Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

भोट खेर गयो

प्रभातफेरी अनलाइन ६९७७ पटक पढिएको प्रकाशित मिति: २०७४ आश्विन २५, बुधबार (८ साल अघि)
भोट खेर गयो

शशि विक्रम कार्की

चिया पसलमा अक्सर हामी राजनीतिकै कुरामा रुमलिन्छौ । यही क्रममा एक मित्रले फ्याट्ट भने “यी साना दलहरूलाई भोट दिएर के गर्नु ?, जित्ने होइन, बेक्कार भोट मात्र खेर जान्छ।” हुन त “भोट खेर जान्छ भन्ने” वाक्यमैले पहिलो पटक सुनेको त होइन, मेरो मन मस्तिष्क त्यहि वाक्य मै अड्कियो । मेरो चासो , को जित्ने र को हार्ने भन्दा पनि कसरी भोट खेर जान्छ भन्नेमा थियो र मेरा मित्र लगातार आफूले भोट हालेको व्यक्तिले चुनाव नजिते भोट खेरजाने तर्क दिँदै थिए ।

२०६२ ÷६३ को आन्दोलन पश्चात् तत्कालीन माओवादी राष्ट्रिय राजनीतिमा आयो । संविधान सभाको चुनाव भयो । त्यही नै हो मैले पहिलो पटक भोट हालेको। म जनयुद्धको विपक्षमा भए पनि माओवादीले उठाएका धेरैविषयहरू मलाई मनपर्थ्यो । माओवादी मुलधारमा आए पछि देशका अधिकांश समस्याहरू समाधान हुन्छन् जस्तो लाग्थ्यो मलाई ।

मन भित्र केही शङ्का भए पनि माओवादीले केही गर्लान भन्ने लाग्थ्यो। त्यसैले चुनावको दिन ढुक्कलेदुवै भोट माओवादीलाई हाले । देशभरि एक किसिमको लहर आयो। म धेरै खुसी भए। प्रचण्ड बाबुरामले शिर नै छोपिने गरी माला लगाए । मैले भोट दिएको पार्टी सबै भन्दा ठुलो दल बन्यो। मलाई लाग्यो, मेरो भोट खेर गएन। माओवादी नेतृत्वको सरकार सुरु हुँदै गर्दा अनेक समाचारहरु आउन थाल्यो। वाईसीएलले फलानालाई पिट्यो, फलाना नेतालाई आफ्नै पार्टी भित्रकाले मारे आदि(आदि ।

१० वर्षीय युद्ध र जनआन्दोलन पश्चात् गणतन्त्र स्थापनाभए सँगै दलहरू सारा अहङ्कार छोडेर एकजुट भई संविधान निर्माणमा लाग्नुपर्थ्यो, ठूलो दलको हैसियतले त्यसको नेतृत्व माओवादीले गर्नपर्थ्यो, ठूला पार्टीका शीर्ष नेतृत्व कहलिएका नेताहरु कै जिम्मेवारी थियो। तर पनि संक्रमण कालयस्तै भनेर नागरिकहरुले चित्त बुझाए । अन्तरिम संविधानमै मिति तोकिएकोले संविधान बन्छ भन्नेमा सबै विश्वस्त थिए। तर अन्ततगत्वा संविधान बनेन। संविधान बनाउन म जस्ता नागरिकहरुले चुनेर पठाएका नेताहरू सत्ताको लुछाचुडीमा लागे, अनेकौँ जालझेलहरुमा फसे ।

जनताको ठूलो आशा निराशामा बदलियो। नागरिकहरूको रगतपसिनाको कमाइबाट बनेको राज्यको ढुकुटीबाट अरबौ रूपैयाँ खर्च गरेर गरिएको संविधान सभाको चुनावमा पार्टीहरुले जिते,आम नागरिकको मुद्दा उठाउने सर्तमा नेताहरु सभासद् भए, राज्यको सुविधाको भोग गरे तर देश हार्यो, जनता हारे अनि ३ करोड नागरिकले हालेको भोट खेर गयो । अनि पो मैले बुझे, मैले हालेको भोटले माओवादील ठुलो पार्टी त बन्योतर मेरो भोट त खेर गयो ।

