रेनु कार्की
बाख्रा पालन एउटा राम्रो व्यवसाय हो यसमा कुनै दुई मत छैन यसमा पर्याप्त सम्भावना पनि छ । तथापी ब्यवसाय सञ्चालन पूर्व का तयारी उपयुक्त हुनु आबश्यक छ ।
बाख्रापालन गर्नु अघि थाहा पाउनु पर्ने कुरा यस्ता छन् ः
१. गोठ, खोर नराम्रो भयो भने पर्ने समस्या ।
२. गोठ खोर को नमुना ।
३. बाख्रा खरिद गर्दा उसको उमेर।
४. नश्ल सुधारको सिद्दान्त ।
५. बाख्रा छनोट तथा पर्जनन विधि ।
६. बियाडे बोका तथा खसी पार्ने उमेर ।
७. भर्खर जन्मेका पाठापाठीको हेरचाह ।
८. ब्याउने बित्तिकै माउ मरे के गर्ने ?
९. पाचन प्रणाली ।
१०. बाख्राको दाना र खुवाउने मात्रा ।
११. पशुले बढी अनाज खाँदा के हुन्छ ?
१२. हरियो घाँस ।
१३. घाँस लगाउने तरिका ।
१४. भै–घाँस ।
१५. डाले घाँस ।
१६. मिश्रित घाँस खेती ।
१७. उन्नत घाँस कुन कुन हुन र संक्षिप्त जानकारी ।
१८. हरियो घाँसको दीर्घकालिन भण्डारण ।
१९. बाख्रामा बाझोपन ।
२०. बाख्रालाई बढी पानीको आवश्यकता ?
२१. प्रमुख रोग र तिनका लक्षण ।
२२. उपचार र विधि ।
२३. घरेलु उपचार विधि ।
२४. नियमित खोप ।
४. प्रशस्त घाँसको व्यवस्थापन
बाख्रा पालन व्यवसाय पूर्णत घाँसमा आधारित व्यवसाय हो । बाह्रै महिना प्रशस्त हरियो घाँसको व्यवस्था गर्न सके यो व्यवसाय असफल हुने सम्भावना नै रहँदैन । त्यसैले सफल व्यवसायी हुनका खोरमा बाखा हाल्नु पूर्व पोषिलो घाँसको प्रबन्ध गर्नु पर्दछ । यसका लागि डाले घाँस, बहवर्षिय घासँ र सिजनल घाँसको व्यवस्थापन गर्नु पर्दछ ।
५. आधुनिक खोरको निर्माण
बाख्राका लागि आधुनिक र वैज्ञानिक खोरको निर्माण गर्न पर्दछ । तर धेरै लगानी गरी खोर निर्माण गर्दैमा व्यवसाय सफल हुन्छ भन्ने सोचले खोर निर्माणमा अनावश्यक धेरै लगानी गर्नु हुन्न । खोरमा लगानी समग्र लगानीको १० प्रतिशत लगानी मात्र हो भन्ने सम्झनु पर्दछ ।
६. उचित जातका बाख्राको छनौट
बाख्रा पालन व्यवसाय तराईदेखि हिमाली भेगसम्म हुने भए पनि हावापानी अनुसार उचित जातका बाख्राको छनौट गर्नु पर्दछ । स्थानीय जातका सुधारिएका माउको छनौट गरी उन्नत जातका बोकाबाट क्रस गरी व्यवसाय सुरु गर्न सकिन्छ । व्यवसायमा हाडनाता लाग्ने गरी बोका राख्नु हँदैन । हाल नेपालमा भित्रिएको बोयर जात अत्यन्तै सफल र व्यवसायिक हिसाबले लाभदायक देखिएको छ । त्यसैले व्यवसायिक रुपमा काम गर्ने किसानले कम्तिमा एउटा बोयर ब्याढ बोका राख्न राम्रो हन्छ । यसरी बुद्धिमतापूर्वक बाख्रा पालन व्यवसाय सुरु गरेमा अवश्य सफल हुन सकिन्छ
नेपालमा कस्तो बाख्रा पाल्दा राम्रो ?
निम्न जातका बाख्राहरु तलका विभिन्न तोकिएका क्षेत्रहरुमा पाल्दा राम्रो हुन्छ ः
तराई बाख्रा ः तराई तथा भित्री मधेश (३०० मिटर सम्म)
खरीरपहाडी बाख्रा ः तल्लो र मध्य–पहाडी क्षेत्र (३०० मिटरदेखि १५०० मिटरसम्म)
सिन्हाल बाख्रा ः उच्च पहाडी क्षेत्र (१५०० मिटर देखि २५०० मिटर सम्म)
च्यांग्रा ः हिमाली क्षेत्र (२५०० मिटरभन्दा माथि) स्थानीय बाख्रा र जमुनापारी बाख्राबीच प्रजनन (क्रस) गराएर निस्केको
वर्णशंकर जात ः तराई, पहाड, र उच्च पहाडी क्षेत्र स्थानीय बाख्रा र बार्बरी जातको बाख्रा बीच प्रजनन गराएर निस्केको वर्णशंकर जात तराई, पहाड र उच्च पहाडी क्षेत्र जमुनापारी तराई तथा मध्य–पहाड (१५०० मिटरसम्म)
बार्बरी -तराई तथा मध्य–पहाड (१५०० मिटरसम्म)
कस्ता घाँस लगाउने ?
