Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कागतीको महत्व र यसको खेती

प्रभातफेरी अनलाइन ६२८१ पटक पढिएको प्रकाशित मिति: २०७६ फागुन १४, बुधबार (६ साल अघि)
कागतीको महत्व र यसको खेती

पञ्चमायाँ तामाङ
पछिल्लो समय अमिलो जातका फलफूलमध्ये कागतीको खेतीले प्रथामिकता पाएको छ । कृषि कार्यालयको पहलमा समग्र मुलुकभरि नै यसको खेतीका लागि प्रयास अगाडि बढाएको पाइएको छ । जसअन्तर्गत पूर्वाञ्चल क्षेत्रको पकेटको रुपमा धनकुटा जिल्लाका केही भूभागमा सरकारको आँखा परेको छ । जसअन्तर्गत विभिन्न कलवी जातका कागतीका नर्सरीहरु धमाधम स्थापना भएका छन् । विशेष गरी मानव शरीरको लागि अति आवश्यक पर्ने भिटामिनमध्ये सी भिटामिन कागतीको रसमा प्रशस्त मात्रामा पाइने हुनाले स्वास्थ्यको लागी अत्यन्तै महत्वपूर्ण फलको रुपमा लिएको छ । अस्वभाविक सुख्खा खानाका कारण अपच एवं पेटको सबै जसो विकारहरु निष्काशन गर्न यो फल निकै उपयोगी मानिएको छ ।

सदाबहार वर्षभरि नै न्यानो र ओषिलो हावापानी भएको उष्ण प्रदेश देखि हिउँ र तुषारो नपर्ने उपोष्ण क्षेत्रसम्म (१०० मीटर देखि १८०० मीटर उचाई सम्म) को हावापानीमा यसको खेती गर्न सकिने कृषि विज्ञहरुको धारणा छ । जसअन्तर्गत यस जिल्लाका उत्तर भूभागलाई पकेट क्षेत्रको रुपमा मानिएको छ । सुख्खा मौसममा कागतीको वोटलाई पानीको आवश्यकता पुरा गर्न सिंचाई पानीको आवश्यकता पर्ने हुँदा पनि यो जिल्लाको भौगोलिक बनोट उपयुक्त रहेको कृषि विज्ञहरुको तर्क छ ।जमिनको सतह देखि २ मीटर गहिरो सम्म चट्टान नभएको, पानी नजम्ने प्रशस्त प्राङ्गगारिक पदार्थ भएको, माटोको पि.एच. ५.५–६.५. सम्म भएको दोमट माटो सवै भन्दा उपयुक्त मानिन्छ ।

व्यवसायीक खेती गर्ने हो भने बगैंचा स्थापना गर्दा ३×३ मीटरको दुरीमा विरुवा रोप्नु उपयुक्त हुन्छ । पानी नजम्ने, बार बन्देज लगाउन सकिने, पानीको भल नआउने, मोटरवाटोले छोएको र पानीको श्रोत भएको जग्गामा कागती खेती निकै उपयुक्त मानिन्छ । अध्ययन अनुसार कागती सम्बन्धी विज्ञको सल्लाह लिई रेखाङ्कन गरि विरुवा रोप्नु भन्दा २–३ महिना पहिले नै २–३ घनफिटको खाल्डो हुनुपर्छ । यो खेतीको लागि भूबनोट अनुसार प्रति खाडल ५० ग्राम डि.ए.पी., ५० ग्राम युरिया र २५ ग्राम पोटासलाई माटोमा मिश्रण गरि खाडल पुर्न सकिन्छ ।

राम्रो उत्पादन लिने हो भने ठाउँ र हावापानी अनुसार विज्ञको सल्लाह लिई कागतीको जात छनौट गर्नुपर्छ । माटोको चिस्यानको अवस्था हेरी सुख्खा याममा फागुन देखि जेष्ठ सम्म १०–१५ दिनको फरकमा हल्का सिंचाई गर्नु पर्छ । यदि पानीको श्रोत कम छ भने थोपा सिंचाई प्रविधिको प्रयोग गर्न सकिन्छ । १–३ बर्षको विरुवालाई प्रति विरुवा गोवरमल २० के.जी., युरिया, डिएची र पोटास क्रमशः १००, ५० र १०० ग्रामका दरले हाल्न सकिन्छ ।विरुवाले जमिन ओगटेको वरिपरि कुलेसो बनाई मलखाद दिनुपर्छ र त्यसलाई खरपातले छोपी सिंचाई गर्नु उपयुक्त हुन्छ । कागतीमा लाग्ने मुख्य मुख्य किराहरु हरियो ठुलो पुतली, पातको झिंगा, कत्ले किरा, लाही किरा, सिट्रस सिल्ला, फल कुहाउने औंसा र मिली बग हुन् । कागतीमा लाग्ने किरा ठुलो पुतली र पातको झिंगालाई नियन्त्रण गर्न डेल्ट्रामेथ्रिन २८ प्रतिशत इसि २ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्न सकिन्छ ।

कागतीको कत्ले किरा नियन्त्रण गर्न किरा लागेका बोटहरु नसार्ने, फागुन र चैत्र महिनामा एक एक पटक रोगर ३० प्रतिशत इसि १ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्ने, मट्टितेल र साबुनको झोल बनाई छर्ने र एट्सो १० मि.लि. प्रति लिटर पानीमा मिसाई छर्नु उपयुक्त हुन्छ । त्यस्तै लाही र सिट्रस सिल्ला किरा नियन्त्रण गर्न फुल फल्नु अगाडी रोगर ३० प्रतिशत इसि १ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्नुपर्छ । कागतीको मिलिबग किरा नियन्त्रण गर्न इमिडाकोलपिट ०.२ मि.लि. प्रति लिटर पानीमा झोल बनाई छर्नुपर्छ ।

कागतीमा लाग्ने रोगहरु क्याइंकर, कालो ध्वासे, कोत्रे, जडा कुहीने, फेद कुहीने, गुलाबी रोग ग्रिनिगं मुख्य मानिन्छन् । त्यस्तै अध्ययन अनुसार कागतीमा लाग्ने रोगहरु नियन्त्रणका मुख्य उपायहरु बगैचा सफा राख्ने, हिउदमा बोटका सुकेका हांगाबिंगाहरुको कांटछांट गरि हटाउने, कपरअक्साईड ३ ग्राम प्रति लिटर पानीमा झोल बनाई कांटछांट पछी छर्ने र फेद वरिपरी सफा पारी १ देखि १.५ हातसम्म बोडो पेष्टले लिपी दिनुपर्छ । यति गर्न सकियो भने लागत अनुसारको उत्पादन लिन सकिन्छ । जसले गर्दा जीवनस्तरमा परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका निर्वाह हुने गर्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0