दोस्रो संविधान सभाको चुनावमा फेरि पुरानै दलहरूलाई हामीले शीर्ष स्थान दिलायौं र दलहरू फेरि पनि आआफ्नो स्थानबाट सत्ताकै खेलमा लागे। सत्ता समीकरण कै लागि अनेक किसिमका गठबन्धनहरु बनाईए,भत्काइए । यी समीकरणहरु नेताको व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न सकेनन्। पालो र्पुयाई(र्पुयाई मन्त्री(प्रधानमन्त्री बन्ने धोको पूरा गरे नेताहरूले तर कुनै पनि सरकारलाई एक वर्ष टिक्न गाह्रो र्पयो। त्यसै क्रममा भुइचालो गयो । करिब हरेक १०० वर्षमा आउने भुईँचालो विषयमा हामीले भोट हालेर जिताएका कुनै पनि नेताहरुकोको पूर्व(तयारी थिएन ।

के गाउँ, के सहर, करिब १० हजारको ज्यान गयो। सभासदहरुले त्रिपाल पाए तर नागरिकहरू बारीको पाटामालडीरहे । अहिले सम्झिदा फेरि महसुस हुन्छ, ३ करोड नेपालीले हालेको भोट त फेरि पनि खेर गयो । पहिलो चरणको स्थानीय निर्वाचनमा काठमाडौँकै कुरा गर्ने हो भने प्रमुख तिन प्रतिस्पर्धीहरु राजुराज जोशी, रन्जु दर्सना र किशोर थापालाई उछिन्दै काठमाडौँ महानगरपालिका मेयर बनेका बिद्यासुन्दर शाक्यले आफ्नोकार्यकालको १२० दिन कटाई सकेका छन् । चुनाव अगाडीको धुलो जस्ताको तस्तै छ, कता बाटो खनिन्छ, कसले बाटो खन्छ, कसले पुर्छ कामपाका हाम्रा मेयर ज्यू र उहाँको सहयोगीहरुलाई थाहा हुँदैन ।

चुनाव अगाडी शाक्य ज्युले गर्नुभएको आफ्नै बाचाहरु र अहिले सम्मको कामहरू लाई हेर्ने हो भने आशा राख्न सक्ने ठाउँ खासै देखिँदैन। अन्य स्थानीय तहहरुमा हेर्ने हो भने स्थिति त्यही नै छ । त्यसैले हाम्रो स्थानीय तहको निर्वाचनमा हालेको भोट पनि खेर जानेनिश्चित प्राय छ । पछिल्लो समयमा हामीले नरुनु(नहास्नु लाग्ने खालका अनेकौँ घटनाहरू सुन्नु, देख्नु र भोग्नु परिरहेको छ ।

स्वास्थ शिक्षामा भई रहेको लुटतन्त्र लाई रोक्न कै लागि डाक्टर गोविन्द केसीले ११र११ पटक सम्म सत्याग्रह गर्नुपरिरहेको स्थिति छ र पनि हामीले नै भोट हालेर नेता बनाएका विभिन्न पार्टीका नेताहरू चुइक्क बोल्दैनन । उल्टो प्रमुख प्रतिपक्ष दलका प्रमुख नेता लगाएतका मानिसहरू नै अपार्टमेन्टका लागि बनाएको भवनमा शिक्षण अस्पतालचलाउन दिन पर्छ भनेर सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् ।
त्यति मात्र होइन, प्रमुख प्रतिपक्ष दलका नेताहरूले संसदमा स्वास्थ शिक्षामा व्यापार गर्न पाउनु पर्छ, कम्तीमा ७५ प्रतिशत विदेशी विद्यार्थी पढाउन पाउनु पर्छ भनेरकानुन बनाउन उद्दत छन्। उच्चतम बिन्दुमा आफ्नो अधिकारको दुरुपयोग गर्ने लकककमान को विरुद्धमा एक(दुई सभासदहरुले सानो स्वरमा बोले ता पनि अधिकांशले त बोल्दै बोलेनन, उल्टो भित्र भित्रै उनैसंग साठ(गाठ बनाए र उनकैसंरक्षणमा लागे । भ्रस्ट्राचारका मुद्धाहरुमा भटाभट कार्बाही हुन थाले पछि सर्वोच्च अदालतका प्रधान न्यायाधिस सुसिला कार्की लाई माओवादी र काँग्रेस मिलेर महाअभियोग नै लगाए।

नेपाल आयल निगमका कार्यकारी अधिकृत गोपालखड्काले तेल भण्डारणका लागि जग्गा किन्ने भन्दै जग्गा प्राप्ति ऐन लाई पाखा लगाएर टेन्डर बाट जग्गा किन्दा करोडौ भ्रस्टचार भएको भनेर व्यापक विरोध हुँदा र विभिन्न पत्रपत्रिकामा खोज मूलक समाचारहरु प्रकाशन हुँदा पनिप्रमुख पार्टी तथा शिर्ष नेतृत्वहरु मौन बसे। केहिसिप नलाग्ने भए पछि लाज बचाउनै लागि भए पनि बल्ल(बल्ल पदबाट बर्खास्त गरियो। खोज्दै जाने हो भने यस्ता समाचारहरु त कत्ति हो कत्ति, लेखाजोखा गरि साध्य छैन।

यहाँ आएर ठण्डा दिमागले सोच्नु पर्ने कुरा चाही के हो भने, हामीले हालेको भोटले प्रधानमन्त्री बनेको मान्छेले सुसिला कार्की जस्तो प्रतिष्ठित प्रधान न्याधिसलाई महाअभियोग लगाउछन् भने, हामीले हालेको भोटले प्रमुखप्रतिपक्ष दलका नेता बनेकाहरु स्वास्थ शिक्षामा व्यापार गर्नु पाउनु पर्छ भनेर खुल्लमखुल्ला अभिव्यक्ति दिन्छन् भने, तेल भण्डारणका लागि जग्गा खरिदमा करोडौ भ्रस्टचार गरेका प्रमाण सहितका समाचार प्रकाशन हुदा र चौतर्फी्विरोध हुँदा पनि कार्बाहीको कुनै प्रयास गरिदैन भने, हामीले भोट हालेर नेता बनाएका मानिसहरूलाई स्वास्थ उपचारका लागि विदेश गएर राष्ट्रिय ढुकुटीको दोहन गरि रहन्छन् भने, एक मात्र अन्तर्रा्ष्ट्रिय विमानस्थल अगाडी सयौ केजिसुन समातिन्छ र त्यही सुन काण्डमा प्रमुख दलकै नेताहरूको नाम मुछिन्छ भने अनि हामी लाई हरेक दिन रुनु न हास्नु पर्ने खालका समाचार सुन्न, हेर्न र भोग्न बाध्य बनाइन्छ भने अब भन्नुहोस हामीले हालेको भोट खेर गयो कि गएन ? हिजोको दिनमा हाम्रै भोटले कहिले नेपाली काँग्रेस, कहिले एमाले त कहिले माओवादीलाई ठुलो दल बनाएकै हौँ। यो देश बनाउन गिरिजा प्रसाद कोइराला, शेर बहादुर देउवा, पुष्पकमल दाहाल, झलनाथ खनाल, बाबुराम भट्टराई,केपी ओली, माधव नेपाल सबैले पटक पटक ठुलै मौका पाएकै हुन् ।

तर आज सम्म न कसैले जनताको भोटको न्यूनतम आदर गर्न सके न आफूलाई पार्टी र व्यक्तिगत स्वार्थ भन्दा माथि उठाउन सके। उनीहरूले त हरेक पटक प्रत्यकविषयमा जनताकै नाम जोडेर कहिले जात त कहिले धर्मको राजनीति गरिरहे । मैले परिवर्तनको लागि नेताहरुलाई भोट हाल्दै गएँ। मैले भोट हालेका नेताहरु नै परिवर्तन हुदै गए। मैले हालेको भोट खेर गयो। फलस्वरूप हामी पछाडी पर्दै गयौं।
यो दौरानमा मैले बुझेको कुरा, भोट खेर जान्छ भनेर जित्नेजस्तो ( ठूलो दलका उम्मेदवार ) देखिने नेता जिताउन भोट हाल्नु भोटको सदुपयोग होइन रहेछ, सहि व्यक्ति चयनको लागि मतदान गर्नु नै मतको सहि सदुपयोग रहेछ। त्यसैले अब मेरो भोट बचाउने दुई वटा बाटाहरु छन्। पहिलो भोटनहाल्ने ।जुन, जिम्मेवार नागरिकले गर्न सक्दैन र फेरी भोट नहाल्नु समाधान पनि होइन।
दोस्रो, सक्षम गर्न सक्ने नेतृत्वलाई भोट हालेर आफ्नो भोट खेर जान नदिनु । त्यसैले, अब सक्षम नेतृत्व अनि शशक्त संगठन अगाडी आउनुकोविकल्प छैन । आम नागरिकले पनि उनीहरुलाई नै भोट हालेर आफ्नो सम्मान अनि आफ्नो मत खेर जान नदिनुको विकल्प छैन । नत्र, भोट हाल्ने, पछुताउने अनि फेरी तिनैलाई भोट हाल्ने अनि फेरी पछुताउने चक्रबाट हामी उम्कनसक्नेछैनौं ।

  • भोट खेर गयो
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    विचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0