logo
२०८३ अषाढ ३, बुधबार |
📰
🔍

जुन १३ मा भित्रिनुपर्ने मनसुन अझै आएन, कृषि क्षेत्रमा चिन्ता बढ्यो

प्रभातफेरी अनलाइन० पाठक संख्याप्रकाशित मिति: २०८३ अषाढ ३, बुधबार(३३ मिनेट अघि)
जुन १३ मा भित्रिनुपर्ने मनसुन अझै आएन, कृषि क्षेत्रमा चिन्ता बढ्यो

काठमाडौं , यस वर्ष नेपालमा मनसुन आगमन ढिलो हुने संकेत देखिएको छ। सामान्यतया जुन १३ मा नेपाल प्रवेश गर्ने मनसुनी प्रणाली हालसम्म सक्रिय हुन नसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार प्रशान्त महासागरमा विकसित भइरहेको एल–निनो र अन्य मौसमीय प्रणालीका कारण मनसुनको आगमन प्रभावित भएको हो। विभागले मनसुन अवधिभर देशका धेरै स्थानमा औसतभन्दा कम वर्षा हुने सम्भावना रहेको जनाएको छ।

कर्णाली, लुम्बिनी, मधेस तथा कोशी प्रदेशका केही क्षेत्रमा वर्षा न्यून हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको विभागको अनुमान छ। साथै अधिकतम र न्यूनतम तापक्रम पनि सामान्यभन्दा बढी रहने सम्भावना व्यक्त गरिएको छ।

कृषि क्षेत्रका विज्ञहरूले कम वर्षाले धान रोपाइँमा असर पुग्न सक्ने भएकाले किसानलाई सुक्खा सहनसक्ने धानका जात छनोट गर्न र पानी संरक्षणका उपाय अपनाउन आग्रह गरेका छन्।