Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० आश्विन ६, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

भारतीय रुपैयाले अप्ठ्यारै अप्ठ्यारो

प्रभातफेरी अनलाइन २१५२ पटक पढिएको प्रकाशित मिति: २०७३ मंसिर १, बुधबार (६ साल अघि)
भारतीय रुपैयाले अप्ठ्यारै अप्ठ्यारो

५ सय र १ हजार दरका भारतीय नोट नचल्ने घोषणा गरिदिए, त्यसले भारत त प्रभावित बन्यो नै, त्यसको तरंग भने छिमेकी मुलुकहरुमा फैलिएको छ । घोषणा कार्यान्वयनका लागि केही घण्टा मात्रको समय दिइएको कारण पनि यसले ठूलो तरंगत ल्याएको हो । मोदीको यो घोषणासँगै मंगलबार राति १२ बजेदेखि भारतमा ४ सय र १ हजारका नोट अवैध मुद्रा जत्तिकै बने । भारत सरकारले भ्रष्टाचार र कालो धन नियन्त्रण तथा नक्कली नोट कारोबारको अन्त्य गर्नका लागि ठूलाठूला नोटमा प्रतिबन्ध लगाएको हो । मोदीलाई प्रधानमन्त्रीको उम्मेदार देखाएर दुई वर्ष अघिको धन र भ्रष्टाचार नियन्त्रण । त्यसका लागि विदेशमा रहेको अवैध रकम फिर्ता ल्याउनेदेखि मुलुकभित्रै रहेको कालो धन नियन्त्रण गर्ने भाजपाले बताएको थियो । रिजर्ब बैंक अफ इन्डिया (आरबीआई) का निवर्तमान गभर्नर रघुराम राजनसहितका विज्ञहरू सम्मिलित टोलीको सुझाव र कार्ययोजनाको आधारमा ठूलो नोट नचल्ने अहिलेको घोषणा गरिएको हो । भारतमा त सरकारले दुई दिनका लागि एटीएम समेत बन्द गर्ने घोषणा ग¥यो । सीमित समय दिएर सबैलाई रकम साट्न आह्वान गरिएको छ । जनजीवनका हरेक क्षेत्रमा यसको असर देखिएको छ । सेयर बजारमा समेत लगान्ी गर्ने घटेका छन् । भारतभित्रको यो असर त्यसहाँमात्र सीमित छैन । अझ भारतसँग परम्परागत रुपमै आर्थिक रुपमा निर्भर अर्थतन्त्र भएको नेपालमा यसको असर देखिनु स्वाभाविक हो । भारतमा ठूलो नोट नचल्ने घोषणा हुने बित्तिकै नेपाली सीमाका बजारमा असर देखिएको छ । नेपालीको साथमा भएका भारतीय नोट कहाँ र कसरी साट्ने भन्ने अन्यौल छ । नेपाल राष्ट्र बैंकले बुधबारै आरबीआईलाई पत्राचार गर्दै नेपालमा रहेका भारतीय नोट साट्ने व्यवस्था गरिदिन आग्रह गरेको छ । डलरमा हुने कारोबारभन्दा धेरैले भारुलाई रोज्ने गर्छन् । नेपालले पेट्रोलियम पदार्थ समेत भारुमै किन्ने गर्छ । यसले गर्दा वित्तीय संयन्त्र र बाहिर पनि नेपालमा ठूलो मात्रामा भारु रहेको देखिन्छ । दुई वर्ष अघिसम्म नेपालमा ५ सय र १ हजार दरका भारु चल्दैन थिए । त्यसले गर्दा कानूनी रुपमा वित्तीय संयन्त्रमार्फत यसको कारोबार हुँदैन थियो । तर, दुई वर्षअघि नरेन्द्र मोदीको नेपाल भ्रमण पश्चात ठूला दरका भारु चल्ने पुरानो निर्णय कार्यान्वयन भयो । त्यसअघि भएको नेपाल भारत वाणिज्य सचिव स्तरीय बैठकले दुवै दरका भारु नेपालमा चल्न दिने निर्णय गरेको थियो । सीमित व्यापारीको ‘लविङ’ को आधारमा नेपालले वर्षाैंदेखि प्रतिबन्धित ठूला दरका भारु चल्न दिने प्रस्ताव लगेको थियो । नेपाल–भारतबीच कामदार आउने र जाने क्रम लगभग उस्तै छ । यस्तो दुवै मुलुकका कामदारसँग त्यही देशको मुद्रा हुनु स्वाभाविक हो । नेपाली कामदारले भारतमा जत्ति कमाए पनि वार्षिक ५० हजार भारुबाहेक वित्तीय संयन्त्रबाट पठाउन सक्दैनन् । सोही कारण मध्य तथा सुदूरपश्चिमका धेरै नेपालीले हरेक वर्ष नगद नै बोकेर ल्याउने गरेका छन् । उनीहरुले रकम लिएर आउँदा भारु नै ल्याउँछन् । नेपालमा सहजै चल्ने भएकाले कामदारले भारु ल्याउनु स्वाभाविक हो । ठूला दरमा प्रतिबन्ध लागेपछि अब रकम बोकेर आउनेले बढी जोखिम मोल्नुपर्ने भएको छ । नेपालबाट भारततर्फ उपचारका लागि जानेको संख्या पनि धेरै छ । ठूला मुद्रामा लागेको प्रतिबन्धले गर्दा तत्कालै नेपालमा भारुको अभाव हुने निश्चित देखिएको छ । ठूला मुद्रा भारतमै नचल्दा साना मुद्राको माग बढ्छ । त्यसको असर नेपालबाट उपचार गर्न भारु साट्न चाहनेलाई समेत पर्नेछ । मुख्य समस्या भनेको अहिले नेपालीसँग रहेका ५ सय र १ हजार दरका भारु कसरी साट्ने र तत्कालै अभाव हुने भारुलाई कसरी व्यवस्थापन गर्ने भन्ने मुख्य चुनौती थपिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

  • माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

  • विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

  • धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

  • प्रभातफेरी ई-पेपरथप

    २०८० आश्विन ३ गते

    २०८० आश्विन ३ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0