Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ६, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नाम मात्रको सुपथमुल्य पसल

प्रभातफेरी अनलाइन ६२९८ पटक पढिएको प्रकाशित मिति: २०७३ आश्विन ८, शनिबार (९ साल अघि)
नाम मात्रको सुपथमुल्य पसल

सरकारले असोज १ गते देखि नजिकिंदै गरेका चार्डपर्व दशैं, तिहार र छठपर्वलाई लक्षित गर्दै राजधानी र उपत्यकाबाहिर सर्बसाधारणका लागि सुपथमुल्य पसल संचालन गरेको छ । यस्ता पसलहरुमा दैनिक उपभोग्य सामानहरु छुटमा पाइने सरकारले जनाएको छ । उपत्यकाभित्र टेकु, थापाथली, बल्खु, जडिबुटी, रामशाहपथ, नयाँ बानेश्वर, कालिमाटी, सतुंगल, बौद्ध, वुढानिलकण्ठ लगायत १३ ठाउँमा यस्ता पसलहरु संचालनमा आएका छन् । त्यसैगरि उपत्यका बाहिर विर्तामोड, विराटनगर, राजविराज, लाहान, जनकपुर, वीरगंज, हेटौंडा, पोखरा, बागलुङ, दाङ, सुर्खेत, नेपालगंज, धनगढी, महेन्द्रनगर, बनेपा र त्रिशुली लगायत २३ ठाउँमा सुपथमुल्य पसलहरु संचालनमा आएका छन् । असोज १ गते देखि कार्तिक २१ गते सम्म यस्ता पसलहरु रहने बताइएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसन, नेशनल ट्रेडिङ लिमिटेड, नेपाल खाद्य संस्थान र दुग्ध विकास संस्थान लगायतसँगको सहकार्यमा सरकारले खोलेको यी पसलबाट सर्वसाधारणले विशेषछुटमा दैनिक आवश्यकताका वस्तुहरु खरिद गर्न सक्नेछन् । दिइएको छुट अनुशार चिनीमा प्रतिकेजी ५ रुपैयाँ, नुन २ रुपैयाँ, दाल, चामल, घिउ लगायतमा १० रुपैयाँ र भटमासको तेल ८ रुपैयाँ प्रतिलिटर छुटमा पाइनेछ । त्यस्तै पनिर ५ रुपैयाँ र खसि, बोका प्रतिकेजी १० रुपैयाँ छुटमा पाइनेछ । अन्य वस्तुहरुमा ग्याँस प्रतिसिलिण्डर ५० रुपैयाँ छुटमा पाइने छ भने गेडागुडीमा १० रुपैयाँ प्रतिकेजी छुट दिइएको छ । छुटपछि चिनी ७९ रुपैयाँ, नुन १६ रुपैयाँ, भटमासको तेल १०७ रुपैयाँ र ग्याँस १ हजार ३२५ रुपैयाँ प्रतिसिलिण्डरमा पाइनेछ ।
बताइए अनुशार ७८ प्रकारका खाद्यवस्तुका साथै ८४ प्रकारका दाल र गेडागुडीमा छुट छ । त्यस्तै ८९ प्रकारका मसला, २४ प्रकारका चामल, ३ प्रकारका घिउ, २३ प्रकारका चिया, १० प्रकारका चाउचाउ, २७ प्रकारका मैदा, आँटा, सुजि लगायतका पिठो र विद्युतिय सामान समेत गरि कुल २६० प्रकारका सामान छुटमा राखिएको छ । बिहान १० बजे देखि साँझ ६ः३० बजे सम्म पसल खोल्ने समय तोकिएको छ । आपूर्तिमन्त्री दिपक बोहोराले यस्ता पसलहरुको सुभारम्भको उदघाटन गर्दै नियमित अनुगमन गरिने र अटेर गर्ने व्यापारीलाई कारबाहि गरिने समेत बताएका छन् । साथै खुद्राव्यापार संघसँग पनि छुट दिने विषयमा सम्झौता भइसकेकाले सर्वसाधारणले अन्य खुद्रापसलबाट पनि छुटमा यस्ता सामानहरु पाउन सक्ने सरकारले बताएको छ ।
यसरी चार्डपर्वलाई लक्षित गर्दै सर्वसाधारणका लागि सरकारले सहुलियत पसल संचालन गर्नुलाई सकारात्मक रुपमा नै लिइएको छ । महंगीमा पिल्सिएका नागरिकका लागि यो खुशिको कुरा पनि हो । अब प्रश्न उठ्छ कि सरकारले डेढ महिना मात्र सहुलियत पसल संचालन गर्ने भनेको छ । बाँकी साँढे १० महिना महंगीले जनताको ढाड सेक्ने र कालोबजारी गर्ने व्यापारीलाई छुट दिएर महंगी वढाउन अझ प्रशय दिने नियतले सरकारले डेढ महिनाको छुट देखाएर जनतालाई झुक्याउँदै त छैन ? डेढ महिना सम्म दिइएको छुटको साँवा व्याज सम्म असुल गर्ने गरि साँढे १० महिना मुल्यवृद्धि गर्ने व्यापारीहरुलाई सरकारले कहिल्यै कारबाहि गरेको छ त ? उल्टो महंगोमा भएपनि व्यापारीले सामान उपलब्ध गराएर निकै राम्रो काम गरेका छन् भन्दै विगतका सरकारका मन्त्रीहरुले कालोबजारीलाई प्रशय दिएको हो कि होइन ? अनि सर्वसाधारणले के चार्डपर्वमा मात्र सामान किन्छन् ? अरु बेलामा चाहिं छुट चाहिंदैन ?
