Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पर्यटकको रोजाईमा होमस्टे

प्रभातफेरी अनलाइन ६८६७ पटक पढिएको प्रकाशित मिति: २०७४ श्रावण १०, मंगलबार (८ साल अघि)
पर्यटकको रोजाईमा होमस्टे

बनेपा /पछिल्लो समय पर्यटकहरुको रोजाई होमस्टेहरु पर्न थालेका छन । व्यवस्थित बन्दै गएका होमस्टे पर्यटकहरुको रोजाईमा पर्न थालेका हुन ।

जिल्लामा एक दर्जन भन्दा बढी खुलेका होमस्टेहरुमा वाह्य पर्यटकहरुको आर्कषण बढ्दै गएको संचालकहरुको भनाइ छ । तीन बर्ष अगाडी सम्म खासै पर्यटकहरुको आर्कषणमा पर्न नसकेका होमस्टेहरु विस्तारै पर्यटकहरुको रोजाईमा पर्न थालेको पनौती कम्युनिटी होमस्टेकी अध्यक्ष शिला आमात्यले बताइन । पहिला त लौ न हामीलाई पर्यटक पठाइदिनुप¥यो भनेर विभिन्न ट्राभल एजेन्सीहरुलाई गुहानुपथ्यो तर अहिले त हामीकोमा दैनिक पर्यटकहरुको आइरहन्छन । उनले पुरानो दिनको सम्झना गदै भनिन् बल्ल बल्ल एक दुई जना पर्यटक आउथे उनीहरुलाई आदारसत्कार राम्रो गर्ने, मनोरञ्जन गराउने, यहाँका कलासंस्कृतिका बारेमा जानकारी दिने लगायत गरेर पठाउँथ्यौ यसले पनि हामीलाई पर्यटक आर्कषण गर्न मद्दत पुग्यो । पर्यटकलाई गरेको व्यवहार, सम्मानले उनीहरुमा खुशि आयो र अन्य साथीहरुलाई समेत सिधै हाम्रै सम्पर्कमा पठाउन थाले । उनले खुशी हुदै भनिन, हामीले १८ घरमा शुरु गरेको होमस्टे अहिले प्राय एक न एक घरमा पर्यटक हुन्छ ।

पातलेखेत होमस्टे समितिका अध्यक्ष केशव बडाल पनि होमस्टेमा पर्यटक बढ्न थालेको बताउछन । गाँउघरमा स्वच्छ हावापानी, मनोरम हिमशृंखलाको अवलोकन गर्दै स्थानीय कला, संस्कृति र भेषभुषामा रमाउन पर्यटकहरको रोजाई होमस्टे भएको उनको भनाइ छ । पातलेखेतबाट नमोबुद्ध, धुलिखेल र भकुण्डे तथा पाँचखालसम्म हाइकिङ पनि जान मिल्छ्। धुलिखेलका महँगा होटेलको तुलनामा सस्तोमा स्तरीय सेवा होमस्टेमा उपलब्ध छ् । सात दिनको प्याकेजमा गाउँलेको घरमा जे पाक्छ, त्यही पर्यटकलाई खुवाउने गरिएको छ्। ग्रामीण परिवेश र उनीहरूलाई नौलो लागेको काम सिकाउने भएकाले पनि होमस्टे पर्यटकको आकर्षणको केन्द्र बनेको उनको बुझाइ छ्। गाईभैंसी दुहुने, खेतबारीको काम र प्राकृतिक सौन्दर्यमा पर्यटक हराउने गरेका छन ।

होटेलभन्दा रमणीय र सहुलियत सुविधा पाउँदा दङ्ग भएको पनौती होमस्टेमा आएका स्विजरल्यान्डका रोल्स ओइभर बताए । ‘ठूला र महँगा होटेल हाम्रो देशमा पनि छन् तर यस्तो रमणीय होमस्टे छैन,’ उनले भने, ‘होमस्टेबाट यहाँको कला, संस्कृति, भेषभुषा, खानपानमा रमाउन पाउँदा सोचेभन्दा बढी आनन्द प्राप्त गर्ने पाए्।’ उनले अन्य नेपाल आउने साथीहरलाई होमस्टेमा बस्न आग्रह गर्ने बताए ।

