरिएको उनले बताए । यसरी उत्पादन गरिने रक्सि कोदोबाटै बनाइने पनि उनी बताउँदै थिए । सहज रुपमै गाउँघरमा कोदो जतिपनि पाइने भएकाले रक्सिका लागि यसको प्रयोग गरिने गरिएको उनको भनाई छ ।
सुन्दर जस्तै जिल्लामा धेरैजसोले अहिले कोदोबाट रक्सि बनाउँदै आएका छन् । केहिले संस्कृति बचाउँनकै लागि रक्सि बनाउने गरेको बताए पनि अधिकांसले व्यापारका लागि पनि कोदोको रक्सि बनाएको बताएका छन् । कोदो रक्सि उत्पादनको भरपर्दो कच्चा पद्धार्थ भएको र अहिले जिल्लाका स्थानिय बजारका अतिरिक्त छिमेकी जिल्ला तिर पनि यसको राम्रो माग भएकाले कोदोको रक्सि बनाउनेहरु दैनिक रुपमा बढ्दै गएको पाइएको छ ।
हुन त घरेलु रक्सि उत्पादन र विक्रि वितरणका लागि अनुमती लिनु पर्ने कानुनी प्रावधान छ तर जिल्लाका गाउँ–गाउँमा यस नियमले खासै प्रभाव पारेको छैन । विभिन्न जनजातीहरुको बाहुल्य रहेको सिन्धुपाल्चोक जिल्लामा उनीहरुले आफ्नो संस्कृती जोगाउने उद्देश्यले रक्सि उत्पादन गर्ने गरेको बताउँदै आए पनि पछिल्ला दिनहरुमा संस्कृतिको नाउँमा यसले विकृती फैलाएको केहि स्थानियहरुले बताएका छन् ।
जिल्लामा उत्पादन हुने कूल कोदो मध्ये करिब ९० प्रतिशत कोदो घरेलु मदिरा उत्पादनका लागि प्रयोग हुँदै आएको छ । जिल्लाको अधिकांश ठाउँमा कोदो उत्पादन हुने र उत्पादित कोदो विउविजन र खाद्यान्नका लागि भन्दा पनि मदिरा उत्पादनमा प्रयोग हुने जिल्ला कृषि विकास कार्यालय सिन्धुपाल्चोकका प्रमूख ईश्वरी पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार मदिरा उत्पादनका लागि कोदोको प्रयोगले जिल्लामा कोदोको विक्रीवितरण पनि राम्रै हुने गरेको छ । जिल्लामा  १ पाथि फलेको कोदो १ सय ४० रुपैयाँको दरले बेचबिखन हुँदै आएको छ । यो वर्ष २१ हजार २ सय ५२ मेट्रिक टन कोदो उत्पादन भएको कार्यालयले जनाएको छ ।
यसरी उत्पादित कोदोको रोटी र ढिंडो खानेहरुको तुलनामा रक्सि बनाएर खानेहरुको बाहुल्य रहेको ज्यामिरेका टंक खड्काले बताए । सिन्धुका गाउँ गाउँमा उत्पादित हुने कोदोको माग बाहिरी जिल्लाहरुमा पनि हुने गरेको तर अधिकांसले रक्सिका लागि प्रयोग गर्ने हुँदा माग अनुशार पठाउन नसकिएको उनको बुझाई छ । कोदोलाई अन्य परिकारका रुपमा प्रयोग गरिने हो भने यसबाट राम्रो फाइदा लिन सकिने भएपनि यसतर्फ कसैले चासो नदेखाएको पनि उनले बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • जनप्रतिनिधि र कर्मचारीले दायित्व पूरा गर्ने हो भने संविधान प्रदत्त अधिकार स्थानीय तहमा कार्यान्वय हुनेमा विश्वस्त छुः अध्यक्ष लामा

    जनप्रतिनिधि र कर्मचारीले दायित्व पूरा गर्ने हो भने संविधान प्रदत्त अधिकार स्थानीय तहमा कार्यान्वय हुनेमा विश्वस्त छुः अध्यक्ष लामा

  • नमोबुद्धमा उच्च रक्तचाप नियन्त्रण अभियान

    नमोबुद्धमा उच्च रक्तचाप नियन्त्रण अभियान

  • ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

  • माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

  • प्रभातफेरी ई-पेपरथप

    २०८० आश्विन १० गते

    २०८० आश्विन १० गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    आधुनिक कविताका जरा मोहन कोइराला

    आधुनिक कविताका जरा मोहन कोइराला

    Post Thumbnail

    सामाजिक सेवामा सहभागी बन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0