Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ २, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

विनयको कविता ुमृत्युबोधु

प्रभातफेरी अनलाइन ९०१९ पटक पढिएको प्रकाशित मिति: २०७४ जेष्ठ ३०, मंगलबार (८ साल अघि)
विनयको कविता ुमृत्युबोधु

कविता संग्रह

ज्ञानमणि नेपाल कालोटोपी

हरेक क्षणहरुको बोध त्यतिबेला हुन्छ , जतिबेला उसले उक्त परिदृष्य भोगेको हुन्छ । तर मृत्यु , जसलाई भोग्ने मान्छेले यो कस्तो हुन्छ भनेर अनुभव गर्न सक्दैन । अरु घटनाक्रमहरुको भोगाई जतिबेला पनि हुन सक्छ । पटक पटक हुन सक्छ तर मृत्यु एकपटक मात्र हुन्छ । तर साहित्यकारहरु मृत्यु र जन्मका भोगाईलाई पनि उस्तै तरिकाले प्रस्तुत गर्छन् , मानौं उनीहरुले सबै भोगेकै पो छन् कि जसरी । हो , यस्तै अनुभव समेटेर साहित्यकार विनयकुमार शर्मा नेपाल यसपटक मृत्युबोध कविता संग्रह लिएर साहित्यमा उदाएका छन् ।
करिव ४ दर्जन सफल कृतिहरु प्रकाशित गरिसकेका उनले यसपटक भने नयाँ खालको उपहार दिएका छन् । मृत्युबोध कविता संग्रहमा ४१ वटा कविता समेटिएको छ । सबै कविताले फरक फरक क्षणको अनुभव गराउँछ । मान्छेको जीवन र मृत्यु , अनि यी दुवैका विचमा मान्छेले गर्ने विभिन्न प्रकारका अनुभुतीहरुलाई कविताको रुप दिएर त्यसलाई पुस्तकको आकारमा प्रस्तुत गर्न सक्नु साहित्यकार नेपालको खुबि हो । मान्छे के हो ? ऊ जीवनमा सफल र असल कसरी बन्न सक्छ ? भन्ने भाव समेटिएको यो कविता संग्रहले मान्छे भएर मान्छेले मान्छेका लागि के गर्नु हुन्छ र के गर्नु हुँदैन भन्ने कुरा सिकाउन खोजेको छ ।

अस्ति हारें पाठ सिकें,
हिजो जितें, पाठ सिकें ,
हारको मातले जित दियो , 
जीतको मातले हार दियो ।

– हारजित कविताबाट ।

उनले जीवनमा मान्छेले कहिले जित्छ , कहिले हार्छ , सधैं एउटै र उस्तै परिवेश हुँदैन भनेर पनि देखाउन खोजेका छन् । जित्ने मान्छेले घमण्ड गर्नु हुदैन र हार्ने मान्छेले रुदै हिड्नु पनि हुदैन । माथिको कविताको सार हो । कविले यसलाई निकै मार्मिक पारामा प्रस्तुत गरेका छन् । मान्छेले हरेकक्षण नयाँ बनाउँन प्रयास गर्छ । तर जति नयाँ बनाए पनि विस्तारै त्यो क्षण पुरानो हुन्छ । नयाँ र पुरानो भन्ने कुरा अनुभवले हुने हो । मान्छेको बाँच्ने तरिका र कर्मले उसलाई चिनाउन सक्छ । जन्मदै कोहि विशेष मान्छे हुदैन र विशेष भनिएकाहरु पनि सधैंका लागि हुँदैनन् । कुनै निश्चित समय पछि युगले
आफैं नयाँ कुराको माग गर्छ भन्ने कुरा पनि कविता मार्फत पाठकलाई देखाउनु कवि नेपालको उद्देश्य हो ।
समग्रमा कविता सरल छ , सरस छ र बुझ्न सकिने शैलीमा लेखिएको छ । शब्दार्थ प्रकाशनले बजारमा ल्याएको यस संग्रहको मुल्य २५० राखिएको छ । यो फरक शैलीको प्रस्तुती हुने प्रकाशकको दाबी छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
पुस्तक समिक्ष्या सम्बन्धि थप
  • पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

  • रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

  • लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

  • गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0