नागरिकले यस्ता सयौं प्रश्नहरु अहिले प्रशासन सामु राखिरहेका छन् । तर जवाफ कतैबाट पनि पाएका छैनन् । साँच्चै भन्ने हो भने सरकारले देशभरि ३६ स्थानमा मात्र संचालन गरेको सहुलियत पसलले कति नागरिकले सेवा पाउन सक्छन् , त्यो सहजै अनुमान लगाउन सकिन्छ । सर्सती हेर्दा उपत्यकामा रहेका ५० लाख भन्दा वढी सर्वसाधारणका लागि १३ वटा सहुलियत पसल राख्नुको कुनै अर्थ देखिंदैन । हुन त सरकारले वर्षेनी यस्ता पसलहरु संचालन गर्दै आएको छ । तर ती पर्याप्त छैनन् र नागरिकलाई सास्ती दिने नियतले मात्र खोलिएको आरोप पनि लाग्न थालेको छ । सहुलियत पसलमा सामान किन्न जाने उपभोक्ता टाढाबाट जाने आउने भाडा र लाग्ने समयको हिसाब गर्ने हो भने उल्टो घाटा पर्ने देखिएको छ । यद्यपी पहुँच पुग्ने नागरिकले केहि छुटमा भएपनि सामान खरिद गर्न पाउनुलाई भने सकारात्मक रुपमै लिनु पर्ने हुन्छ ।
गएको १ वर्ष यता नेपालमा महंगीले आकाश छोएको छ । सामान्य अवस्थाको भन्दा दोब्बरले वढेको मुल्यवृद्धिले दोहोरो अंक मात्र छोएन भान्सा पनि अचम्मले महंगिएको छ । एकातिर भूकम्प अर्का तिर भारतिय नाकाबन्दी । यी दुई कारणले अभाव र महंगीको सामना गर्न नेपाली बाध्य भए । सरकारले यसको नियन्त्रणका लागि प्रयास त ग¥यो तर सफलता भने हाशिल गर्न सकेन । अहिले पनि बजारको नियमित अनुगमन गरिरहेको बताउने सरकारी टोलीले सस्तो प्रचारका लागि मात्र अनुगमन गरेको देखिएको छ । महंगी र कालोबजारी गर्ने व्यापारीहरुलाई फेला पारे पनि कारबाहि गर्न भने सकेको छैन । उनीहरुलाई पक्राउ गरि सामान्य सोधपुछमै छोड्ने गरिरहेको सरकारी अनुगमन टोली पनि नाम मात्रको छ । यस्तो अवस्थामा देखावटी सहुलियत पसलको के अर्थ ? सरकारसँग यसको कुनै जवाफ छैन ।
सरकार चार्डपर्वमा सस्तो पसल संचालनको नाटक गर्छ । उता व्यापारीहरु चार्डपर्वकै बाहानामा भारि छुटको लोभ देखाउँदै सर्वसाधारण ठगिरहेका छन् । सरकारले दाल चामलमा सामान्य छुट दिने भनेपनि चार्डपर्व मै धेरै खपत हुने कपडाजन्य वस्तुमा कुनै सहुलियत तोकेको छैन । केहिदिन अघि राजधानीको न्यूरोडमा एउटा कपडा व्यापारी र ग्राहक विच भएको सामान्य मोलमोलाई अचम्म लाग्दो थियो । पसलमा दशैंअफर ३० प्रतिशत छुट लेखिएको थियो । ग्राहकले एउटा पाइन्टको मुल्य सोध्यो । व्यापारीले १ हजार ८ सय बतायो । ग्राहकले ५ सयमा दिनुस भन्दै थियो , व्यापारी आक्रोसमा आयो । राती चोर्न आउनुस् । ग्राहक निकै संयमित हुदै व्यापारीलाई फकाउँदै थियो । जतिबेला सम्म ग्राहकले ६ सय र व्यापारीले १ हजार सम्म पाइन्टको दाम निर्धारण गरिरहेका थिए । अन्त्यमा ७ सयमा कुरा मिल्यो । १८ सय तोकिएको पाइन्ट १ घण्टा कचकच गरेर ग्राहकले ७ सयमा किनेर गयो । यो दृष्य निकै रोचक देखिन्थ्यो । १८ सय मुल्य अंकित पाइन्ट ७ सयमा बेच्दा पनि व्यापारीले आफूलाई पुग्ने फाइदा त राखेकै थिए होलान् । बार्गेनिङ गर्न नजान्ने ग्राहक थियो भने १५ सय सम्ममा त्यो पाइन्ट किनेर लैजान्थ्यो । यो एउटा सानो उदाहरणले देखाउँछ कि बजारमा चार्डपर्वको बाहानामा कसरी सर्वसाधारण ठगिएका छन् भनेर । यस्ता पसलको अनुगमन र कारबाहि कसले ÷कहिले गर्ने ? यसको जवाफ कसैसँग पनि छैन ।
यतिबेला नागरिकहरु डेढ महिनाको मात्र सहुलियत पसल होइन , देशभरि ३६ वटा मात्र सहुलियत पसल पनि होइन । सधैंका लागि र सबैतिर सस्तो पसल चाहियो भनिरहेका छन् । के सरकारले यस्तो व्यवस्था गर्न सक्छ ? सक्छ भने सधैंका लागि जनतालाई सेवा देओस् , यदि सक्दैन भने देखावटी सुपथमुल्य पसल राखेर नागरिकलाई भ्रममा पार्नुको कुनै औचित्य छैन । आम नागरिकको यो आवाजलाई सरकारले सुनुवाई गर्नु जरुरी छ । दैनिक आवश्यकताका वस्तु भनेको सधैं चाहिन्छ । सरकारको अनुगमन नियमित हुने हो भने सर्वसाधारण हरेक बाहानामा ठगिने अवस्थाको अन्त्य हुने थियो । तर यस्तो कुराको कल्पना गर्नु अव सपना देख्नु जस्तै भएको छ ।
नेपालको सन्दर्भमा सर्वसाधारणको हितका लागि सरकार, उपभोक्तावादी, व्यापारी सबैको पहलमा सधैंका लागि सहुलियत दिने पसलको आवश्यकता अति नै जरुरी भइसकेको छ । अन्यथा महंगी झन वढ्दै जानेछ । यो विषयमा सम्बन्धित सरोकारवाला निकायले बेलैमा सोच्न सकोस् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भरूवा बन्दुकसहित पनौतीबाट सुनिता श्रेष्ठ पक्राउ

