Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आचारसंहिता कडाईका साथ पालना गरौं

प्रभातफेरी अनलाइन २७७० पटक पढिएको प्रकाशित मिति: २०७३ आश्विन ६, बिहिबार (९ साल अघि)
Post Thumbnail

महान्यायाधिवक्ताको कार्यालयले सरकारी वकिलको कार्य सम्पादनका लागि नयाँ आचार संहिता जारी गरेको छ । कानून व्यवसायी र विवादका पक्षधरसँग अब सरकारी वकिलहरुले भेट्न पाउने छैनन् । आचार संहिता २०७३ मा परिवारका अन्य सदस्यहरु कानून व्यवसायी भए त्यस खालका मुद्दाहरुमा आफू संलग्न हुनबाट रोक लगाएको छ । वकिलले सेवाबाट अवकाश लिएको एक वर्षसम्म सेवारत व्यक्ति कम्पनी संस्था वा फर्ममा काम गर्न र पदीय सम्बन्ध रहेको मुद्दामा काम गर्न नपाउने व्यवस्था रहेको छ ।
आचारसंहितामा सरकारी वकिलहरु मुद्दाको पक्षहरुसँग मुद्दाको टुंगो नलागेसम्म उनीहरुले आयोजना गरेको कार्यक्रम र भोजभतेरमा समेत सहभागी हुन नपाउने व्यवस्था छ । सरकारी वकिलहरुलाई व्यवसायिक बनाउन सरकारवादी मुद्दाहरुको सफलताको दर बढाउन १५ वर्ष पुरानो आचारसंहितालाई परिमार्जन गरिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । पेशागत कामकारवाहीको क्रममा स्पष्ट र पारदर्शी ढंगले निर्णय गर्न प्रोत्साहित गरिएको छ भने सरकारी वकिललाई विदेश भ्रमण, गैरसरकारी संघसंस्थाका कार्यक्रममा अनुमति बिना संलग्न एवं सहभागी हुन कडाई समेत गरिएको छ । त्यस्तै सहकारी वकिलले विवादका दुवै पक्ष सरकारी रहे सार्वजनिक सरोकार र राज्यको बृहत्तर हित हुने आधारलाई समाई सो निकायको चयन गर्नुपर्ने हुन्छ ।
आचारसंहितामा सरकारवादी मुद्दाहरुको सिलसिलामा निष्पक्ष न्यायका लागि क्रियाशील हुनुपर्ने, कायम नभएको नजिर, पेश गर्न, मुद्दामा लागू नहुने खारेज वा संशोधन भएको कानूनको जिकिर लिन पाइनेछैन । कामका लागि तथ्यको निरुपण, कानूनको सही प्रयोग गर्नको लागि सरकारी वकिल विशेष प्रकृतिका र संवेदनशील मुद्दामा परिचयात्मक विवरण समेत गोप्य राखिनुपर्ने व्यवस्था गरिएको छ । सरकारी वकिलको आवासमा कुनै पनि कानून व्यवसाय संचालन गर्न वा विवादका पक्षधरसँग भेटघाट गर्न दिनुहुँदैन । कानून र न्यायको पक्षमा बहस, पैरवि र प्रतिरक्षा गर्नुपर्नेछ भने राज्यसँग बढी सरोकार र हिन निहित भएका निकायको पक्ष लिनुपर्नेछ ।
यसअघि २०५८ सालमा सरकारी वकिलका लागि आचारसंहिता जारी गरिएकोमा बदलिँदो परिस्थितिलाई ध्यानमा राखी आचारसंहिता संशोधन गरिएको महान्यायाधिपक्ताको कार्यालयले उल्लेख गरेको छ । नयाँ आचार संहिताले औचित्य र आधारस्पष्ट रुपमा देखिने र खुल्ने गरी विवरण गर्नुपर्ने व्यवस्था छ । मानवअधिकार संरक्षणका लागि नयाँ व्यवस्था गरी पीडित, अभियुक्त र अन्य नागरिकको व्यक्तिगत स्वतन्त्रताको सम्मान गरिनुपर्छ । तर सरकारी वकिलहरुले यस आचारसंहितालाई कसरी पालना गर्लान् र कसरी कार्यान्वयनमा लगिनछ हेर्न बाँकी छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0