बाख्रापालन सुरु गर्नु अगाडी नै घाँसको छनौट गर्न र लगाउन जरुरी हुन्छ । घाँस लगाउँदा डाले घाँस लगाउदा राम्रो हुन्छ जस्तै किम्बु, इपिल, भटमासे, टाँकी, कोईरालो, निमारो, राईखन्यु, बकाईनो, बडहर, कालोसीरिस, दुधिलो, कुटमिरो, गेडुलो, शैजन, इन्दु, मेंदोला, किम्बु कटिंग, काभ्रे कटिंग आदि। देशको भुगोल अनुसार यी घाँस लगाउने स्थान पनि फरक फरक हुन्छन् ।
घाँसखेतीको लागि गुणस्तरीय घाँसको बिउ तथा बिरुवाको छनौट गर्न जरुरी हुन्छ । वर्षभरि हरियो घाँस उपलब्ध गर्नका लागि घाँस खेती सम्बन्धि ज्ञान र सिपको पनि आवश्यकता पर्दछ । यसको लागि बढी उत्पादन दिने पौष्टिक तत्वहरु प्रशस्त भएका एकवर्षे, बहुवर्षे, डालेघाँस तथा भुइँ घाँसका प्रजातिहरु व्यवस्थित रुपले लगाउनुपर्ने हुन्छ । यस्ता घाँसहरु सिजनेली तथा बहुवर्षे हुन्छन् । सिजनेली घाँसहरु उपयुक्त सिजनमा जमिन तयार गरि छर्नुपर्छ र डाले घाँस उत्पादनको लागि नर्सरीमा बिरुवा तयार गरि उपलब्ध जमिनमा व्यवस्थित तरिकाले ब्रिक्षरोपण गर्नुपर्छ ।
जङ्गलमा चराउन लैजानुभन्दा घाँस काटेर टाट्नोमा हालिदिएर खसी बाख्रालाई खुवाउनु राम्रो हुन्छ । जङ्गल लाँदा ब्याउने शक्ति कम हुनुका साथै बाख्राको मासु नबढ्ने समस्या आउन सक्छ ।
खोर कसरी बनाउने ?
बाख्राका लागि खोर आधुनिक तरिकाले व्यवस्थित रूपमा बनाउनुपर्ने हुन्छ । काठ तथा बाँस प्रयोग गरी आवश्यकता अनुसार साना टहराहरू निर्माण गर्न सकिन्छ । खोरको उचाइ भने जमिनबाट १–१.५ से.मी सम्मको हुनुपर्छ साथै बड्क्यौला र पिसाब झर्ने राम्रो व्यवस्था मिलाउनुपर्छ । यसो गर्दा खोर सफा गर्न सजिलो हुन्छ । खोरमा हावा आवतजावत हुने र घामको प्रकाश भित्र पर्ने गरी भेन्टिलेसनहरु बनाउनुपर्छ । घाँस हालिदिनका लागि राम्रा टाट्नाको व्यवस्था गर्नुपर्छ्र । खोरलाई सफा राख्नुपर्छ र चिसोबाट बचाउनुपर्छ । ब्याउने बाख्रा, पाठापाठीहरु, खसीहरू र बोका सबैलाई आवश्यकता अनुसार छुट्टाछुट्टै खोरमा राख्नुपर्छ ।
बाख्रापालन पद्धतिमा सुधार कसरी गर्ने ?
सन्तुलित आहार उपलब्ध गराउनेउ न्नत खोरको व्यवस्था गर्ने लवणहरु, नुन र भिटामिनहरु नियमित रुपले दिने व्यवस्था मिलाउनेबोका, बाख्री साना पाठा–पाठी, खसी र वयस्कहरुलाई राख्ने अलग–अलग व्यवस्था मिलाउने वर्षको २ पटक बाह्य परजीवीविरुद्ध औषधी पानीले नुहाइदिने व्यवस्था मिलाउने औषधीहरु नियमित रुपले खुवाउने व्यवस्था मिलाउने समय–समयमा भ्याक्सिनहरु दिने व्यवस्था मिलाउने धान–खेत र धाप, दलदल क्षेत्रमा चर्न जान नदिने ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |