Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बोक्सीको नाउँमा महिलालाई यातना कहिले सम्म…?

प्रभातफेरी अनलाइन ७०९८ पटक पढिएको प्रकाशित मिति: २०७४ अषाढ २२, बिहिबार (८ साल अघि)
बोक्सीको नाउँमा महिलालाई यातना कहिले सम्म…?

ज्ञानमणि नेपाल कालोटोपी

गएको मंशिरमा काभ्रे जिल्लाकी ३२ वर्षिय महिला लक्ष्मी परियारलाई बोक्सी आरोपमा स्थानिय शिक्षक हिरामान लामा लगायतका युवाहरुले कुटी कुटी मारे । उनको केहि दिन अघि मात्र दाअसंस्कार गरियो । २ वर्ष अघि पर्सा जिल्लाको सुपौली–९ की महिला पार्वती चौधरीको आफ्नै छिमेकीद्धारा अमानविय तरिकाले कुटपिट गरि हत्या गरियो । उनको बोक्सि आरोपमा हत्या गरिएको थियो । आफन्त र छिमेकीबाटै हत्या गरिएकी चौधरी न बोक्सि थिइन् न रुढिवादी समाजले उनको पिडा नै सुन्यो । निर्दोष एक महिलाले विनाकारण बोक्सिको आरोपमा अकालमै ज्यान गुमाउनु प¥यो ।त्यस्तै हालै मात्र पर्सा जिल्लाकै विश्रामपुर– १ की एकल महिला सरस्वतीदेवीलाई बोक्सि आरोपमै आफन्तबाटै गाउँ निकाला गरियो । मानव मलमुत्र खुवाएर शारिरीक तथा मानसिक यातना दिई गाउँ निकाला गरिएकी उनी अहिले सम्म गाउँ फर्किन सकेकी छैनन् । सदरमुकाम वीरगञ्जमा डेरामा बस्दै आएकी उनलाई पनि पार्वतीलाई जस्तै हत्या गरिएको समाचार त आएको छैन तर नहोला भन्न पनि सकिंदैन ।

यसै गरि उदयपुर जिल्लाको त्रियुगा नगरपालीका–१६ की आमा–छोरी अंकुल र माया (नाम परिवर्तन) ले आफूहरुलाई गाउँलेहरुले बोक्सिको आरोप लगाएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । उनीहरुलाई पनि स्थानियहरुले बोक्सिको आरोप लागाउँदै शारिरीक तथा मानसिक यातना दिंदै आएका थिए । त्यस्तै चितवन जिल्लाकी मरनीदेवीलाई बोक्सि आरोपमै जिउँदैं जलाएर हत्या गरिएको घटना त अहिले सम्म कसैले विर्सन सकेकै छैनन् ।चाहे पार्वती वा सरस्वती, लक्ष्मी नै होस् वा मरनीदेवी नै किन नहोस् । यी प्रतिनीधी र वास्तविक पात्रहरु हुन् । पछिल्ला दिनहरुमा बोक्सि आरोपमा ज्यान गुमाउने र शारिरीक तथा मानसिक यातना पाउने महिलाहरुको श्रृंखला समाजमा कहाली लाग्दो तरिकाले वढिरहेको छ । विशेष गरि समाजमा कमजोर र अझ एकल महिलाहरुलाई बोक्सि आरोपमा दिनदिनै पीडित बनाईएका समाचारहरु हिजोआज सार्वजनिक भईरहेका छन् ।विश्व अहिले हरेक आधुनिक गतिवीधीका साथ आधुनिक शैलीमै विकसित हुदैंछ । नेपाल पनि एक्काइसौं शताव्दीको यो मध्य संघारमा उभिएको छ । तर समाज भने सत्रौं शताव्दी भन्दा पहिलेको जस्तै रुढीवादी शैलीमै रुमलिएको छ । जातभात, छुवाछुत, तन्त्रमन्त्र र बोक्सि जस्ता विना प्रमाणका विषयहरुमा अहिलेको आधुनिक भनिएको समाज रुमलिनु अवश्य पनि राम्रो कुरा होइन । अझ विशेष गरि महिलाहरुले बोक्सि आरोपमा ज्यान गुमाउनु परेको यर्थाथ कति लज्जास्पद होला त्यो नेपाली समाजले सोच्नै पर्ने विषय हो ।

 

