Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० आश्विन ७, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

वर्ण शंकरले रैथाने विउको नास

प्रभातफेरी अनलाइन ६१२७ पटक पढिएको प्रकाशित मिति: २०७६ अषाढ ४, बुधबार (४ साल अघि)
वर्ण शंकरले रैथाने विउको नास

भेषवहादुर दनुवार

तराईमा विउको अभावको कारण खेती बाजै हुने स्थिती । बजारमा विउ विजन मगाईएको छ । विउ विजन आउदै छ ढुक्क हुनुस । बर्णसंकर विउको उत्पादन पो उत्पादन भन्ने हाम्रो नेपाली समाज को विकसित रुप हो । साच्चै हामी विउकै लागी कुर्नु पर्ने समयको विकास भएको हो ? विउ खेतवारीमा रोप्दा देखि अन्न भण्डारमा नल्याउदा सम्म रसायन नै प्रयोग गर्नु पर्ने अवस्था को बातावरण विकास भएकै हो त ? यदि यसो हुदै छ भने हामी सम्भावित महा प्रलयमा गुज्रिदै छौ । यदि यस प्रकारको महा प्रलयबाट गुज्रने अवस्था हो भने साच्चै हामी परनिर्भरतामा जादै छौं । वर्ण शंकर जातको विउ भनेको नपुंसक बीउ हो भनेर हामीले बुझीरहेको छैनौ भन्ने एउटा प्रमाण हो । यदि हामी नेपाली महा प्रलयबाट बच्ने हो भने नपुंसक विउ बर्ण जातको बीउ प्रयोग गर्नु नै हुन्न । यस कार्यको लागी संघिय संरचनाको सरकारकहरु सचेत र सकृय कृषक मैत्रि बन्नु पर्ने आवश्यक्ता बढदो छ । समग्रमा काभ्रेको बजारमा उन्नत जातका विउ खोज्ने किसान को संख्या व्यापक छ । तर पनौति नगरपालिका रैथाने पशु पंक्षिको संरक्षण तथा सम्बद्र्धन गर्न र विउविजन संरक्षण तथा विषादी बनाउने कार्यमा चिन्ताको साथ कृषकको हितमा लागी रहेको छ । अन्य स्थानिय तहमा कृषि मैत्रि रैथाने विउ विजन तथा पशु पंक्षि संरक्षणमा खासै चासो राखेर नितिगत कार्यमा अगाडी बढेको देखिदैन । यदि वर्णसंकर जातको नपुंकसक विउ विजनमा भर पर्ने हो भने यस्ता विउ उत्पादन गर्ने मोनसाण्टो कम्पनीले नेपालीलाई भोक भोकै मार्ने नितिका साथ नेपाली भूमिमा चलखेल भईरहेको छ भने विक्रेताहरु सिमित आर्थिक स्वार्थमा आफै भोकै मर्ने रहर गरिरहेको छ । समग्रमा भन्नु पर्दा अधिकांश विउ विजनको बजारमा नेपाललाई मोनसाण्टो कम्पनीले कब्जानै गरिसकेको अवस्था छ भन्दा अत्यिुक्ति नहोला ।

विश्व बजारको विश्ल्ोषण गर्ने हो भने कृषि व्यापार मा ३० प्रतिशत ओगटेको छ । विश्वको बर्तमान अवस्थाको व्यापार ९० प्रतिशत मोनसाण्टो कम्पनिले कब्जा गरेको छ भने अन्य १० प्रतिशत १४ वटा कम्पनीको कब्जामा छ । यस अर्थमा हामी जस्तो साना मुलुक चाडै भोकमरीमा पर्ने देखिन्छ । यसरी कृषि प्रणालीमा नेपाललाई मोनसाण्टो कम्पनीको कब्जा गर्न हाम्रा सरकारहरुले सहयोग पु¥याउने हो भने नेपाल सोमालिया, ईथियोपिया, जस्तो भोकमरी सुरुहुन समयनै लाग्दैन । यसको ज्यलन्त उदाहरण तराईका केहि स्थानमा मैकैमा घोगा नलागेको समाचार, पांचखालमा घानको बोटमा नेक व्लाष्टको कारण भुषमात्र फल्यो, मण्डनको फाटमामा धानको बालानै लागेन, मकैको घोगा मात्र लागेको कारण क्षतिपुर्ति माग गर्न धर्ना जस्ता समाचार । यस प्रकारको तवरमा कृषिमा आफ्नो आधिपत्य जमाउन विश्वको पुरै कृषि प्रणलीलाई आफ्नो कब्जामा लिन चहान्छ । नेपालमा शुरुमा मोनसाण्टो कम्पनी विभिन्न परियोजनाको नाममा कृषि प्रणाली सुधार गर्न भनि मकै खेति विस्तारका लागी भित्रियो । यदि नेपालको कृषि प्रणाली विकास र सुधार गर्न चाहेको भए मोनसाण्टोलाई मद्धत गर्ने विभिन्न परियोजना ले नेपालको नार्कलाई नै विउ उत्पादनकोलागी सघाउ पु¥याउने थियो । हरेक परियोजनामा मोनसाण्टोको विउ मात्र भित्राईने भनिएको छ । त्यसै गरी नेपालमा चौधरी ग्रुप मार्फत पनि वर्ण शंकर जातको नपुंसक विउ नभित्राउने भनेर भन्ने सुन्नमा आयो ।

समग्रमा कृषिमा जे जस्तो भनिएता पनि नेपाल भित्रने हरेक विउहरु बर्णसंकर जातको हो कि होइन भनि परिक्षण गर्ने क्षमता नेपालमा प्रविधि नै छैन । नेपाल कषि अनुसन्धान परिषद तथा बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रसंग पनि त्यस्तो प्रविधि हाल सम्म छैन । नेपाल कृषि अनुसन्धान परिषद तथा बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रसंग पनि त्यस्तो प्रविधि छैन । जीएमओ बीउको जेनेटिक कम्विनेशन जाच्न सहज पनि छैन । परिक्षण तथा विश्वास गर्नु पर्ने कारण यस प्रकारको रुपमा वर्ण संकर जातको विउ प्रयोग गदै जादा हाम्रा रैथाने जातका विउ विजन नास हुने र विउ विजनमा परनिर्भता बढि सदाका लागी कृषिमा आश्रितनागरिक पनि परनिर्भर बन्नु पर्ने बतावरण बढदै गएको छ । यसको ज्वलन्त उदाहरण हेर्ने हो भने काभ्रेको अधिकंश स्थानिय कृषि भुमिमा बिज भण्डारमा विउ विजन नआए सम्म खेतबारीमा रोप्ने चलनपनि कम भैसकेको छ । स्थानिय जातमा कम फल्ने । अग्लो हुने । सहित विभिन्न नकारात्मक भावनाको विकास भएको देखिन्छ जसको कारण धानबालीमा नेक ब्लाष्ट भएको, धानमा बाला नलाग्ने, मकैमा धोगा नलाग्ने सहित अर्को बर्ष विउकैलागी पनि बजारा कहिले आउला भनेर कुर्नु पर्ने बतावरण सृजना भैसकेको छ । यदि बजारमा विउ नआउने हो भने काभ्रेको आधि भन्दा बढि कृषियोग्य भुमि बाझै हुने देखिन्छ ।

जीएमओ (जेनेटिक मोडिफाईड अर्गानिजम) विउ नेपालमा कति भित्रिएका छन, कति कृषक सजक छन, कृषक संगठन यस प्रति कक्तिको सजग छ र आमसञ्चारमा नागरिक मैत्रि विउविजनकोलागी कक्तिको सवालमा बोलेको छन भन्ने कुरा पनि महत्वपुर्ण हुदै गईरहेको छ । समग्रमा भन्ने हो भने नेपालमा जीएमओ बीउ भित्राउनै हुदैन भन्ने कानुनि प्रावधान नै छैन । जति पनि बर्णसंकर जातको विउहरु भित्रिएका छन यसको विषयमा जैविक प्रभाव ूल्यांकन प्रतिबेदनले उपयुक्त ठह¥याउनु पर्ने देखिन्छ । यस कार्यको लागी बन मन्त्रालय मार्फत प्रक्रिया अगाडी बढाईएको छ । बर्तमान अवस्थाको ऐन कानुनले दिएको मापढण्ड पुरा गरेर आउने कम्पनीका बीउ बिजनलाई नेपालमा आयात र विक्रि गर्न आयात कर्तालाई विक्रिकोलागी अनुमति दिईएको छ । राजपत्रमा प्रकाशसीत सुचनाको आधारमा त्यस्ता विउ बिजनको सुचि सार्वजनिक गरिन्छ । मोनसाण्टो कम्पनीले बुझाएको विवरण र हामीले गरेको नमुना परीक्षणका आधारमा हाईव्रिड मकैका केहि र तरकारीका केही बीउ दर्ता गरी भित्राइएको छ । नेपाली परिवेशमा मोनसाण्टोका हाइीव्रड बीउहरुलाई नेपाल भित्रन सक्ने आसंका कै भरमा रोक्न सकिने आधार नै छैन । यस कार्यका लागी नेपाल सरकार मार्फत ऐन कानुन नै परिमार्जन गर्नु पने आवश्यक्ता रहेको छ र राष्ट्रिय सहमति हुनु पर्छ भने मोनसाण्टोलाई मात्रै सूचीबाट हटाउन सकिने आधार नै छैन । जेनेटिक कम्बिनेसन जाच्ने प्रविधि नभए पनि जीएमओ ल्याएको वा कम गुणस्तरको ल्याएको र उत्पादनमा ह्रास आएको वा कुनै जैविक असर पर्ने देखिएको अवस्थामा विउ आयात कर्तालाई कारवाही हुने व्यवस्था छ । यस कारण पनि त्यस्ता विउ आउदैनन भन्ने आशंका हो । छिमेकी मुलुक भारतको हैदरवादमा पनि मोनसाण्टोको क्षेत्रिय उत्पादन केन्द्र छ । जीएमओ वीउ दक्षिणी मलुकमा निषेध छ त्यसकारण हैदरवादमा उत्पादन हुदैन । तत्कालको अवस्थामा मकै, भटमासका विउ सहित पछिल्लो समय धानको विउमा जीएमओ पाइएको कारण विशेष निगरानी गरेको पाइएता पनि नेपनली बजारमा बर्णसंकर जातका विउ कृषकले सजिलै बजारबाट खरिद गरि खेतबारीमा लगाईएको देखिन्छ ।

खास गरी जीएमओ बीउले मानिसको शरिमा हानी गर्न सक्ने, परम्परागत जैविक प्रजातीका बीउहरु क्रमश लोप हुदै जाने । कृषिमा विषदीको प्रयाग बढदै माटोको उर्बराशक्तिमा कमि ल्याउने उत्पादकत्व कम हुने र अन्तमा जैविक पारिस्थितीक प्रणलीमानै असर गर्ने र खाद्यान्न संकट हुन सक्ने जस्ता सम्भावनाका कारण पनि यस्ता प्रकारको बीउ प्रयोग गर्न हरेक कृषक सचेत हुनै पर्छ । जीएमओ विउ उत्पादन गर्ने कम्पनी भएकै कारण मोनसाण्टो कम्पनीकै विरोधै गर्नु पर्छ भन्ने चै हैन ।

नेपालमा कृषकको हितमा काम गर्न राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेड आर्थिक प्रशासन नियमावली २०६२, राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेड बिक्रेता व्यवस्था कार्यविधि २०७२, राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेड बीउ बिजन गाडने तथा लिलाम गर्ने निर्देशिका २०६४, सघन बालि विकास कर्यक्रम कार्यान्वयन कायविधि २०७५ जस्ता कानुनी प्रावधान रहेता पनि मोनसाण्टो र जीएमओ को विषयमा कहि कतै उल्लेख नभएको कारण हरेक स्थानिय सरकार मार्फत स्थानिय रैथाने जातका विउ विजन संरक्षण तथा सम्र्बधनकोलागी स्थानिय सरकार सञ्चालन ऐनको एकल अधिकारका रुपमा कानून निमार्ण गरी कृषि प्रधान देश कृषि मैत्रि कानुन बनाई कार्यान्वयन गर्ने र कृषकको हितको साथै सम्भावित हुन सक्ने महामारीबाट आजै देखि बच्नु पर्ने आवश्यक्ता रहेको छ ।

  • वर्ण शंकरले रैथाने विउको नास
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    लेख सम्बन्धि थप
  • अनुवाद र लोकसाहित्यका बिम्ब केशरलाल श्रेष्ठ

    अनुवाद र लोकसाहित्यका बिम्ब केशरलाल श्रेष्ठ

  • किशोरावस्थाका समस्या र परिवारको दायित्व

    किशोरावस्थाका समस्या र परिवारको दायित्व

  • के हो गुंलाँधर्म (पर्व) ?

    के हो गुंलाँधर्म (पर्व) ?

  • पार्टी कार्यालय भवन बन्ने खबरले बेचैन भएको छु ः पन्त

    पार्टी कार्यालय भवन बन्ने खबरले बेचैन भएको छु ः पन्त

  • प्रभातफेरी ई-पेपरथप

    २०८० आश्विन ३ गते

    २०८० आश्विन ३ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0