रामबहादुर लामा, वि.व्य.स. अध्यक्ष
प्रभात आधारभूत विद्यालय
बनेपा–३, टन्चोक ।
समाजले खुट्याउन नसकेको व्यक्तित्व तर सामाजिक गुणले भरिपूर्ण घडाका रुपमा सजिएको नक्षेत्रको नाम हो रामबहादुर लामा अध्यक्ष—प्रभात आधारभूत विद्यालय
आजको सम्भावनाले भरिएको टन्चोक अभैm कति वर्ष गुमरामा रुमलिएको हुन्थ्यो होला । कल्पना समेत गर्न सकिन्न । तत्कालीन पञ्चायती शासकले कागजमा उग्रचण्डी गाउँपञ्चायतका सबै वडाहरु विद्युतीकरण र मोटरबाटो सम्पन्न भएको प्रतिवेदन पेश गरेर मालिकहरुको विश्वाशिलो पात्र बनिरहेको अवस्थामा विद्युत प्राधिकरणमा आपूmहरु अहिले पनि सल्लोको चिराग बालेर साँझ बेथित गरेको तथ्य सहित निवेदन बुझाउँदा तत्कालीन विद्युत प्राधिकरणका इन्जिनियर हिमालकाजी श्रेष्ठ भावविह्वल मात्र भएनन् । एकै पटक छाँगाबाट खस्न पुगे । बस्तिको यथार्थ बोकेर प्राधिकरण पुगेका रामबहादुर पनि एक पटक आत्मग्लानीले मर्माहित हुन पुगे । कतिसम्म बेइमानी गर्दा रहेछन् भन्ने कुरा बल्ल रामबहादुरलाई प्राधिकरण पुगेपछि छर्लङ्ग भयो । कागजमा एउटा प्रतिवेदन थियो भने टन्चोकको पिडा अर्कै थियो । दोधारमा रहेका इन्जिनियर हिमालकाजीको सुझाव र सल्लाह बमोजिम कागजात तयार गरेर अगाडि बढ्ने क्रममा हिमालकाजीको त्यो गुण टन्चोकबासीले कहिल्यै भुल्ने छैनन् भन्दै भावुक हुन पुग्छन् रामबहादुर लामा ।
यदि हिमालकाजीले साथ नदिएको भए आजपनि टन्चोक बत्तीमुनिको अध्याँरो मै रुपलिनुको विकल्प थिएन । जब जागिर छाडेर समाजमा केही गर्छ भनेर प्रवेश गरेको दोस्रो महिना रामबहादुरले भए गर्न सक्छ भन्ने विश्वासका साथ दोभाषे भञ्ज्याङदेखि टन्चोक काँशीभञ्ज्याङसम्मको मोटर बाटो बनाउने जिम्मेवारी सम्हाल्दै कोदालोको भरमा तीन महिनाको अथक प्रयास पश्चात् विवाद रहित ढंगबाट जिम्मेवारी पूरा भएकोमा गर्ववान्भित हुँदै लामा अतितप्रति स्मरण गर्दै स्थानियवासीले गरेको विश्वासप्रति आभार व्यक्त गर्छन् । तत्कालीन क्षणको ती स्मरणका पाइलाहरु कहिल्यै भुल्न सक्दिन भन्छन् लामा ।
असम्भव भन्ने शब्दकोशमा नै छैन्, मात्रै चाहाना हुनु पर्छ, सबै समस्याका सम्भावनाहरु छन् र गर्न सकिन्छ । आमा धनमाया लामा, पिता मानबहादुर लामाको कोखबाट साहिँलो सन्ताको रुपमा २०१५ सालमा यो धर्तीमा आँखा उघार्न पुगेका रामबहादुर लामा । गुरुहरुले सामाजिक नक्षेत्रको रुपमा उदाएको छ, यसको भविष्य सुन्दर छ भनेर आमा बुबालाई भनेको कुरा अहिले आएर यथार्थ मै परिणत भएको उहाँको परिवारको तर्क थियो । पिता मानबहादुर लामाको चाहाना त्यतिबेलादेखि नै राम्रो मान्छे बनाउन कसो गर्दा सकिएला भन्ने सपना कोरेर अगाडि बढिरहेका थिए । तर विधिको विडम्बना तत्कालीन आवस्थामा राम्रो शिक्षा दिक्षा दिन नसकेपछि मन खुम्चिएको थियो । जस्तो देश उस्तै भेष भने जस्तै तँ आँट म पु¥याउँछु भने जस्तै निरास भएका ती मनहरुमा एकाएक खुशीको बहार आयो । त्यतिबेला गुरुहरुले भनेको कुरा यथार्थको शुरुवातीको संकेतका रुपमा साहिँलो साचिकै राजाको सिँदुर लगाएर घरभित्र पस्दाको खुशीको सिमा रहेन । परिवारमा त्यो अतित कहिलेकाही यथार्थमा सार्थक हुँदो रहेछ भन्ने पुष्टि जागिर पछिको निवृत्त जीवनले यथार्थमा पु¥याएकोमा रामबहादुर लामा आपैm मात्र दंग छैनन् । उनको नाम अनुसारको सामाजिक काम गर्न पनि सफल भएकोले यतिबेला आनन्दको अनुभूति लिइरहेको स्मरण गर्छन् ।
झण्डै विलयको अवस्थामा पुगेको सामुदायिक विद्यालयको प्राणपखेरु मात्र दिएनन् । टन्चोक डाँडा कै शिक्षाको उर्वरा साधनको रुपमा स्थापित गर्न सफल व्यक्तित्वको रुपमा आपूmलाई परिचित गराए । हो उनै रामबहादुर लामासँग प्रभात आधारभूत विद्यालयका बारेमा केन्द्रिकृत भएर यस साप्ताहिकका सहयोगी समिता मगरले गर्नु भएकोे वार्तालापको सम्पादित अंश पाठक सामु पस्केका छौं–स.
—हजुरको दैनिकी कसरी बित्दै छ ?
कसरी बित्नु उही लेकबेंसी, विद्यालयको स्याहार सुसारमा बितेको छ । निर्माणको अन्तिम चरणमा पुगेको छ । त्यसैको चटारोले दिन गएको पत्तै हुँदैन ।
—भन्नाले ?
जिल्ला आयोजना समन्वय इकाइ शिक्षाबाट प्राप्त सहयोगले बनिरहेका भवनहरुको जिम्मेवारी निर्वाह गरिरहेको छु । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएपछि दाताले दिएका सहयोगहरुलाई व्यवहारिकरुपमा स्थापित गर्नुको विकल्प छैन । शीरोधारी गर्नै पर्दाे रहेछ । आÇना अतीतका पिडालाई मलम पट्टी लगाउने जमर्कोमा छु । उतीबेला घर वरिपरी स्कूल भएको भए पक्कै पनि आज म उपल्लो तहको अफिसरबाट निवृत्त हुन्थेँ होला । तर पढ्न पाईएन त्यो खोप अबको पिँडीले भोग्नु नपरोस् भनेर रातदिन नभनी खटिरहेको छु । खास चाहि यहि हो ।
—तपाई त प्रहरीको मान्छे कसरी सामाजिक सेवामा तानिनु भयो ?
