Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्रसिद्ध धार्मिकस्थल पाथीभरादेवीको दर्शन यात्रा–१

प्रभातफेरी अनलाइन २६९४ पटक पढिएको प्रकाशित मिति: २०७१ बैशाख ७, आईतबार (११ साल अघि)
प्रसिद्ध धार्मिकस्थल पाथीभरादेवीको दर्शन यात्रा–१

पूर्वी नेपालको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पाथिभरादेवी मन्दिर ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्लिङ बजारदेखि पूर्वाेत्तरमा करीब १ सय ७५ किलोमिटर दूरी र ३ हजार ७ सय ९४ मिटरको उचाईमा अवस्थित अन्नले भरेको पाथीको आकृतिमा देखिने शिखरमा रहेको छ । जुन मन्दिर क्षेत्र प्राकृतिक र जैविक विविधताले भरिपूर्ण छ ।
भ्रमणः काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका वडा नं. ८ को खरिबोट दुग्ध उत्पादक सहकारी संस्था लि. र मध्यमार्ग कृषि सहकारी संस्था लि.को आयोजनामा ६ दिने धार्मिक क्षेत्र अध्ययन अवलोकन र कृषि क्षेत्रका बारेमा अध्ययन भ्रमण २०७० चैत्र २४ गतेदेखि २९ गतेसम्म गरिएको थियो ।
अध्ययन अवलोकन भ्रमणमा सहकारीका सदस्य राजु के.सी.को व्यवस्थापनमा २४ गते बिहान ५ बजे ३५ जनाको टोली बनेपाबाट वि.पि.राजमार्ग हुँदै बिहान ११ बजे बर्दिबास, सिन्धुली मगरगाउँ, बेलुकी ८ बजे झापा जिल्लाको विर्तामोडस्थित कञ्चनजंघा होटलको प्रांगणमा सामूहिक रुपमा आफैले खाना बनाई बेलुकी १० बजे खाना खाएर पहिलो दिन त्यहीँ बास बस्यौं ।
२५ गते बिहान ४ बजे ताप्लेजुङको लागि झापाको चारआलीबाट मेची राजमार्गमा प्रवेश गरी बिहान ८ बजे इलामको कन्याम चिया बगानमा मनोरञ्जन लिँदै समूहले चिया बनाई पियौं । ९ बजे इलामको बजार हुँदै स्थानीय पुवा खोलामा १२ बजेदेखि २ बजेसम्म खाना पकाई खाएपछि हाम्रो यात्रा ताप्लेजुङको इन्द्रावती होटलमा राती ११ बजे खाना खाई बास बस्यौं ।
२६ गते बिहान ४ बजे प्रस्थान गरी सुकेटार विमानस्थल नजिकको बसपार्कमा हाम्रो समूह बिहान ७ बजे पुगी त्यहाँबाट २ वटा टाटा सुमो गाडी लिई जनही ५ सय भाडा तिरी कठिन यात्रा सहित पाथिभराको तल्लो फेदीमा १० बजे पुगियो ।
तल्लो फेदीबाट बीचको माथिल्लो फेदी पुग्न २ घण्टा उकालो लागियो । सो फेदीमा हाम्री बृद्ध हजुरआमा गोमाकुमारी के.सी. दम रोग भएकोले उकालो लाग्न सक्नुभएन र त्यहीँबाट उहाँ फर्कनुभयो ।
यसरी के बुझ्न सकिन्छ भने पाथीभरा मन्दिरमा उभो लाग्न बृद्धबृद्धा, शरीर मोटो भएका, प्रेसरका बिरामीहरुले यात्रा गर्न साह्रै कठिनाई भोगेका देखिन्थ्यो ।
