भेषवहादुर दनुवार
नेपाल कृषि प्रधान देश हो भनेर हरेक हामिले अध्ययन गरेर हुर्कियौ आज पनि हरेक बालबालिकाले बिद्यालय जिवनमा अध्ययन गर्ने गर्छन । यसरी अध्ययन गर्दा हरेक बालबालिकाको मानसिकतामा के परिरहेको होला शहरमा होस, गाउँमा होस रासनको लागी पसलबाट बोरामा बोकिएको चामल मासिक रुपमा खानु पर्छ । चिउरा प्याकेटमा ल्याउनु पर्छ । आटाको पिठो प्याकेटमै किन्नु पर्छ । च्याख्ला प्याकेटमै आउछ, हरीयो सब्जी नेपालको सुपर मार्केटमा पाईदैन । युरोप अमेरीकाको खान अभ्यस्त हामी नेपालि समाजको विकास अत्यन्तै तिब्र गतिमा रहेको छ । यसरी कृषिमा सम्बृद्धि सम्भव होला ? सबै नेपालिले सोच्न बाध्य हुनुपरीरहेको छ । बार्षिक रुपमा कुन सामग्री कति आयात हुन्छ कुन जिल्लाको कृषिसंग सम्बन्धित कार्यालयको तथ्यांकमा छ ? कृषि सामग्री कति निकासी भयो यसको तथ्यांक कुन कृषि कार्यालय संग छ ? अनि कृषि क्रान्ति र आधुनिकिकरणको हवाला जताजतै छ कत्तिको कृषि क्रान्तिको हवाला भएको छ ? कृषि अनुदानको चर्चा सबैको नजरमा छ । कृषि अनुदानको प्रगति अनुगमन कसले कसरी गरीरहेको छ र प्रगति के छ । यस प्रकारको अनुदानको प्रगति कसरी सुन्न पाउने कृषि र कृषकको प्रश्न सम्बृद्ध कसरी बनाउने सबैको चिन्ता रहदा रहदै अपेक्षा र सकृयता साथ कार्य गर्न सक्ने अवस्था नै रहेन आम नागरिकको भनाई हो ।
विकेन्द्रित शासन प्रणालिमा स्थानिय सरकारमा अधिकार छ । स्थानिय सरकारलाई दिइएको अधिकारमा कृषिको महत्व कुन स्थानिय तहमा कसरी दिएको छ ? स्थानिय तहले निमार्ण गरेको कृषि योजनामा प्रदेश र संघिय सरकार मार्फत कति सहयोग उपलब्ध पु¥याईउको छ ? स्थानिय सरकारमा रहेको कृषि कार्यालय कुन समयमा कसरी सञ्चालन भएका छन ? कृषि शाखाका योजना कक्तिको प्राथमिकि करणमा पर्ने गरेको छ ? यसको जिम्मेवारी कसको हो ? जवकि कृषि शाखामा दक्ष जनशक्तिको अपेक्षा त गर्न सकिदैन स्थानिय तहहरुमा पर्याप्त जनशक्ति नै पाईदैन । यसरी कृषि क्रान्ति सम्भव छ ? हरेक स्थानिय तहमा दक्ष र पर्याप्त जनशक्ति नहुनु एउटा समस्या छ नै । कृषिकोलागी कृषि शाखाको बजेट प्राथमिकि करणमै पर्दैन ? यदि कृषिमा बजेट परिहाले ता पनि यान्त्रिकि करणमा लगानी गरीएको धेरै समाचार पढन पाईन्छ । यान्त्रिकिकरण कसले कसरी लिइरहेको छ ? यान्त्रिकिकरण लिने कृषकले कति पटक लिए । पहिले लिएकालाई फेरी सुविद्या लिएमा कारवाही र छानविन गर्ने निकाय कुन ? यान्त्रिकि करणको सामग्री लिने कृषकको उपलब्ध कसरी मापन गरीरहेको छ ? कृषि यान्त्रिकि करण अनावश्यक भन्न खोजिएको छैन यहा । कृषि यान्त्रिकिकरणमा सामग्री वितरण गरीरहदा साझेदारी लगानी र राज्यको लगानी र राज्यलाई कति फाईदा पुग्छ कसले आर्थिक मुल्यांकन गरेको छ ।
