Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

किन तान्नु भयो रुद्रसर मेरो कन्सिरिका रौं ???

प्रभातफेरी अनलाइन ५२०७ पटक पढिएको प्रकाशित मिति: २०७६ जेष्ठ २१, मंगलबार (६ साल अघि)
किन तान्नु भयो रुद्रसर मेरो कन्सिरिका रौं ???

निरन्जन ढुंगाना
जव हामी सवै बर्गका मानवसागरको माध्यम द्वारा महांमानवरुपी पार्थीब शरिर अन्त्य गर्दै गर्दा वहांको मुखबाट अग्नीका ज्याला निस्किरहेका देखिन्थे । उक्त दृष्यहरु अनगिन्ति थिए । सवैबर्गका मानवहरुले प्रष्ट देखिने गर्दैथियो । सवैले तलमाथि दायाँवाया सवै दृष्यलाई अंगालि रहेको पाइन्थ्यो । दृष्यहरु धेरै भएकाले सवै बर्गका मानवहरुले एकै किसिमको दृष्य नदेखिएको कुरा प्रस्तुत हुनु स्वाभाबिकै हो । समाजमा रहेका विभिन्न बर्गका मानवजाती बिच आफुलाई मानवको उच्च स्थानमा रहेको कुरा स्थापित गर्न प्रयत्न गर्दै अर्का व्यक्तिलाई तल्लो मानवको बर्गमा नझारी आफु मास्लो बर्गमा रहन नसक्ने भन्ने गलत सोच यो मानव सागरमा देखिएको अपवित्र द्रव्य हो । सवै बर्गमा रहन सक्ने र आफ्नो बर्ग निर्धारण आफ्नो व्यवहारले चित्रण गर्दछ भन्ने कुरा मानव जातीलाई अवगत हुनु पर्दछ ।

मानवको पाँचौ स्थानमा रहेको जो (नरपिसाच) बर्ग हो उसले पनि आफुलाई मानवको उच्च बर्गमा स्थापित हुनेगरी कु—तर्कहरु समाजमा ओकल्दछ । आफु समाजमा राम्रो रहेको प्रमाण प्रस्तुत गर्ने प्रयत्न गर्दछ । उसले महांमानवलाई व्यवहार सिकाउन थाल्दछ म त्यस स्थानमा भैदिएको भए …….योजना बनाई रकम अशुल गरी त्यसबाट आफु मोज मज्जा गर्थें । उसलाई र उसको परिवारमा रुवा वासि गराई दिन्थें, उसको त्यो पिलन्धरे ज्यानमा एक मुक्का दिन्थें, त्यसको परिणाम सवै डराउंथे । म सवैको अगाडी राजा समान हुन्थें, सवै मानवहरुको भावनालाई समाजसामु राख्ने साहस दिनेनै थिइन । त्यो गैरिखोचको एैलानि, डाँडाको चौतारी, ति बच्चाहरु उफ्रने मैदान सवै मेरा हुनेथिए भनि यस्तै यस्तै समाजलाई दिर्घकालिन असर पु¥याउने कु—कृत्यहरु ओकली रहेको हुन्थ्यो । ति सारा कार्य गर्न नसक्ने कसरी हुनसक्छ महांमानव ???

जो समाजमा चौथो बर्गमा रहेको (नरपशु) बर्ग छ , उसले पनि आफुलाई समाजमा राम्रो देखाउने सोच लिने गर्दछ सोही ढंगको व्यवहार गर्दै जान्छ । उसको व्यवहार पशुगत हुने गर्दछ । मेरो घरपरिवारमा म राम्रो मेरो परिवार राम्रो आफ्नो भन्नेमा सवै राम्रो आफ्नो स्वार्थ पुरा गर्न जस्तोसुकै कार्य गर्ने गर्दछ । उसको अन्य सामाजिक कार्यमा समय खर्च गर्न सक्दैन । आफ्नो घरपरिवार र आफ्नो मात्र राम्रो कसरी गर्ने भन्ने बारेमा संघर्ष गरीरहेको हुन्छ । उसले भन्ने गर्दछ आफ्नो राम्रो गर्नु समाज अरुको किन मतलव राख्नु ? आफ्नो राम्रो भएपछि भैहाल्यो नि भन्ने गर्दछ । आफ्नो स्वार्थी आत्माले भन्छ आफ्नो घरपरिवार र आफ्नो भन्नेलाई खुसि राख्न नसक्नेपनि कसरी हुन सक्छ महांमानव ???

