प्रभातफेरी अनलाइन७ पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ ७, आईतबार(३ घण्टा अघि)
काठमाडौं, कञ्चनपुरमा श्रीमतीमाथि तातो तेल खन्याएर आगो लगाएको आरोपमा एक पुरुष पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–८ तिलाचौरका ३४ वर्षीय अशोक भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार २०८२ पुस १५ गते भान्सामा सेलरोटी पकाउँदै गरेकी आफ्नी श्रीमतीमाथि भट्टले तातो तेल खन्याएर आगो लगाएको आरोप छ।
उनीविरुद्ध तेजाब तथा अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरूप पार्न नहुने सम्बन्धी कसुरअन्तर्गत अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरीले जनाएको छ।

प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
ppkavre@gmail.com
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
