Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

टुकुचा बुडोलमा एकीकरण

प्रभातफेरी अनलाइन २४५२ पटक पढिएको प्रकाशित मिति: २०७३ आश्विन ६, बिहिबार (९ साल अघि)
Post Thumbnail

बनेपा
टुकुचा जागरण बचत तथा ऋण सहकारी संस्था लि. उग्रचण्डी–४, नाला र बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि., बनेपा–११, बुडोल बीच एकीकरण भएको छ ।
शुक्रबार आयोजित एक कार्यक्रमका बीच दुई सहकारीको एकीकरण गरिएको घोषणा गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि डिभिजन सहकारी कार्यालयका प्रमुख चेतनाथ गिरीले सहकारीको विकाससँगै गुणस्तरीय सहकारी निर्माण गरी सेवा दिन सहकारीहरु एकीकरण हुनुपर्नेमा जोड दिँदै एकीकरण अभियानले सहकारीहरुको डुप्लिकेटिङ हुनबाट रोक्ने, ऋण प्रवाह गर्न सजिलो हुने धारणा राखेका थिए ।
अब सहकारीहरुले सदस्यहरुको चाहनालाई मध्यनजर राखी उन्नत स्तरको कार्य गरी अगाडि बढ्नु जरुरी भैसकेको औंल्याउँदै प्रमुख गिरीले काभ्रेका सहकारीहरुमा विकृति छाएको कुरा व्यक्त गरे । हाम्रा सहरी क्षेत्रमा रहेका सहकारीहरुमा सदस्यता, ऋण प्रवाहमा डुप्लिकेटिङ रहेका छन् । काभ्रेका अधिकांश सहकारी गन्तव्यहीनमा बढ्दै गरेकाले अब सहकारीहरुले एकीकृत कार्ययोजना तयार गरी नुमना हाइड्रोपावर निर्माण गर्नुतिर लागे सहकारीबाट बचत भएको रकम सही ठाउँमा प्रयोग हुन सक्ने थियो भन्ने कुरामा डिभिजन प्रमुख गिरीले जोड दिएका थिए ।
बुडोल सामुदायिक साकोसका अध्यक्ष रामहरी के.सी.ले हामीले संस्था एकीकरण गर्न आठवटा सहकारीहरुको भेला गरी अन्तक्र्रिया मार्फत एकीकरणको कार्य थालनी गरेका थियो, फलत आज हामी दुई सहकारी एकीकरण हुन सफल भएको जानकारी दिएका थिए ।
सहकारीको कार्यसमितिमा बसेर इमेज कमाउने ठूलो कुरा हो र पैसा कमाउने कुरा गौण रहेको चर्चा गरेका थिए । टुकुचा जागरणमा १ हजार २ सय ४३ र बुडोल सामुदायिकमा ६ हजार ५ सय ४५ शेयरसदस्य रहेका छन् । जसमा शेयरपुँजी टुकुचा जागरणमा ४७ लाख ८५ हजार ३ सय र बुडोल सामुदायिकमा ४ करोड ३० लाख ७९ हजार १ सय रहेको छ ।
कुल सम्पत्ति टुकुचा जागरणको ४ करोड ४६ लाख ११ हजार ७ सय र बुडोल सामुदायिकको ४६ करोड १९ लाख ९६ हजार ३ सय रहेको हिसाब विवरण प्रस्तुत गरिएको थियो भने संस्थाको एकीकृत कारोबार २०७३ असोज १ गतेबाट शुभारम्भ गरिने भएको छ । १५ गते हुने साधारणसभाले १५ सदस्यीय कार्यसमिति एवं तीन सदस्यीय लेखा समितिको निर्वाचन गर्ने भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0