हो, म प्रहरीको जिम्मेवार सिपाही हुँ । १९ वर्षे जागिरे जीवनबाट निवृत्त लिएर सामाजिक सेवामा होमिएको हुँ । आÇनै आँगन छेउको विद्यालय पूर्खाहरुको धरोहर दिनप्रतिदिन धरासायी हुँदै गएको देख्दा यो मन जागिरको निरन्तरतामा रहँन सकेन र सह्य पनि भएन र ? हुनत म त्यतिबेलासम्म संस्थागत विद्यालयको लगानीकर्ताकोरुपमा स्थापित भइसकेको थिएँ । त्यो मेरा लागि पाच्य हुनै सकेन । आÇनै आँखा अगाडि माउँ बिनाको बाछो जस्तै हुँदै गएको प्रभात प्राथमिक विद्यालय र उसैलाई गिज्याउँदै लर्काे लागेर स्कूलबस ओहरदोहर भएको दृष्यले यो मन कटक्क खाइरहँथ्यो । यी दृष्यहरुले मेरो मनमस्तिष्क ठिक ठाउँ मै थिएन । त्यसैको परिणाम स्वरुप जागिरबाट निवृत्त भएर मैले नगरे कसले गर्छ ? यो समाजको हर्ताकर्ता केहि बुझेको व्यक्तित्वकोरुपमा मैले आपूmलाई मूल्याङ्कन गर्दै घर फर्किएँ । त्यो अवस्थामा पनि दृढताका साथ केहि गर्ने भावना सहित विद्यालय व्यवस्थापन समितिमा प्रवेश गर्ने मनाशय राखँे । संयोग भन्नु पर्छ, म २०५२ आश्विन २९ गते प्र.स.नि.को जागिरलाई थाँती राखेर घर फर्केको २ महिना नबित्दै मंसिरमा वि.व्य.स.को सदस्यमा प्रवेश गर्ने अवसर मिल्यो ।
केहि गर्छु भन्ने भावना राख्नेहरुका लागि यो जति खुशीको अवसर अरु के नै हुन सक्छ र ? जतिबेला म प्रवेश गरेँ त्यतिबेला जम्मा २५ जना बालबालिका विद्यालयको हाजिरी कपीमा थिए भने फिल्डको बारेमा चर्चा गरी राख्नु नपर्ला । तत्कालै वि.व्य.स.ले शौचालयको उचित व्यवस्थापन, बारबन्देज, फर्निचर र कक्षा कोठाको व्यवस्थापन गर्ने निर्णयमा पुग्यो तर हामीसँग न टेक्ने लठ्ठी थियो न समाउने हाँगो नै । त्यति नै बेला प्रभात प्रा.वि.का लागि साक्षातकार बनेर सामाजिक व्यक्तित्व सुदर्शन कार्की आइपुगे । उहाँ कै जोडबलमा विद्यालयलाई कल्पना गरे जस्तै व्यवस्थित र शिक्षकहरुको तलब अनि बालबालिकाहरुका लागि शिक्षामा आधारभूत आवश्यकताहरु सम्भव रहेसम्म व्यवस्थापना भए । त्यहीबाट सामुदायिक विद्यालयमा पनि संस्थागत विद्यालयमा भन्दा कम गुणस्तर र व्यवहारिक शिक्षा छैन भन्ने उदाहरण प्रस्तुत गर्न सफल भयौं । २५ वर्षे सामाजिक सेवाको इतिहासमा १३ वर्ष व्यवस्थापन समितिको सदस्यको जिम्मेवारीबाट बाँकी १२ वर्ष नेतृत्वदायी भूमिकामा रहेर सेवा गर्ने क्रममा निकै उतारचढाव नआएका हैनन् । हिजो दैनिक ४÷५ वटा स्कूलबसको ओहोरदोहोर आज शून्यतामा झरेको छ । संस्थागत विद्यालयमा भएको आÇनो शेयर फिर्ता लिँदा प्रयोग भएका शब्द मनन योग्य छन् । जसले आज मलाई यो संरचना बनाउन प्रेरणा दिलायो ।
—तपाईबाट जुन किसिमका अभिव्यक्ति आएका छन् त्यसले धेरै प्रश्नहरु व्यूताएका पनि छन् , यथार्थ यही हो ?
हो । किनकी जतिबेला खण्डहर अवस्थामा प्रभात प्रा.वि.पुग्नै लाग्दाको मानचित्र केलाउने हो भने यथार्थ यही हो । सुन्दर र हराभरा सानित्यताले भरिएको भूमि हेर्दा हेर्दै झण्डै मरुभूमिमा परिणत भएको थियो ।
(हेर्नुहोस् त यो मनोरम हिमश्रृंखला पर्यटकीय हिसाबले कति शोभायमान छ ? भन्दै औंल्याउदै गरेको परिदृष्य अत्यन्तै घतलाग्दो थियो ।) तर आज जुन उपलब्धि हासिल भएको छ । त्यसले के पुष्टी गर्छ भने, गरे के हुँदैन ? असम्भव भन्ने शब्दकोष मै छैन, मात्रै चाहाना र इच्छा शक्ति हुनु पर्छ सबै सम्भव छन् । २५ जना विद्यार्थीमा सिमित भएको विद्यालय आज २ सय ७५ जना बालबालिका अध्ययनरत छन् । शिशु कक्षामा मात्र ४५ जना शिशुहरु पढिरहेका छन् । के इच्छा शक्ति नभएको भए हुन्थ्यो ? आजको दिनमा आइपुग्दा हामी प्रश्तावित मा.वि.को कल्पना लिएर अगाडि बढिरहेका छौं । प्रभात आधारभूत विद्यालयले २०७५ सम्म आउँदा ३ व्याच एस.इ.इ. पार गरि सकेको छ । जसमा गर्भका साथ भन्न मन लाग्छ सतप्रतिशत प्रथम श्रेणी भन्दा माथि छन् । शिशु कक्षा देखि कक्षा १० सम्म ७ वर्ष अघिदेखि अंग्रेजी माध्यममा पढाइ रहेका छौं । झट्ट हेर्दा भूगोलका बारेमा सुन्दा तामाङको बाहुल्यता हुनु पर्ने लाग्छ । तर यस भित्रको यथार्थता फरक छ । ८५ प्रतिशत बालबालिका ब्राम्हण समुदायका छन् । तत् पश्चात अन्य जातजातिको उपस्थिति रहेको छ । हिजोको प्रा.वि. आजको आधारभूत र भोलिको नमूना माध्यमिक विद्यालयका रुपमा स्थापित गर्ने जमर्काेमा छौं । विडम्बना हामीकहाँ भन्नै पर्दा जम्मा सरकारी दरबन्दी ४ जना शिक्षक हुनु हन्छ । त्यस्तै २ जना राहत, ६ जना निजीश्रोतमा र १ कर्मचारीको व्यवस्थापन जेनतेन गरेका छौं ।
—तपाईबाट जुन अभिव्यक्ति आए त्यसका पछाडि विद्यालयलाई निरन्तरता दिने आधारहरु के–के छन् त ?
तपाईले निजी श्रोतको कुरा गर्नु भएको होला आजसम्म दाताहरुको सहयोग एकातिर छँदैछ । त्यसैको निरत्तरता माग्दै जाँदा हिजो शेरचन क्लिनिकले ३ वर्ष ति शिक्षकहरुलाई पाल्यो । पछिल्लो समय लुक्स नेपाल नामक संस्थाले सहयोग ग¥यो भने १ वर्ष देखि विभिन्न क्षेत्रका सहयोगी मनहरुले सहयोग गर्दै आउनु भएको छ । त्यसैको निरन्तरताको आशा राख्दछु । नपुग आÇनै पेन्सनबाट वार्षिक ६० हजारसम्म भरथेग गर्दै आएको छु । अहिले आएर कृपालु दाताको रुपमा आदरणीय व्यक्तित्व बनेपा नगरपालिकका नगर पिता लक्ष्मीनरसिंह बादे श्रेष्ठ, वडा अध्यक्षहरु कृष्ण प्रसाद दाहाल (के.पि.) वडा नं. ३ र बलराम अधिकारी वडा नं. ५ हुनु भएको छ । उहाँहरुको सद्भाव र पूर्ण सहयोग थिएन भने आजको टन्चोकको कल्पना पनि सम्भावना थिएन होला भन्ने लाग्छ । बनेपा नगरपालिका वडा नं. स्थित सुमाराको काखमा रहेको टन्चोक प्रकृतिको बरदान भूमि हो । त्यसको आधारशिला प्रभात आधारभूत विद्यालय यदि सहयोगी हातहरु नभएको भए आज यो अवस्थामा पुग्ने थिएन । फेरिपनि शिक्षक, अभिभावक, व्यवस्थापन समिति र विद्यार्थीहरु यस विद्यालयका आधार खम्बा हुन् । यी चार खम्बा मध्ये एउटामा मात्रै समस्या आयो भने विद्यालय कमजोर हुन पुग्छ । त्यसैले यो एकतामा धमिरा लाग्न दिने छैन भन्ने प्रण गर्दछु । यसो गर्न सकियो भने टन्चोक हराभरा, मनमोहक बनाउन, सफल हुनेछौं ।
—तपाईले सबै कुरा भनिरहँदा यि भौतिक संरचनाका बोरमा केहि भन्नु भएन त ?
प्रसँग मिलेकै छैन, अब भन्छु नि ! भुकम्प पछि जिल्ला आयोजना इकाइ शिक्षा (डि.एल.पि.आइ.यू.) अन्तर्गत दातृ निकायको सहयोगमा पहिलो भवन बन्यो । यो भवन पुरस्कार स्वरुप पाएका हौं । दुबै भवनको लागत १ करोड २४ लाख छ । जस अन्तर्गत पहिलो भवन सम्बन्धित निकायले दिएको सिमा भन्दा २ वर्ष अगाडि सम्मन्न गर्न सक्यौं । तत्पश्चात् हामीलाई उपहार स्वरुप यो ४ कोठ भवन पाएका हौं । यो पनि निर्माणको अन्तिम संघारमा पुगेका छौं । निर्माणको कार्य अलि जटिलै हुँदैछ, थेग्न गाह्रो भइरहेको छ । पुरस्कार त पाईयो तर ४५ लाखको सहकारीको व्याजले ढाँड सेकिएको छ । ढाड सेक्यो भन्दैमा इज्जत फाल्नु भएन । इज्जत जस्तो ठूलो अरु केहि छैन । छोरालाई ऋणधन त भइ राख्छ । जीवनमा ५ रुपिँया पनि अनियमितता गर्ने मति आएन । अब पनि नआओस्, यहि कामना गर्न चाहान्छु ।
—तपाईले के ऋण खोजेर काम गरेको भन्न खोज्नु भएको हो ? कतै भोलि प्राविधिक समस्या त आउँदैन ?
हो ! मैले ऋण खोजेरै भवन निर्माण कार्यलाई निरन्तरता दिएको हो । सरकारको नीति नै यस्तै छ । व्यवहारिकता भित्र अभैm पनि जान सकेको छैन । त्यसैले यो चुनौति उठाएको हुँ । जसको परिणाम अन्तिम चरणमा पुगेको छ । पुख्र्यौली सम्पत्ति धितो राखेर ऋण काढेकै हो । किनकी आपूm अनुशासनमा बाँधिएको मान्छे सरकारको नुन अभैm पनि खाँदैछु । त्यसैले नीति नियमसँगत गुणस्तरिय काम गर्नु मेरो दायित्व हो । बाहिर चर्चा गरे जस्तो प्राविधिकहरुमा त्यो अवगुण मैले पाइन । उहाँहरु कसरी गुणस्तरिय र दीगो भवन बनाउन सकिन्छ भनेर लागि पर्नु भएको छ । जसको कारण मैले लिएको जिम्मेवारी समय भित्र पूरा गर्दैछु । प्राविधिकहरुको निगरानीमा कामदार र नाइकेहरुले काम गरिरहेका छन् । प्रधानाध्यापकले अनुगमन गरिरहनु भएको छ । जसको परिणम ८५ फिट लम्बाइ र ३५ फिट चौडाई भएको २ तले ८ कोठे अत्याधिक सुविधासम्पन्न भवनमा ७५ हजार लिटर आकाशे पानी अट्ने भूमिगत ट्याङ्की छ । बालमैत्री, छात्रा मैत्री, अपाङ्ग मैत्री शौचालय, बारबन्देजको व्यवस्था यस भवनको अर्काे महत्वपूर्ण पक्ष हुन् । त्यसैले जुन मेरो प्रतिष्ठासँग जोडिएका विषयलाई कोट्याउन खोज्नु भएको छ त्यसमा आँच आउन दिने छैन । यो मेरो मात्र नभएर नेपाल प्रहरीको पनि इज्जत प्रतिष्ठासँग जोडिएको छ । यदि मैले सानो कमजोरी गरेँ भने त्यो मसँग मात्र रहन्न नेपाल प्रहरीको प्रतिष्ठामा समेत प्रश्न चिन्ह उठ्छ । त्यसैले पनि निवृत्त भएता पनि नेपाल प्रहरीको साख गिर्न दिने छैन । यो मेरो वचन वद्धता व्यवहारिक रुपमा उतार्ने प्रण गर्दछु ।
—फेरि एक पटक दरबन्दी तर्पm कोट्याउन मन लाग्यो हुन्छ ?
