Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० आश्विन ७, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आचारसंहिता कडाईका साथ पालना गरौं

प्रभातफेरी अनलाइन २४७० पटक पढिएको प्रकाशित मिति: २०७३ आश्विन ६, बिहिबार (७ साल अघि)
Post Thumbnail

महान्यायाधिवक्ताको कार्यालयले सरकारी वकिलको कार्य सम्पादनका लागि नयाँ आचार संहिता जारी गरेको छ । कानून व्यवसायी र विवादका पक्षधरसँग अब सरकारी वकिलहरुले भेट्न पाउने छैनन् । आचार संहिता २०७३ मा परिवारका अन्य सदस्यहरु कानून व्यवसायी भए त्यस खालका मुद्दाहरुमा आफू संलग्न हुनबाट रोक लगाएको छ । वकिलले सेवाबाट अवकाश लिएको एक वर्षसम्म सेवारत व्यक्ति कम्पनी संस्था वा फर्ममा काम गर्न र पदीय सम्बन्ध रहेको मुद्दामा काम गर्न नपाउने व्यवस्था रहेको छ ।
आचारसंहितामा सरकारी वकिलहरु मुद्दाको पक्षहरुसँग मुद्दाको टुंगो नलागेसम्म उनीहरुले आयोजना गरेको कार्यक्रम र भोजभतेरमा समेत सहभागी हुन नपाउने व्यवस्था छ । सरकारी वकिलहरुलाई व्यवसायिक बनाउन सरकारवादी मुद्दाहरुको सफलताको दर बढाउन १५ वर्ष पुरानो आचारसंहितालाई परिमार्जन गरिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । पेशागत कामकारवाहीको क्रममा स्पष्ट र पारदर्शी ढंगले निर्णय गर्न प्रोत्साहित गरिएको छ भने सरकारी वकिललाई विदेश भ्रमण, गैरसरकारी संघसंस्थाका कार्यक्रममा अनुमति बिना संलग्न एवं सहभागी हुन कडाई समेत गरिएको छ । त्यस्तै सहकारी वकिलले विवादका दुवै पक्ष सरकारी रहे सार्वजनिक सरोकार र राज्यको बृहत्तर हित हुने आधारलाई समाई सो निकायको चयन गर्नुपर्ने हुन्छ ।
आचारसंहितामा सरकारवादी मुद्दाहरुको सिलसिलामा निष्पक्ष न्यायका लागि क्रियाशील हुनुपर्ने, कायम नभएको नजिर, पेश गर्न, मुद्दामा लागू नहुने खारेज वा संशोधन भएको कानूनको जिकिर लिन पाइनेछैन । कामका लागि तथ्यको निरुपण, कानूनको सही प्रयोग गर्नको लागि सरकारी वकिल विशेष प्रकृतिका र संवेदनशील मुद्दामा परिचयात्मक विवरण समेत गोप्य राखिनुपर्ने व्यवस्था गरिएको छ । सरकारी वकिलको आवासमा कुनै पनि कानून व्यवसाय संचालन गर्न वा विवादका पक्षधरसँग भेटघाट गर्न दिनुहुँदैन । कानून र न्यायको पक्षमा बहस, पैरवि र प्रतिरक्षा गर्नुपर्नेछ भने राज्यसँग बढी सरोकार र हिन निहित भएका निकायको पक्ष लिनुपर्नेछ ।
यसअघि २०५८ सालमा सरकारी वकिलका लागि आचारसंहिता जारी गरिएकोमा बदलिँदो परिस्थितिलाई ध्यानमा राखी आचारसंहिता संशोधन गरिएको महान्यायाधिपक्ताको कार्यालयले उल्लेख गरेको छ । नयाँ आचार संहिताले औचित्य र आधारस्पष्ट रुपमा देखिने र खुल्ने गरी विवरण गर्नुपर्ने व्यवस्था छ । मानवअधिकार संरक्षणका लागि नयाँ व्यवस्था गरी पीडित, अभियुक्त र अन्य नागरिकको व्यक्तिगत स्वतन्त्रताको सम्मान गरिनुपर्छ । तर सरकारी वकिलहरुले यस आचारसंहितालाई कसरी पालना गर्लान् र कसरी कार्यान्वयनमा लगिनछ हेर्न बाँकी छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

  • माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

  • विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

  • धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

  • प्रभातफेरी ई-पेपरथप

    २०८० आश्विन ३ गते

    २०८० आश्विन ३ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0