Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० आश्विन १७, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

छाउपढी प्रथा ज्यूँका त्यूँ, सुदुरपश्चिममा महिला हिंसा चरम उत्कर्षमा छ

प्रभातफेरी अनलाइन १०१७० पटक पढिएको प्रकाशित मिति: २०७७ अषाढ २३, मंगलबार (३ साल अघि)
छाउपढी प्रथा ज्यूँका त्यूँ, सुदुरपश्चिममा महिला हिंसा चरम उत्कर्षमा छ

शारदा पुन (शिखा)
सदरमुकाम शिलगढी दिपायल हुँदै झण्डै गाडीको एकदिनको कष्टपूर्ण यात्रामा ओर्लिएपछि करिब ४ घण्टाको पैदल यात्रापश्चात् निरौली पुगिन्छ । अहिले पनि उक्त स्थानमा मात्र किन, सुदुरपश्चिममै भनौं जातीय विभेदले ज्यान समेत लिने अवस्था कायमै छ । परिवर्तनका नाममा केही टाठाबाठाहरुले डलर पचाउने खेल नाटकीय रुपमा राम्रै मञ्चन गरे । छाउपढी प्रथा सदाको लागि अन्त्य गर्न भन्दै गोठ, टहरा भत्किए । जो अगुवा उसैको घरमा छाउपढी प्रथा ज्यूँका त्यूँ रह्यो । विदेशीका अगाडि आफूलाई सक्षम देखाउने नियतले सरकारी निकायले पनि राम्रै खेती गरे । करोडौं स्वाहा बनाए । समस्या अहिले पनि जहाँको तहीँ छ । जति नै सम्झाए, बुझाए पनि कसैले सुन्दैन भन्नुहुन्छ महिला स्वास्थ्य स्वयं सेविका शारदा पुन (छेडाल) ।

यस विषयमा सम्झाउन जाँदा आफैंमाथि पटक पटक सांघातिक हमला भए, झण्डै ज्यान नगएको । स्मरण गर्दै, छेडाल भावुक बन्न पुग्नुहुन्छ । यो समस्या डोटी, अछाम, डडेलधुरामा मात्र होइन सुदुरपश्चिमका सबै जिल्लाहरुमा समस्याग्रस्त रुपमा छ । जहाँ महिलाहरुले दर्दनाक जीवन जिउनुको विकल्प छैन । अझै पनि महिला हिंसाको चरम उत्कर्षमा छन् । छाउपढी प्रथा अन्त्य भएका फाइलहरु सरकारी निकायमा परिवर्तनका नाममा प्रतिवेदनहरु खात लागेका होलान् ।

मेरो आमा र बुबाको जन्मिँदाको साइत एकैदिन भएकोले बुबा कमल पुन र आमा कलावती पुन नामाकरण गर्नुभएको रहेछ । उहाँहरुकै आठ सन्तानमध्येको साहिँली सन्तानको रुपमा मैले यो धर्तीमा पाइला टेकें । आफू विपन्न परिवारमा जन्मेको हुँदा, विपन्न परिवारमा जन्मिँदाको पीडा कस्तो हुन्छ ! मैले राम्रै भोगेको छु । बालापन घाँस, दाउरा, पाखा, पखेरोमै बित्यो । विद्यालय घरभन्दा निकै टाढा र नदी तरेर जानुपर्ने बाध्यताले बाबा आमाले पठाउन सक्नुभएन । यो अनकन्टार बस्तीमा छोराछोरीमाथिको विभेद अत्यन्तै चर्काे रहेछ । बाबाले दाजुहरुलाई सरकारी विद्यालयमा छात्रावासमै राखेर पढाउनुभएको रहेछ । हामी छोरीले घर छाडेर कतै निस्किने सम्भावना रहेनछ । त्यही बिचमा दाइभाईहरु घर आएको बेला उनीहरुले पढेको, लेखेको देखेर गोललाई कलम बनाएर मझेरीमा दाइभाईले सिलौटमा कोरेजस्तै मैले मझेरी कोर्न सुरु गरें । भर्खरै ९÷१० वर्षको बालापन, कति चाहिँ सिक्यो होला ! फेरि म निरन्तर प्रयास गर्दै गएँ । गोठालो जाँदा ढुंगाको प्रयोग गरेर कोर्दै गएँ । दाइभाईहरुका पुराना किताबहरु पछ्याउँदै गएँ । एवं रितले म १३ वर्ष टेक्दा नटेक्दै साधा अक्षर लेख्न र पढ्न सक्ने भइसकेको थिएँ ।

अहिले म बिडम्बना ! भन्छु, आफ्नै दिदीले माइत आएको बेला मेरा घर हिँड् आज भन्नुभयो । होला त नि भन्ने सोचेर दिदीको फरियाको फेद समाउँदै पछि लागें । घर त पुगें तर दिदीको घर नभएर अरु कसैको घरमा लिएर जानुभएछ । आफूलाई केही पत्तो भएन, किनकी दिदीको घर कहाँ, के, कसो केही थाहा थिएन । दिदीले त्यहीँ बस्न भन्नुभयो ! हुन्छ भनें । दिदी कुन्नी कता गएर आउँछु भनेर निस्किनुभयो । आफू केटाकेटी भएको कारण त्यही घरमा भएका बच्चासँग खेल्न थालें । साँझ प¥यो, दिदी आउनुभएन । मनमा अनेकथरी कुराहरु उब्जिए, रोएँ, कराएँ । त्यो दिन सम्झेर आउँदा अहिले पनि छाती भक्कानिएर आउँछ भन्दै शिखा भावव्हिल हुनपुग्नु भयो । त्यही घरमा खान दिए, बास दिए, नरोउ भनेर सम्झाए । भोलिपल्ट उज्यालो भयो, दिदी आउनुभएन । बिहानको खाना खाइसकेपछि दिउँसोपख दिदी आउनुभयो, खुशी लाग्यो तर मलाई त तिम्रो घर अब यही हो भन्नुभयो । कसरी, किन भनें, हामी छोरी एक रात मात्र अपरिचित घरमा बास बस्यो भने यो समाजले पोइल गई भन्छन्, माइतमा तँ पोइल गइस् भन्ने हल्ला पिटिएको छ । त्यसैले तँ चुप लागेर यहीँ बस् भन्नुभयो । म अलमल परेँ । केही जवाफ रहेन मसँग । एवं रितले एक वर्ष बित्यो, एक वर्षपछि बल्ल दिदीले माइत लग्नुभयो । तत् पश्चात घर, माइत आउने जाने क्रम चल्यो । उमेरले १५ वर्ष पार नहुँदै पहिलो सन्तान छोरा जन्मियो । आफू मगरको छोरी, घर काजी खलक क्षेत्रीहरु भएको कारण विभेदको लेखाजोखै रहेन । एक हातमा गाँस र अर्काे हातमा आँसुको जीवन व्यतित गर्दै अघि बढें । यसैबीच मैले नेपाली अक्षर सिकिसकेको थिएँ ।

भन्नैपर्दा, अनौपचारिक शिक्षाबाट साक्षार बनिसकेको थिएँ । त्यही बिचमा बच्चा जन्माउन नसकेर हाम्रो बस्तीमा धेरै आमा र बच्चाको ज्यान गएको डरलाग्दो दृश्य अहिले पनि आउँछ । यसरी भयावह अवस्था सिर्जना भएपछि स्वास्थ्यका सरहरु यो मातृशिशु मृत्युदर न्यूनिकरणका लागि महिला स्वास्थ्य स्वयं सेविकाको खोजी गर्दै आउनुभएको रहेछ । त्यतिबेलासम्म गाउँभरि नै भन्नुपर्छ, २÷४ अक्षर पढेका महिलामा म मात्रै थिएँ । जसको कारण सबैको अनुरोधमा मलाई महिला स्वास्थ्य स्वयं सेविका छनौट गरे । जब स्वयं सेविकाको यात्रा सुरु भयो, त्यतिबेला देखि नै सामाजिक विभेदले मलाई तड्पाई रह्यो । स्वास्थ्य सामग्रीसहित कहिले गाउँबस्तीहरु जानुपर्ने, कहिले तालिमहरुमा जानुपर्ने, त्यसरी जाने क्रममा श्रीमान्लाई गाउँका केही व्यक्तिहरुले अनावश्यक कुरा सुनाउने र साँझ तालिम सकिएर आउने क्रममा बिच बाटोदेखि नै श्रीमान्को कुटाइ खाँदै आउनुपथ्र्याे । आजसम्म पनि यो क्रम रोकिएको छैन भन्दा पनि हुन्छ । जब उहाँले रक्सी खाएर आउनुहुन्छ, तब घरमा झै–झगडाको बिउ रोपिन्छ । एकपटक त अति भएर श्रीमान्लाई उचाल्ने व्यक्ति समक्ष गएँ र उसलाई सोधें, म कोसँग बसें ? देखाइदे म उहीसँग बस्छु भनें । उसले मलाई हल्का रुपमा होइन, त्यस्तो केही होइन भन्ने किसिमले भुलाउन खोज्यो तर मैले तुरुन्तै प्रतिवाद गरें । कि आज तँ छैनस् कि म छैन भनेर आक्रमण गरें । यति धेरै पिटें कि पूरै बस्ती नै तनावग्रस्त अवस्थामा पुग्यो । यस्तो अवस्था हुँदा पनि कसैले सम्झाउन कोसिस गरेनन्, उल्टै मलाई चौकीमा लगियो, मैले चौकीमा यथार्थ सबै कुरा पोखिदिएँ । त्यसपछि चौकीबाट तैंले अनावश्यक रुपमा अर्काको घर बिगार्न खोजेछस्, तँलाई सजायँ यही भो भन्दै दुवै जनालाई मिलापत्र गराएर छोडिदिए । त्यहाँ छोरी मान्छे भन्ने म बाहेक कोहि थिएन । एक पटक त घर जानुसट्टा नदीमा हाम्फालौं जस्तो मन लाग्यो । झट्ट बालबच्चा सम्झिएँ, मनलाई बाँधें अनि गाउँका आमा, दिदीबहिनीहरुलाई सम्झेर फर्किएँ भन्दाभन्दै रुन पुग्नुभयो शिखा ।

जब महिला स्वयं सेविका भएर बस्तीहरुमा बुझाउने क्रममा महिनावारीका बारेमा बुझाउने क्रममा अनर्गल प्रचार गरिन्थ्यो । तँ हामीलाई बिगार्न आएकी, हाम्रा देउता रिसाउनेछन्, यस्ता अशुभ कुराहरु नगर तँ भन्दै तल्लोस्तरको व्यवहार अहिले पनि झेल्नुपरेको छ । अझ परिवार नियोजनका अस्थायी साधनहरु बाँध्ने क्रममा अशिक्षित समाजले ममाथि चरम दुव्र्यवहार गर्न पछि परेका छैनन् । अहिले पनि यिनै कुराहरुलाई लिएर घरमा कटाक्ष हुनेगर्छ । आफ्नो जीवन बचाउने धौ–धौ छ । यस्ता किसिमको दुव्र्यवहारको सिकार म स्वयं स्वयंसेविका भएको छु भने अन्य तहका आमा, दिदीबहिनीहरुको अवस्था के होला ? तपाईं आफैं अड्कल गर्न सक्नुहुन्छ भन्नुहुन्छ स्वयं सेविका शिखा ।

समग्रमा भन्नुपर्दा, अन्तरजातीय विवाह सुदुरपश्चिमका लागि अभिशाप भएको छ । अहिले पनि मेरो जेठो छोरा एसइईको तयारीमा पुगिसकेको छ । छोरी कक्षा आठमा पढ्छिन् । सानो छोरो पनि स्कूलमा पढिरहेको छ तर पनि मेरो जीवनको भरोसा गर्न सकिरहेको छैन । यसको पछाडिको कारण अन्तरजातीय विवाह नै हो भन्नुहुन्छ स्वयं सेविका शिखा । महिला स्वास्थ्य स्वयं सेविका शारदा (शिखा) पुन छेडालको जीवनयात्रा सुन्दा सुदुरपश्चिमका महिलाहरुको सिंगो प्रतिनिधि पात्रको रुपमा आफूलाई प्रस्तुत गरिरहँदा सरोकारवाला निकाय कुन दुनियाँमा छ ? भनी खोज्नुपर्ने अवस्थाको सूत्राधार देखा पर्दछ । एउटा स्वयं सेविकाले त यो अवस्था जिउन विवश छन् भने अन्य महिलाहरुको अवस्था कस्तो होला ? यो कारुणिक अभिव्यक्ति दिने कोसिस गर्नुभएकोमा महिला स्वास्थ्य स्वयं सेविका शारदा (शिखा) पुन छेडालप्रति साधुवाद !

  • छाउपढी प्रथा ज्यूँका त्यूँ
  • सुदुरपश्चिममा महिला हिंसा चरम उत्कर्षमा छ
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनको चौतारी सम्बन्धि थप
  • के सिन्दुर मायाको परिचय हो ?

    के सिन्दुर मायाको परिचय हो ?

  • आलोचनाले कार्यक्षेत्रप्रति अझ निखारता दिन मदत गर्दछ

    आलोचनाले कार्यक्षेत्रप्रति अझ निखारता दिन मदत गर्दछ

  • छोरीले हिनताबोध मानसिकता त्याग्नुपर्छ

    छोरीले हिनताबोध मानसिकता त्याग्नुपर्छ

  • छोरीले आलोचनाको बिचबाट जिउन सक्ने क्षमता राख्न सक्यो भने मात्र निखारता आउँछ

    छोरीले आलोचनाको बिचबाट जिउन सक्ने क्षमता राख्न सक्यो भने मात्र निखारता आउँछ

  • प्रभातफेरी ई-पेपरथप

    २०८० आश्विन १० गते

    २०८० आश्विन १० गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    आधुनिक कविताका जरा मोहन कोइराला

    आधुनिक कविताका जरा मोहन कोइराला

    Post Thumbnail

    सामाजिक सेवामा सहभागी बन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0