ढुँखर्क÷ह्याण्ड नेपाल र तुमुल्त संस्था बेल्जियमका भोलिन्टरहरुलाई सोमबार भव्य रुपमा पार्वती उच्च माध्यमिक विद्यालय, पनौतीले एक सम्मान कार्यक्रमको आयोजना गरेको थियो ।
स्वागत कार्यक्रममा ह्याण्ड नेपालका संरक्षकद्वय जेफ डेविड्स र वि. एलेन एवं भोलिन्टर विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा पार्वती उच्च माध्यमिक विद्यालयलका प्राचार्य गोविन्दप्रसाद शर्माले ह्याण्ड नेपालले एक वर्षअघि कम्प्युटर सहित आई. टि. ल्याबको स्थापना गरि शैक्षिक क्षेत्रमा गरेको योगदानको वारेमा चर्चा गरेका थिए । प्राचार्य शर्माले यसवर्ष पनि ह्याण्ड नेपालका संरक्षकद्वयबाट विद्यालयको प्राङ्गणमा ब्लक छाप्न रु. २ लाख ५० हजार रुपैयाँ सहयोग गरेको कुरा राखेका थिए ।
सोही अवसरमा ह्याण्ड नेपालका संरक्षकद्वय जेफ डेविड्स र वि. एलेनले प्राचार्य गोविन्दप्रसाद शर्मालाई २ लाख ५० हजारको चेक सो समारोहमा हस्तान्तरण गरेका थिए । आगन्तुक १६ जना स्वयंसेवक विद्यार्थीहरुले २ हप्ता सम्ममा पार्वती उच्च माध्यमिक विद्यालयलको प्राङ्गणमा ब्लक छापी भोलिन्टरी सेवा गर्ने प्राचार्य गोविन्दप्रसाद शर्माले संचारकर्मी प्रदीप के. सी. लाई जानकारी दिए ।
स्वागत कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रम, गीत र नाचको प्रस्तुती गरिएको थियो भने ह्याण्ड नेपालका संरक्षकद्वय जेफ डेविड्स र वि. एलेनले गीत गाएर भरपुर मनोरञ्जन दिएका थिए । कार्यक्रम संचालन शिक्षक केदारबहादुर क्षेत्रीले गरेका थिए भने कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका सदस्य एवं विद्यालय भवन व्यवस्थापन समितिका संयोजक प्रेमबहादुर तिमल्सिनाले गरेका थिए ।
कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष कृष्णप्रसाद तिमल्सिना, एमालेका प्रतिनिधि रामबहादुर तिमल्सिना, एमाओवादीका एकनिधि घिमिरे, विद्यालय व्यवस्थापन समितिका सदस्यद्वय गाविन्दप्रसार अधिकारी, गंगाप्रसाद सापकोटा र ह्याण्ड नेपालका टिम लिडरद्वय म्याक्सिज गेरान र हाना डेलाफाईट लगायतले मन्तव्य राखेका थिए ।
त्यसैगरी टोलीलाई बाल आदर्श माध्यमिक विद्यालय खोपासीमा मंगलवार पनि भव्य रुपमा स्वागत गरिएको प्रधानाध्यापक खड्र्गप्रसाद वुर्लाकोटीले जानकारी दिए ।
स्वागत कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य रामकाजी पहरी, प्रधानाध्यापक वुर्लाकाटी, शिक्षक तथा कर्मचारी र विद्यार्थीहरुबाट खादा एवं पुष्प गुच्छाबाट स्वागत गरिएको थियो । ह्याण्ड नेपालका संरक्षकद्वयबाट विद्यालयमा आई. टि. को विषयमा अध्ययन गर्दै अन्य भौतिक अवस्थाबारे विस्तृत जानकारी लिएका थिए ।
त्यसैगरी बाल आदर्श मा. वि. मा सोमबार भएको अभिभावकहरुको भेलाबाट चेतनाथ भारती संयोजक रहने गरी ११ सदयस्य शिक्षक अभिभावक संंघ पुनर्गंठन गरिएको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |