Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ६, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

संविधानलाई ओझेलमा नपारौं

प्रभातफेरी अनलाइन १५१२ पटक पढिएको प्रकाशित मिति: २०७१ बैशाख २३, मंगलबार (११ साल अघि)
Post Thumbnail

जति सदनको कारवाही अबरुद्ध गरेपनि एकदिन बालकृष्ण ढुंगेल जेल जानैपर्छ र डेकेन्द्र थापाका हत्याराहरु माथि कारवाही हुने नै छ, फुजेल हत्याकाण्डका दोषीहरुले पनि जेल गएर अपराध पखाल्नैपर्छ ।
अदालत र जनमतको बेवास्ता गरी संसद अघि बढ्न सक्दैन तर सत्यनिरुपण र मेलमिलाप आयोग बनाउनु भनेको विधिविधान, कानून र मानवताको अपमान गर्नु होइन, आयोग बन्ने भनेको दण्डहिनताको समाप्ति र गम्भीर मुद्दाका दोषी प्रमाणित भएकाहरुलाई कर्तव्य अनुसारको सजाय दिनकै लागि हो । प्रचण्ड र बाबुरामले पहलकदमी लिने हो भने वास्तविक दोषी छुट्ने र निर्दाेषमाथि कारवाही हुने खतरा घट्नेछ ।
फुजेल घटनाको वास्तविकता सदन समक्ष प्रस्तुत गरी सत्यकुरा बाहिर ल्याउनु पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराई या अर्काे कुनै एमाओवादी सभासद्को दायित्व हुन्छ । अधिकारी हत्यामा माओवादी पार्टीका कार्यकर्ताकै हात छ भन्ने पक्का भैसकेको छ । हत्याराको परिचय नेपाली जनतालाई दिनु एमाओवादी पार्टीका नेताहरुको दायित्व हुन्छ ।
अहिलेको चर्चामा आएका अपराधीहरु नै हुन् कि अर्काे कुनै अपराधिले पर्दाभित्र बसेर रमिता हेरिरहेको छन् । वास्तविक घटनालाई लुकाउन होहल्ला गरेर विषयलाई अन्यौलतिर धकेलिरहेका छन् ।
लोकतन्त्तमा विधिको शासन, नागरिक अधिकारको रक्षा, पूँजीवादी अधिकार, मानव अधिकारमा जिउने अधिकारको सुनिश्चितता उल्लेखछ । बोल्ने, लेख्ने, सभा–संगठन गर्ने अधिकार पूँजीवादले दिएको छ । माओवादी पार्टीका नेताहरुले आफ्ना पार्टीका कार्यकर्तामाथि हत्या अभियोग नलगाओ, सक्छौ भने मलाई थुन भनी बाबुराम भट्टराईको अभिव्यक्ति आएकै हुन् ।
फुजेल हत्याकाण्ड एउटा निहुँ मात्र हो । भविष्यमा यस्ता धेरै निहुँहरु निस्कनेछन् र यस्तै निहुँले संविधान सभाको बाटो छेक्नेछन् । नेपाली नागरिक दण्डहिनता चाहन्छन् भने ज्ञान बोकेर आएका जनप्रतिनीधिले संसद अवरुद्ध नगरी आफ्ना कुरा राखेर संसद र संविधानसभाको गतिविधिलाई फलामे साङ्लाले बाँधेर आफू मख्ख परेपनि देश र जनतालाई धोकाबाहेक केही हुन सक्दैन ।
नेपालको हिंसात्मक जनयुद्धको सिलसिलामा भएका सबै हत्या र बलात्कारको छानविन गरी सत्य निरुपण तथा मेलमिलाप आयोगको निर्माण गरि कृष्णप्रसाद र बालकृष्ण ढुंङ्गेलको जस्तै दर्जनौं मुद्दाहरु अहिलेपनि दबिरहेका छन् । अरु मुद्दाहरु पनि बाहिर ल्याइनुपर्छ । नेपालमा सबै सशस्त्र विद्रोहरु असफलतामै पुगेर समाप्त भएको इतिहासले देखाउँछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

  • दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

  • भरूवा बन्दुकसहित पनौतीबाट सुनिता श्रेष्ठ पक्राउ

    भरूवा बन्दुकसहित पनौतीबाट सुनिता श्रेष्ठ पक्राउ

  • नेकपा महाभारत गाउँपालिका समितिको अगुवा कार्यकर्ता भेला तथा विस्तारित बैठक सम्पन्न

    नेकपा महाभारत गाउँपालिका समितिको अगुवा कार्यकर्ता भेला तथा विस्तारित बैठक सम्पन्न

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन ६ गते बुधबार

    २०८२ साल फागुन ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0