प्रभातफेरी अनलाइन ७४१९ पटक पढिएको प्रकाशित मिति: २०७४ माघ २३, मंगलबार (८ साल अघि)
सुरज श्रेष्ठ
स्वास्थ्य समाजको निर्माण गर्ने उद्देश्यले पाटन हार्ट क्लिनिक, लगनखेलले गत शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
पाटन हार्ट क्लिनिकका हृदय रोग विशेषज्ञ डाक्टर कृष्ण कुमार श्रेष्ठ र फोर्ट्स (ईन्डिया) ल्याबरेटरिज प्रा. लि. को सहकार्यमा स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा रगत परीक्षण, पिसाब परीक्षण, इसिजी, भिडियो एक्सरे, पाठेघरको परिक्षण, यूरिक एसिड परीक्षण, चिनीरोग, माइक्रोएल्बोमिनायुरिया (पिसाबमा प्रोटिनको मात्रा) परीक्षण र साथमा नसा सम्बन्धी परीक्षण संलग्न गरिएको थियो ।
शिविरबाट ३८० जना बिरामीले लाभान्बित भएका छन । त्यसमध्ये ७१ जनाले निशुल्क पाठेघर परिक्षण, १०९ जनाले निशुल्क नसा परिक्षण, ८० जनाले इसीजी, ९० जनाले निशुल्क माइक्रोएल्बोमिनायुरिया र ६५ जनाले भिडियो एक्सरे गराएको क्लिनिकका तर्फबाट सुजन महर्जनले जानकारी गराउनुभयो ।
“स्वास्थ्य समाज निर्माणको लागि यो हाम्रो सानो प्रयास हो । सबैजना आर्थिक रुपले सबल हुन्छन भन्ने छैन, त्यस्तो अवस्थामा रहेकाहरुलाई लक्षित गरेर हामीले यो स्वास्थ्य शिविर सन्चालन गरेका हौं । हाम्रो सानो प्रयासले कसैको जीवनमा सकारात्मक परीबर्तन ल्याउँछ भने हामी यस्तो काम गर्न हरपल सहयोग गर्नेछौँ, त्यसैले हामीले प्रत्येक महिना यस्तै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेका छौँ ।” डाक्टर कृष्णकुमार श्रेष्ठले बताउनुभयो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |