Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

ढुर्खक च्याम्राङबेशी सडकको स्तरोन्ती हुँदै

प्रभातफेरी अनलाइन १६९८ पटक पढिएको प्रकाशित मिति: २०७४ जेष्ठ २१, आईतबार (६ साल अघि)
ढुर्खक च्याम्राङबेशी सडकको स्तरोन्ती हुँदै

उद्योगराज्य मन्त्री बादेद्धारा शिलान्यास

मधुसुधन तिमल्सिना
बेथानचोक / विकटक्षेत्र मानिने डाँडापारी जोडिने सडक स्तरोन्नती हुने भएको छ । उक्त सडकको उद्योग राज्य मन्त्री कञ्चन वादे श्रेष्ठले मंगलबार एक कार्यक्रम बिच शिलान्यास गरेका छन ।
खोपासी, ढुर्खक, च्याम्राङबेसी, मिल्चे बोरान सडकको खोपासी देखि च्याम्राङबेसी खण्ड स्तोरन्नती हुने भएको हो । नेपाल सरकार, एसियाली विकास बैक, र स्वीस सरकार विकास सहयोग कार्यक्रमको साझेदारीमाा संघिय मामिला तथा स्थानीय विकास मान्त्रालय मार्फत भूकम्प आपतकालिन सहायता आयोजनाले आगामी १३ महिना भित्र उक्त सडक मर्मत सम्पन्न गर्ने जनाएको छ ।
नाली सहित ६.५ मि चौडामा निमार्ण हुने उक्त सडकको कुल लागत २१ करोड ५६ लाख रुपैया रहेको छ । सडक शिलान्यास गर्दै राज्य मन्त्री वादेले पूर्वाधारको विकास नै सम्बृद्धिको आधार भएको बताए । जिल्लाको मात्र नभएर देशको राजधानीबाट नै दक्षिण तर्फजाने सबै भन्दा उपयुक्त नाका भएको बताउँदै यस मार्गलाई धरानको चतरा सम्म जोडन अध्ययन भइरहेको जानकारी दिए ।
संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयका सहसचिव जीवन कुमार श्रेष्ठले सडक निमार्ण र विस्तरले स्थनिय उत्पादन बृद्धि हुनु पर्ने कुरामा जोड दिए । उनले मुलुकभर ५८ हजार किलो मिटर सडक निमार्ण भएको उल्लेख गर्दै भावी दिनमा सवै सडकलाई स्त्तरोन्ती गर्ने योजना रहेको बताए । काभ्रेका प्रमुख जिल्ला अधिकारी शिव सिंखडाले बाटोको गुणस्तर कायम गर्न स्थानीयले पनि जिम्मेवारी रहेको बताउँदै स्थानिय सक्रिय भएमा मात्र आर्थिक रुपान्तरण हुनेमा जोडदिए ।
भुकम्प आपतकालिन साहायता आयोजनाका परियोजना प्रमुख ईश्वर चन्द्र मरहठ्ठाले भूकम्प पीडितका लागि निजी आवास सँगै सडक संजालको पनि विस्तार गर्ने योजना अनुरुप मुलुकमा १४ अयोजना मध्ये २ ओटा आयोजना काभ्रेमा संचालन गर्न लागेको जनाकारी दिए । जिल्लाको विकट क्षेत्रमा ढुवानीको समस्या भएका बेला छोटो समयमै परियोजना सम्पन्न गरेर निजी आवस निमार्णका लागि सहजता निमार्ण गर्न लागेको उनले बताए । उनका अनुसार खोपासी देखि च्याम्राङबेसी सम्मको १४ किलो मिटर ग्राभेल र ५.७ किलोमिटर कालोपत्र गर्न लागिएको हो । २०७५ असार सम्ममा आयोजना निमार्ण सम्पन्न हुने छ । समय र तोकिएको सडकको गुणस्तरमा कुनै सम्झौता हुने छैन उनले भने ।
बेथाञ्चोक गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तिमल्सिनाले उक्त सडक निमार्णका लागि स्थानिय तहको तर्फबाट सक्दो सहयोग गर्ने र यस सडकलाई तराईको सडक संजालसँग जोडन पहल गरिने बताए ।
जिल्लाको डाँडापारी क्षेत्रमा पुग्ने उक्त सडक निमार्णकै क्रममा रहेको छ । हाल खोपासी देखि च्याम्राङबेसी सम्म ट्रयाक निमार्ण भएको छ । च्याम्राङबेसी देखि मिल्चे बोराङ सम्म ट्रयाक खोल्ने क्रम जारी छ । धेरै क्षेत्र माहाभारत पर्वतमा पर्ने खोपासी च्याम्राङबेसी खण्डमा ट्रयाक निर्माण पछि स्थानिय जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । चट्टान युक्त पहाडी भू–भागका कारण करोडौ खर्चेर पनि उक्त खण्ड पुरा हुन नसकेको बेला युक्त कार्यक्रमले राहत महशुस भएको बेथाञ्चोक १ का वडा अध्यक्ष सोम प्रसाद घिमिरेले बताए ।
कार्यक्रममा बेथानचोक ४ का वडा अध्यक्ष लालबहादुर श्रेष्ठ, नेपाली काँगे्रसका सहसंयोजक कृष्णबहादुर पाख्रिन, एमालेका संयोजक बेदप्रसाद तिमल्सिना, माओवादी केन्द्रका सह संयोजक तेजबहादुर केसी लगायतले मन्तव्य राखेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

  • असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

  • जलवायु परिवर्तन सम्बन्धी अभिमुखीकरण

    जलवायु परिवर्तन सम्बन्धी अभिमुखीकरण

  • जनमतबाट अकेला सम्मानित

    जनमतबाट अकेला सम्मानित

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0