Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ ३, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

भारतीय रुपैयाले अप्ठ्यारै अप्ठ्यारो

प्रभातफेरी अनलाइन २४३९ पटक पढिएको प्रकाशित मिति: २०७३ मंसिर १, बुधबार (९ साल अघि)
भारतीय रुपैयाले अप्ठ्यारै अप्ठ्यारो

५ सय र १ हजार दरका भारतीय नोट नचल्ने घोषणा गरिदिए, त्यसले भारत त प्रभावित बन्यो नै, त्यसको तरंग भने छिमेकी मुलुकहरुमा फैलिएको छ । घोषणा कार्यान्वयनका लागि केही घण्टा मात्रको समय दिइएको कारण पनि यसले ठूलो तरंगत ल्याएको हो । मोदीको यो घोषणासँगै मंगलबार राति १२ बजेदेखि भारतमा ४ सय र १ हजारका नोट अवैध मुद्रा जत्तिकै बने । भारत सरकारले भ्रष्टाचार र कालो धन नियन्त्रण तथा नक्कली नोट कारोबारको अन्त्य गर्नका लागि ठूलाठूला नोटमा प्रतिबन्ध लगाएको हो । मोदीलाई प्रधानमन्त्रीको उम्मेदार देखाएर दुई वर्ष अघिको धन र भ्रष्टाचार नियन्त्रण । त्यसका लागि विदेशमा रहेको अवैध रकम फिर्ता ल्याउनेदेखि मुलुकभित्रै रहेको कालो धन नियन्त्रण गर्ने भाजपाले बताएको थियो । रिजर्ब बैंक अफ इन्डिया (आरबीआई) का निवर्तमान गभर्नर रघुराम राजनसहितका विज्ञहरू सम्मिलित टोलीको सुझाव र कार्ययोजनाको आधारमा ठूलो नोट नचल्ने अहिलेको घोषणा गरिएको हो । भारतमा त सरकारले दुई दिनका लागि एटीएम समेत बन्द गर्ने घोषणा ग¥यो । सीमित समय दिएर सबैलाई रकम साट्न आह्वान गरिएको छ । जनजीवनका हरेक क्षेत्रमा यसको असर देखिएको छ । सेयर बजारमा समेत लगान्ी गर्ने घटेका छन् । भारतभित्रको यो असर त्यसहाँमात्र सीमित छैन । अझ भारतसँग परम्परागत रुपमै आर्थिक रुपमा निर्भर अर्थतन्त्र भएको नेपालमा यसको असर देखिनु स्वाभाविक हो । भारतमा ठूलो नोट नचल्ने घोषणा हुने बित्तिकै नेपाली सीमाका बजारमा असर देखिएको छ । नेपालीको साथमा भएका भारतीय नोट कहाँ र कसरी साट्ने भन्ने अन्यौल छ । नेपाल राष्ट्र बैंकले बुधबारै आरबीआईलाई पत्राचार गर्दै नेपालमा रहेका भारतीय नोट साट्ने व्यवस्था गरिदिन आग्रह गरेको छ । डलरमा हुने कारोबारभन्दा धेरैले भारुलाई रोज्ने गर्छन् । नेपालले पेट्रोलियम पदार्थ समेत भारुमै किन्ने गर्छ । यसले गर्दा वित्तीय संयन्त्र र बाहिर पनि नेपालमा ठूलो मात्रामा भारु रहेको देखिन्छ । दुई वर्ष अघिसम्म नेपालमा ५ सय र १ हजार दरका भारु चल्दैन थिए । त्यसले गर्दा कानूनी रुपमा वित्तीय संयन्त्रमार्फत यसको कारोबार हुँदैन थियो । तर, दुई वर्षअघि नरेन्द्र मोदीको नेपाल भ्रमण पश्चात ठूला दरका भारु चल्ने पुरानो निर्णय कार्यान्वयन भयो । त्यसअघि भएको नेपाल भारत वाणिज्य सचिव स्तरीय बैठकले दुवै दरका भारु नेपालमा चल्न दिने निर्णय गरेको थियो । सीमित व्यापारीको ‘लविङ’ को आधारमा नेपालले वर्षाैंदेखि प्रतिबन्धित ठूला दरका भारु चल्न दिने प्रस्ताव लगेको थियो । नेपाल–भारतबीच कामदार आउने र जाने क्रम लगभग उस्तै छ । यस्तो दुवै मुलुकका कामदारसँग त्यही देशको मुद्रा हुनु स्वाभाविक हो । नेपाली कामदारले भारतमा जत्ति कमाए पनि वार्षिक ५० हजार भारुबाहेक वित्तीय संयन्त्रबाट पठाउन सक्दैनन् । सोही कारण मध्य तथा सुदूरपश्चिमका धेरै नेपालीले हरेक वर्ष नगद नै बोकेर ल्याउने गरेका छन् । उनीहरुले रकम लिएर आउँदा भारु नै ल्याउँछन् । नेपालमा सहजै चल्ने भएकाले कामदारले भारु ल्याउनु स्वाभाविक हो । ठूला दरमा प्रतिबन्ध लागेपछि अब रकम बोकेर आउनेले बढी जोखिम मोल्नुपर्ने भएको छ । नेपालबाट भारततर्फ उपचारका लागि जानेको संख्या पनि धेरै छ । ठूला मुद्रामा लागेको प्रतिबन्धले गर्दा तत्कालै नेपालमा भारुको अभाव हुने निश्चित देखिएको छ । ठूला मुद्रा भारतमै नचल्दा साना मुद्राको माग बढ्छ । त्यसको असर नेपालबाट उपचार गर्न भारु साट्न चाहनेलाई समेत पर्नेछ । मुख्य समस्या भनेको अहिले नेपालीसँग रहेका ५ सय र १ हजार दरका भारु कसरी साट्ने र तत्कालै अभाव हुने भारुलाई कसरी व्यवस्थापन गर्ने भन्ने मुख्य चुनौती थपिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

  • रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

  • लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

  • गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0