समाजमा आफुलाई प्रतिष्ठित सम्झने धनमा उच्च रहेको व्यक्ति व्यवहारमा धनको समाजमा सकारात्मक प्रयोग गर्न नसक्ने व्यक्तिनै हो समाजमा मानवको तेस्रो बर्गमा पर्ने अर्थमानव जो समाजमा भिखारी सावित हुने गर्दछ । उसले भन्ने गर्दछ—धन कमाउने प्रसस्त बाटो हुंदाहुंदैपनि समाजमा सकारात्मक परिवर्तन भनि सामाजिक कार्यमात्र गर्ने आफु कमाउन नलाग्ने सामाजिक कार्यका लागि आफ्नो आर्थिक हैसियत नै बिर्सिएर सहयोग गर्ने अरुलाई दिएर हिड्ने आफु आर्थिक रुपमा कमजोर रहेको अवस्थामा पनि कमजोर नसम्झने , मभन्दा धन सम्पतिमा कम भएको व्यक्ति कसरी हुनसक्छ महांमानव ???

समाजमा सवै बर्गको गुणहरुलाई सकारात्मक रुपमा प्रयोगमा ल्याउन प्रयत्न गर्ने बर्ग नै हो मानव । यस बर्गका मानवले आफ्नो स्वार्थ र अर्काको स्वार्थ एकै सम्झि कार्य गर्दछ । त्यसको मिश्रणबाट निस्कने परिणामले गर्दा उसको केहि सकारात्मक परिवर्तन हुने गर्दछ । आर्थिक, सामाजिक, शारिरिक रुपमा उ सक्षम रहन्छ । उसले भन्ने गर्दछ—पारीवारिक सुख र आफ्नो प्रतिको मोह समेत त्यागि धन सम्पत्ति र आफ्नो व्यवहार गर्न समेत समय नहुने कसरी हुन सक्छ महांमानव ???

प्रतुत छलफलमा बर्ग अनुसारको भावनात्मक अभिव्यक्ति प्रकट हुंदै गर्दा, उसको व्यवहार समाजमा प्रस्ट रुपमा प्रस्तुत भएको पाईन्छ । व्यवहारको आधारमा उसको बर्ग निर्धारण समाजले गरीरहेको हुन्छ । समाजले समय सापेक्ष वेला बखतमा त्यसको परिणाम पनि देखाउने गर्दछ । उक्त परिणाम बर्ग पिच्छे फरक फरक हुने गरेको पाईन्छ । सवै बर्गका मानवको नतिजा जिवन कालमानै पाईने गर्दछ । मृत्यु प¥र्यन्त समाजमा कुनै सकारात्मक परिवर्तन हुने खालको पाईदैन । तर महांमानव बर्गमा रहने मानवको मृत्यु प¥र्यन्त पनि समाजलाई सकारात्मक शंदेस दिने खालको स्मरण रहने गर्दछ ।

जसमा आदरणिय गुरु पर्नु भएको आभास हुन्छ, आशा र बिस्वास राख्दै वहाको व्यवहारं प्रति सबै बर्गका व्यक्तिहरुले सोच मग्न हुनु जरुरी छ । उहांको व्यवहारले समाजमा सामाजिक (अभियन्ता) सकारात्मक परिवर्तन ल्याउनु पर्छ भनि लाग्नु भएका सामाजिक व्यक्तित्वलाई समेत नि—स्वार्थ भएर लाग्नका लागि पाठ हुनेछ । उहांको उचित मुल्यांकन हुनका लागि स्मृति पार्कको व्यवस्था हुन आवश्यक छ । यसको लागि सवैबाट साथ र सहयोगको अपेक्षा गर्दै अग्रजहरुले भूमिका निर्वा गर्न जरुरी रहन्छ । सामाजिक वेइमान र निस्वार्थ सेवाको तुलनात्मक निर्णय समाजले गर्ने रहेछ भन्ने सकारात्मक शंन्देस भावि सन्ततिलाई पर्ने छ । सामाजिक अभियनतालाई सत्मार्गमा हिडाउन यस कार्यले प्रोत्साहन मिल्नेछ । सो—मुल्यांकनमा महांमानव भनि सम्बोधन गर्न लायक मेरा वाल्यकालका कखरा गुरु रुद्रसर प्रति आभारी छु । उहाँको आतमाले शान्ति पाओस हार्दीक श्रद्धाञ्जली ….। उक्त लेखमा प्रयोग गरीएका शब्द द्वारा तयार भएको वाक्यले कसैको वास्तविक जिवनमा मेल खाएमा संयोग मात्र हुने छ । क्रमस….

  • किन तान्नु भयो रुद्रसर मेरो कन्सिरिका रौं ???
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0