Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

घरभाडाको मापदण्ड नतोकिंदा डेरावालाहरु समस्यामा

प्रभातफेरी अनलाइन ११९७ पटक पढिएको प्रकाशित मिति: २०७१ श्रावण २५, आईतबार (११ साल अघि)
घरभाडाको मापदण्ड नतोकिंदा डेरावालाहरु समस्यामा

ज्ञानमणि कालोटोपी

काठमाडौं ÷ गाउँघरमा रोजगारीको कुनै विकल्प नभएपछि शहर केन्द्रित बसोवास र यसका लागि घरभाडा नेपालीहरुको बाध्यात्मक अवस्था हो । रोजगारिको शिलशिलामा वा उच्च शिक्षा अध्ययनका लागि भनेर राजधानी छिर्ने गरेका युवायुवतीहरु त्यतिबेला निराश बन्छन् जतिबेला काठमाडौंका गल्ली – गल्ली चाहार्दा पनि भने जस्तो कोठा पाउँदैनन् । कोठा पाए पानी नहुनु र पानी लगायत अन्य सुविधाहरु भएको ठाउँमा कोठाभाडा छोईनसक्नु अहिले राजधानीको विशेषता नै भएको छ ।
घरलाई भाडाकै लागि लगाउने उद्देश्यले निर्माण गर्ने व्यवसायीहरुको संख्या पनि पछिल्ला दिनहरुमा वढ्दो छ । एक तथ्याङ्क अनुशार राजधानीमा वसोवास गर्नेहरु मध्ये करिव सत्तरी प्रतिशत भन्दा वढी मानिसहरु देशका विभिन्न जिल्लाहरुबाट भित्रीएको देखिन्छ । धेरैजसो रोजगारीका लागि त केहि आफ्नो घरजग्गा नभएका कारणले बाध्यात्मक रुपमा घरभाडामा वस्नेहरु रहेको बुझिएको छ । जसले गर्दा गाउँको जनसंख्या घट्दो क्रममा छ भने शहरमा मानिसहरुको चाप पछिल्ला केहि वर्ष देखि वढ्दो छ ।
केहि दशक देखि यसरी शहर केन्द्रित बसोबास बढेको र अधिकांसहरुको कोठा भाडा लिनु बाध्यात्मक अवस्था भएपनि सरकारले यसको बारेमा न्युनतम मापदण्ड अहिले सम्म तोक्न नसकेकै कारण यतिबेला राजधानीमा घरभाडामा मनलाग्दी छ । घरधनीहरु वर्षेनी घरभाडा बढाउँछन् , तर डेरावालाहरुलाई कुनै सुविधाको वास्ता गर्दैनन् । अझ ३ महिना अगाडि देखि नै भाडा तिर्नु पर्ने बाध्यताले धेरैजसो उपभोक्ताहरु पीडित भएका छन् ।
पहिलो कुरा त एउटा ÷ दुइटा कोठै पाईदैन । पुरै फ्ल्याट नै लिनको लागि छोइ नसक्नु छ । पढ्न बसेकाहरुले कहाँबाट पैसा पाउनु र पुरै फ्ल्याट भाडामा लिनु । यो पनि ठुलो समस्या भएको कैलालीबाट राजधानीमा पढ्नका लागि आएका विद्यार्थी गोकर्ण विकले गुनासो गरे । अझ अर्को समस्या के छ भने पछिल्लो केहि वर्ष देखि राजधानीमा अविवाहित युवाहरुलाई त कोठै दिंदैनन् घरभेटीहरु । उनीहरु उत्श्रृंखल हुन्छन् र आफ्ना छोरीहरुलाई भगाउँछन् भन्ने डरले पनि कतिपयले अविवाहितलाई भाडा नदिने गरेको पाईएको छ । ‘ घरभाडामा राख्न कसकी छोरी टिपेर ल्याउनु खै ? ’ – गोकर्णले व्यङ्ग्यात्मक पारामा भने । उपभोक्ता सँग चर्को भाडा लिने अनि महानगरलाई घरभाडाकर तिर्नु पर्छ भनेर वास्तविकता लुकाउनेको पनि राजधानीमा कमी छैन । काठमाडौं महानगरपालिकाका अनुशार यतिबेला उपत्यकामा करिव २ लाख घरहरु छन् । ती मध्ये ७० प्रतिशत भन्दा वढि भाडामा लगाइएका छन् । ती घरहरुमा करिव ३० लाख मानिसहरुले भाडा तिरेर बस्ने गरेका छन् । तर घरभाडा कर तिर्ने घरधनीहरुको संख्या नगन्य मात्र  छ । राजधानीको न्युरोडमा एउटा सटरको न्युनतम ५० हजार भाडा लिने घरधनीहरुले कर छल्नका लागि ५ हजार मात्र देखाएको पनि भेटिएको छ । यसरी उपभोक्ताहरु सँग चर्को भाडा लिएर कर नतिर्नेहरुलाई पनि सरकारले कुनै कारबाहि गर्न सकेको छैन ।
देशका उच्च ओहदामा रहेका मन्त्री र नेताहरु अधिकांस घरभाडामै लिएर राजधानीमा बसोवास गर्ने गरेका छन् । तर यसको न्युनतम मापदण्ड के हुन सक्छ त्यो अहिले सम्म उनीहरुले सोच्न सकेका छैनन् । हुन त देशको ढुकुटी रित्याएर करोडौं रुपयाँ कुम्ल्याउनेहरुले यसलाई सानो – तिनो विषयका रुपमा लिएर पनि वास्ता नगरेको हुनसक्ने सर्वसाधारणको आरोप छ । प्रशस्त आम्दानी हुनेहरुका लागि यसले खासै प्रभाव नपार्ला तर अधिकांस न्युन आय भएका सर्वसाधारणलाई भने पछिल्ला वर्षहरुमा घरभाडाले सताउँदै आएको छ । सरकारले पेट्रोलियम पद्धार्थमा मुल्य वढाउँदा सडक तताउने विद्यार्थी नेताहरुले पनि सर्वसाधारणको गम्भिर चासोको विषय रहेको घरभाडाका बारेमा खासै वास्ता गरेको देखिंदैन ।
सरकारले घरभाडाको न्युनतम मापदण्ड तोक्नु आवश्यक रहेको र यस बारेमा सरोकारवाला निकायले पनि ध्यान दिनु पर्ने उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योती बानियाँको भनाई छ । सरकारले यस विषयमा नियम बनाएर आगामि संविधानमै उल्लेख गर्नु पर्ने बेला आएको तर्फ उहाँले ध्यानार्कषण गराउनुभयो । यसो गर्न सकिए मात्र अस्वभाविक रुपमा वढेको घरभाडालाई नियन्त्रण गर्न सकिने , सरकारले कर लिन पनि सजिलो हुने र सर्वसाधारणले राहत पनि पाउने उहाँले बताउँनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

  • मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

    मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

  • Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

  • Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0