Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १३, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्थानीय तहको अधिकार कटौती मान्य छैनः केपी शर्मा

प्रभातफेरी अनलाइन ६३८२ पटक पढिएको प्रकाशित मिति: २०७४ श्रावण १, आईतबार (८ साल अघि)
स्थानीय तहको अधिकार कटौती मान्य छैनः केपी शर्मा

मधुसुधन तिमल्सिना

पनौती / नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको अधिकारलाई कटौती गर्न नदिने बताएका छन । शुक्रबार पनौती नगरपालिकाको प्रथम नगरसभालाई सम्बोधन गदै विपक्ष दलका नेता समेत रहेका ओलीले संसदमा पेश भएको स्थानीय तहको विद्येयक स्थानीय तहको अधिकार कटौती हुने खालको आएकाले मान्य नहुने बताए ।

“५२ प्रतिशत भन्दा बढी काम स्थानीय तहबाट हुन्छ तर त्यसैलाई दिएको अधिकार कटौती गर्ने जुन खेल संसदमा हुदै छ, त्यसलाई पास हुन दिदैनौ ।” उनले जनप्रतिनिधीहरुलाई यस तर्फ सचेत हुन हुन आग्रह गरे । “हामी त तपाईहरु कै पक्षमा छौ तर तपाईहरु पनि संविधानमा ग्यारेण्टी गरिएको अधिकार लिन अग्रसर हुनुहोस् ।” कुल राजस्व संकलनको स्थानीय तहले पाउने १५ प्रतिशत बाट घटाएर ५ प्रतिशतमा ल्याउन खोजिएको बताउँदै यसबाट स्थानीय सरकारलाई सम्पूर्ण अधिकार भनेपनि त्यस अनुसारको हुन नसकेको बताए । संविधानमा स्थानीय सरकारलाई सबै अधिकार हुने छ भनिएको छ, तर यसलाई परिमार्जन गदै पुरानै केन्द्रिकृत गरिन खोजिदै छ, यस तर्फ सबै सचेत हुन जरुरी रहेको छ ।

उनले मुलुकको विकासका लागि सबै दल मिल्नुको विकल्प नरहेको बताए । अव हामी विकासको चरणमा छौ, स्थानीय तहको चुनाव सँगै १५ बर्षदेखी हुन नसकेका विकासले सार्थकता पाउदैछन, यसका लागि स्थानीय दलहरु मिलेर अगाडी बढ्न सक्नुपर्छ । “अव भूगोल, जातजाती, भाषाभाषी, धर्मसंस्कृतिका नाममा बखेडा झिक्ने होइन, पाएका उपलव्धिलाई संस्थागत गर्ने तर्फ अग्रसर हुनुपर्छ” । ओली भने । स्थानीय तह, प्रदेश र संघ वीचमा समधुर सम्बन्ध राखेर विकास निर्माण अगाडी बढाउनुपर्ने उनले बताए । पनौती नगर सांस्कृतिक, धार्मिक, पर्यटकिय, कृषि, पशुपालनका लागि अग्रहण्ी रहेको छ, यसको विकासका लागि नगरले सबैसँग सहकार्य, एकता गरेर अगाडी बढ्न आग्रह गरे ।

कार्यक्रममा काभे्र क्षेत्र न २ का सांसद रामहरी सुवेदीले स्थानीय तहले उठाएको राजश्वको ४० प्रतिशत उपयोग गर्न पाउनुपर्ने बताए । केन्द्रिय सरकारलाई ४०, प्रदेशलाई २० र स्थानीय तहलाई ४० प्रतिशतको ग्यारेन्टी हुनुपर्ने बताउदै यसका लागि आफुले पहल गर्ने बताए । उनले हरेक दृष्टिले काभे्र उपयुक्त रहेकाले प्रदेश न ३ को राजधानी बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीको ध्यानार्षण गराए ।

पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले आव २०७४÷०७५ को नीति तथा कार्यक्रममा प्रस्तुत गरेका थिए । कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वधार विकास, सरसाफाई, एक घर एक रुख लगायतका कार्यक्रमहरु उनले नीति तथा कार्यक्रममा प्रस्तुत गरे । त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी शिव सिमखडा, उपप्रमुख गिता बञ्जारा, पनौती १० का वडा अध्यक्ष मोहनबहादुर भण्डारी लगायतले मन्तव्य राखेका थिए ।

फोटो क्याप्सनः पनौती नगरपालिकाको प्रथम नगर सभाको उद्घाटन गर्नुहुदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

  • Post Thumbnail

    भारतिय प्र.म.नरेन्द्र मोदिद्वारा बालेन्द्र शाहलाई बधाई

  • Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    Post Thumbnail

    भारतिय प्र.म.नरेन्द्र मोदिद्वारा बालेन्द्र शाहलाई बधाई

    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0