Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्थानीय तहको निर्वाचन सम्पन्न

प्रभातफेरी अनलाइन ८२९१ पटक पढिएको प्रकाशित मिति: २०७४ जेष्ठ ७, आईतबार (८ साल अघि)
स्थानीय तहको निर्वाचन सम्पन्न

  • पाँचखाल, बेथानचोक, तेमाल र रोशीमा कांगे्रस विजयी
  • बनेपा, पनौती, नमोबुद्ध, भुम्लु, मण्डन देउपुर र खानीखोलामा एमाले विजयी
  • महाभारत र चौरी देउरालीमा माओवादी केन्द्र विजयी
  • धुलिखेलमा एमाले अगाडी

बनेपा / जिल्लाको एक नगरपालिका र तीन गाउँपालिकामा नेपाली काँगे्रसले विजय हासिल गरेको छ । पाँचखाल नगरपालिका र बेथानचोक, तेमाल, रोशी गाउँपालिकामा नेपाली काँगे्रसका मेयर र उपमेयर निर्वाचित भएका छन ।

पाँचखाल नगरपालिकामा नेपाली कांग्रेसका महेश खरेल ७ हजार ३ सय ५६ मत सहित मेयर र लक्ष्मी दनुवार ७ हजार २६ मत सहित उपमेयरमा निर्वाचित भएका हुन् । त्यस्तै, रोशी गाँउपालिकाको अध्यक्षमा नेपाली काँगे्रसका दलबहादुर लामा (डिबी) ४ हजार ३ सय ४२ मत र उपाध्यक्षमा काँगे्रस कै लक्ष्मी बर्तौला ३ हजार ८ सय ९८ मत सहित विजयी भएको छन् । निकटतम अध्यक्षमा एमालेका बज्रध्वज लामाले २ हजार ९ सय ५७ र उपाध्यक्ष एमाले कै बबिता बोहराले १ हजार ९ सय ३३ मत प्राप्त गरेका थिए ।

बेथानचोक गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका प्रेम बहादुर तिमल्सिना ३ हजार ८ सय ६८ मत प्राप्त गरी विजयी भएका छन् । तिमल्सिनाको प्रतिस्पर्धी नेकपा एमालेका प्रेम लामाले २ हजार ७ सय ४१ मत प्राप्त गरेका थिए । त्यस्तै माओवादी केन्द्रका मर्दन सिं तामाङले १ हजार ७ सय ४९ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा नेपाली कांग्रेसकै सरिता लामिछाने (तामाङ) ले ३ हजार ८ सय ५२ मत प्राप्त गरी विजयी हासिल गरेका छन् भने लामाको प्रतिस्पर्धी नेकपा एमालेका उन्नती केसीले २ हजार ८ सय ४१ मत र माओवादी केन्द्रका तारा राना तिमल्सिनाले १ हजार ६ सय ३२ मत प्राप्त गरेकी थिइन् ।

त्यसैगरी, तेमाल गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदार सलाम सिह लामाले ३ हजार ९ सय ३७ मत ल्याई विजयी भएका छन् । उपप्रमुखमा नेपाली काँगे्रस कै दुर्गामाया तामाङ्गले ३ हजार ७ सय २८ मत ल्याई विजयी भएका छन् । अध्यक्षका प्रतिस्पर्धी नेकपा एमालेका प्रदीप लामाले ३ हजार ३ सय ६३ मत र माओबादी केन्द्रका गंगाबहादुर दोङले ३ हजार १ सय ८० मत ल्याएका थिए । उपप्रमुखमा एमालेकी उषा घिसिङ्गले ३ हजार ३ सय ०७ मत ल्याएका थिए भने माओबादी केन्द्रकी कल्पना मोक्तानले ३ हजार २ सय ०५ मत ल्याएका थिए ।

यसैगरी, जिल्लाका चार नगरपालिका र दुई गाउँपालिकामा नेकपा एमालेले विजय हासिल गरेको छ भने एक नगरपालिकामा नेकपा एमाले अगाडि रहेको छ । बनेपा नगरपालिकामा नेकपा एमालेका लक्ष्मीनर सिं वादेले ११ हजार ४ सय ९ मत सहित मेयर पदमा विजयी भएका छन् भने उपमेयरमा नेकपा एमालेकी १२ हजार २ मत सहित रेखा दाहाल निर्वाचित भएकी छिन् । त्यस्तै, पनौती नगरपालिकामा नेकपा एमालेका भिम न्यौपानेले मेयर पदका लागि १२ हजार २ सय ५६ मत ल्याई विजयी भएका छन् भने उपमेयरमा १२ हजार ९९ मत सहित गीता बञ्जारा विजयी भएकी छिन् ।

