Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नारीचेतना केन्द्रको उदाहरणिय काम ईंट्टाभट्टामा जानेको संख्यामा कमि

प्रभातफेरी अनलाइन ५६४१ पटक पढिएको प्रकाशित मिति: २०७१ भाद्र ९, सोमबार (११ साल अघि)
नारीचेतना केन्द्रको उदाहरणिय काम ईंट्टाभट्टामा जानेको संख्यामा कमि

प्रदिप के. सी.
पाँचखाल ÷ वार्षिक रुपमा तीनसय घरधुरी परिवार ईंट्टाभट्टामा जाने गरेकामा नारी चेतना केन्द्रबाट संचालित उन्नत भविष्य बनाउ कार्यक्रम संचालन गरेपछि ईंट्टाभट्टामा काम गर्न जाने संख्या ५० प्रतिशतले घटेको छ ।
प्रतिभा प्राथमिक विद्यालय, पाँचखाल –१, पिपलडाँडाका शिक्षक दिनानाथ ढुंगानाका अनुसार नारी चेतना केन्द्रद्वारा संचालित कार्यक्रमबाट विद्यालयमा घुम्ति २० हजार रकम फण्डको रुपमा दिएपछि अभिभावकहरुलाई सामान्य ब्याज दिई रकम तरकारी खेती गर्न सहयोग गरिँदै आएको छ भने ब्याजबाट आएको रकम विद्यार्थीहरुलाई चाहिने स्टेशनरी खरिद गर्ने गरेको उनले बताए ।
जग्गा जसमन कम र गरिबीले यहाँका बासिन्दाहरु हिउँदमा ईंट्टाभट्टामा काम गर्न जाने गरेका हुन् । नारी चेतना केन्द्रले अभिभावकहरुलाई आकर्षण गर्न जैविक विषादी प्रयोग गरि आई.पि.एम.कृषक पाठशाला संचालन गर्दै आएको छ ।
आई.पि.एम. कृषक पाठशालाबाट सिकेर वर्षाैदेखि ईंट्टाभट्टामा जाने गरेकी एलिना तामाङ भन्छिन्, ‘श्रीमान ड्राइभिङ गर्नुहुन्छ, मैले तरकारी खेती गरि दुई जना बच्चाहरुलाई स्कूलमा पढाएकी छु ।’ तरकारी खेतीको साथै बाख्रापालन र गाईपालन गरि घरायसी खर्च धानेको उनी सुनाउँछिन् ।
त्यस्तै, रामकला तामाङ भन्छिन्, ‘घर र आधा रोपनी जग्गा छ, नारी चेतना केन्द्रबाट कृषक पाठशाला संचालन आएपछि थप भाडामा तीन रोपनी जग्गामा काउली, काँक्रो, सिमी रोपेकी छु ।’ छोरा कक्षा ६ मा गणेश माध्यमिक विद्यालयमा पढाएकी र श्रीमान्सँगै तरकारी टिपेर बेच्न लाने उनले बताइन् । १२ वर्ष अघिदेखि ईंट्टा पार्न भक्तपुर जाने गरेका थियौं, अहिले श्रीमान् चक्रबहादुर पनि तरकारी खेतीतिर आकर्षित हुँदै आएको उनले बताइन् ।२
रामकला जस्तै पार्वती तामाङ पनि १५ वर्षअघिदेखि ईंट्टाभट्टामा जाने गरेकी थिइन् र उनले पनि तरकारी खेती र बाख्रापालन गरेर घरको गर्जाे टारी दुईजना बच्चाहरुलाई सरकारी विद्यालयमा अध्ययनका लागि पठाउने गरेको बताइन् ।
नारी चेतना केन्द्रकी कार्यक्रम प्रमुख सिर्जना पौडेलका अनुसार २०४७ सालमा महिलाहरुद्वारा स्थापित सामाजिक संस्थाले एकीकृत सामुदायिक निकास कार्यक्रमहरु संचालन गरि गरिबी निवारण हुने विश्वासका साथ काभ्रेपलाञ्चोक, मकवानपुर, काठमाडौं र भक्तपुर जिल्लामा आफ्ना कार्यक्रमहरु संचालन भएको जानकारी दिएकी छिन् ।
समुदायमा आधारित एकीकृत विकास कार्यक्रम महिला र बालबालिकाहरुको दैनिक जीवन सहज बनाउन खानेपानी आयोजना, विद्यालय मर्मत, कुवा मर्मत, गोरेटोबाटो मर्मत, साक्षरता कक्षा, स्वास्थ्य शिविर, दीगो कृषि व्यवस्थापन कार्यक्रम, कृषि कार्यक्रम र वन बचाउ जस्ना कार्यक्रमहरु नारी चेतना केन्द्रले संचालन गरिरहेको छ ।
दीगो कार्यक्रम अन्तगर्त कृषकहरुलाई कम्पोष्ट मल व्यवस्थापन, तरकारी खेती र डालेघाँस उत्पादन गर्न सहयोग पु¥याई बालबालिका लक्षित कार्यक्रमहरुमा तालिम, अन्तक्र्रिया, पुस्तकहरु प्रकाशन, वकालत, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा हुने नीति निर्माण लगायतका महत्वपूर्ण महिला सम्मेलनहरुमा प्रतिनीधित्व गर्दै आएको कुरा नारी चेतना केन्द्रकी संस्थापक अध्यक्ष प्रतिभा सुवेदीले जानकारी दिइन् ।
यसैगरी, नारी चेतना केन्द्रले सन् २०११ देखि काभ्रेपलाञ्चोक जिल्लाको ईट्टाभट्टामा काम गर्न जाने परिवारहरुलाई लक्षित गरि विश्व शिक्षाको सहयोगमा उन्नत भविष्य बनाउ कार्यक्रम संचालन गर्दै आएको छ ।
सो कार्यक्रम लागू गरि आर्थिक रुपमा विपन्न परिवारहरु आफ्ना नाबालक छोराछोरीहरुलाई शिक्षाबाट बञ्चित गराई हिउँदमा बसाई सरि उपत्यकाका ईंट्टाभट्टामा बच्चासहित लिएर जानेको संख्या घट्दै गएको संस्थापक अध्यक्ष सुवेदीले बताइन् ।
त्यसको अलावा बालप्रतिभा प्रा.वि. अनेकोट, महाँकाल मा.वि. बेला, जनजागृति प्रा.वि. फूलबारीमा पहिलो वर्ष, जागेश्वर मा.वि. महादेवटार, ज्ञानोदय नि.मा.वि. अनेकोट, जनभावना प्रा.वि. बालुवा र प्रतिभा प्रा.वि. पाँचखाल दोस्रो वर्ष, महाँकाल प्रा.वि. बालुवा, बालउज्ज्वल मा.वि. पुरानोगाउँ, श्रीकृष्ण मा.वि. छत्रेबाँझमा कोचिङ कक्षा संचालन पि.टि.ए.एम.एम.सि. तालिम प्रदान गरिएको थियो ।
सोही विद्यालयहरुमा विद्यालय आयआर्जन कार्यक्रम, कृषक पाठशाला संचालन, आर्थिक शिक्षा कार्यक्रम, जिविकोपार्जन कार्यक्रम, युवा उद्यमशीलता तालिम र पशु स्वास्थ्य कार्यकर्ता तालिमहरु नारीचेतना केन्द्रले संचालन गरिसकेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0