Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २७, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

‘अहिलेको गितसंगित खिचडी जस्तै लाग्छ’

प्रभातफेरी अनलाइन ६०२० पटक पढिएको प्रकाशित मिति: २०७४ श्रावण १०, मंगलबार (८ साल अघि)
‘अहिलेको गितसंगित खिचडी जस्तै लाग्छ’

संचिता पौडेल, कलाकार
संचिता पौडेल , नेपाली गितसंगितको क्षेत्रमा प्रवेश गरेको धेरै भएको छैन । स्याङ्जा जिल्लाको चापाकोट स्थायी घर भई हाल राजधानीलाई कर्मथलो बनाउँदै आउनु भएकी पौडेल ४ वर्ष अघि मात्रै यसक्षेत्रमा प्रवेश गर्नु भएको हो । गितसंगितलाई पछि सम्म निरन्तरता दिने सोचाईमा रहेकी संचिता आफैं गित लेख्ने र गाउने गर्नु हुन्छ । गितसंगितका विविध आयामहरुका बारेमा उहाँसँग यसपटक मध्यमार्गका विशेष संवाददाता ज्ञानमणि नेपाल कालोटोपीले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंश ः

यहाँको परिचय दिनुस न ,

नाम संचिता पौडेल, स्याङ्जा जिल्लाको चापाकोट, हाल वालाजुमा बस्छु ।

कलाक्षेत्रमा कहिले देखि लाग्नु भयो ?

चार वर्ष भयो ।

कसको प्रेरणाले कला क्षेत्र रोज्नु भएको हो ?

खासै त्यस्तो कारण त छैन, सबै मान्छे जस्तै म पनि प्रशंसाको भोको मान्छे । त्यहि भोक मेटाउन आफूसँग सिर्जना शक्ति छ जस्तो लाग्यो । त्यहि कला देखाउन यो क्षेत्रमा होमिएकी हुँ । यसमा मलाई घरपरिवार, साथीभाई सबैको सहयोग पनि मिलेको छ ।

अहिले सम्म के–के मा अभिनय गर्नु भयो ?

मेरा आफ्नै शब्द र स्वरमा रहेका तीज गित र अन्य गितहरुमा अभिनय गर्दै आएकी छु । अब लगत्तै दुईवटा गितहरु आउँदै छन् । त्यसमा पनि आफैंले अभिनय गरेकी छु । आशा छ दर्शक र श्रोताहरुले मन पराइदिनु हुनेछ ।

गितहरु कस्ता कस्ता लेख्नु हुन्छ ?

अहिले सम्म बजारमा आएका मेरा गितहरु समसामयीक राजनिती माथीका विकृति र विसंगतीलाई व्यङ्ग्य गर्ने खालका छन् । साथै सामाजिक विषयवस्तु , माया प्रेम , मिलन विछोड समेटिने खालका गितहरु पनि बजारमा आएका छन् ।

कला क्षेत्रमा सजिलो के पाउनु भयो ?

पहिले त निकै समस्या थियो । गाह्रो पनि अनुभव भयो । आफन्त र साथीभाईहरु यसक्षेत्रमा कोहि पनि नभएकाले गाह्रो भएको भएपनि अहिले त्यस्तो छैन । अनुभव पनि बटुलियो । मिडिया र साथीभाईको सहयोग पनि छ । त्यसैले अहिले काम गर्न सजिलो छ ।

कला के हो जस्तो लाग्छ ?

आजको आधुनिक युगमा पनि पछाडि परेर काम छैन । आफूसँग भएका प्रतिभा देखाउनु नै कला हो जस्तो लाग्छ ।

कलाक्षेत्रको प्रतिश्पर्धामा प्रवेश गर्दा नयाँ कलाकारले कतिको चुनौती खेप्नु पर्छ ?

पुराना कलाकारहरु नामबाटै चिनिएका छन् । उनीहरु नामले नै चलेका छन् । हिजोआज संगित लाइनमा पैसा भएकाले मात्र अवसर पाएका छन् । जस्तो सुकै स्वर, लय भएपनि पैसावालाहरुले गर्दा नयाँ प्रतिभावान कलाकारहरु पछि परेका छन् । त्यसैले नयाँ कलाकारहरुले चुनौती खेप्नु परेको छ ।

पछिल्ला दिनहरुमा कलाक्षेत्र भित्र धेरै विकृतिहरु भित्रिएको आरोप छ नि , केहि भेट्नु भयो यहाँले ?

मेरो विचारमा कुनै पनि क्षेत्रमा विकृति र विसंगती छन् । त्यसैले गितसंगितको क्षेत्र पनि यसबाट टाढा छैन । अरु कुरा के भनौं र मैले ।

कला क्षेत्रलाई माथी उकास्न कलाकार र राज्यले के गर्नु पर्छ जस्तो लाग्छ ?

पहिले भन्दा धेरै राम्रो छ । तर पनि मलाई लाग्छ अहिलेको नेपाली गितसंगित खिचडी जस्तो छ । यसक्षेत्रमा थुप्रै विसंगतीहरु भित्रीएका छन् । छाडा गितहरु पनि आएका छन् । यसलाई रोक्नुपर्छ जस्तो लाग्छ ।

तपाईंको भविष्यको लक्ष्य नै यहि हो कि अरु केहि रोज्नु भएको छ ?

गितसंगितले नाम दिन्छ । शुभ चिन्तक र दर्शकहरुको मायाले प्रेरणा दिन्छ । जिन्दगीमा सबैलाई हँसाउन अनि मनोरञ्जन दिन पनि गित संगित चाहिन्छ नै । तैपनि गितसंगितले मात्र त बाँच्न गाह्रो छ । अरु पनि काम त गर्दैछु । यसलाई पनि निरन्तरता दिने सोचाईमा छु ।

एउटा कलाकारको नाताले भन्नु पर्दा देशको वर्तमान अवस्थालाई यहाँले कसरी लिनु भएको छ ?

एकदमै विग्रिएको छ । राजनिती तिर त त्यति ख्याल छैन तर पनि यो अवस्था देख्दा एकदमै दिक्क लागेको छ । एउटा भिरमा फलेको फल जस्तो छ नेपालको राजनीतिक अवस्था ।

कुराकानीका लागि समय दिनुभयो , यहाँलाई धेरै–धेरै धन्यवाद ।

तपाईं जस्तै दर्शक र मिडियाकर्मीहरुको साथ र माया पाइरहेकी छु । आशा छ , आउने दिनमा पनि पाउने छु । मेरा विचारहरु राख्ने मौका दिनु हुने तपाईं र तपाईंको मिडियालाई विशेष धन्यवाद । गितसंगितलाई माया गरिदिनु होला । जय गित , जय संगित ।

 

प्रस्तुती ज्ञानमणि नेपाल कालोटोपी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अन्तरबार्ता सम्बन्धि थप
  • निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

  • पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

  • प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

  • पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0