Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १३, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सफल रहोस् २०७४

प्रभातफेरी अनलाइन १४७१ पटक पढिएको प्रकाशित मिति: २०७४ बैशाख ४, सोमबार (५ साल अघि)
सफल रहोस् २०७४

२०७३ साललाई विदा दिई नयाँ वर्ष २०७४ प्रासम्भ भएको छ । यो वर्ष राजनीतिक संक्रमणलाई किनारा लगाउन माघ ७ अगावै तीनवटा चुनाव गराउनुपर्ने बाध्यकारी व्यवस्था संविधानले नै गरेको छ । स्थानीय तह, प्रदेशसभा र संघीय संसद् तीनवटै चुनाव मुलुकभरका मतदाताको प्रत्यक्ष सहभागितामा हुनुपर्ने छ । संवैधानिक व्यवस्थाअनुसार सरकारले गराउन सके पनि, नसके पनि यो वर्षको अधिकांश समय चासो र चर्चाको केन्द्रमा चुनाव नै बन्ने छ ।
२०६२/६३ को लोकतान्त्रिक आन्दोलन र त्यसपछिका विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धि संविधानसभाबाट लिपिबद्ध गर्दै डेढ वर्षअघि जारी भएको संविधान कार्यान्वयनमा दलहरूले प्राथमिकता दिनुपर्छ । २०७३ साल संविधानको अन्तर्वस्तुमा असन्तुष्टि जाहेर गर्दै विशेषगरी मधेसी मोर्चारगठबन्धनले आन्दोलन गर्ने, तिनीहरूलाई मनाउन सत्तारूढ दललाई मनाउन खोज्ने जस्ता अलमलमै समय बित्यो । आन्दोलन र वार्ता गर्ने तर निष्कर्षमा नपुग्ने शृंखला चलेको डेढ वर्षभन्दा बढी भइसक्दा पनि सहमति र समझदारी भएको सुखद् समाचार जनताले पाएका छैनन् । सरकारले २०७४ वैशाख ३१ गते स्थानीय निर्वाचन गर्ने घोषणा गरेको छ, मुलुकका अधिकांश क्षेत्र चुनावमय बसिकेको अवस्था छ । तर एक महिनामात्रै समय बाँकी रहँदा पनि ‘चुनाव होला त ?’ भन्ने आशंकाहरू पलाएकै छन् । सरकारले संविधान कार्यान्वयन र चुनावको वातावरण तयारका लागि ०७३ सालमै दुईपटक संविधान संशोधन गर्न खोज्यो तर सफल हुन सकेन ।
२०७३ सालमा आशा जगाउने केही काम भएका छन् । सबभन्दा ठूलो उपलब्धि मानिएको छ, लोडसेडिङको अन्त्य । स्वास्थ्य क्षेत्रमा दूरगामी महàव राख्ने नीतिगत निर्णयहरू गएको वर्षमा भएका छन् । संविधानले बाध्यकारी व्यवस्था गरेपछि बेलैमा सरकारले वार्षिक बजेट तथा कार्यक्रम ल्याउन थालेको छ, जसले ‘बजेट ढिलो आयो’ भन्ने बहानाबाजी अन्त्य गरेको छ । चालु आर्थिक वर्षमा बजेट तथा कार्यक्रमको कार्यान्वयन सन्तोषप्रद नदेखिनु भने सरकारको कमजोरी हो । मुलुकको आर्थिक वृद्धिदर सरकारी लक्ष्यअनुसार ६.५ प्रतिशत पुग्नु पनि उत्साहजनक कुरा हो । पूर्वाधार निर्माणमा भइरहेका प्रगतिले पनि समृद्धिको आशा जगाएको छ । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजना सम्भवतः यसै वर्ष पूरा हुनेछ । विगतमा हासिल केही संकेतले जगाएका आशालाई मूर्तरूप दिन भने राजनीतिक स्थिरता चाहिन्छ । त्यसका लागि बेलैमा तीनै तहको निर्वाचन गर्नु जरुरी छ । त्यसैले सरकारले पनि जिम्मेवार भएर संविधानको पालना गर्दै तिनै तहको निर्वाचन समयमै सफलताका साथ सम्पन्न गरोस् भनी २०७४ सालको शुभकामना !

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • Post Thumbnail

    सत्ता प्रतिपादक बन्नुहुन्न

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    अर्थान्तर

    अर्थान्तर

    मुक्तक

    मुक्तक

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0