माथिल्लो फेदीमा कान्छीमाताको दर्शन गरी केही समय थकाई मारी बस्दै गर्दा दर्शन गरी फर्केर आउने भक्तजनहरुले दिएको मकैको सातु र बोतलको पानी खाँदै उकालो लाग्यौं । सोही यात्राका क्रममा झापाको दमक निवासी ३० वर्षिया बृद्धको मृत्य भएको दृश्य देख्नुपर्दा नरमाइलो भएको थियो । जसको कारण थियो, उकालो चढ्ने क्रममा निज व्यक्ति माथि भनिए झैं को कुनै रोग लागेको व्यक्ति हुनुपर्छ भन्ने हाम्रो ठम्याई थियो ।
साँच्चै नै यस कठिन यात्राका लागि अशक्त बृद्धबृद्धालाई साह्रै समस्या पर्ने गरेको दृष्टान्त बाटोभरि नै देखिन्थ्यो । तत्पश्चात माथिल्लो फेदीबाट ठाडो उकालो हुँदै करीब दुई घण्टा आधा उकालो चढेपछि अत्यन्त रमणिय ३ हजार ७ सय ९४ मिटरको उचाईमा अवस्थित हिमाली काखमा रहेको ताप्लेजुङ जिल्लाको अत्यन्त पवित्र धार्मिक स्थल, शक्तिकी देवीको, मनको इच्छा पूरा गर्ने, पाथीभरा देवीको मन्दिरमा दिउँसो २ः३० बजे पुगी दर्शन गरी केही समय वरिपरिको वातावरणिय दृश्यावलोकन गर्दै उक्त मन्दिरका पौडेल थरका पुजारीसँग जानकारी लिँदै उक्त मन्दिर र सिंहमा विराजमान भएकी पाथीभरा देवी भव्य र शक्तिमान मूर्तिसँग एकआपसमा क्यामेराबाट फोटो कैद गर्दै जिज्ञासा राख्ने क्रममा हामीभन्दा केही अगाडी दर्शन गर्ने क्रममा एक अपवित्र महिला प्रवेश गरेका कारण देवीको मूर्ति कम्पन हुन पुगेको र देवीलाई कष्ट भएको कुरा पुजारीले दर्शाउँदै गर्दा हाम्रो साथमा जाने केही भक्तजनहरुले पनि भगवती देवीको मूर्ति कम्पन भएको महसुस गरेको यथार्थ दृश्य त्यहाँ देखियो ।
यसरी पाथिभरा देवी शक्तिवान, मागेको पु¥याउन सक्ने, आँटेको काम पूरा गर्न बल प्रदान गर्नेको रुपमा लिन सकिने किम्वदन्ती रहिआएको छ ।
यसैक्रममा भक्तजनहरुले आफूले श्रद्धाका साथ देवीलाई चढाएको भेटी र पूजाआजाका सामग्रीहरु लगायत सिंगारका सामानहरु यत्रतत्र छरिएको अवस्थामा पाइयो । जसले गर्दा सामानको दुरुपयोग र अव्यवस्थितका कारणले नगद, गरगहना, भेटीको सदुपयोग हुन्छ भन्ने कुरामा हामीलाई अलि ससंकित गरायो र चासोको विषय पनि बनायो ।
दर्शन पश्चात त्यहाँको वातावरणिय दृश्यहरुको अवलोकन भ्रमण सकि हाम्रो समूह दिउँसो ३ः१५ बजे ओरालो लाग्ने क्रम शुरु भयो । माथि भनिए झैं माथिल्लो फेदी र तल्लो फेदीमा लौरोको सहाराले ओरालो लाग्दै करीब ३ घण्टामा तल्लो फेदीको स्थानमा आईपुग्यौं । जहाँ अघिपछि लागेका साथीहरु एकत्रित भई त्यहाँबाट साना २ वटा पिकपमा बाडिँदै सुकेटार विमानस्थल बसपार्क आउने क्रममा बेलुकी ६ः३० बजे अचानक हुरीबतास लागि असिनापानी ओइरियो र करीब १५ मिनेट हाम्रो यात्रा अगाडी बढ्न सकेन ।
दैनिक असिना पानीको कारण बाटो हिलो चिप्लो भई जाँदा ४ पटक हामीले गाडी धकेलेका थियौं । गाडी आफ्नो लिगमा हिड्न नसक्ने, कहिले छेऊ, कहिले भित्तो हुँदै मुसलधारे पानीको पर्वाह नगरी डाँडै डाँडाको कठिन यात्रा सकि बेलुका ८ बजे सुकेटारस्थित बसपार्कमा आइपुग्यौं । त्यसरात त्यही सँगैको २ वटा गेष्टहाउसमा खाना खाई बास बसियो ।
यात्राको क्रममा चैत्र २७ गते बिहान ६ बजे चिया खाई सुकेटार बसपार्कबाट ताप्लेजुङ बजार हुँदै हाम्रो फर्किने यात्रा शुरु भयो र पाँचथरको कावेली नदीको किनारमा अवस्थित शिव मन्दिरको प्रांगणमा बिहान ९ बजे खाना खाएर हाम्रो समूह ११ बजे पाँचथरको फिदिम बजार हुँदै इलामको फिकल बजारमा ६ः३० बजे स्थानीय छुर्पि, पुष्टकारी र चियापत्ति कडा बार्गेनिङ गरि खरिद गरेका थियौं ।
सबैले छुर्पी र पुष्टकारीको स्वाद लिँदै झापाको चारआली हुँदै विर्तामोडको मेनरोडमा अवस्थित कञ्चनजंघा गेष्ट हाउसको प्रांगणमा बेलुकी ८ः३० बजे खाना खाएर त्यो रात आराम गरि बित्यो ।
भ्रमण टोलीका सदस्य रामसुन्दर बन्जाराका अनुसारः पाथीभराको दर्शन गर्न जाने शुरुवात नै अत्यन्त कौतुहलपूर्ण, रोमाञ्चक र अविस्मरणिय भयो । मेची राजमार्गमा गरेको पहिलो यात्रा नेपालको पूर्वाञ्चलको उत्तरदक्षिण जोड्ने उक्त राजमार्गमा हाम्रो बा ३ ख २६९२ नम्बरको गाडीका हाम्रा चालक केदारनाथ दंगाल सहितका साथीहरु हाम्रो सहयात्रीहरुको सहयोग तथा उत्साह र आपसी सद्भावले यात्रा अत्यन्तै अविस्मरणिय गरायो ।
यसै क्रममा सुकेटार विमानस्थलदेखि पाथीभरादेवी अवस्थित डाँडाको तल्लो फेदीसम्म जाने कच्ची, हिलो र अव्यवस्थित सडकको दुरावस्थाले करीब २ घण्टामा १३ किलोमिटरको यात्रा अत्यन्तै कष्टकर, जोखिमपूर्ण र महंगो सावित हुन पुग्यो । जुन कुराले यात्रीहरुको मन गह्रुंगो र दिग्दारपूर्ण बनायो ।
यात्राको क्रममा दर्शनार्थीलाई सेवा दिने मनसायले थापिका दोकानहरुको सेवा पर्याप्त थिएन । देवी अवस्थित स्थानमा स्वयम्सेवक तथा सुरक्षाको अनुभूति गर्न सकिएन ।
मन्दिरमा चढाएको भेटी तथा पूजा सामग्रीहरुको अस्तव्यस्त अवस्थाले गर्दा मन्दिरको शोभामा नकारात्मक असर समेत देखापरेको पाइयो । संकलित भेटी, गरगहना लगायतका सामग्रीहरु अव्यवस्थित तरिकाले राखेको पाइयो । भक्तजनहरुलाई पूजा गर्ने समयमा पूजाबारे कुनै जानकारी र सूचना समेत टाँस नगरिएको कारण भक्तजनहरुले अन्यौलमै आफूखुशी पूजाआजा तथा दर्शन गर्ने गरेको देखियो ।
यसमा सम्बन्धित सरोकारवाला निकायको ध्यान जानु जरुरी छ । ताप्लेजुङ बजारमा रहेका अधिकांश होटलहरुले यात्रुहरुलाई सेवा र सुविधा दिनुभन्दा ठगी गर्ने मनसाय राखेको देखियो । यात्राको क्रममा सरकारी र संस्थानको गाडीहरुको दुरुपयोग भएको दृश्य देखिएको थियो ।
क्रमशः… (बाँकी अर्काे अंकमा)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0