नेपाली समाज अशिक्षा र चेतनाको कमीले गर्दा अहिले हरेक क्षेत्रमा पछाडी परेको छ । चाहेरै पनि समाज परिर्वतन गर्न सकिएको छैन । विशेष गरि महिलाहरु समाजमा हरेक बहानामा प्रताडित हुदैं आएको अवस्था छ । समाजमा दलित भनिने र विशेष गरि तराईभेगमा रहेका समुदायहरुमा महिलाहरु बोक्सिको आरोपमा पीडित हुदैं आएका छन् । एकातिर देशमा राजनितीक अस्थिरता छ, अर्कातिर समाजमा कुरितीजन्य अपराधको श्रृंखलाले विश्राम लिन सकेको छैन । देशको यस्तो परिस्थितीले दशकौं पछाडि धकेलिएको नेपाली समाजले माथी उठ्न अव रामै्र कसरत गर्नु अहिलेको टड्कारो आवश्यकता भईसकेको छ ।नेपालमा भएको फितलो नियम कानुनको फाइदा उठाउँदैं गरिएका अमानवीय कार्यको अन्त्य त्यतिबेला सम्म हुदैंन जतिबेला सम्म देशमा बलियो नियम कानुन र स्थिर सरकारको गठन हुदैंन । सरकारले पनि समाजका कुरिती जन्य अपराधहरुको अन्त्यका लागि खासै सकारात्मक पहल गरेको देखिंदैंन । पीडित महिलाहरुले कानुनी उपचारको बाटो खोज्न उजुरी गरे पनि वास्तविक न्याय पाउन सकेका छैनन् । जसले गर्दा बोक्सि र विशेष गरि घरेलुहिंशाको शिकार बन्नु अहिलेका नेपाली महिलाहरुको अवस्था भएको छ । लाखौं महिलाहरुले देशको फितलो कानुनको शिकार हुनु परिरहेको अवस्था एकातिर छ भने देशमा महिलाहरुको हकहित र न्यायका लागि खोलिएका सयौं सरकारी तथा गैरसरकारी संस्थाहरुले पनि यस तर्फ ध्यान पु¥याउन नसक्नु पक्कै पनि विडम्वना हो ।

पछिल्ला दिनहरुमा महिलाहरु माथी हुने गरिएका अन्यायका घटनाहरु सार्वजनिक हुने गरेका छन् । यसलाई लुकाउन नहुने रहेछ भन्ने चेतना उनीहरुमा पलाउनुलाई राम्रै रुपमा मान्नु पर्छ । दैनिक रुपमा महिलाहरु बोक्सि र बलात्कारको शिकार हुनु परिरहेको अवस्थालाई कसरी कम गराउन सकिन्छ भनेर सोच्नु अहिलेको टड्कारो आवश्यकता हो । कोहि पनि महिला बोक्सि र डाइनी हुदैंनन् । विनाकारण उनीहरुलाई यातना दिलाउने व्यक्तिहरुलाई कडा भन्दा कडा कारबाहि गराउन अहिलेको युवा जमातले सकारात्मक कदम चाल्नै पर्छ । समाजमा लुकेका र लुकाइएका यस्ता अपराधहरुलाई सार्वजनिक गराएर आगामी दिनहरुमा यस्तो हुन नदिनु अहिलेको युवा जमातको कर्तव्य हो ।समाजमा दैनिक रुपमा यस्ता हिंशाका घटनाहरु दोहोरिइरहेका हुन्छन् । कतिपय घटनाहरु आपसि समझदारीमा मिलाउने प्रयास गरिएको पनि पाइएको छ भने कतिपय घटनाहरु पीडकको डरले पीडितहरुले लुकाउने गरिएको पाइएको छ । यस्ता अपराधमा संलग्न हुनेहरुलाई कारबाहि गर्न अव बन्ने भनिएको संविधानमा कडा भन्दा कडा सजायँका व्यवस्था उल्लेख गरि तीनीहरुलाई कार्यान्वयन गर्न नेपाल सरकारले थोरै पनि कञ्जुस्याईं गर्न मिल्दैन । यसो गर्न सकिए मात्र नेपाली महिलाहरुले बोक्सि जस्ता कुरितीजन्य हिंशाको शिकार हुनु पर्ने अवस्था आउँदैन । अन्यथा यहि अवस्था रहिरहने हो भने अझै थुप्रै पार्वती चौधरी तथा मरनीदेवीहरुले अकालमै ज्यान गुमाउनु पर्ने छ । सरस्वतीदेवीहरुले यातना खेप्नु पर्ने छ । यो अवस्थाबाट नेपाली महिलालाई मुक्त गराउन सम्बन्धित पक्षले आजैबाट काम गर्न थाल्ने पो हो कि !

अवस्थाबाट नेपाली महिलालाई मुक्त गराउन सम्बन्धित पक्षले आजैबाट काम गर्न थाल्ने पो हो कि !

[email protected]

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0