मण्डन देउपुर नगरपालिकामा नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका टोकबहादुर वाइवाले ७ हजार ६ सय ४६ मत सहित मेयर पदमा विजयी भएका छन् भने उपमेयरमा ७ हजार ५ सय १ मत सहित नेकपा एमालेकी निर्मला शाही विजयी भएकी छिन् ।

त्यस्तै, नमोबुद्ध नगरपालिकामा नेकपा एमालेका टि.पी. शर्मा तिमल्सिनाले ५ हजार ३ सय ४६ मत ल्याई मेयर पदमा विजयी भएका छन् । उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका कुन्साङ लामा ४ हजार ९ सय ६१ मत ल्याएका थिए । उपमेयर पदमा नेकपा एमालेकै रामदेवी तामाङ ५ हजार १ सय ७० मत सहित विजयी भएकी छिन् ।

धुलिखेल नगरपालिकामा समाचार तयार पार्दासम्म मतगणना जारी रहेको छ । जम्मा १२ वडा रहेको नगरपालिकाको वडा नं. १ देखि १० सम्मको मतगणना सकिँदा नेकपा एमालेका अशोक व्याञ्जुले ६ हजार ५ सय ३८ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका रमेशप्रसाद हुमागाईंले ४ हजार ५६ मत ल्याएका छन् । त्यस्तै, उपमेयर पदमा नेकपा एमालेका विमला शर्माले ५ हजार १ सय ७ मत ल्याएकी छिन् भने नेपाली कांग्रेसका निर्मला योगल श्रेष्ठले ३ हजार ७ सय ३२ मत ल्याएकी छिन् ।

यसैगरी भुम्लु गाउँपालिकामा नेकपा एमालेका गुमानध्वज कुँवर अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनले ३ हजार ५ सय ४८ मत ल्याएका थिए भने नेकपा एमालेकी कल्पना श्रेष्ठले ३ हजार ५ सय ९६ मत ल्याई उपाध्यक्ष पदमा विजयी भएकी छिन् । खानीखोला गाउँपालिका त्रिपक्षीय प्रतिप्रर्धा रहेकोमा अध्यक्षमा नेकपा एमालेका कृष्णबहादुर खुलालले २०२३ मत प्राप्त गरी विजय भएका छन् । उनको प्रतिस्पर्धी माओवादी केन्द्रका इन्द्रबहादुर थिङ (छिन्ताङ) ले १ हजार ६ सय ४४ मत प्राप्त गरेका थिए भने नेपाली कांग्रेसका गोपाल दर्लामीले १ हजार ६ सय ३७ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा एमालेका रुकमणी गुरुङले २ हजार १ सय ३० मत ल्याएर विजय भएकी छिन् । उनको प्रतिस्पर्धी कांग्रेसकी तारादेवी आर्चायले १ हजार ५ सय ९६ मत र माओवादी केन्द्रका विष्णुमायाँ मोक्तानले १ हजार ५ सय ६६ मत प्राप्त गरेका थिए ।

यसैगरी जिल्लाको विकट डाँडापारी रहेको महाभारत र चौरी देउराली गाउँपालिकामा नेकपा माओवादी केन्द्रले विजय हासिल गरेको छ ।

महाभारत गाउँपालिकाको अध्यक्षमा कान्छालाल जिम्बाले २ हजार ३ सय ४२ र उपाध्यक्षमा चेतकुमारी माझीले २ हजार ३ सय मत प्राप्त गरि विजयी भएका छन् । निकटतम नेपाली काँगे्रसका रकमसिं घलानले २ हजार २ सय ३६ र उपाध्यक्षमा काँगे्रस कै विष्णुमाया पुलामीले २ हजार २ सय १० मत प्राप्त गरेका थिए ।

त्यस्तै, चौरी देउराली गाउँपालिकामा माओवादी केन्द्रका इन्चार्ज दिनानाथ गौतमले ३ हजार ९ सय १४ मत सहित अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका विक्रम गौतमले ३ हजार ४ मत प्राप्त गरेका थिए । उपाध्यक्ष पदमा माओवादी केन्द्रकै ताराकुमारी चौलागाईं (गौतम) ले ४ हजार ७ मत ल्याई विजयी भएकी छिन् भने निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका मीना तामाङले ३ हजार ४ मत प्राप्त गरेकी थिइन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

  • प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0