किन नहुनु, हुन्छ ! अघि नै पनि भनि सकें, फेरि पनि जोड्छु । विद्यार्थी संख्याको आधारमा प्रभात आधारभूत विद्यालयमा शिक्षक अपुग छन् । शिक्षा नियमावलीलाई लिने हो भने पनि निकै कम छ । अझ शिशु कक्षामा त ४५ जना शिशुहरु छन्, १ जनाले सम्हाल्नु पर्छ । समग्रमा श्रमको न्योचित व्यवस्था भएको छैन । त्यसैगरी निजी श्रोतमा श्रम गर्नुहुने शिक्षकहरुलाई पनि श्रमको उचित मूल्य दिन सकेका छैनौं । दुःख लाग्छ कतै विद्यार्थी हाजिरिकपीमा सिमित हुन्छन्, फिल्डमा हुन्नन् त्यहाँ शिक्षकको खात लाग्छन् । कतै विद्यार्थीको चापैचाप हुन्छ । विडम्बना त्यहाँ शिक्षक हुन्नन्, हाम्रो नेपालमा । सरोकारवाला निकायले शिक्षक समायोजनको बेला चासो राखीदेला भन्ने आशमा छौं । किनकी निजी श्रोतका शिक्षकले त भन्नै पर्दा स्वयंसेवकीय भूमिकामा आÇनो सेवा दिइरहेका छन् भन्दा पाप लाग्दैन । उहाँहरुको सहयोग अनुकरणीय भएको छ । फेरिपनि आग्रह गर्न चाहान्छु दरबन्दी मिलान गर्दा प्रभात आधारभूत विद्यालय माथि अन्याय नहुनमा विश्वास गर्छु ।
—अन्तमा मैले सोध्न छुटेका हजुरको मनमा लागेका केही जिज्ञासा भए जोडिदिनुहुन अनुरोध गर्छु ।
मेरो सपना घरको चुल्होचम्को भ्याएर, घरको ढिँडो खाएर बुहारीहरुले पढ्न सकुन् भन्ने छ । त्यसैले पनि यि सपनाहरु साकारका लागि अहोरात्र खटिरहेको छु । “गुणस्तरिय उत्पादन, सक्षम, जनशक्ति, प्रभातको अभियान, अनुशासित नागरिक, नैतिकवान र कर्तव्यनिष्ट कर्मचारी, प्रभातको पहिचान” लिएको छु । प्रहरी मै केहि गर्ने उमेर हुँदाहुँदै समाजका लागि केही गरौं भन्ने सामाजिक दायित्व ग्रहण गर्न आइपुगें । यो जिम्मेवारी अभैm बाँकी छ । बीचमा अलपत्र होला की भन्ने चिन्ताले सताइ रहन्छ । हुनत मानिसका चाहाना असिमित हुन्छन् । त्यति हुँदाहुँदै अरु केहि गर्न नसके पनि बनेपा नगरको नमूना माध्यमिक विद्यालय बनाएर छोड्ने अभिलाषा छ ।
अभिभावकहरुमा आग्रह छ, बालबालिका तपाईहरुका, प्रभावकारी, गुणस्तरिय शिक्षा हाम्रो कर्तव्य र दायित्व, यिनै उक्तीहरुलाई सार्थक पार्न हामी समर्पित छौं । मैले माथि नै धेरै कुरा कोट्याइसकेको छु । फेरिपनि सहयोगका लागि हात पैmलाउन चाहान्छु । तपाईको सानो सहयोगले कसैको भविष्य सुरक्षित हुन्छ भने एक पटक सोचि दिनुहोस् । त्यसैले एकले थुके सुकी सयौंले थुके नदी भन्ने उक्तीलाई आत्मसाथ गर्न अनुरोध गर्दै जिल्ला कै पठन योग्य पत्रिका प्रभातफेरि साप्ताहिक र प्रभातफेरि अनलाइनलाई हाम्रा भावनाहरु पाठक सामु पु¥याउदिने जमर्काे गरेकोमा हृदयदेखि धेरै धेरै धन्यवाद दिन चाहान्छु । तपाईहरुका आगामी यात्रा गतिशिल रहोस् । यहि शुभकामना व्यक्त गर्दछु ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |