Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्थानिय तहमा विउ विजन उत्पादन केन्द्र बनाउन सकिदैन ?

प्रभातफेरी अनलाइन ६८५६ पटक पढिएको प्रकाशित मिति: २०७६ माघ १, बुधबार (६ साल अघि)
स्थानिय तहमा विउ विजन उत्पादन केन्द्र बनाउन सकिदैन ?

भेषवहादुर दनुवार

नेपाल कृषि प्रधान देश हो भनेर हरेक हामिले अध्ययन गरेर हुर्कियौ आज पनि हरेक बालबालिकाले बिद्यालय जिवनमा अध्ययन गर्ने गर्छन । यसरी अध्ययन गर्दा हरेक बालबालिकाको मानसिकतामा के परिरहेको होला शहरमा होस, गाउँमा होस रासनको लागी पसलबाट बोरामा बोकिएको चामल मासिक रुपमा खानु पर्छ । चिउरा प्याकेटमा ल्याउनु पर्छ । आटाको पिठो प्याकेटमै किन्नु पर्छ । च्याख्ला प्याकेटमै आउछ, हरीयो सब्जी नेपालको सुपर मार्केटमा पाईदैन । युरोप अमेरीकाको खान अभ्यस्त हामी नेपालि समाजको विकास अत्यन्तै तिब्र गतिमा रहेको छ । यसरी कृषिमा सम्बृद्धि सम्भव होला ? सबै नेपालिले सोच्न बाध्य हुनुपरीरहेको छ । बार्षिक रुपमा कुन सामग्री कति आयात हुन्छ कुन जिल्लाको कृषिसंग सम्बन्धित कार्यालयको तथ्यांकमा छ ? कृषि सामग्री कति निकासी भयो यसको तथ्यांक कुन कृषि कार्यालय संग छ ? अनि कृषि क्रान्ति र आधुनिकिकरणको हवाला जताजतै छ कत्तिको कृषि क्रान्तिको हवाला भएको छ ? कृषि अनुदानको चर्चा सबैको नजरमा छ । कृषि अनुदानको प्रगति अनुगमन कसले कसरी गरीरहेको छ र प्रगति के छ । यस प्रकारको अनुदानको प्रगति कसरी सुन्न पाउने कृषि र कृषकको प्रश्न सम्बृद्ध कसरी बनाउने सबैको चिन्ता रहदा रहदै अपेक्षा र सकृयता साथ कार्य गर्न सक्ने अवस्था नै रहेन आम नागरिकको भनाई हो ।

विकेन्द्रित शासन प्रणालिमा स्थानिय सरकारमा अधिकार छ । स्थानिय सरकारलाई दिइएको अधिकारमा कृषिको महत्व कुन स्थानिय तहमा कसरी दिएको छ ? स्थानिय तहले निमार्ण गरेको कृषि योजनामा प्रदेश र संघिय सरकार मार्फत कति सहयोग उपलब्ध पु¥याईउको छ ? स्थानिय सरकारमा रहेको कृषि कार्यालय कुन समयमा कसरी सञ्चालन भएका छन ? कृषि शाखाका योजना कक्तिको प्राथमिकि करणमा पर्ने गरेको छ ? यसको जिम्मेवारी कसको हो ? जवकि कृषि शाखामा दक्ष जनशक्तिको अपेक्षा त गर्न सकिदैन स्थानिय तहहरुमा पर्याप्त जनशक्ति नै पाईदैन । यसरी कृषि क्रान्ति सम्भव छ ? हरेक स्थानिय तहमा दक्ष र पर्याप्त जनशक्ति नहुनु एउटा समस्या छ नै । कृषिकोलागी कृषि शाखाको बजेट प्राथमिकि करणमै पर्दैन ? यदि कृषिमा बजेट परिहाले ता पनि यान्त्रिकि करणमा लगानी गरीएको धेरै समाचार पढन पाईन्छ । यान्त्रिकिकरण कसले कसरी लिइरहेको छ ? यान्त्रिकिकरण लिने कृषकले कति पटक लिए । पहिले लिएकालाई फेरी सुविद्या लिएमा कारवाही र छानविन गर्ने निकाय कुन ? यान्त्रिकि करणको सामग्री लिने कृषकको उपलब्ध कसरी मापन गरीरहेको छ ? कृषि यान्त्रिकि करण अनावश्यक भन्न खोजिएको छैन यहा । कृषि यान्त्रिकिकरणमा सामग्री वितरण गरीरहदा साझेदारी लगानी र राज्यको लगानी र राज्यलाई कति फाईदा पुग्छ कसले आर्थिक मुल्यांकन गरेको छ ।

पछिल्लो समय हरेक स्थानिय तह मार्फत उन्नत खेतिको लागी बिउ विजन वितरण कार्य निरन्तर भईरहेको छ । हरेक स्थानिय तहमा कृषि शाखा मार्फत वितरण गरिने उन्नत विउविजन मोनसाण्टो कम्पनीको बाडिरहेको देखिन्छ । यसरी कृषिमा आत्म निर्भर हुनै सक्दैन । हरेक स्थानिय तहमा भुगोल अनुसार लाग्ने विउ विजन उत्पादन केन्द्र किन बनाउन सकिदैन ? यो कृषि कार्यको दिर्घकालिन रणनिति हैन । विउविजन पकेट क्षेत्र बनाउन नसकिने त पक्कै हैन । प्रत्येक वर्ष वितरण गरिने विउ विजन स्थानिय र रैथाने जात रहेमा कतिमा विउ उत्पादन गर्ने कृषक विउ उत्पादन गर्न सकृय ?पमा रहन्छ । गुण स्तरीय विउ उत्पादन मार्फत स्थानिय तहमा आय आर्जन आफ्नै तहमा बचाउन सकिन्छ । यसरी स्थानिय र रैथाने विउ उत्पादन हुदा न बालि बिग्रने डर, न विउको अभावमा तडपिनु पर्ने अवस्था, न खेति बाझै रहने अवस्था । अहिलेको अवस्थामा हेर्ने हो भने नेपालको अधिकांश स्थानिय तहमा समयमा मकैको विउ आएन भने खेति बाझै हुने अवस्था छ । धानको विउ बजारमा समयमा आएन भने खेत बाझै हुने अवस्था छ । मौसमि बेमौसमि तरकारीका विउ आवश्यक परेको समयमा नआएमा खेतबारी बाझै हुने अवस्था आईसक्यो । अझ हामी नेपाली कृषि क्रान्ति र कृषिबाट सम्बृद्धिका कुरा गरीरहेका छौं । तर्सथ हरेक स्थानिय तहमा कृषिको सम्बृद्धिको लागी बिउ उत्पादन पकेट क्षेत्र निमार्ण गरी कृषिको कार्य अगाडी बढाउनु पर्ने टडकारो समस्या छ । पकेट क्षेत्रका कृषकको लागी विउ उत्पादन गर्न क्षमता अभिबृद्धि गर्न जरुरी छ । उत्पादन गरीएको विउ मात्र बजारी करण गरी स्थानिय सरकारलाई मजबुत बनाउनु आवश्यक छ । यसरी प्रकृयागत रुपमा कार्य अगाडी बढाउने हो भने पक्कै पनि सम्बृद्धिको पाईला अगाडी बढला ।

बिकेन्द्रित शासन प्रणालिको अवस्थामा हरेक स्थानिय सरकार मार्फत कृषिसंग सम्बन्धित निति बनाउन आवश्यक छ । स्वच्छ उत्पादन गर्न कृषकलाई प्रेरणा गर्ने खालको निति आवश्यक छ । हाम्रो खेतबारीको टिमुर, बनमारा, असुरो, सिस्नु अर्गानिक विषादी हुन प्रयोगमा ल्याउन सकिएको छैन । विषादीमा आर्थिक निर्यात गर्ने हामि हरेक दिन रासायनिक विषादी मार्फत केहिन केहि रोग बाट प्रताडित भईरहेको छौ, जसको कारण स्वास्थमा हामी नियमित अर्थ निर्यात गरिरहेकै छौं । कृषकलाई व्यवसायिक कृषक बनाउन निति आवश्यक छ । कृषि क्षेत्र व्यवस्थित गर्नका लागी व्यवस्थित आवास निति आवश्यक छ । कृषि र पर्यटन निति मार्फत कृषिमा परिवर्तन गर्न सकिन्छ । जसमार्फत सिकाई आदान प्रदान र हरेक स्थानिय तहमा कृषि क्याम्पसका बिद्यार्थिको लागी प्रयोगशाला बनाउन सकिन्छ । कृषिको उत्पादनलाइृ व्यवस्थापन गर्न निति आवश्यक छ । कृषकले उत्पादन गरेको उत्पादन भएको स्थानमा हुने खपतको लेखाजोखा र निकासी सहित आयातको लेखाजोखा गरी बजार व्यवस्थापन गर्न आवश्यक छ । कृषकले उत्पादन गर्ने सामग्रीलाई अल्पकालिन र सिमिति समय सम्म शित भण्डारण र संकलन केन्द्र निमार्ण र सञ्चालन निति आवश्इक छ । कृषि रुपान्तरणको लागी कृषकले उत्पादन गरेको कृषि उपज बिचौलिा व्यवस्थापन को लागी निति मार्फत कृषकलाई उर्जा प्रदान गर्ने खालका निति आवश्यक छ ।

पछिल्लो समयमा हेर्ने हो भने काभ्रेको तथ्यांकमा सहकारीको संख्या १४९५ एक हजार चार सय पञ्चा नब्बे सहकारी छन । अधिकांश सहकारी एक एक वटा ब्राण्डको नाम लिएर आएतापनि सहकारीको मर्म दायित्व र भावना भन्दा पर रहेर लगानी र नाफा गर्ने अभिप्रेरित रहेको छ । यस कारण पनि सहकारीलाई व्यवस्थापन गर्ने निति पछिल्लो समयमा आवश्यक परिरहेको छ । कृषकको लागी सिंचाईको व्यवस्था नहुदा कृषिको सपना साकार बनाउन पनि सकिदैन यसर्थ पनि उपयुक्त र भुगोल अनुसारको कम लागतका सिंचाईको व्यवस्था गर्नु पर्ने देखिन्छ । यसरी सिंचाई व्यवस्थापनको लागी पनि नितिगत ?पमा कार्यान्वयन गर्न आवश्यक छ । भुगोल र बालिको आधारमा पकेट क्षेत्र निधारण गरी कृषि उत्पादनमा विशेष सुविद्या उपलब्ध गराउने । सायै कृषि उपज प्याकेजिङ्ग, लेबलिङ्ग, सहित स्थानिय कृषि स्तरमा कृषि उद्योग पनि सञ्चालन हुन ज?री छ । पछिल्लो समयमा हेर्ने हो भने धान फल्ने स्थानमा कुटानि पिसानी मिल देखिदैन जसको कारण धान निर्यात गरेर चामल बोरामा ल्याएर खानेको संख्या बढिरहेको छ । मकै, गहु कोदो, फापर निर्यात गरेर त्यहि निर्यात गरेको प्याकेटको पिठो खान परिरहेको छ । यसर्थ पनि कृषि संग सम्बन्धित उद्योग गर्नेलाई प्राथमिकिकरण राखिनु पर्छ ।

नितिगत व्यवस्थापन गर्ने हो भने पक्कै पनि कृषिमा आत्म निर्भर र सम्बृद्धि सम्भव छ । यदि यसरी निगत कार्य गर्ने हो भने आयात प्रतिस्थापन गर्न खासै समस्या पनि हुदैन । नितिगत ?पमा कार्यानवयन गर्दा पहिलो प्राथमिकता स्थानिय स्तरको उत्पादन र प्रयोग । स्थानिय स्तरमा उत्पादन र प्रयोग मार्फत खपत हुन नसक्ने कृषि सामग्री पालिका स्तरमा प्रयोग र परिचालन र पालिका स्तरमा उपयोग र निकासी मार्फत स्थानिय तहगत ?पमा सम्वन्वय गरी सहकार्यगत ?पमा उत्पादन प्रयोग र निकासी गरि कार्य गर्दा पक्कै पनि आयात प्रतिस्थापन हुने र अधिकतम सामग्रीको प्रयोग उपयोग पश्चात सम्बृद्ध कृषि देश भनेर पहिचान बनाउन सकिन्छ । यसरी स्थानिय सामग्रीको प्रयोग व्यवसपन हुदा खर्च कम हुने । रोजगारी सृजना हुने र अर्थतन्त्रमा थप टेवा पुग्ने देखिन्छ ।

समग्रमा रणनैतिक योजनामा रहेको कृषि र पर्यटन सहितको अभियानमा पनौति नगरको अभियान बास्तबमै सह्र्रहानिय अभियानमा छ । पनौति नगरमार्फत गरीएको कृषि महत्वको परिकल्पना र योजना कार्यान्वयन र बजेट बिनियोजन प्रकृयाले पक्कै पनि कृषि नगर र कृषि शहर ह?को नारालाई पाठ सिकाउने गरी अगाडी बढिरहेको पाईएको देखिन्छ । पनौति नगरपालिकामा दुग्ध जन्य पदार्थ उत्पादनमा अझ बढवा दिन नेपाल भित्रकै रैथाने जातको भैसिको पाडो बितरण देखि भैसि सुत्केरी भत्ताको अभियान पहिलो बर्ष देखि शुरु गरीएकोमा यसको निरन्तरता रहेको छ । कृषि संग सम्बन्धित हरेक नीति बनाउने रणनैतिक योजना र कार्यान्वयनमा पनौति नगरपालिका अग्रस्थानमा रहेको छ । बजार व्यवस्थापनको लागी प्रत्येक वडा गत ?पमा व्यवस्थित संकलन केन्द्र निमार्ण गरी कृषि उपज बजारी करण निति अनुरुप कार्य गरेको छ । अर्गानिक उत्पादनलाई प्राथमिकतामा राखेर जैविक विषदी निमार्ण प्रयोग र बजारी करण स्तनीय बडा बडा बाट नै गरीउको पाईन्छ ।

सिंचाइृको श्रोत व्यवस्थापनको लागी परम्परागत सिंचाई कुलो पहिचान मर्मत संभार, र व्यवस्थिति करणमा लगाी रहेको छ । सहकारी र वित्तिय सस्थालाई कृषि तथा नागरीक मैत्रि बनाउन नितिगत रुपमा छलफल र ऐन नियम जारी भईरहेको छ । कृषि उपज बजारी करण गर्न हरेक भुगोलमा कृषि सडक नगर स्तरीय निमार्ण गरी स्तरउन्नती को काम राखिएको छ भने नया सडक खन्ने कार्य लाई कम प्राथमिकतामा राखिएको छ । विउ उत्त्पादन पकेट क्षेत्र निर्धारण गरी कार्य अगाडी बढिरहेको छ । पनौति नगरपालिको प्रत्यक्ष देखिने बजेट मा ३ करोड भन्दा बढि बिनियोजन बाट पनौति नगरको कृषि र सबृद्धि अभियान स्पष्ट छ । अझ कृषिलाई टेवा पुग्ने गरी बनाइएको रणनैतिक बजेट मार्फत सम्बृद्ध पनौति साच्चै कृषि मैत्रि नै रहेको देखिन्छ । मेरो व्यक्ति अध्ययन बुझाई र अवलोकनमा कृषि र सम्बृद्धिको लागी पनौति नगरबाट धेरैले धेरै कुरा सिक्न जरुरी छ र सिक्न सकिन्छ पनि । नमुना नगर कामले गर्नकै लागी कृषको पिर मर्का विषयमा कृषि सडक निमार्ण गर्ने क्रममा नागरीकको जग्गा सडकमा परेको लाई कसरी सडकमा कायम गरी राजश्व कम गर्न र नागरीको नगरलाई सडक निमार्णमा सहयोग पु¥याए बापत नगर स्तरीय सडकको वार्षिक वडा गत रुपमा लगत कट्टा गर्न कार्यविधि बनाई अगाडी बढि रहेको छ ।
हरेकलाई लाग्न सक्छ कृषिमा यस्तो पनि काम गर्ने हो । काम सानो सानो गर्ने हो नागरीक मैत्रि काम गर्ने । नागरीकको आय बृद्धि गर्ने हो । हरेक स्थानिय निकाय मार्फत नागरिक मैत्रि काम गर्नुस नागरिकको मन जित्नुस नमुन नगर पक्कै बन्छ । भाषण गरेर नमुन नगर बन्दैन प्रकृयागत ?पमा अगाडी बढदा पक्कै पनि नमुना नगर बन्छ ।

  • स्थानिय तहमा विउ विजन उत्पादन केन्द्र बनाउन सकिदैन ?
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0