Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १५, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

असार १५ सकियो, रोपाईं भर्खर शुरू

प्रभातफेरी अनलाइन ५२४१ पटक पढिएको प्रकाशित मिति: २०७४ अषाढ २२, बिहिबार (५ साल अघि)
असार १५ सकियो, रोपाईं भर्खर शुरू

गत वर्ष भन्दा यसवर्ष अलि ढिलो गरि मनसुन शुरु भयो । यसको प्रत्यक्ष असर किसानहरुलाई परेको छ । अधिकांश सिचाई सुविधा नपुगेका जिल्लाहरुमा आकाशेपानीकै भरमा रोपाईं गर्नु पर्ने बाध्यता छ । काभ्रे जिल्लामा पनि यसवर्ष भर्खरै मात्र रोपाईं शुरु भएको छ । आधा असार सकिंदा सम्म जिल्लामा २० प्रतिशत जति खेतमा मात्र रोपाईं भएको छ । विगत वर्षहरुमा यस समय सम्ममा ४० प्रतिशत जमिनमा धान रोपाईं भइसक्थ्यो । ढिलो वर्षा भएकाले यसवर्ष विगतको जस्तो हुन नसकेको जिल्ला कृषिविकास कार्यालयले जनाएको छ । सिचाईं सुविधा पुगेका खेतहरुमा भने समयमै रोपाईं सकिने कार्यालयको अनुमान छ । गतवर्ष धान रोपाईं सकेर धान दिवस मनाएको सम्झना गर्ने जिल्लाका अधिकांश कृषकहरु अहिले धान दिवस आइसक्दा पनि खेतबारीमै व्यस्त छन् । यस वर्ष उनीहरुलाई रासायनिक मलको अभाव पनि उस्तै परेको छ । कतिपय खेतमा चैतमा रोपेको धान काट्ने सिजन हुन लागेकाले त्यो धान भित्र्याइसके पछि मात्र रोपाईं गरिन्छ । केहि ठाउँमा मकै रोपिएको छ । त्यसैले पनि असारको रोपाईं केहि समय ढिला हुने भएकै बेला पानी नपरेपछि सम्भव भएका जमिनमा समेत यतिबेला रोपाईं भएको छैन । विशेषगरि मण्डनक्षेत्रका कुन्तावेसि, चाखोला, ज्वानेटार, जोगिटार, सिपाघाट लगायतका धान उत्पादनका पकडक्षेत्रमा भर्खरै मात्र रोपाईं शुरु भएको स्थानिय कृषक कृष्ण प्रसाद नेपालले जानकारी गराउनु भयो । उनका अनुसार असारको दोस्रो साता सकिंदा सम्म धेरै जसो ठाउँमा रोपाईं नै शुरु भएको छैन । समयमा रोपाईं गर्न नपाएपछि यसवर्ष धान उत्पादन घट्ने हो कि भन्नेमा किसानहरु चिन्तित छन् । गएको वर्ष मौसम अनुकूल भएका कारण देशमै धान उत्पादनमा उल्लेख्य वृद्धि भएको थियो । तर यसवर्ष देशभरिकै मौसम गतवर्षको जस्तो छैन । त्यसैले धान उत्पादन केहि घट्न सक्ने कृषि अनुसन्धान परिषदका इञ्जिनियर गौरीलाल श्रेष्ठले बताए । ‘तैपनि अहिले नै यसै भन्न सकिने अवस्था भने अलि छैन’ उनले भने “असारको अन्त्य सम्ममा रोपाईं गर्न सकियो भने पनि उत्पादनमा खासै कमी आउँदैन ।” त्यसैले अहिले नै किसानहरुलाई नआत्तिन उनको अनुरोध छ ।
अ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • Post Thumbnail

    सत्ता प्रतिपादक बन्नुहुन्न

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    मुक्तक

    मुक्तक

    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0