Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २७, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सस्तियो बोधिचित्तको माला

प्रभातफेरी अनलाइन ७२८७ पटक पढिएको प्रकाशित मिति: २०७३ आश्विन २०, बिहिबार (९ साल अघि)
सस्तियो बोधिचित्तको माला

तिमाल
२०७२ बैशाख १२ को भूकम्प र पटक पटकको बाढी पहिरोका कारण अरनीको राजमार्ग अन्र्तगत छिमेकी मुलुक चीन जाने तातोपानी नाकामा पु¥याएको क्षेतीका कारण तिब्वत सम्म बोधितित्तको माला पु¥याउन नसक्दा विक्रीमा गिरावट आएको छ । बोधिचित्त (बुद्धचित्त) को दानाबाटै राम्रो आम्दानी लिदै आएका तिमाल भेगका बासिन्दाहरु यस बर्षे राम्रो बजार नपाएकोमा चिन्तित बनेका छन । एक बोटबाटै एक लाख देखि पचास लाख सम्म लिएका यहाँका बासिन्दा पुन कौडीको भाउमा बेच्नुपर्दा चिन्तित बनेका हुन ।
पहिला खासै पनि मतलब नभएको एक पाथीको एक सय देखि दुई सय सम्म बेच्दै आएका यहाँका बासिन्दालाई पाँच बर्ष अगाडी एकासी मालाको भाउ अकासीपछि अन्य खेती छाडेर यस तर्फ आकर्षित हुदै आएका थिए । सामान्य बोटबाट समेत राम्रो आम्दानी लिने स्थानियहरु अघिल्लो बर्षको जस्तो भाउ नआएकोमा चिन्तित बनेका छन । अघिल्लो बर्ष ५ बोटको रु १५ लाखमा बेचेको थिए, कानपुर गाविस ९ का हिराकाजी लामाले गुनासो गर्दे भने, यस बर्षे त मुसकिलले ५ लाख पनि दिन मान्दैनन । बोटबाट बुद्धचित्तका दानाहरु हराउन थालेपछि पाले राखेर घरेलु हतियारले सुरक्षा दिएर बचाएको दानाको भाउ पुन घटेर घर मै राख्नुपरेपछि स्थानियहरु त्रसित बनेका छन । घर मै राखेका छौ, अघिल्लो बर्ष साउन मै बेचेको बताउने लामाले भाउ कै प्रतिक्षामा विक्री नगरेको बताए । तर यसले सुरक्षाको चिन्ता पनि थपेको छ । तिमाल भेगका कानपुर, पोखरी नारायणस्थान, सस्र्युखक, मेच्छेपौवा, कुरुवा चापाँखोरी, ठुलोपर्सेल लगायतका गाविसहरुका स्थानियहरुले अझै माला विक्री गरेका छैनन ।
वौद्ध धर्मालम्बीहरुले मालाको लागि प्रयोग गर्ने यो वुद्धचित्त प्राय गरि तिब्बत निकासि हुने बताइन्छ । पहिले बारी ओगटेको भन्दै काटेर फाल्ने यहाका स्थानिय बासिन्दाहरुले अहिले बारीभरी यसको विरुवा लगाएका छन । काभ्रेको तिमाल क्षेत्रमा पाईने वुद्धचित्त सबैभन्दा उत्तम मानिन्छ । विरुवा लगाएको तीनवर्ष देखिनै फल्न थाल्ने यो वुद्धचित्त फल लाग्नु भन्दा अगाडी नै विक्री हुनेगर्दछ । स्थानियहरुका अनुसार सबैभन्दा सानो गेडाबाट बनाइएको माला अत्याधिक महङ्गो हुन्छ । आधिकारीक जानकारी नभएपनि स्थानिय विक्रेताले बताए अनुसार ७ मिलिमिटर भएको १ सय ८ दानाको एउटै मालाको चारलाख रुपैया भन्दा बढी मुल्य समेत स्थानियले लिदै आएका थिए । साथै वुद्धचित्तको साइज तथा तीन मुख सात मुखे हेरेर मुल्य फरक–फरक पर्ने व्यापारी तेर्साङ लामाले बताए । मैले ७ मिलिमिटरको अघिल्लो बर्ष ४ लाख मा बेचेको थिए, तेर्साङले भने, तर यस बर्ष मुस्किलले डेड लाखमा समेत विक्री गर्न सकेको छैन । उनले ३ करोड भन्दा बढीको बुद्धचित्तको माला किनेको तर भाउ नआएकाले विक्री नगरेको बताए ।
तोतो पानीको नाका नखुल्नु, कलिलै गेडाहरु विक्री गरिदिदाँ तिव्बतियनहरुले क्वालीटिको माला नल्याएको भन्दै नकिनेको व्यापारी तेर्साङले बताए । पछिलो समयमा भाउ राम्रो आएपछि काभे्र लगायत अन्य जिल्लामा समेत बुद्धचित्त लगाउने बढेका छन । प्रतिप्रर्धा बढ्दै जानुले पनि विक्रीमा कमी आएको हुन सक्ने व्यापारीहरु बताउछन ।
बोधिचित्त माला (बोलीचालीमा बुद्धचित्त) तामाङ समुदाय र विशेषगरी तिब्बती तथा चिनियाँ समाजमा धार्मिक एवं सांस्कृतिक प्रयोगमा आउने एक प्रकारको वनस्पति हो । खास गरी परापुर्वकाल देखी काभ्रेको तिमाल क्षेत्रमा मात्रा यसको विरुवा पाइंने विश्वास छ । यसको प्रयोग र महत्व बारे हाल आएर व्यापक चर्चा भईरहदा उच्च बजारमूल्यले गर्दा किसान र व्यवसायीलाई अत्यन्तै फाईदा भैैरहेको छ । अत्याधिक माग र उच्च मुल्यको कारण व्यवसायिक खेति तथा सौख र आम्दनीका लागि गमलामा पनि रोप्न सकिने भएकोले विरुवा उत्पादन गरी स्थानियहरुले राम्रो आम्दानी समेत लिदै आएका थिए तर एकासी भाउ घटन थालेपछि स्थानियहरु के गर्ने भन्ने अन्योलमा परेका छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

  • पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

  • प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

  • पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0