Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

द स्प्रिङ लभ (उपन्यास)

प्रभातफेरी अनलाइन ६९११ पटक पढिएको प्रकाशित मिति: २०७४ जेष्ठ २८, आईतबार (८ साल अघि)
द स्प्रिङ लभ (उपन्यास)

ज्ञानमणि नेपाल कालोटोपी
नेपाली साहित्यमा भर्खरै एउटा नयाँ कृति थपिएको छ । उपन्यासको रुपमा थपिएको उक्त कृतिको नाम हो द स्प्रिङ लभ । युवा साहित्यकार विनोदकुमार श्रेष्ठको प्रयासले द स्प्रिङ लभ जन्मिएको हो । यसमा उनले आफू अपाङ्गता भएको नागरिक भएकाले यस्ता विरामीहरुको भोगाईलाई अनुभवको रुपमा उतारेका छन् । शारिरीक रुपमा अपाङ्गता भएपनि मानसिक रुपमा उनीहरु सक्षम हुन्छन भनेर देखाउन खोज्नु उनको उद्देश्य हो । स्पाइनल कर्ड इन्जुरी भएको व्यक्तिको प्रेमकथामा आधारित यस उपन्यासले धेरै कुराको उठान गरेको छ ।
उपन्यासमा उनले म पात्र र रोजना विचको प्रसङ्ग जोडेका छन् । विनय नाम गरेको म पात्र स्पाइनल कर्ड इन्जुरी भएको विरामी हो । ऊ उपचारका लागि अस्पताल पुग्छ । अस्पतालमा उसलाई स्याहार गर्ने नर्सको रुपमा रोजना पात्रलाई उभ्याएका छन् । विस्तारै उनीहरुको प्रेमले जरा गाड्दै जान्छ । १ महिनाको अस्पताल बसाईमा उनीहरु यति सम्म प्रेममा परेका छन् कि एकआपसमा छुट्नै नसक्ने अवस्थामा छन् । तर रोजनाको प्रेम प्रस्तावलाई म पात्रले आफ्नो शारिरीक अवस्थाको कारण देखाएर स्विकार गर्दैन । तैपनि अस्पतालबाट डिस्चार्ज भएको दिन विनयलाई आफ्नै घरमा लिएर जान्छिन् रोजनाले । उनले घरमा गएपछि विनयको नुहाइ धुवाई पनि गरिदिन्छिन । पछि उनीहरुको प्रेम शारिरीक सम्पर्क सम्म पुग्छ ।
विनय आफ्नै गाउँ फर्कनु पर्ने बाध्यताले उनीहरु एकआपसमा छुटिन्छन् । तर शारिरीक रुपमा अलग भएपनि उनीहरु भावनात्मक रुपमा धेरै नजिक छन् । एकअर्का विचको विछोडले तड्पिएका विनय र रोजना विच धेरैपटक सामाजिक सञ्जालमा कुरा पनि हुन्छ । यतिकैमा रोजना विरामी भएको र उनी कोमामा पुगेको खबरले म पात्र पनि बेहोस हुन्छ । उनलाई भेट्न विनय काठमाडौं सम्म नै पुग्छ तर भेट्न सक्दैन । किनकी रोजनालाई उपचारका लागि विदेश लगिसकिएको हुन्छ । त्यसपछि यी २ विच कहिल्यै भेट हुदैन । वियोगान्त अवस्थामा उपन्यास सकिएको छ । लेखकले आफ्ना बाल्यकालका स्मृतिलाई पनि यसमा निकै मार्मिक तरिकाले उतारेका छन् ।
यति पढिसकेपछि पाठकलाई धेरै प्रश्नहरु उब्जन्छन् । के विरामी र नर्स विचमा भएको प्रेमको अन्तिम गन्तब्य शारिरीक सम्बन्ध मात्रै हो र ? आफू स्पाइनल कर्ड इन्जुरी भएको विरामीले कसरी यौन सम्बन्ध राख्न सक्छ ? अनि यति गहिरो प्रेममा परेको व्यक्तिले कसरी प्रेमिकाको प्रेम प्रस्तावलाई नकार्न सक्छ ? यस्ता जिज्ञासाको समाधान उपन्यासमा छैन । यहाँ निर लेखक चुकेका पो हुन् कि जस्तो लाग्नु स्वभाविक हो ।
समग्रमा सरल भाषामा लेखिएको छ । अंग्रेजी नाम राखेर नेपाली विषयवस्तु देखाइएको छ । बुझ्न सकिने भाषा छ । तर यो यथार्थपरक उपन्यास हो झैं लाग्छ । अनुभव पनि मिसिएको छ । विषय र प्रसङ्गको तालमेल भने मिलेको पाइन्छ । पढुञ्जेल अब के होला भन्ने जिज्ञासा उब्जन्छ । यो लेखकिय क्षमता पनि हो । शब्दार्थ प्रकाशनले बजारमा ल्याएको यस उपन्यासको मुल्य २५० रहेको छ । यो भिन्न खालको प्रस्तुती रहेको लेखकको दाबी छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
पुस्तक समिक्ष्या सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0