    भरूवा बन्दुकसहित पनौतीबाट सुनिता श्रेष्ठ पक्राउ

  • महाभारतका विभिन्न वडामा नेकपाका चुनावी सभा सम्पन्न

    महाभारतका विभिन्न वडामा नेकपाका चुनावी सभा सम्पन्न

  • नेकपा महाभारत गाउँपालिका समितिको अगुवा कार्यकर्ता भेला तथा विस्तारित बैठक सम्पन्न

    नेकपा महाभारत गाउँपालिका समितिको अगुवा कार्यकर्ता भेला तथा विस्तारित बैठक सम्पन्न

  • नेपाली कम्युनिस्ट पाटिलाई पहिलो शत्ती हुन् बाट कसैले रोक्न सक्दैनन् : संयोजक प्रचण्ड

    नेपाली कम्युनिस्ट पाटिलाई पहिलो शत्ती हुन् बाट कसैले रोक्न सक्दैनन् : संयोजक प्रचण्ड

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन ६ गते बुधबार

    २०८२ साल फागुन ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निर्वाचन प्रचारप्रसारका लागि जुलुस र आमसभा आयोजना गर्दा पालना गर्नुपर्ने आचारसंहिता

    निर्वाचन प्रचारप्रसारका लागि जुलुस र आमसभा आयोजना गर्दा पालना गर्नुपर्ने आचारसंहिता

    भरूवा बन्दुकसहित पनौतीबाट सुनिता श्रेष्ठ पक्राउ

    भरूवा बन्दुकसहित पनौतीबाट सुनिता श्रेष्ठ पक्राउ

    महाभारतका विभिन्न वडामा नेकपाका चुनावी सभा सम्पन्न

    महाभारतका विभिन्न वडामा नेकपाका चुनावी सभा सम्पन्न

    सुशासन र समृद्धिमा जोड दिदैं उज्यालो नेपालद्वारा प्रतिबद्धता पत्र सार्वजनिक

    सुशासन र समृद्धिमा जोड दिदैं उज्यालो नेपालद्वारा प्रतिबद्धता पत्र सार्वजनिक

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0