Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पहिरो पीडितलाई पुनर्वासको व्यवस्था गर

प्रभातफेरी अनलाइन १२९४ पटक पढिएको प्रकाशित मिति: २०७१ श्रावण २५, आईतबार (११ साल अघि)
पहिरो पीडितलाई पुनर्वासको व्यवस्था गर

गत साताको पहिरोमा परि सुनकोशी नदीले डुबाएका र मृतकहरुले यथासक्य चाँडो राहत पाउनुपर्छ । राहतको नाममा विभिन्न संघ संस्थाहरुले रकम उठाएपनि पीडित परिवारमा सबै रकम नपुग्ने गुनासो पीडितबाट सुन्नमा आएको छ, तर पहिरो पीडितहरुलाई संघसंस्थाहरुले संकलन गरेको राहत रकममा नभई लत्ताकपडा र खानेकुरामा परिणत गरि सोही स्थानमा गई वितरण गरिएमा अझ राम्रो हुन्छ ।
हालसम्म पहिरोबाट १ सय ५६ जनाको मृत्यु भएकोमा ६० जना शिशु र स्कुले बच्चा परेको जानकारीमा आएको छ भने अरनिको राजमार्ग ४७ किलोमिटर क्षेत्र नाकाबन्दीको रुपमा परेको छ र विद्युत–टेलिफोन पुरै अबरुद्ध, खाद्यान्न र ग्याँसको अभाव भई ३ किलोमिटर भूभाग तालमा परिणत भएको छ ।
सिन्धुपाल्चोकको जुरेमा पहिरो गएको स्थानमा बटुवाहरु बैकल्पिक गोरेटोबाट आवतजावत गरिरहेका छन् । सिन्धुपाल्चोकको प्रमुख बजार बाह्रबिसेका करीब ५८ हजार मानिसलाई पहिरोले प्रभावित पारेको छ ।
पीडितहरुले पेटभरि खान नपाएको, बास बस्न नपाएको, उचित राहत नपाएको, गुनासो सुनिएको छ भने अहिले बाह्रबिसेमा महँगी, कालोबजारी लगायतका व्यथाहरु थपिँदैछन् । यसलाई सरकारले विस्थापितहरुलाई पुनर्वास, उचित राहत दिई व्यवस्थित गराउन जरुरी रहेको छ । धुस्कुनमा केही महिना अघि बनाइएको अस्थायी पुलतर्न समेत पैसा लिने गरिएको पाइयो, पर्यटकहरुसँग समेत दुइहजारसम्म रकम लिएको स्थानीयहरुले बताएका छन् ।
अहिले पहिरो प्रभावित क्षेत्रमा दाल चामलदेखि लिएर मैनबत्तीसम्म लुकाइएको छ । यस्तो हुन नदिन स्थानीय प्रशासनको ध्यान जानु जरुरी छ ।
ताल बढ्दै घर र खेतीयोग्य जमिन डुबाउँदै लगेपछि जंगल, अर्काको घर र कन्टेनर भ्यानमा रात बिताउँदै आएका पहिरो पीडितहरुलाई सरकारले चाँडै पुनर्वासको व्यवस्था गरि ताल बनेको स्थानलाई पर्यटन स्थलमा परिणत गरि वैकल्पिक निकास दिनुपर्ने देखिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

  • मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

    मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

  • Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

  • Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0