Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १३, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

रामचन्द्र बचाउ अभियान सफल

प्रभातफेरी अनलाइन ६१९० पटक पढिएको प्रकाशित मिति: २०७४ श्रावण २२, आईतबार (८ साल अघि)
रामचन्द्र बचाउ अभियान सफल

व्लड मनी तिरेर फर्किए रामचन्द्र
घरमा छायो खुशियाली, जिल्लाबासिले गरे स्वागत

पनौती / परिवार र आफन्तले समेत माया मारिसकेका पनौती ३ कुशादेवीका रामचन्द्र तिमल्सिना फर्किएपछि परिवार खुशियाली छाएको छ । साउदी अरबको जेलमा सजाय भोगिरहेका तिमल्सिना नेपालीहरुले उठाएर पठाएको रकमले साउदी अदालतलाई लव्र्ड मनी बापतको रकम तिरेर सोमबार नेपाल फर्किएका हुन । तिमल्सिनाले साउदीमा चलाएको गाडीको ठक्करबाट पाकिस्तानी नागरिक तानवीर अमद अब्बासको ज्यान गएपछि त्यहाँको अदालतले दोषी ठहर गरेर जेल चलान गरेको थियो ।

जिल्ला आएका रामचन्द्रलाई पनौतीमा रहेको सक्रिय महिला संगठनले बुधबार एक कार्यक्रमका वीच भव्य स्वागत गरेको छ । महिलाहरुले मात्र संचालन गरेको रामचन्द्र बचाउ अभियानमा ३५ लाख रुपिया उठाएर परराष्ट्र मन्त्रालय मार्फत रकम पाठाएको थियो । स्थानीयहरुको बाक्लो उपस्थिती रहेको कार्यक्रमका सक्रिय महिला संगठनकी अध्यक्ष सुमित्रा बञ्जाराले रामचन्द्र आएकोमा आफुहरुले सुरु गरेको कार्यक्रम सफल भएको खुशि लागेको बताइन । कार्यक्रममा पनौती ८ का वडा अध्यक्ष केशव बञ्जारा, नेपाली कांगे्रस नगर सभापति रामशरण भण्डारी, सचिव राजेशराज महत, पत्रकारहरु लगायतको उपस्थिती रहेको थियो ।

साउदी अरबको उच्च अदालतले रामचन्द्रलाई मृत्युदण्डको सजाय दिने भनेपनि मृतक

पाकिस्तानी अब्बासको परिवारसँग सल्लाह गरेर ब्लड मनी तिरेर आममाफी दिन बताएपछि रामचन्द्रले साउदी रियल रु एक लाख २० हजार ( नेपाली ३५ लाख ) तिरेर फर्किएको बताए । नेपाल फर्कने आशा नै मारेको थिए, भाबुक हुदै रामचन्द्रले भने, नेपाली दाजुभाई दिदिवहिनीको सहयोग र साथले नै आज मेरो ज्यान र भविष्य बचेको छ ।

सुरुमा ब्लड मनी साउदी रियाल ३ लाख तिर्नुपर्ने भनिए पनि परिवारहरुलाई अनुरोध गरेर १ लाख २० रियल अर्थात नेपाली ३५ लाख रुपैयाँमा मिलाइएको थियो । मृतकका परिवारलाई सम्झाएपछि मात्र उनीहरु ९० लाखबाट घटेर ३५ लाखमा झरेका हुन । आफु अन्जानमा परेकाले सहयोग गर्न अब्बाक परिवारसँग अनुनय विनय गरेर र कम रकम तिरेर फर्कन सफल भए । उनले भने, नेपाल आउँदा संसारै जितेर फर्किए जस्तो लागेको छ । सोचको पनि थिइन यति चाडै फर्किन पाइन्छ होला भन्ने । जब प्रहरीले एक्कासी लुगा लगा भनेपछि किन मलाई अन्यत्रै सार्न लागेको भन्ने सोचेका थिए तर एयरपोर्ट सम्म ल्याएपछि ल तिम्रो टिकट लिउ र नेपाल जाउँ भन्नेपछि मेरो खुशीको सिमा नै रहने । कमाउन गएको छोरो रितो हातको पखाईमा बसेका परिवारले समेत नपात्याउने गरि तिमल्सिना नेपाल आएका छन ।

