
प्रभातफेरी अनलाइन ८९२५ पटक पढिएको प्रकाशित मिति: २०७४ जेष्ठ २९, सोमबार (८ साल अघि)
जीवनशैली व्यस्त रहनेछ तर उपलब्धिविहीन काममा समय बित्न सक्छ। अरूको काममा जुट्नुपरे पनि पछिलाई फाइदै हुनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। साँझदेखि कीर्तिमानी काम गर्ने समय छ। प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ होला। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। व्यापारमा राम्रो फाइदा हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। (नेपाली पात्रो)
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। साँझदेखि सामाजिक उत्तरदायित्व हातलाग्न सक्छ। रोकिएका काम सम्पादन हुनेछन्। नयाँ कामको जिम्मेवारी प्राप्त हुनेछ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। मिहिनेत गर्दा भाग्यले साथ दिनेछ। (नेपाली पात्रो)
विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवनशैली आनन्दमय रहनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त होला। परिवारजनको साथले उत्साह जगाउनेछ। साँझदेखि भने सानोतिनो समस्याले अल्झाउन सक्छ। श्रमको कम मात्र मूल्य प्राप्त हुने देखिन्छ। तापनि समस्या दर्साउँदा साथ दिनेहरू भेटिनेछन्। (नेपाली पात्रो)
ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। रमाइलो क्षणमा समेत व्यावहारिक समस्याले पछ्याइरहला। साझेदार तथा आफन्तसँग असमझदारी बढ्न सक्छ। वादविवादबाट जोगिँदै समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला। बुद्धिको उपयोगले अप्ठ्यारा परिस्थितिलाई समेत सुल्झाउन सकिनेछ। (नेपाली पात्रो)
अस्वस्थताले केही बाधा पुर्याउन सक्छ। अप्ठ्यारा परिस्थिति सुल्झाउन जुट्नुपर्ला। गुरुजनको सहयोग तथा बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। साँझदेखि स्थितिमा सुधार हुनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। रोकिएका काम पुन: प्रारम्भ गर्न सकिनेछ। (नेपाली पात्रो)
पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। कृषि तथा पशुधनले फाइदा दिलाउनेछ। अपराह्नदेखि पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ। महत्वाकांक्षी योजना प्रारम्भ हुनेछन् भने पढाइलेखाइमा पनि प्रगति हुनेछ। (नेपाली पात्रो)
निरन्तरको प्रयत्नले मात्र काम बनाउन सकिनेछ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। प्रतीक्षित नतिजा कमजोर देखिए पनि दोहोर्याएर प्रयत्न गर्दा काम बन्ला। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। साँझदेखि घरेलु समस्या देखा पर्न सक्छ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। (नेपाली पात्रो)
अरूको विषयमा चासो राख्दा नैतिक प्रश्न देखापर्न सक्छ। आलोचकहरूलाई व्यवहारले समेट्ने चेष्टा गर्नुहोला। लेखन तथा सिर्जनात्मक कामले प्रतिष्ठा दिनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। सहयोगीहरूले साथ दिनेछन् भने अहिले मिहिनेत गर्दा पछिसम्म लाभ हुने काम प्रारम्भ हुन सक्छ। साँझदेखि पहिलेका कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ। (नेपाली पात्रो)
इच्छाशक्तिद्वारा महत्वाकांक्षी कार्य प्रारम्भ होला। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। सोखले खर्च बढाउन सक्छ। तापनि मिहिनेत गर्दा पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। साँझदेखि आफ्नो बोली-व्यवहारमा कमजोरी फेला पर्न सक्छ। शुभचिन्तकहरूलाई साथ लिएर काममा जुट्नुहोला। (नेपाली पात्रो)
सुरुमा खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्नेछ। चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। टाढाका साथीभाइको निम्तो प्राप्त हुन सक्छ। छर–छिमेकमा असमझदारी बढ्ने सम्भावना देखिन्छ। साँझदेखि साइनो गाँस्नेहरूले अप्ठ्यारो पार्न सक्छन्। भेटघाटले अलमल्याउनेछ। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दु:ख पाइएला। (नेपाली पात्रो)
तत्काल लाभ नभए पनि सकारात्मक संकेत प्राप्त हुनेछ। आजको मिहिनेतले पछिसम्म फाइदा दिलाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा ऋणमोचन हुने सम्भावना छ। साँझदेखि आम्दानीमा बाधा हुनेछ भने सञ्चित रकम खर्चनुपर्ने आवश्यकता पर्न सक्छ। आलस्य गर्नाले पनि काम बीचैमा रोकिन सक्छ। लामो यात्रा गर्ने अवसर भने जुट्न सक्छ। (नेपाली पात्रो)
अवसर आए पनि काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्। अरूका लागि खर्च बढ्ने देखिन्छ। साँझदेखि स्थितिमा सुधार आउनेछ भने मनग्गे लाभ उठाउन सकिनेछ। दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुन सक्छ। तत्कालका आवश्यकता पूरा हुनेछन्। सोखले फजुल खर्च बढाउन सक्छ। (नेपाली पात्रो)








प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |