Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १५, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बेल्जियमका भोलिन्टरहरुलाई सम्मान २ लाख ५० हजारको चेक हस्तान्तरण

प्रभातफेरी अनलाइन १८४८ पटक पढिएको प्रकाशित मिति: २०७१ श्रावण २५, आईतबार (८ साल अघि)
बेल्जियमका भोलिन्टरहरुलाई सम्मान २ लाख ५० हजारको चेक हस्तान्तरण

ढुँखर्क÷ह्याण्ड नेपाल र तुमुल्त संस्था बेल्जियमका भोलिन्टरहरुलाई सोमबार भव्य रुपमा पार्वती उच्च माध्यमिक विद्यालय, पनौतीले एक सम्मान कार्यक्रमको आयोजना गरेको थियो ।
स्वागत  कार्यक्रममा ह्याण्ड नेपालका संरक्षकद्वय जेफ डेविड्स र वि. एलेन एवं भोलिन्टर विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा पार्वती उच्च माध्यमिक विद्यालयलका प्राचार्य गोविन्दप्रसाद शर्माले ह्याण्ड नेपालले एक वर्षअघि कम्प्युटर सहित आई. टि. ल्याबको स्थापना गरि शैक्षिक क्षेत्रमा गरेको योगदानको वारेमा चर्चा गरेका थिए । प्राचार्य शर्माले यसवर्ष पनि ह्याण्ड नेपालका संरक्षकद्वयबाट विद्यालयको प्राङ्गणमा ब्लक छाप्न रु. २ लाख ५० हजार रुपैयाँ सहयोग गरेको कुरा राखेका थिए ।
सोही अवसरमा ह्याण्ड नेपालका संरक्षकद्वय जेफ डेविड्स र वि. एलेनले  प्राचार्य गोविन्दप्रसाद शर्मालाई २ लाख ५० हजारको चेक सो समारोहमा हस्तान्तरण गरेका थिए । आगन्तुक १६ जना स्वयंसेवक विद्यार्थीहरुले २ हप्ता सम्ममा पार्वती उच्च माध्यमिक विद्यालयलको प्राङ्गणमा ब्लक छापी भोलिन्टरी सेवा गर्ने प्राचार्य गोविन्दप्रसाद शर्माले संचारकर्मी प्रदीप के. सी. लाई जानकारी दिए ।
स्वागत कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रम, गीत र नाचको प्रस्तुती गरिएको थियो भने ह्याण्ड नेपालका संरक्षकद्वय जेफ डेविड्स र वि. एलेनले  गीत गाएर भरपुर मनोरञ्जन दिएका थिए । कार्यक्रम संचालन शिक्षक केदारबहादुर क्षेत्रीले गरेका थिए भने कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका सदस्य एवं विद्यालय भवन व्यवस्थापन समितिका संयोजक प्रेमबहादुर तिमल्सिनाले गरेका थिए ।
कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष कृष्णप्रसाद तिमल्सिना, एमालेका प्रतिनिधि रामबहादुर तिमल्सिना, एमाओवादीका एकनिधि घिमिरे, विद्यालय व्यवस्थापन समितिका सदस्यद्वय गाविन्दप्रसार अधिकारी, गंगाप्रसाद सापकोटा र ह्याण्ड नेपालका टिम लिडरद्वय म्याक्सिज गेरान र हाना डेलाफाईट लगायतले मन्तव्य राखेका थिए ।
त्यसैगरी टोलीलाई बाल आदर्श माध्यमिक विद्यालय खोपासीमा मंगलवार पनि भव्य रुपमा स्वागत गरिएको प्रधानाध्यापक खड्र्गप्रसाद वुर्लाकोटीले जानकारी दिए ।

स्वागत कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य रामकाजी पहरी, प्रधानाध्यापक वुर्लाकाटी, शिक्षक तथा कर्मचारी र विद्यार्थीहरुबाट खादा एवं पुष्प गुच्छाबाट स्वागत गरिएको थियो । ह्याण्ड नेपालका संरक्षकद्वयबाट विद्यालयमा आई. टि. को विषयमा अध्ययन गर्दै अन्य भौतिक अवस्थाबारे विस्तृत जानकारी लिएका थिए ।
त्यसैगरी बाल आदर्श मा. वि. मा सोमबार भएको अभिभावकहरुको भेलाबाट चेतनाथ भारती संयोजक रहने गरी ११ सदयस्य शिक्षक अभिभावक संंघ पुनर्गंठन गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

    पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    मुक्तक

    मुक्तक

    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0