Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

ज्ञानविकास सामुदायिक पुस्तकालय आजको आवश्यकता

प्रभातफेरी अनलाइन १४०२ पटक पढिएको प्रकाशित मिति: २०७१ भाद्र ३, मंगलबार (११ साल अघि)
Post Thumbnail

ओम् क्रिश्न श्रेस्थ
काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका प्राचिनकालदेखि नै धार्मिक तवरबाट विशेष उल्लेखनिय रुपमा चिनिँदै आएको प्रमाणहरु छ्याप्छ्याप्ती भेटिन्छन् । इन्द्रले यहाँ आई तपस्या गरेको विभिन्न देवीदेवताका मूर्तिहरु स्थापना गरिएको र रुद्रावती, पुण्यवती र लीलापती नदीको संगमस्थल त्रिवेणीघाट भएकोले पनि यस ठाउँले प्रसिद्धी पाएको हो । भौगोलिक र प्राकृतिक तवरले चारैतिर हरियाली डाँडाकाँडा भएको अपूर्व पवित्रस्थल भएकोले यसको गरिमा बढेको हो । काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकामदेखि दक्षिण भेगमा अवस्थित यस नगरीमा शिक्षाप्रेमीहरुको धेरै अघिदेखि बसोबास हुँदै आएको पाइन्छ ।
शैक्षिक तथा सामाजिक विकास गर्ने उद्देश्यका साथ २०१२ सालमा ज्ञान विकास पुस्तकालय स्थापना भएको हो तर विविध कारणले २०१७ सालमा बन्द हुन पुगेको भएतापनि २०५६ सालमा पुनः सञ्चालन भई यस क्षेत्रको सामाजिक तथा शैक्षिक विकासमा योगदान पु¥याउँदै आएको छ । यस पुस्तकालयलाई आधुनिकीकरण गर्दै बाल, युवा, महिला, बृद्ध समुदायलाई समेत सेवाग्राही बनाई सूचना र प्रविधिको विकास गराउँदै यसको दीगो विकास र निरन्तरता दिनु आजको आवश्यकता हो ।
जिवनको हरेक आरोह अवरोह विचरण गर्दै र झिना मसिना कुराहरुलाई क्रमशः पन्छाउँदै आज यस पुस्तकालय नवरत रुपमा सफलतापूर्वक आफ्नो कार्ययोजना पूरा गर्दै आइरहेको छ । पुस्तकालयको माध्यमबाट शैक्षिक तथा सामुदायिक विकास क्षेत्रको विकास गर्ने उद्देश्यले २०१२ सालमा स्थानीयवासीको सहयोगमा स्थापित यस संस्थाले निश्पक्ष ज्ञान विकास पुस्तकालय रुरल एजुकेशन एण्ड डेभलप्मेण्ट नेपाल (रिड नेपाल), एक अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्थाको सहयोगमा बृहत र आधुनिक हुँदा हामीमा र समुदायमा छुट्टै उमङ्ग र जोश जागेको छ । रिड नेपालले आफ्नो २० आंै वार्षिक उत्सव मनाउने क्रममा यस पुस्तकालयलाई आफ्नो ५० औं पुस्तकालय तथा बृहत आधुनिक पुस्तकालयको रुपमा विकास गर्ने उद्देश्य राखि रिड नेपालले सहयोग प्रदान गरेको छ ।
धार्मिक, साँस्कृतिक एवं सामुदायिक सम्पदाको संरक्षण र पुस्तकालयको माध्यमबाट शैक्षिक तथा सामाजिक विकासको ज्योति जगाउने उद्देश्य बोकी हिँडेको यस रिड नेपालको ५० औं अंगको रुपमा यस पुस्तकालय जोडिन आएको छ । यस कार्यलाई सफलतापूर्वक अघि बढाउन पनौती नगरपालिकाबाट यस पुस्तकालयलाई हातेमालो गर्दै अघि बढ्न २०६७ असार १ गते रिड नेपाललाई सिफारिस पत्र पठाई रिड नेपालबाट यस पुस्तकालयलाई परियोजना स्विकृत गरी २०६८ साल जेठ ११ गते पुस्तकालयले प्राप्त गर्यो ।
पुस्तकालयको नयाँ भवन निर्माण तथा भौतिक पूर्वाधार जुटाउन यस समुदायबाट ५१ लाख राख्नुपर्नेमा हालसम्म जनसमुदायबाट रु. ७ लाख ५९ हजार भन्दा बढी रुपियाँ सहयोगको प्राप्त भइसकेको छ भने १४ लाख सहयोग पनौती नगरपालिका, जिविस काभ्रेबाट ४ लाख २० हजार सहयोग प्राप्त भइसकेको छ । पुस्तकालयको भवन निर्माण सम्पन्न गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय (पनौती नगरपालिका जगेर्ना कोष) बाट १८ लाख र सभासद् कोषबाट १ लाख रुपियाँ सहयोग प्राप्त भएको छ ।
बहृत र आधुनिक पुस्तकालय भवन बन्नका लागि यस पुस्तकालयको पुरानो भवन अपुग भएकाले नयाँ भवन निर्माण गर्न जग्गा किन्नुपर्ने समस्या नआएको होइन, तर स्थानीय मिठूदेवी कर्माचार्य, मुकुन्द कर्माचार्य र पुष्पराम कर्माचार्यको सहृदयी भावनाले पुस्तकालय भवन अगाडिको जग्गा सहयोग स्वरुप प्राप्त भयो ।
पुस्तकालयको स्थापनाकाल २०१२ सालमा स्व. न्हुच्छेदास कर्माचार्य, स्व. भीमबहादुर प्रधानले जग्गा प्रदान गर्नुभई संस्थापकहरु स्व. सप्तलाल ताम्राकार, स्व. श्रीराम कर्माचार्य, स्व. माधवनारायण कर्माचार्य, स्व. रामचन्द्र कर्माचार्य, स्व. रामबहादुर ताम्राकार लगायत अनन्तकुमार मधिकर्मी, मच्छेनारायण कर्माचार्य, लक्ष्मीनारायण कर्माचार्य लगायतका अग्रजहरुको योगदानलाई बिर्सन सकिन्न ।
पुस्तकालयको नयाँ भवन निर्माण कार्य संचालन गर्नका लागि २०६८ कात्तिक १७ गते भवनको शिलान्यास कार्यक्रम सम्पन्न भई पुरानो भवन पुननिर्माण कार्य २०६८ फागुनदेखि शुरु भएको थियो । विविध कारणवश रोकिएको नयाँ भवन निर्माण २०६९ वैशाख १६ गतेदेखि शुचारु रुपमा अघि बढिरहेको पुस्तकालयलाई दीगो रुपमा सञ्चालन गर्न, पुस्तकालयमा व्यवस्था भएका सम्पूर्ण सुविधाहरु निःशुल्क रुपमा प्रदान गर्न यस पुस्तकालयले आफ्नो पुरानो भवनलाई नियमित आम्दानीको स्रोतको रुपमा लगिएको छ । सो भवनमा उपहार पसलको व्यवस्था गरि संकलन भएको रकम पुस्तकालयको व्यवस्थापनमा खर्च गर्ने निर्णय गरिएको छ । भवन निर्माण कार्य २०६९ असारमा सम्पन्न गरि २०६९ श्रावण २२ गते उपहार पसलको समेत समुद्घाटन भई नियमित सञ्चालनमा रहेको छ । साथै, नयाँ भवनको निर्माण कार्य २०७१ श्रावणमा सम्पन्न भएको छ ।
ज्ञान विकास सामुदायिक पुस्तकालयमा पुस्तकालय कक्ष मात्र नभई, महिला कक्ष, बालकक्ष, कम्प्युटर कक्ष, श्रव्य–दृश्य कक्ष, सङ्गीत कक्ष, बैठक हल आदि भागहरुको विकासलाई चाहिने सीपमूलक कार्यक्रम सञ्चालन गर्ने, बालकक्षबाट स–साना बालबालिकाहरुलाई मण्टेश्वरी विधिबाट शैक्षिक तथा व्यावहारिक शिक्षा प्रदान गर्ने, कम्प्युटर कक्षबाट कम्प्युटर सम्बन्धी तालिम र निःशुल्क रुपमा इन्टरनेटको सुविधा प्रदान गर्ने, अडियो भिडियो कक्षबाट विद्यालयका विद्यार्थीहरु तथा कलेजका विद्यार्थीहरुलाई आवश्यक शैक्षिक गतिविधि प्रस्तुत गर्ने, म्युजिक कक्षबाट संगीत सम्बन्धी तालिम दिने र पुस्तकालय कक्षबाट सबै तह र तप्काका जनसमुदायलाई उपयोगी पुस्तकहरुको व्यवस्था गर्ने योजना रहेको छ । यस पुस्तकालयलाई रिड नेपालले काभ्रे जिल्लाको केन्द्रीय हवको रुपमा ‘एक गाउँ एक पुस्तकालय, एक विद्यालय एक पुस्तकालय’ नाराका साथ अघि बढाउने लक्ष्य लिएको छ । रिड नेपाल र जनसमुदायको साझेदारीमा एक करोड एक चालिस लाख लागतमा बन्न लागेको पुस्तकालयको लागि स्थानीयस्तरमा नै नेपाली स्रोत साधन संकलनको अभियानमा जुटेका छौं । यो सायद हाम्रो भविष्य हामी आफै बनाउन सक्छौ भन्ने सन्देश एउटा कोशेढुंगा सावित हुनेछ । प्रत्येक व्यक्ति, जातजाति, वर्गहरुको अनुदान, माया, ममता, सल्लाह सुझाव हाम्रो आवश्यकता भएको कारण हामी सबैलाई समेटेर अघि बढ्ने क्रममा छौं । प्रत्येक व्यक्तिको एकै रुपियाँ मात्र भएपनि यस पुस्तकालय निर्माणमा सहयोग होस् भन्ने हेतुले हामीले पनौती नगरपालिका सेरोफेरोका गाविसहरुमा संचालन भैरहेका विद्यालयहरुका विद्यार्थीहरु माझ सयदिन सयरुपियाँ खुत्रुके अभियान संचालन गरेका छौं । साथसाथै, यस क्षेत्रमा संचालन भइरहेको संघसंस्थाहरुको प्रत्येक कर्मचारीहरुको सहयोगको अपेक्षा सहित एक दिने तलब संकलन अभियान पनि संचालन गरेका छौं । नेपालीले सक्छौं, भन्ने नाराका साथ नेपालीहरुकै मात्र स्रोत र साधनमा निर्माण हुँदै गरेको यो पुस्तकालय भवन निर्माणमा यस क्षेत्रको सबै वर्गहरुको सहयोग प्राप्त भएकोमा हामी हर्षित छौं ।
हालसम्म रिड नेपालको सहयोगमा स्थापना भएका सामुदायिक पुस्तकालयहरु दीगो र समुदायको विकासको मुख्य केन्द्रको रुपमा स्थापित भएका छन् । पुस्तकालयहरु आर्थिक, भौतिक, सामाजिक र संस्थागत रुपमा दीगो हुनु र समुदायले आफ्नो साझा सम्पत्ति ठानेर व्यवस्थापन गर्नु रिड नेपालको नमूना कार्यक्रमको मुख्य अंशहरु हुन् । रिड नेपालद्वारा स्थापित पुस्तकालयहरुको विविध विचार, जातजाति, अवस्था, वर्ग र लैङ्गीकताका सवालमा नेपाली समुदायमा देखा परेका खाडलहरुलाई पुस्तकालय मार्फत सम्याउँदै आफ्नो समुदायको शैक्षिक, आर्थिक र सामाजिका विकासका लागि मुख्य द्वारको रुपमा काम गर्दै आएका छन् । पुस्तकालयले हाम्रो समुदायमा पवित्रस्थान र महत्वपूर्ण स्रोतकेन्द्रको रुपमा परिचित हुनेछ । हाम्रो पुस्तकालय, पुस्तकालयको परम्परागत भूमिकामा सिमित नरहेर भावी दिनहरुमा विकासको मुख्य बाहक तथा साधनको रुपमा अघि बढ्नेछ । वास्तवमा भावी दिनहरुमा ज्ञानको संग्रह गर्ने माध्यमबाट विकसित भएर आफूले सिकेको, प्राप्त गरेका सूचना र ज्ञानको प्रयोग गरि उत्पादकीय काम गर्नसक्ने एउटा महत्वपूर्ण स्थानको रुपमा रुपान्तरण हुनेछ ।
(लेखक, ज्ञानविकास सामुदायिक पुस्तकालय, पनौतीका सचिव हुन् ।)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0