अहिले होमस्टे संचालकहरुले एटेज बाथरुम, व्यवस्थित रुम, तातो चिसो पानी लगायतका े सेवा सुविधा बृद्धि गरेको बताएका छन । महँगा होटल भन्दा हाम्रोमा राम्रो व्यवस्था रहेको छ, पनौती कम्युनिटी की अध्यक्ष आमात्यले भनिन्, यसले पनि पर्यटकको रोजाईमा पछौ । हामी महिला मात्र मिलेर खोलिएको होमस्टेमा ‘आम्दानीसँगै हामी गृहिणीहरूले विदेशी भाषा, संस्कृति र प्रविधिबारे जान्ने मौका पाएका छौँ्।’ विदेशीलाई स्थानीय परम्पराअनुसार फूलमाला, नाचगान र बाजा बजाएर स्वागत गर्दै नेपाली खाना, कला, संस्कृति र परम्परा देखाइन्छ । यो होमस्टे तीन वर्षअघि आमाहरूको समूहले सञ्चालन गर्दै आएको हो्। पनौती ७ की बिनु अमात्य खुशी हुँदै भनिन् ‘घरमै बसेर आत्मनिर्भर भएका छौँ्।’ पर्यटकसँग घुलमिल हुन सहज होस् भनेर बुढेसकालमा अंग्रेजी सिकिसकेका उनीहरू उमेरले छेक्दैन भन्ने उदाहरण बनेका छन्। पछिल्लो समय पर्यटकलाई आकर्षण गर्न आफ्नै लगानीमा साँगा भञ्ज्याङ हुँदै पनौतीसम्म हाइकिङ रुट सञ्चालनमा ल्याएका छन्।

दैनिक २ हजार रुपैयाँ को प्याकेजमा पर्यटक राख्ने गरिएको संचालकहरु बताउँछन । रोयल माउन्टेन ट्राभल काठमाडौंको समन्वयमा होमस्टेमा पर्यटकहरू पठाउन बुकिङ गर्ने गरिरहेको छ्। ट्राभलका प्रबन्धक शिव ढकालका अनुसार पर्यटकहरूलाई इन्द्रेश्वर मन्दिर, नमोबुद्ध, मल्पी, लायकु दरबार, त्रिवेणी घाट, बल्थली लगायतका स्थानको अवलोकनका लागि पर्यटक आउने गरेको बताउछन ।

पनौती पर्यटन विकास केन्द्रले पनि होमस्टे सञ्चालनमा सहयोग पु‍याउँदै आएको छ्। धुलिखेल, नमोबुद्ध, कुशादेवी, नगरकोट, बल्थलीलगायत स्थानमा पनि होमस्टे सञ्चालनमा आएका छन्। काभ्रेमा होमस्टेबाट पाँच हजारभन्दा बढीले रोजगारी पाइरहेको धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मञ्जुकुमार कोजूले जानकारी दिए । संघले पनि होमस्टे विकास र प्रबद्र्धनका लागि तालिम लगायत सहयोग गर्दै आएको छ्। पर्यटकको आगमन बढेसँगै स्थानीयस्तरमा उत्पादित कृषिजन्य वस्तुको माग बढेको छ् । होमस्टेमा आएका पाहुनालाई अर्गािर्नक ताजा तरकारी र मासु आवश्यक पर्ने भएकाले व्यावसायिक तरकारी खेती र पशुपालन फस्टाएको स्थानीयबासी बताउँछन्।

फोटो क्याप्सन होमस्टेमा पर्यटकलाई स्वागत गदै स्थानीय ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0