Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ६, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कहिले सुध्रिएला सरकारी शिक्षा प्रणाली

प्रभातफेरी अनलाइन ४६३८ पटक पढिएको प्रकाशित मिति: २०७३ आश्विन २०, बिहिबार (९ साल अघि)
Post Thumbnail

देशका हरेक जसो क्षेत्र अस्तव्यस्त भइरहेको अहिलेको अवस्थामा सरकारी शिक्षाप्रणाली र सरकारी विद्यालयहरुको अवस्थामा पनि सुधार आउन सकेको छैन । बरु दैनिक रुपमा अनियमितताहरु वढीरहेका खबरहरु आइरहेका छन् । सरकारले कुल वजेटको २० प्रतिशत लगानी गर्ने गरेको देशको सरकारी शिक्षाको प्रगती भने निकै थोरै मात्र छ । जसले गर्दा नागरिकहरु निजी विद्यालयहरुमा लगानी गर्न बाध्य छन् । न सरकारी विद्यालय राम्रा छन् न यहाँको शैक्षिक वातावरण नै । कर्मचारीहरु अवस्था सुधार्न भन्दा पनि जागिर पचाउन र बचाउनमै मात्र केन्द्रित रहेका कारण पनि सरकारले शिक्षामा गरेको लगानी यतिखेर वालुवामा पानी हाले झैं भएको प्रष्ट छ ।
गएको ५ वर्ष यता सरकारले शिक्षामा गरेको लगानी यस्तो छ ः आर्थिकवर्ष ०६९÷ ०७० मा ६३ अर्ब ४३ करोड वजेट विनियोजन गरेको थियो । वर्ष ०७० ÷०७१ मा वढाएर ८० अर्ब ९५ करोड पु¥याइयो । त्यस्तै ०७१ ÷०७२ मा ८६ अर्ब ३ करोड, ०७२ ÷०७३ मा ९८ अर्ब ६४ करोड र चालु आर्थिकवर्ष ०७३÷ ०७४ मा १ खर्ब १६ अर्ब ३६ करोड बजेट विनियोजन गरिएको छ । औसतमा वर्षेनी १५ प्रतिशतले शिक्षामा लगानी वढेको भएपनि त्यसमा उपलब्धि भने १५ प्रतिशतले नै कमी भएको अध्ययनले देखाएको छ । एकातिर यस्तो अवस्था छ भने अर्कातिर निजी विद्यालयहरु खुल्ने र तिनीहरुमा लगानी गर्नेहरु पनि वढिरहेका छन् । सरकारी विद्यालयको खस्कँदो स्तरले यतिबेला सरकारले वर्षेनी थपिरहेको वजेट माथी नै प्रश्न उब्जिन थालेको छ । लगानी मात्रै वढाउने र प्रगती भने शुन्यको अवस्थामा खस्किनुको कारण के हुन सक्ला भनेर अहिले चासो दिन थालिएको छ । वास्तवमा भन्नु पर्दा यतिबेला सरकारी विद्यालयहरुको अवस्था साह्रै नाजुक छ । सरकारीमै पनि सबैको अवस्था गएगुज्रेकै त नहोला तर ६० प्रतिशत भन्दा धेरैको अवस्था दयनिय जस्तै छ । सरकारी विद्यालयहरुमा पाठ्य पुस्तक समयमा उपलब्ध गराउन नसकिने सरकारी समस्या त पुरानै हो । अझ गएको वर्षको विनासकारी भूकम्पका कारण देशभरका ७ सय भन्दा धेरै सरकारी विद्यालयहरु क्षति भएका छन् । तिनीहरु पनि पुर्ननिर्माणकै पर्खाइमा छन् । अहिले त्यस्ता विद्यालयहरु अस्थायी टहरामै संचालित छन् भने कतिपय पुरानै भत्किएका भवनहरुमै कक्षा संचालन गर्ने गरिएको पाइएको छ । धारा, शौचालय र खेल्ने मैदानको अभाव पनि सरकारी विद्यालय भित्रका समस्या हुन् । एसएलसी उत्तीर्ण विद्यार्थीहरु मध्ये वर्षेनी २५ प्रतिशत मात्रै सरकारी विद्यालयबाट पास हुने गरेका छन् भने बाँकी ७५ प्रतिशत निजी विद्यालयका विद्यार्थी उत्तीर्ण हुने गरेका छन् । यस्तो अवस्थाले सरकारी विद्यालयको नाजुक स्थिती दर्शाएको छ । यो अहिले मात्र देखिएको समस्या होइन । वर्षौं देखि यसरी नै संचालित विद्यालयहरु अहिले पनि उस्तै छन् ।
वास्तवमा भन्नु पर्दा उनीहरुको पनि कमजोरी त होला तर केन्द्रीय व्यवस्थापन नै यसमा मुख्य दोषि छ । किनकी सरकारले वजेट मात्र खन्यायो, उपलब्धि के होला भनेर कहिल्यै सोचेन । न शिक्षा क्षेत्रका विकृतिहरु माथि निगरानी नै राख्न सक्यो । अनुगमन पनि छैन । नागरिकहरु अहिले भनिरहेका छन् , शिक्षा मात्र होइन । कुनैपनि सरकारी कार्यालयको अवस्था यस्तै छ । वर्षेनी तलव र सेवा सुविधा वढ्छ तर कामको गुणस्तर चाहिं खस्किरहेकै छ । यतिबेला एउटा विद्यार्थीले स्नातकोत्तर सम्मको अध्ययन गर्न कम्तीमा पनि १५ लाख खर्च गर्नु पर्छ । तर यसको उपलब्धि केहि पनि छैन । प्रमाणपत्र सिरानीमुनी थन्क्याएर कामका लागि मेनपावर धाउँदै विदेशिन युवाहरु बाध्य छन् । भर्खरै सरकारले उनीहरुको प्रमाणपत्र धितो राखेर ऋण उपलब्ध गराउने निर्णय त गरेको छ तर यसलाई कार्यान्वयन गराउन भने फलामको चिउरा चपाउन जत्तिकै कठिन भएको पनि प्रष्ट छ । विकसित देशहरुमा शिक्षा, स्वास्थ्य, रोजगारी लगायत हरेक क्षेत्रको जिम्मा सरकारले नै लिन्छ । तर नेपालमा कुरा ठूला गरिन्छ , सरकारले आफ्नो न्यूनतम दायीत्व पनि पुरा गर्दैन । अनि विकसित देशकै दाँजोमा पु¥याउने महत्वाकांक्षि भाषण गर्छ । यस्तो अवस्थाले कहिल्यै पनि शिक्षा क्षेत्र उँभो लाग्ने छाँट देखिदैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • भरूवा बन्दुकसहित पनौतीबाट सुनिता श्रेष्ठ पक्राउ

    भरूवा बन्दुकसहित पनौतीबाट सुनिता श्रेष्ठ पक्राउ

  • महाभारतका विभिन्न वडामा नेकपाका चुनावी सभा सम्पन्न

    महाभारतका विभिन्न वडामा नेकपाका चुनावी सभा सम्पन्न

  • नेकपा महाभारत गाउँपालिका समितिको अगुवा कार्यकर्ता भेला तथा विस्तारित बैठक सम्पन्न

    नेकपा महाभारत गाउँपालिका समितिको अगुवा कार्यकर्ता भेला तथा विस्तारित बैठक सम्पन्न

  • नेपाली कम्युनिस्ट पाटिलाई पहिलो शत्ती हुन् बाट कसैले रोक्न सक्दैनन् : संयोजक प्रचण्ड

    नेपाली कम्युनिस्ट पाटिलाई पहिलो शत्ती हुन् बाट कसैले रोक्न सक्दैनन् : संयोजक प्रचण्ड

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन ६ गते बुधबार

    २०८२ साल फागुन ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निर्वाचन प्रचारप्रसारका लागि जुलुस र आमसभा आयोजना गर्दा पालना गर्नुपर्ने आचारसंहिता

    निर्वाचन प्रचारप्रसारका लागि जुलुस र आमसभा आयोजना गर्दा पालना गर्नुपर्ने आचारसंहिता

    भरूवा बन्दुकसहित पनौतीबाट सुनिता श्रेष्ठ पक्राउ

    भरूवा बन्दुकसहित पनौतीबाट सुनिता श्रेष्ठ पक्राउ

    महाभारतका विभिन्न वडामा नेकपाका चुनावी सभा सम्पन्न

    महाभारतका विभिन्न वडामा नेकपाका चुनावी सभा सम्पन्न

    सुशासन र समृद्धिमा जोड दिदैं उज्यालो नेपालद्वारा प्रतिबद्धता पत्र सार्वजनिक

    सुशासन र समृद्धिमा जोड दिदैं उज्यालो नेपालद्वारा प्रतिबद्धता पत्र सार्वजनिक

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0