Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सपना झैं हराएका ती पलहरु !

प्रभातफेरी अनलाइन २०९० पटक पढिएको प्रकाशित मिति: २०७१ श्रावण २५, आईतबार (११ साल अघि)
सपना झैं हराएका ती पलहरु !

अमरकृष्ण चन्द

हिजो जे थियो आज छैन भाली त के होला ।
आशा नै आशामा बाँच्नुपर्ने यहि नै रैछ चोला ।।
कहाँ किन र के को लागि कसरी भन्दैमा बिति गए दिन ।
गरे पनि विश्वास माथि घात गर्नै पर्ने विश्वास यहाँ किन ?
सुन्दर यो संसारमा सपनामा हराएका पलहरु खोज्दा ।
सुख अनि कल्पनाका महलहरु छाडि निस्वार्थ ती भाव रोज्दा ।।
गरेर आज आफै माथि घात आफै रम्नुपर्ने भएछ यहाँ जीवन ।
निस्वार्थ ती निश्चल भावना भित्र हराइसकेछ कोमल मन ।।
कहाँ खोज्ने हो अब कता हराएका ती सपनाका पलहरु ।
लुटिनपुग्दा रहेछन यहाँ बुझ्न नसक्दा कपटी ती मनहरु ।।

दिनेश रुपाको खोजीमा गाउँ गाउँ भौतारिन थालेको थियो र हर पल हरेक पल रुपालाई नै खोज्थ्यो उसका ती कोमल नयनहरुले । पल पल उनकै यादमा आफूलाई तड्पाएर उनी आउने आशामा आफूलाई हराउन पुग्थ्यो । उनमा अझै पनि आशाको सानो त्यान्द्रो बाँकी नै थियो । काहिँ कतै रुपाले खोज्दै खोज्दै आउने त हैन तर समय अनि विधातालाई सायद यो मन्जुर थियो कि पल पल आशा नै आशामा तड्पिरहोस् दिनेश ।
रुपाको खोजीमा गाउँ छिरेको दिनेशले कसै गर्दा पनिरुपाको पत्तो नै पाउन सकेन । दिनेश त्यतिकै त्यतिकै निराश हुँदै जान थाल्यो । उसले कैयौं प्रयास गर्दा पनि रुपालाई भेट्न नसकी रन्थनिरहेको थियो । अनायसै उनी त्यहि गाउँको एक होटलमा पस्न पुग्यो । जब दिनेह त्यहाँ पस्यो त्यहाँ थुप्रै अल्लारे  केटाहरु आ आफ्नै तालमा गफ हाँक्न मै व्यस्त थिए । कोहि गफ हाँक्दै थिए त कोहि त्यस गफमा हो मा हो मिलाउँदै थिए भने कोहि गफ सुन्दै अट्टहास गर्दैथिए । त्यहाँको माहौल देखेर उसलाई त्यहाँ बस्न मन लागे र दिनेश त्यहाँबाट निस्कन खोज्यो ।
दिनेश निस्कन मात्र के लागेको थियो त्यहि समूहका एक यूवाले उसलाई रोक्दै भन्यो–‘कता हिँड्न लागेको । देख्दा त तिमी यस गाउँको जस्तो लाग्दैनौ । कहाँबाट आएका हौ । के कति कामले  आएका हौ ? के हामीलाई बताउन सक्छौ ? भन तिमी को हौ ? किन आएका हौ कतै तिमी सुराकी त हैनौ कसैको ?’
यसरि गाउँका ती यूवाले उसलाई केरकार गर्दै थियो तर दिनेशले केहि पनि बोल्नै सकेन । उसको मुखबाट केहि शब्दहरु नै निस्कने सकेको थिएन । केहि बोल्ने मन थियो तर वाक्य नै फुटिरहेको थिएन त्यसैले उसले भन्यो–‘म ……., अँ म ………….’ ‘के म म ’ भन कुरा के हो ? त्यहि टोलीको एक जना कड्किए । ‘ म … हजुर बाहिर बाट नै आएको हुँ । ’ दिनेशले यति मात्र बोल्न सक्यो । त्यहि समूह बाट अर्कौ यूवाले भन्यो–‘ ए परदेशी रैछ । केहि काम पाउँछ कि भनेर आएको होला नि । हो त भाइ ?’‘हो हो हो अजुर म काम कै खोजीमा यहाँसम्म आएको हुँ ।’ दिनेशले भन्यो ।
त्यहाँ भएका केटाहरुले भने–‘ल काम खोज्न आएका रैछौ थाकेका हौला ल यो इनर्जी झोल खाउ । ’ दिनेशले पनि कुनै संकोच नमानी त्यो खोया बिर्के स्वाट्टै पारिदियो । सबै नसाको सुरमा आ–आफ्नै तालमा बरबराइरहेका थिए । कसैलाई कसैको मतलबै थिएन । खोया बिर्के स्वाट्ट पार्नै बेसुरा गफ गर्न मै सबै मस्त थिए । कसैको मतलब थिएन । यतिकै त्यो टोलीका एक जनाको मुखबाट बेसुरा वाक्य कै रुपमा निस्क्यो । ‘यार त्यो रुपालाई मैले जति माया गर्न खोजे पनि मान्दै मानेन भन्या । पल्लो गाउँको जाबो मास्टरसँग के देखी र उसैसँग पो बिहे गर्ने रे ।’
रुपाको नाम सुन्नासाथ दिनेशको कान टाठो भयो उसले भन्यो –‘तपाईं सँग बिहे नगरेर किन मास्टरसँग गर्न खोजी त ?’ ‘त्यसैलाई थाह होला नि भोली नै बिहे गर्दै छे रे त्यस रुपा भनौदीले । मेरो मुटु छिया छिया पारेर । त्यसै यो खोयाबिर्के धोकेको हो र मैले । मलाई पनि ठूलो पीर प¥या छ । हुँ हुँ हुँ । ’ सुक्क सुक्क गर्दै रुन पो थाल्यो सो युवक । यसैबेला पसले साउनीले सबैलाई ‘कति हल्ला गरेको ? नसाको तालमा कोहि रोको छ कोही बेसुरा भाका छन् । मे पारा हो तिमीहरुको ? ’ भनेर गाली गर्दै पसलबाट निकालिदिइन् ।
पसलबाट निस्केर दिोश पल्लो गाउँको एक घरमा गई बास मागि त्यसै घरमा रात बस्यो । रातभरि मन भरि अनेक तर्कना खेलाउँदै उसको रात आँखै झिमिक्क नगरि बित्यो भोलिपल्ट भाले नबास्दै दिनेश अघिल्लो रात बेसुरा नै सहि रुपाको बिहे हुँदैछ भन्ने गाउँतिर हान्नियो । बिहे घरमा पुगेर उसले रुपाले खोज्यो काहिँ देख्न सकेन । खोज्दै जाँदा उसले रुपालाई एउटा कोठामा फेला पा¥यो ….।
क्रमशः
(घटना सत्य भए पनि पात्रहरु फेरिएका छन् । )

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

  • मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

    मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

  • Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

  • Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0