Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० आश्विन १७, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पहिलो चरणमा त्रिहत्तर प्रतिशत मत खस्यो

प्रभातफेरी अनलाइन ५३५२ पटक पढिएको प्रकाशित मिति: २०७४ जेष्ठ ७, आईतबार (६ साल अघि)
पहिलो चरणमा त्रिहत्तर प्रतिशत मत खस्यो

पहिलो चरणमा भएको वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनमा ७३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ । प्रदेश नं. ३, ४ र ६ का ३४ जिल्लाका २८१ गाउँपालिका र नगरपालिकाको निर्वाचन केही स्थानहरुमा छिटपुट घटना घटे पनि निर्वाचन शान्तिपूर्वक सम्पन्न भएको जानकारी दिए ।दुई स्थान मनाङको नार्फु गाउँपालिका र डोल्पाको से–फोक्सुन्डो गाउँपालिकाका सबै पदहरु निर्विरोध निर्वाचित भए । मतदानमा युवापुस्तादेखि जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, किरियापुत्री, दृष्टिविहिनसम्मले उत्सुकतापूर्वकसहभागिता जनाई आफ्नो मत प्रदान गरेका थिए ।अब हुने दोस्रो चरणको जेठ ३१ गते हुने निर्वाचन पनि शान्तिपूर्वक हुने विश्वास लिएको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले पत्रकार सम्मेलनमा बताएका हुन् । पहिलो चरणको निर्वाचनमा दोलखाको मेलुङमा प्रहरीको गोलीबाट एक व्यक्तिको मृत्यु र केही घाइते भएकोमा प्रमुख आयुक्तले दुःख व्यक्त गरेका थिए ।
काभ्रे, रामेछाप, हुम्ला, सिन्धुपाल्चोक र कालीकोटमा कतिपय मतदान केन्द्रमा पनि केहीबेर झडप र तनाव सिर्जना भएको थियो । ६ हजार ६ सय ४२ मतदान केन्द्रमध्ये ३ स्थानको मतदान स्थगत भएको थियो । नमोबुद्ध नगरको ४ नं. केन्द्र र कालीकोट कालिका गाउँपालिकाको बालाचौर विद्यालय मतदान केन्द्रको मतदान भने विवादमा परेको थियो ।
पहिलो चरणमा ४ महानगरपालिका, १३उपमहानगरपालिका, ९२ नगरपालिका र १८९ गाउँपालिकामा निर्वाचन सम्पन्न भएको छ र प्रदेश नं. १, २, ५ र ७ का बाँकी ४ सय ६१ गाउँपालिका र नगरपालिकाको निर्वाचन जेठ ३१ गतेका लागि तोकिएको छ । मतपत्र ठूलो र मतदान शिक्षा प्रभावकारी नभएकाले निर्वाचन आयोगले कमजोरी स्विकारेको छ । पछिल्लो एक दशकमा दुईवटा संविधानसभा निर्वाचनमा करिब यही अनुपातमा मत खसेको थियो भने २०६४ सालको संविधान सभा निर्वाचनमा ६१.७० प्रतिशत र २०७० सालको संविधान सभा निर्वाचनमा ७८.३४ प्रतिशत मत खसेको थियो । वैदेशिक रोजगारमा ठूलो संख्यामा मतदाता गएका छन् भने गाउँमा नबसी शहरी क्षेत्र र अन्यत्र बसोबास गरेका कारण केही प्रतिशत मतदाताको भने सहभागीतामा कमि भएको हो|

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • Post Thumbnail

    सामाजिक सेवामा सहभागी बन

  • आफ्नो दाजुको वंश बचाउन नसक्नेले राष्ट्र बचाउन सक्छ ?ः नेता महर्जन

    आफ्नो दाजुको वंश बचाउन नसक्नेले राष्ट्र बचाउन सक्छ ?ः नेता महर्जन

  • Post Thumbnail

    स्वास्थ्य क्षेत्रको लापरवाही कहिले सम्म !

  • जनप्रतिनिधि र कर्मचारीले दायित्व पूरा गर्ने हो भने संविधान प्रदत्त अधिकार स्थानीय तहमा कार्यान्वय हुनेमा विश्वस्त छुः अध्यक्ष लामा

    जनप्रतिनिधि र कर्मचारीले दायित्व पूरा गर्ने हो भने संविधान प्रदत्त अधिकार स्थानीय तहमा कार्यान्वय हुनेमा विश्वस्त छुः अध्यक्ष लामा

  • प्रभातफेरी ई-पेपरथप

    २०८० आश्विन १० गते

    २०८० आश्विन १० गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    आधुनिक कविताका जरा मोहन कोइराला

    आधुनिक कविताका जरा मोहन कोइराला

    Post Thumbnail

    सामाजिक सेवामा सहभागी बन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0