Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १५, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नेपालमा विमान दुर्घटनाका चुनौतीहरु

प्रभातफेरी अनलाइन ५१३८ पटक पढिएको प्रकाशित मिति: २०७४ जेष्ठ २८, आईतबार (५ साल अघि)
नेपालमा विमान दुर्घटनाका चुनौतीहरु

यसवर्षको जेठ महिनामा नेपाली आकाशमा दुईवटा विमान दुर्घटना भए । जेठ १३ गते लुक्लामा गोमा एयरको कार्गो विमान दुर्घटना हुँदा चालक पारशकुमार राईको ज्यान गयो भने १७ गते वाजुरामा सेनाको जहाज खस्दा पाइलट कौशल गुरुङ्ग सहित २ जनाको निधन भयो । गत साउन महिनामा पनि एउटै महिनामा ३ वटा सम्म विमान दुर्घटना भएका थिए । भर्खरै मात्र थपिएको सहित नेपालमा ८६ वटा विमान दुर्घटना भएका छन् । यद्यपी मानवीय क्षती भएको हिसाबले हेर्ने हो भने यसलाई ४५ औं दुर्घटना मान्न सकिन्छ । नेपालमा हवाईयात्राको शुरुवात वि.सं. २००६ देखि अहिले सम्म ७ सय ९४ जनाले यसकै कारण ज्यान गुमाएका छन् । यो पक्कै पनि दुःख लाग्दो अवस्था हो । नेपालको भौगोलिक अवस्थाका कारण धेरैजसो हवाई दुर्घटनाहरु हुने गरेका भएपनि पछिल्ला दिनहरुमा यसको कारण खराब मौसम, विमान चरासँग
ठोक्किनु र प्राविधीक कारण लगायतबाट एकपछि अर्को दुर्घटनाहरु थपिने गरेको विभिन्न अनुसन्धानले देखाएको छ ।
नेपालमा पहिलो विमान दुर्घटना वि.सं. २०१२ मा भएको थियो । कालिंगा एयरको यो दुर्घटनामा २ जनाको निधन भएको थियो । त्यस्तै वि.सं. २०१३ साल जेठ १३ मा अर्को दुर्घटना भयो । इन्डियन एयरलाइन्सको यस विमान दुर्घटनामा १४ जना यात्रीको दुःखद निधन भएको थियो ।
त्यसपछि साना–ठूला दुर्घटनाहरु थपिंदै गए । सडक दुर्घटना जस्तो विमान दुर्घटनामा यात्रीहरुलाई घाइते अवस्थामा उद्धार गरिएका उदाहरणहरु ज्यादै कम मात्रामा आउने भएपनि केहि मात्रामा घाइते भएका घट्नाहरु पनि नभएका होइनन् । हुन त कुनैपनि दुर्घटना राम्रो होइन । तर पनि विमान दुर्घटना आफैंमा एउटा कहाली लाग्दो अवस्था त हो नै त्यसमा पनि पछिल्लो पाँच वर्ष यता वर्षेनी झण्डै २ वटाको दरमा भएका विमान दुर्घटनाहरुलाई फर्केर हेर्दा नेपालमा हवाईयात्रा साँच्चिकै जोखिमयुक्त रहेकै हो कि भन्ने अनुमान गर्न थालिएको छ ।
नेपालको विमान दुर्घटनाको इतिहास केलाउने हो भने सबै भन्दा ठूलो र वढी मानविय क्षति भएको दुर्घटना आजभन्दा २५ वर्ष अगाडि वि.सं. २०४९ साल असोज महिनाको १२ गते ललितपुरको भट्टेडाँडामा भएको दुर्घटनालाई लिन सकिन्छ । पाकिस्तानबाट नेपाल आउँदै गरेको पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको उक्त विमान दुर्घटनामा ३६ जना नेपाली नागरिक सहित विमानमा सवार सबै १ सय ६७ जना यात्रीहरुको दुःखद् निधन भएको थियो । संयोग नै हो, पछिल्लो पटक भक्तपुरको मनोहरा फाँटमा भएको सीता एयरलाइन्सको विमान पनि ०६९ असोज १२ गते नै दुर्घटना भयो । यस अर्थमा त्यो दिनलाई विमान दुर्घटनाको इतिहासमै कालोदिनका रुपमा लिन सकिन्छ । वि.सं. २०४८ सालमा रसुवा जिल्लाको घ्याङफेदीमा थाई एयरवेजको विमान दुर्घटना हुँदा १ सय १३ जनाको मृत्यु भएको थियो । यो पनि हवाई दुर्घटनाको इतिहासमा धेरै मानविय क्षति हुन पूगेको दुर्घटनाको रुपमा रहेको छ ।
विगत ९ वर्ष यता नेपाली आकाशमा भएका विमान दुर्घटनाहरुलाई सर्सती हेर्ने हो भने २०६५ साल असोज २२ गते सोलुखुम्बु जिल्लाको लुक्लामा यति एयरलाइन्सको विमान दुर्घटना भयो । यसमा १८ जना यात्रीको मृत्यु भएको थियो । त्यसैगरि २०६७ सालको भदौ ८ गते मकवानपुर जिल्लाको शिखरपुर स्थित तोरीबारीमा अग्नी एयरको विमान दुर्घटना हुँदा १४ जना यात्रीहरुको निधन भयो । ०६७ कै मंशिर २९ गते ओखलढुङ्गामा तारा एयरको विमान दुर्घटना भयो । यसमा २२ जना यात्रीहरुले ज्यान गुमाउनु प¥यो । यस्तै विमान दुर्घटनाको श्रृंखला ०६८ असोज ८ गते पनि दोहोरियो । बुद्ध एयरको सेवा शुरुको १४ वर्षको इतिहासमा यो उसको पहिलो विमान दुर्घटना थियो । ललितपुरको कोटडाँडामा भएको यस दुर्घटनामा १९ जनाको मृत्यु भएको थियो ।
त्यस्तै ०६८ सालकै कार्तिक १ गते नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको नेपाली सेनाको विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भयो । २०६९ जेठ १ गते अग्नी एयरको विमान जोमसोममा दुर्घटना भयो । १५ जनाले यसमा ज्यान गुमाए । ०६९ असोज १२ गते सीता एयरको विमान दुर्घटना काठमाडौं उपत्यका भित्रै मनोहरा खोला किनारमा भएको र १९ जनाको निधन भएको उपत्यकावासि र सम्पूर्ण नेपालीहरुको लागि अविष्मरणिय  घट्ना हुन पुगेको छ । यसपछि पनि पटक–पटक विमान दुर्घटनाको श्रृंखला दोहोरिइरहे । यस्तै ०७० फागुन ४ मा भएको नेपाल वायुसेवा निगमको विमान दुर्घटनाले नेपालको हवाई यातायातमा अर्को ठूलै चुनौती थपिदियो । अर्घाखाँची जिल्लामा भएको यस दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए । ०७२ फागुन १२ गते पनि विमान दुर्घटना भयो । तारा एयरको यो विमान पोखराबाट जोमसोमका लागि उडेको थियो । म्याग्दीमा दुर्घटना भएको यस विमानमा २३ जना यात्रीहरुको निधन भएको थियो । यी त केहि मुख्य दुर्घटनाहरु भए । साना–तिना
दुर्घटनाहरु त कति भए कति , लेखाजोखा नै छैन ।
यो कहाली लाग्दो श्रृंखलाका पछाडी कहिले विमानमा प्राविधिक समस्या त कहिले चरासँग विमान ठोकिनु अनि खराव मौसम नै मुख्य कारण रहेको खुल्न आएको छ । यसरी विश्वमा सबैभन्दा छिटो र सुरक्षित मानिएको हवाईयात्रा नेपालमा भने दिनदिनै असुरक्षित बन्दै जानु पक्कै पनि राम्रो कुरा होइन । यसले एकातिर हाम्रो आर्थिक र मानवीय क्षतीलाई वढाइरहेको छ भने अर्का तिर विश्वमा नेपालको असुरक्षित हवाईयात्राको गलत सन्देश प्रवाह भइरहेको छ । यसरी वढ्दै गईरहेको हवाई दुर्घटनालाई न्युनिकरण गर्न सरकार र नागरिक उड्ययन प्राधिकरणले कुनै पहल गरेकै देखिदैंन । यसमा उनीहरुको व्यवस्थापनकै कमजोरी मुख्य दोषी पाइएको छ । दुर्घटना भईसके पछि घटनाको [wpdevart_like_box profile_id=”https://www.facebook.com/Madhyamarga/” connections=”show” width=”300″ height=”550″ header=”small” cover_photo=”show” locale=”en_US”]

वास्तविकता पत्ता लगाउन छानविन समिती गठन गर्ने र घटना सेलाउदै गएपछि समितीले दिएको प्रतिवेदनलाई दराजमा थन्क्याएर राख्ने सरकारी कार्यले पनि विमान दुर्घटना वढाएको छ । अघिल्लो दुर्घटना भएको प्रतिवेदन पछि त्यसतर्फ सर्तकता अपनाउने र आगामी दिनहरुमा दुर्घटना रोक्न सक्ने रणनिती तय गर्ने हो भने पनि धेरै हद सम्म यस्ता विनाशकारी दुर्घटनाहरु रोक्न सकिने विज्ञहरु बताउँछन् । हुन त अन्र्तराष्ट्रिय निकायबाट नेपालको एक मात्र ठूलो र बाह्य देशसँगको सम्पर्क वढाउने त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल उपत्यका वरिपरि भएका जंगल र त्यहाँ रहेका विभिन्न ३० प्रजातीका चराहरुका कारण असुरक्षित भएको निश्कर्ष निकालिसकिएको छ । त्यसमा पनि राजधानीमा दिनहुँ थुप्रिने गरेको फोहोरका कारण चिल, बाज, गिद्ध, हुचिल लगायतका चराहरु वढ्दै गएको र यीनीहरुकै कारण दुर्घटनाहरु हुने गरेको पनि प्रष्ट छ । नेपालको भौगोलिक अवस्था र मौसम खरावी जस्ता कारण पनि हवाईयात्राका मुख्य चुनौतीहरु हुन् । पुराना र धेरै वर्ष प्रयोगमा आईसकेका विमानहरुलाई समय–समयमा मर्मत नगरिंदा पनि दुर्घटना वढ्दै गएको तथ्यलाई पनि नकार्न सकिंदैन । दक्ष प्राविधिक र चालकहरुको अभावले पनि यस्तो त्रास वढाएको छ ।
यी र यस्तै विषयहरुलाई ध्यानमा राखेर सम्बन्धित निकायले काम गर्दै जाने हो भने आगामी  दिनहरुमा पक्कै पनि यस्ता कहाली लाग्दा हवाई दुर्घटनाहरुलाई रोक्न सकिने छ । यसो गर्न सकियो भने विमान दुर्घटनाकै कारण अर्बौं रुपैयाँ बराबरको धनजनको नोक्सानी कम गर्न सकिनेमा दुईमत छैन । यसरी चूनौतीपूर्ण रुपमा दुर्घटनाहरु वढ्दै जान थालेपछि अब नागरिक उड्ययन प्राधिकरणले यसको नियन्त्रणका लागि कस्तो भूमिका खेल्ला वा अझै कानमा तेल हालेरै बस्ला त्यो भने प्रतिक्षाकै विषय बनेको छ |

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • Post Thumbnail

    सत्ता प्रतिपादक बन्नुहुन्न

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    मुक्तक

    मुक्तक

    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0