Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बि.सं.२०७४ साल भदौ २६ गते सोमवारको राशिफल

प्रभातफेरी अनलाइन १०११६ पटक पढिएको प्रकाशित मिति: २०७४ भाद्र २५, आईतबार (८ साल अघि)
बि.सं.२०७४ साल भदौ २६ गते सोमवारको राशिफल

मेष राशिः
मेष राशि हुनेहरुको लागि आज दिन केही बाधा अबरोधको बाबजुतपनि उमङ्गिलो एवम् कामकार्यमा रुचि बढ्ने खालको दिन रहेको छ । आर्थिक कार्यक्षेत्र तथा पेशाबाट लाभहुने एवम् व्यापार तथा व्यवसायिक उन्नति हुनेछ छ । विशेष ठानिएको काममा भने रोकावट आउनसक्ने छ । गोचरले अवस्था परिवर्तन गर्ने भएकोले साँझपखबाट भने यहाँको बोलीवचनले कसैको मन दुखाउनसक्ने तथा कसैसँग मनोमालिन्य बढ्ने सम्भावना रहनसक्ने छ । धनको अपव्यय वा धनोन्माद बढ्नसक्ने कुरालाई पनि नकार्न सकिन्न । अपेक्षित कार्यमा सफलताको लागि आज तपाईले श्री गौरीशङ्कर भगवान एवं गणपतिदेवको स्तुति तथा श्रद्धाभक्ति गर्नु फलप्रद हुनेछ ।

वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन मध्यान्हसम्म सामान्यतया संघर्षकर रहने देखिएको छ । केही कठिनाई तथा कामकार्यमा बाधाअड्चनजन्य संघर्षको मुकाविला गर्नपर्नसक्ने छ । तदोपरान्तबाट क्रमशः रमाइलो रहनेछ । अनुकूल वातावरण र मनोकामना पूर्ण हुनेछ । प्रशंसा मिल्ने हुनाले कामकार्यमा उत्साह बढ्ने एवम् खुशी र उमंग छाउनेछ । निमन्त्रणा तथा स्वागत सत्कारको अवसर एवम् कोसेली मिल्नसक्ने सम्भावना पनि देखिएको छ । सहयोगी भेटिने र व्यापार एवम् व्यवसायिक कार्यबाट राम्रो फाइदा उठाउन सक्नुहुनेछ । यहाँहरुको लागि आज एक अंक, रातो रङ्ग उपयुक्त हुनेछ । थप सफलताको लागि मान्यजनलाई खुशी बनाउनु शुभप्रद हुनेछ ।

मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन मध्यान्हसम्म समयअनुकूल नै रहेको देखिन्छ । तदुपरान्त भने केही संघर्षको अनुभूति हुनसक्ने छ । खर्च बढ्नसक्ने सम्भावना देखिएको छ तथापि गुरुको कृपा प्राप्त हुने र नसोँचिएको काम बनेर लाभ एवं उपलब्धि पनि मिल्नेछ । सामान्यतया कामकार्यमा अबरोधको सामना गर्न पर्नसक्छ । स्वजनसँग विछोडिन पर्ने तथा कसै कसैलाई अप्रिय समाचार सुन्नपर्ने पनि हुनसक्नेछ । यात्रासम्बन्धी कार्ययोजना बन्नसक्ने छ । परोपकार तथा असहाय क्षेत्रलाई सहयोग गर्न मनलाग्ने छ । आज यहाँले शिव भगवानको स्तुति आराधना तथा साधना गर्नु विशेष पूण्यप्रद हुनेछ ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन आर्थिक लाभ हुनेछ । पेशा एवम् व्यवसायबाट औकात तथा हैसियत अनुसारको धनलाभ गर्न सकिनेछ भने आँटेताकेको कामकार्यमा सफलता मिल्नेछ । मानसम्मानप्रद ग्रहयोग परेकोलेराजमान मिल्नसक्ने छ भने राजनीति तथा समाजसेवा कर्मीहरुले पदप्रतिष्ठा एवम् जिम्मेवारी प्राप्त गर्नसकिने छ । कर्मक्षेत्रमा आएका अबरोधहरु हट्ने र थप कार्यमा रुचि बढ्नेछ । आफन्तीहरुसँग भेट्घाट हुने र व्यवहारिकता एवम् औपचारिकता निर्वाह गर्न पर्नेछ । प्रशंसक बढ्ने र शुभसमाचार प्राप्त हुनेछ । आज यहाँको लागि दुई अङ्क, सेतो रङ्गको प्रयोग र शिवाराधना गर्नु शुभकर हुनेछ ।

सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आज दिन केही हद्सम्म धर्म–अध्यात्मको सम्बन्धमा उठेका सन्देह तथा जिज्ञाशाको समाधान मिल्नसक्ने छ । अपयशको बाबजुतपनि वैयक्तिक विकास हुने र समसामयिक दिनचर्याका समस्याहरु सुल्झिदै जाने देखिन्छ । दिनको उत्तरार्धबाट क्रमशः सफलता बढ्नेछ । तथापि मान्यजन कष्ट आदिको सम्भावनालाई गोचरले नकार्न सकेको छैन । राजनीति, समाजसेवा तथा जागिर आदि राज्य एवम् समाजसँग सम्बन्धित कार्यमा प्रतिष्ठा तथा जिम्मेवारी बढ्नसक्ने छ । केही सन्देहको बाबजुतपनि मुल्याङ्कनमा अग्रता मिल्नेछ । कृति एवम् यश बृद्धि गर्नसकिने छ ।

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन मध्यान्हसम्म केही दिक्कतपूर्ण रहने ग्रहगोचर परेको देखिन्छ । तसर्थ कामकार्य गर्दा केही सावधानी अप्नाउनु मनासिव हुनेछ । उपरान्त क्रमशः स्वास्थ्यमा सुधार आउने छ । धर्मकर्ममा मन जानेछ । अध्यात्मिक तथा आस्तिक भावना बढ्ने र धार्मिक कार्यमा सरिक हुनसकिने छ । सौहार्दपूर्ण वातावरण बन्दै जानाले मानसिक शान्ति मिल्नेछ साथै कुनै तवरबाट आकस्मिक रुपमा लक्ष्मी कृपा हुनेछ । यात्रायोजना एवम् नयाँ कार्यको थालनीको सम्भावना पनि देखिएको छ । आज यहाँलाई नौ अङ्क, पहेलो रङ्गको प्रयोग र धार्मिक क्षेत्रलाई सहयोग गर्नु फलिफाप सिद्ध हुनेछ ।

तुला राशिः
तुला राशिहुने हरुको लागि आजको दिन दिनको पूर्वखण्डमा जीवनसाथी वा प्रेमीको सहयोगले व्यवसायिक तथा पेशागत कार्य अघि बढ्न सक्नेछ । पारिवारिक सामाञ्जस्यता बढ्ने र आमोद–प्रमोदपूर्ण दिन चर्या व्यतित हुने देखिन्छ । ससुराली आदिबाट मानसम्मान मिल्ने तथा लौकिक उन्नति गर्नसकिने छ । विशेष स्थानको यात्राको संयोगलाई पनि सम्भावना देखाइरहेको छ । मध्याह्नबाट भने स्वास्थ्यमा मौसमी विमारको सिकायत हुनसक्ने छ । दीर्घरोगीले विशेष ध्यान दिन जरुरी पर्नेछ । सेतो एवं रातो रङ्ग, सात र आठ अङ्कको प्रयोग मिलाउनु फापकर हुनेछ भने ईष्टदेवको सेवाश्रद्धा भक्तिभाव बढाउनु राहतप्रद हुनेछ ।

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागिआजको दिन पूर्वार्धमा गरिएको फुर्तिफार्तिबाट अपेक्षित उपलब्धि नआएपछि चेत खुल्ने छ । र उत्तरार्धमा केही संयम व्यवहार हुनसक्ला । मध्याह्नसम्मलाई कार्य सफलताको लागि गुरुजनको आर्शिवादको जरुरी देखिएको छ । उपरान्तबाट स्वजनको सहयोग मिल्ने, व्यापार एवम् व्यवसायबाट आकस्मिक रुपमा धन लाभ मिल्ने गई उमङ्ग छाउने छ । आँटसाहसले गर्ने काम सम्पादन गर्न सजिलो हुनेछ । प्रमोदीचर्या बढ्ने गोचर परेकोले दाम्पत्य सुख एवम् प्रेमसम्बन्ध दृढ हुनेछ । मानसम्मान पूर्ण यात्रा एवम् मनोरञ्जनजन्य वातावरणको संयोग जुट्ने छ ।

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन दिनको पूर्वार्धमा घमण्डलाई संयम गर्नसकेमा विद्यार्थीलाई सफलता र सैद्धान्तिक उत्कर्षता प्राप्त हुनेछ । उन्माद्ले पश्चाताप हुने व्यवहार हुनजाला ख्यालपुर्याउनु पर्ला । दिनको उत्तरार्धमा लाभको सम्भावना भएर पनि सम्भावित क्षेत्रमा अदृष्य बाधाब्याबधान आइलाग्नसक्ने वा अपेक्षित कार्यमा ढिलासुस्ती हुनसक्ने देखिएको छ । ससाना कामकार्य भने सम्पन्न हुनेछन् । सामान्यतया मानसिक उत्साह र शारीरिक उमङ्ग बढेर जाने तथा विशेष कामकार्यमा जमर्को हुनेछ । ग्रहको बाधाब्यावधान निवारणको लागि शनिदेवलाई खुशी बनाउने उपाय अवलम्बन गर्नु बुद्धिमानी हुनेछ ।

मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन दिनको पहिलो खण्ड अनपेक्षितरुपमा कामकार्यमा केही अड्चन तथा दिग्दारी आइपर्नसक्ने खालको देखिएको छ । भलै शुरुको केही संघर्षको बाबजुतपनि निराश भइहाल्न भने पर्दैन मध्यान्हबाट सुधार आउने देखिन्छ । आत्मबलमा ह्रास नगरी धैर्य रहने र बुद्धिविवेकले काम गर्ने गरेमा क्रमशः समस्या टार्नसकिने र शुभ फल प्राप्ति हुनेछ । तथापि सैधान्तिक र नीतिगत विषयमा व्यवहारिक कमजोरी भेटिनसक्छ ख्याल पुर्याउनु होला । केही बढी परिश्रमले पेशा तथा व्यवसायबाट आंशिक लाभ गर्न सकिनेछ । कार्य अड्चनलाई निवारण गर्न आज तपाईले शिवभगवानको स्तुति गर्नु शुभप्रद हुनेछ ।

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन अपराह्नसम्म गोचर स्थिति सामान्यतया ठिकै रहेको छ । रपनि बढी ईच्छाइएको काममा सफलताको लागि गुरुजनको आर्शिवाद लिनु बुद्धिमानी हुनेछ, अन्यथा कार्यपूर्ण हुन कठिनाई देखिन्छ । सामान्यतया दैनिकी कार्यमा दिन ठिकै देखिएको छ । उपरान्तबाट भने गोचर स्थितिमा केही प्रतिकूलता प्रतित हुँदै गरेकोले सावधानी अप्नाउनु बुद्धिमानी हुनेछ । वादविवादको झमेला आईपर्नसक्ने सम्भावना छ बोली तथा व्यवहारमा होसियारी रहनुपर्ला । चार अंक, सेतो एवम् उज्यालो रङ्गलाई प्रयोग गर्नु शुभप्रद हुनेछ भने आमाको सेवा गर्नु वा आमाको आज्ञा पालन गर्नु फापसिद्ध हुनेछ ।

मीन राशि:
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन यद्यपि तपाईँमाथि गुरु तथा मान्यजनहरुको शुभेच्छा एवं आर्शिवाद रहेको छ । रपनि अपराह्नसम्मको समयमा बोलीवचनमा सावधानी अप्नाई बुद्धिले काम लिनपर्ने छ । सञ्चित धनको अपव्ययको सम्भावना पनि रहेकोले त्यतातिर पनि ख्याल गर्नुपर्ला । उपरान्त शारीरिक एवम् मानसिक स्फुर्ति बढ्ने छ । रोकिएर रहेका कार्यहरु अघिबढ्ने छन् । व्यवसायिक शान्ति र बन्धुबान्धबबाट पनि सहयोग मिल्ने छ । बढी चाहना गरिएको काममा भने अबरोध आउनसक्ने छ । जसलाई निवारणको लागि महावीर हनुमानको स्तुति उपयुक्त हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
राशिफल सम्बन्धि थप
  • दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

  • लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट मिटिङ धुलिखेलमा

    लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट मिटिङ धुलिखेलमा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0