कुन दिन जाने भन्ने आफुलाई थाहा नदिइएका कारण आफू आउँदै गरेको कुरा परिवारमा पनि भन्न नपाएको उनले बताए । ‘त्रिभुवन अन्र्तराष्ट्रिय एयरपोर्ट झरे पछि एउटा ट्याक्सी रिजर्भ गरेँ र त्यहि ट्याक्सी चालकको फोन मागेर श्रीमतीलाई फोन गरे तर परिवारमा विश्वास नै गरेनन, कसैले पत्याएनन, एक घण्टामा घर पुग्दा सबै छक्क परे ।

रामचन्द्रकी श्रीमती सरिता श्रीमान आएको खुशि भएको बताउँछिन । मलाई त के हो के हो जस्तो लागेको थियो तर नेपाली दाजुभाईदिदिवहिनीले जुन सहयोग गर्नुभयो यसले आज पुन परिवारमा हाँसो ल्याएको छ । उनले भनिन, एकातिर भूकम्पले घर लडेको छ, अर्काे तिर त्यही दिन श्रीमान अनाहकमा जेल पर्नुभएको छ, एकै दिन परेको पीडालाई २७ महिनासम्म विताउनुपर्दाको भोग्नुपरेको कठिनाइ सम्झदै सरिताले भनिन, अव कहिले विदेश नजाने गरि यहि केही गर्ने सोच बनाएको बताइन । घरमा बुवा, आमा, श्रीमती, छोरा र भाइ छन् ।

विदेश जाने भए भाषा सिकेर जान रामचन्द्रको सुझाव

रामचन्द्रले साउदी भाषा सिकेको भए सायद उनले जेल नै पर्नुपदैन्थो होला । तर उनलाई त्यहाँको भाषा नजान्दा २७ महिना जेल जिवन बिताउनुपरेको छ । फ्याक्ट्रीबाट गाडीमा सिमेन्ट लोड गरेर निक्लँदा रातको १२ बजेको थियो । दिउँसो गर्मी हुने भएर राति गाडी चलाउने गरिएको थियो । पार्किङमा राखेर खाना खाए । रामचन्द्रले खाना खाएर एक सय मिटर मात्र गाडी चलाएका थिए । त्यति नै खेर पाकिस्तानीहरु चढेको गाडी आएर मैले चलाइरहेको गाडीमा ठक्कर खायो । उनीहरुले रक्सी खाएका थिए । केही भागे केही त्यहिँ थिए । आफ्नो गल्ती नभएका कारण म भागिन । त्यहाँ रक्सीको बोतल देखेर प्रहरीले चेक ग¥यो । आफूलाई भाषा त्यति धेरै नआउने त्यही कारण मलाई रक्सी पनि खाएको छ भनेर प्रहरीले रिपोर्ट बनाएछ । त्यही कारण मुद्दा अलि जटिल बनेको हो ।

भाषा जानेको भए उनीहरुको कुरा पनि बुझिने र आफूले पनि त्यहि अनुसारको कुरा गर्न सजिलो हुने थियो । उनले वैदेशिक रोजगारीमा जाने युवाहरुलाई भाषा सिकेर मात्र विदेश जान अनुरोध गरे । म त एक पटक फसे अन्य युवाहरु यसरी नफस्नु भन्नका लागि भाषा सिकेर मात्र जान भन्न चाहान्छु ।

उठेको रकम गोलमाल

रामचन्द्रको परिवारलाई कति रकम उठयो भन्ने उतोपतो नै छैनन । उठेको रकम पनि पारदशि नरहेको पाइएको छ ।

 

फोटो क्याप्सन

१.गृह जिल्ला आइपुगेका रामचन्द्रलाई स्वागत गदै स्थानीयहरु ।

२. रामचन्द्र आएपछि खुशि भएको परिवार सामूहिक तस्विर खिचाउँदै ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0