पछिल्लो समय हरेक स्थानिय तह मार्फत उन्नत खेतिको लागी बिउ विजन वितरण कार्य निरन्तर भईरहेको छ । हरेक स्थानिय तहमा कृषि शाखा मार्फत वितरण गरिने उन्नत विउविजन मोनसाण्टो कम्पनीको बाडिरहेको देखिन्छ । यसरी कृषिमा आत्म निर्भर हुनै सक्दैन । हरेक स्थानिय तहमा भुगोल अनुसार लाग्ने विउ विजन उत्पादन केन्द्र किन बनाउन सकिदैन ? यो कृषि कार्यको दिर्घकालिन रणनिति हैन । विउविजन पकेट क्षेत्र बनाउन नसकिने त पक्कै हैन । प्रत्येक वर्ष वितरण गरिने विउ विजन स्थानिय र रैथाने जात रहेमा कतिमा विउ उत्पादन गर्ने कृषक विउ उत्पादन गर्न सकृय ?पमा रहन्छ । गुण स्तरीय विउ उत्पादन मार्फत स्थानिय तहमा आय आर्जन आफ्नै तहमा बचाउन सकिन्छ । यसरी स्थानिय र रैथाने विउ उत्पादन हुदा न बालि बिग्रने डर, न विउको अभावमा तडपिनु पर्ने अवस्था, न खेति बाझै रहने अवस्था । अहिलेको अवस्थामा हेर्ने हो भने नेपालको अधिकांश स्थानिय तहमा समयमा मकैको विउ आएन भने खेति बाझै हुने अवस्था छ । धानको विउ बजारमा समयमा आएन भने खेत बाझै हुने अवस्था छ । मौसमि बेमौसमि तरकारीका विउ आवश्यक परेको समयमा नआएमा खेतबारी बाझै हुने अवस्था आईसक्यो । अझ हामी नेपाली कृषि क्रान्ति र कृषिबाट सम्बृद्धिका कुरा गरीरहेका छौं । तर्सथ हरेक स्थानिय तहमा कृषिको सम्बृद्धिको लागी बिउ उत्पादन पकेट क्षेत्र निमार्ण गरी कृषिको कार्य अगाडी बढाउनु पर्ने टडकारो समस्या छ । पकेट क्षेत्रका कृषकको लागी विउ उत्पादन गर्न क्षमता अभिबृद्धि गर्न जरुरी छ । उत्पादन गरीएको विउ मात्र बजारी करण गरी स्थानिय सरकारलाई मजबुत बनाउनु आवश्यक छ । यसरी प्रकृयागत रुपमा कार्य अगाडी बढाउने हो भने पक्कै पनि सम्बृद्धिको पाईला अगाडी बढला ।
बिकेन्द्रित शासन प्रणालिको अवस्थामा हरेक स्थानिय सरकार मार्फत कृषिसंग सम्बन्धित निति बनाउन आवश्यक छ । स्वच्छ उत्पादन गर्न कृषकलाई प्रेरणा गर्ने खालको निति आवश्यक छ । हाम्रो खेतबारीको टिमुर, बनमारा, असुरो, सिस्नु अर्गानिक विषादी हुन प्रयोगमा ल्याउन सकिएको छैन । विषादीमा आर्थिक निर्यात गर्ने हामि हरेक दिन रासायनिक विषादी मार्फत केहिन केहि रोग बाट प्रताडित भईरहेको छौ, जसको कारण स्वास्थमा हामी नियमित अर्थ निर्यात गरिरहेकै छौं । कृषकलाई व्यवसायिक कृषक बनाउन निति आवश्यक छ । कृषि क्षेत्र व्यवस्थित गर्नका लागी व्यवस्थित आवास निति आवश्यक छ । कृषि र पर्यटन निति मार्फत कृषिमा परिवर्तन गर्न सकिन्छ । जसमार्फत सिकाई आदान प्रदान र हरेक स्थानिय तहमा कृषि क्याम्पसका बिद्यार्थिको लागी प्रयोगशाला बनाउन सकिन्छ । कृषिको उत्पादनलाइृ व्यवस्थापन गर्न निति आवश्यक छ । कृषकले उत्पादन गरेको उत्पादन भएको स्थानमा हुने खपतको लेखाजोखा र निकासी सहित आयातको लेखाजोखा गरी बजार व्यवस्थापन गर्न आवश्यक छ । कृषकले उत्पादन गर्ने सामग्रीलाई अल्पकालिन र सिमिति समय सम्म शित भण्डारण र संकलन केन्द्र निमार्ण र सञ्चालन निति आवश्इक छ । कृषि रुपान्तरणको लागी कृषकले उत्पादन गरेको कृषि उपज बिचौलिा व्यवस्थापन को लागी निति मार्फत कृषकलाई उर्जा प्रदान गर्ने खालका निति आवश्यक छ ।
पछिल्लो समयमा हेर्ने हो भने काभ्रेको तथ्यांकमा सहकारीको संख्या १४९५ एक हजार चार सय पञ्चा नब्बे सहकारी छन । अधिकांश सहकारी एक एक वटा ब्राण्डको नाम लिएर आएतापनि सहकारीको मर्म दायित्व र भावना भन्दा पर रहेर लगानी र नाफा गर्ने अभिप्रेरित रहेको छ । यस कारण पनि सहकारीलाई व्यवस्थापन गर्ने निति पछिल्लो समयमा आवश्यक परिरहेको छ । कृषकको लागी सिंचाईको व्यवस्था नहुदा कृषिको सपना साकार बनाउन पनि सकिदैन यसर्थ पनि उपयुक्त र भुगोल अनुसारको कम लागतका सिंचाईको व्यवस्था गर्नु पर्ने देखिन्छ । यसरी सिंचाई व्यवस्थापनको लागी पनि नितिगत ?पमा कार्यान्वयन गर्न आवश्यक छ । भुगोल र बालिको आधारमा पकेट क्षेत्र निधारण गरी कृषि उत्पादनमा विशेष सुविद्या उपलब्ध गराउने । सायै कृषि उपज प्याकेजिङ्ग, लेबलिङ्ग, सहित स्थानिय कृषि स्तरमा कृषि उद्योग पनि सञ्चालन हुन ज?री छ । पछिल्लो समयमा हेर्ने हो भने धान फल्ने स्थानमा कुटानि पिसानी मिल देखिदैन जसको कारण धान निर्यात गरेर चामल बोरामा ल्याएर खानेको संख्या बढिरहेको छ । मकै, गहु कोदो, फापर निर्यात गरेर त्यहि निर्यात गरेको प्याकेटको पिठो खान परिरहेको छ । यसर्थ पनि कृषि संग सम्बन्धित उद्योग गर्नेलाई प्राथमिकिकरण राखिनु पर्छ ।
नितिगत व्यवस्थापन गर्ने हो भने पक्कै पनि कृषिमा आत्म निर्भर र सम्बृद्धि सम्भव छ । यदि यसरी निगत कार्य गर्ने हो भने आयात प्रतिस्थापन गर्न खासै समस्या पनि हुदैन । नितिगत ?पमा कार्यानवयन गर्दा पहिलो प्राथमिकता स्थानिय स्तरको उत्पादन र प्रयोग । स्थानिय स्तरमा उत्पादन र प्रयोग मार्फत खपत हुन नसक्ने कृषि सामग्री पालिका स्तरमा प्रयोग र परिचालन र पालिका स्तरमा उपयोग र निकासी मार्फत स्थानिय तहगत ?पमा सम्वन्वय गरी सहकार्यगत ?पमा उत्पादन प्रयोग र निकासी गरि कार्य गर्दा पक्कै पनि आयात प्रतिस्थापन हुने र अधिकतम सामग्रीको प्रयोग उपयोग पश्चात सम्बृद्ध कृषि देश भनेर पहिचान बनाउन सकिन्छ । यसरी स्थानिय सामग्रीको प्रयोग व्यवसपन हुदा खर्च कम हुने । रोजगारी सृजना हुने र अर्थतन्त्रमा थप टेवा पुग्ने देखिन्छ ।
समग्रमा रणनैतिक योजनामा रहेको कृषि र पर्यटन सहितको अभियानमा पनौति नगरको अभियान बास्तबमै सह्र्रहानिय अभियानमा छ । पनौति नगरमार्फत गरीएको कृषि महत्वको परिकल्पना र योजना कार्यान्वयन र बजेट बिनियोजन प्रकृयाले पक्कै पनि कृषि नगर र कृषि शहर ह?को नारालाई पाठ सिकाउने गरी अगाडी बढिरहेको पाईएको देखिन्छ । पनौति नगरपालिकामा दुग्ध जन्य पदार्थ उत्पादनमा अझ बढवा दिन नेपाल भित्रकै रैथाने जातको भैसिको पाडो बितरण देखि भैसि सुत्केरी भत्ताको अभियान पहिलो बर्ष देखि शुरु गरीएकोमा यसको निरन्तरता रहेको छ । कृषि संग सम्बन्धित हरेक नीति बनाउने रणनैतिक योजना र कार्यान्वयनमा पनौति नगरपालिका अग्रस्थानमा रहेको छ । बजार व्यवस्थापनको लागी प्रत्येक वडा गत ?पमा व्यवस्थित संकलन केन्द्र निमार्ण गरी कृषि उपज बजारी करण निति अनुरुप कार्य गरेको छ । अर्गानिक उत्पादनलाई प्राथमिकतामा राखेर जैविक विषदी निमार्ण प्रयोग र बजारी करण स्तनीय बडा बडा बाट नै गरीउको पाईन्छ ।
सिंचाइृको श्रोत व्यवस्थापनको लागी परम्परागत सिंचाई कुलो पहिचान मर्मत संभार, र व्यवस्थिति करणमा लगाी रहेको छ । सहकारी र वित्तिय सस्थालाई कृषि तथा नागरीक मैत्रि बनाउन नितिगत रुपमा छलफल र ऐन नियम जारी भईरहेको छ । कृषि उपज बजारी करण गर्न हरेक भुगोलमा कृषि सडक नगर स्तरीय निमार्ण गरी स्तरउन्नती को काम राखिएको छ भने नया सडक खन्ने कार्य लाई कम प्राथमिकतामा राखिएको छ । विउ उत्त्पादन पकेट क्षेत्र निर्धारण गरी कार्य अगाडी बढिरहेको छ । पनौति नगरपालिको प्रत्यक्ष देखिने बजेट मा ३ करोड भन्दा बढि बिनियोजन बाट पनौति नगरको कृषि र सबृद्धि अभियान स्पष्ट छ । अझ कृषिलाई टेवा पुग्ने गरी बनाइएको रणनैतिक बजेट मार्फत सम्बृद्ध पनौति साच्चै कृषि मैत्रि नै रहेको देखिन्छ । मेरो व्यक्ति अध्ययन बुझाई र अवलोकनमा कृषि र सम्बृद्धिको लागी पनौति नगरबाट धेरैले धेरै कुरा सिक्न जरुरी छ र सिक्न सकिन्छ पनि । नमुना नगर कामले गर्नकै लागी कृषको पिर मर्का विषयमा कृषि सडक निमार्ण गर्ने क्रममा नागरीकको जग्गा सडकमा परेको लाई कसरी सडकमा कायम गरी राजश्व कम गर्न र नागरीको नगरलाई सडक निमार्णमा सहयोग पु¥याए बापत नगर स्तरीय सडकको वार्षिक वडा गत रुपमा लगत कट्टा गर्न कार्यविधि बनाई अगाडी बढि रहेको छ ।
हरेकलाई लाग्न सक्छ कृषिमा यस्तो पनि काम गर्ने हो । काम सानो सानो गर्ने हो नागरीक मैत्रि काम गर्ने । नागरीकको आय बृद्धि गर्ने हो । हरेक स्थानिय निकाय मार्फत नागरिक मैत्रि काम गर्नुस नागरिकको मन जित्नुस नमुन नगर पक्कै बन्छ । भाषण गरेर नमुन नगर बन्दैन प्रकृयागत ?पमा अगाडी बढदा पक्कै पनि नमुना नगर बन्छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |