Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

‘जीवन र जगतको यथार्थ नै साहित्य हो’=हिरामाया घिसिङ

प्रभातफेरी अनलाइन ५२६३ पटक पढिएको प्रकाशित मिति: २०७१ भाद्र ३, मंगलबार (११ साल अघि)
‘जीवन र जगतको यथार्थ नै साहित्य हो’=हिरामाया घिसिङ

काभ्रे जिल्लाको विकट गा.वि.स. डाँडाँपारीमा जन्मिएर साहित्य क्षेत्रमा संघर्ष गर्दै गरेकी प्रभिा हुन् हिरामाया घिसिङ । पनौतीको इन्द्रेस्वर क्याम्पसमा स्नातक तहमा अध्ययनरत घिसिङ साहित्य क्षेत्रमा एउटा संभावना बोकेकी प्रतिभा हुन् । पेशाले उनी अ.न.मी. भए पनि साहित्य क्षेत्रमा सत्रिय प्रतिभा हुन् । थुप्रै पुरस्कार तथा सम्मान थापिसकेकी उनले हालै मात्र नेपाल सरकार संस्कृति तथा पर्यटन मन्त्रालयद्वारा आदिकवि भानुभक्त आचार्यको जन्मोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रममा भानु काव्य पुरस्काबाट सम्मानित भइसकेकी छिन् । उनै प्रतिभा प्रगतिशिल उदियमान साहित्यकारको रुपमा आफूलाई परिचित गराउँदै आएकी हिरामाया घिसिङसँग मध्यमार्ग साप्ताहिकको लागि अमरकृष्ण चन्दले गरेको कुराकानीको साराँशः–
० यो क्षेत्रमा के देखेर लाग्नुभयो ?
यो क्षेत्र मेरो मन पर्ने क्षेत्र हो । विद्यार्थी जीवन छँदै आफूमा आइपरेको समस्याले यो क्षेत्रमा कलाई लाग्न प्रेरित ग¥यो । जब कक्ष ५ को पढाइ सकाएँ त्यस पछिको पढाइको लागि नजिकै विद्यालय थिएन । विद्यालय जान डाँडा पारी जस्तो विकट ठाउँमा चार घण्टा हिँडेर जानु पर्ने अवस्था थियो । जुन क जस्ता थुप्रैको लागि ठूलो समस्या थियो । त्यसैले मैले पढाइलाई त्यहिँ छाड्नु पर्ने भयो । त्यो अवस्थामा आफू विद्यालय जान नपाएको पीडालाई, मनको कहलाई जानी नजानी कापीमा उतार्ने गरें । त्यहि पिडालाई कापीमा पोख्दा पोख्दै कविताहरु लेख्न थालें । त्यहिबेला देखिको लेख्ने बानीले मलाई यो क्षेत्रमा डो¥यायो ।
गाउँको घाँस दाउरा गर्दा गर्दै मेरो पढाइ पाँच वर्ष पछि धकेलिन पुग्यो । त्यहि आफ्नै वेदनाले नै म यो क्षेत्रमा नजानिदो पाराले होमिन पुगें ।

० लेखन  प्रतिको सक्रियता कहिलेदेखिको हो ?
सानै देखि अलि अलि कलम चलाए पनि ०६६ सालमा तामाङ स्रष्टा समाजले आयोजना गरेको राष्ट्रव्यापी कविता प्रतियोगितामा दोस्रो स्थानमा आए पछि लेखनमा सक्रिय हुन थालेकी हुँ । बिचमा केहि समय पढाइ र आफ्नो घरायसी तथा व्यवहारिक कारणले केहि समय साहित्यबाट अलि टाढा भएँ ।
० साहित्य सिर्जनामा के कति अप्ठेराहरु सामना गर्नुप¥योे ?
त्यस्तो अप्ठेरो त नभनौं तर तामाङ भाषाको लेखनमा ठेंट तामाङ भाषको ज्ञान नहुँदा र नबुझ्दा लेखनको समयमा केहि अप्ठेरा भए । बुबा आमा दाजुहरुको सहयोगले केहि सहज भयो ।

० यो क्षेत्रमा लागेर के पाउनुभयो ?
पाउनु भन्दा पनि यो क्षेत्रमा लागेर आफ्नो भावनालाई कोर्न पाएकोछु ।

० अहिले सम्म तपाईले साहित्यमा के कति सफलता पाउनुभयो ?
खासै सफलता भन्दा पनि संघर्ष गर्दैछु यो क्षेत्रमा । अहिले सम्म आफ्नै मातृभाषा तामाङ भाषामा दुईवटा कृति निकालेको छु । ‘आपा आमाला मोलम’ (बाबु आमाको आशिर्वाद कविता संग्रह) र ‘च्युम्बा मी’ (बन्द आँखा ) गीती संग्रह । खरु पनि निकाल्ने प्रयास गरिरहेको छु ।

० तपाईको तामाङ भाषामा मात्र मोह देखियो नि ?
मैले नेपाली भाषामा पनि लेखेको छु तर आर्थिक अभावमा त्यसलाई प्रकाशन गर्न सकेको छैन । तामाङ भाषामा चाहिँ आफू पनि तामाङ भएको नाताले अलि बढी नै आफ्नोपनको माया लागेर बढी लेख्ने गरेको चाहिँ सत्य हो ।

० तपाईंलाई नेपाली भाषामा लेख्न सजिलो की तामाङ भाषाको साहित्य ?
मलाई त नेपाली  तामाङ भाष दुबैमा उस्तै लाग्छ । दुबै भाषको उतिकै माया लाग्छ । तामाङ मेरो मातृभाषा हो भने नेपाली हामी सबैको राष्ट्रिय भाषा । लेखेकी छु त मैले नेपालीमा पनि थुप्रै साहित्य तर प्रकाशन गर्न मात्र नसकेको हो अब चाँडै नै नेपाली भाषामा एउटा किताब निकाल्ने सोचमा छु ।

० साहित्य प्रतिको मोह र उद्धेश्य ?
समुदाय भित्रका तीता यथार्थ बाहिर ल्याउनु र समाज सुधारमा केहि गर्न सकिन्छ कि भनेर ।

० यस क्षेत्रमा लाग्नुको प्रेरणाको स्रोत ?
बुबा आमा नै मेरो प्ररणाको स्रोत हो जसले मलाई साहित्य लेखनमा सधैं हौसला दिनुहुन्थ्यो । अनि तामाङ स्रष्टा समाज जसले मलाई यस क्षेत्रमा लाग्न प्ररणा दियो । त्यस्तै मेरो विद्यालयका प्र.अ. उमारुद्र बस्नेत र तामाङ डोजाङ साहित्यिक संस्था ।

० प्रेम के हो ?
प्रेमको परिभाषा दिन गाह्रो छ । यसलाईलाई जसले जसरी बुझ्छ त्यसरी व्याख्या गर्दै आएको पाइन्छ तर मेरो विचारमा प्राणी प्राणी बीच हुने सम्बन्धको आधार नै माया हो । माया बिना जीवन अपुरो हुन्छ ।

० तपाईंलाई मन पर्ने स्रष्टा ?
मलाई पारिजात मन पर्छ अनि तामाङ भाषाका स्रष्टामा सिर्जना गोले मन पर्छ

० जीवन के हो ?
जीवन समय र परिस्थिति अनुसार चल्नु पर्ने एक पात्र हो । जुन सधैं गतिशिल हुनु पर्छ ।

० साहित्यलाई कसरी बुझ्नुहुन्छ ?
साहित्य जीवन र जगतको यथार्थ चित्रण हो भन्ने मलाई लाग्छ तर साहित्यको पनि धेरै विधा हुन्छन् । स्रष्टाहरुले साहित्यलाई आफ्नै किसिमले परिभाषित गर्ने गर्छन् ।

० अन्तमा…………… ?
सर्वप्रथम त मध्यमार्ग साप्ताहिक र तपाईंलाई धन्यवाद । अनि सबै मिलेर आफ्नो पहिचान र अस्तित्वलनई जोगाऔंैं । आफ्नो अस्तित्वको रक्षा आफै गरौं भन्न चाहन्छु ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अन्तरबार्ता सम्बन्धि थप
  • दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

  • प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0